Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
साहित्य
  • Home
  • साहित्य
  • ‘आर्यमञ्जुश्री नामसंगीति गाथा’ पुस्तक लोकार्पण
‘आर्यमञ्जुश्री नामसंगीति गाथा’ पुस्तक लोकार्पण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ७, २०८०

काठमाडौं– नामसंगीति वाचन गुरु चित्रवीर बज्राचार्यको ज्याःजंकु अर्थात भीमरथारोहण (ज्येष्ठ उमेरमा गरिने पास्नी) को अवसरमा “आर्यमञ्जुश्री नासंसंगीति गाथा (नेपालभाषा अनुवादसहित) तथा धर्मश्री मित्रको कथा” पुस्तक प्रकाशन गरी नामसंगीति वाचनमा सक्रिय सयौंलाई उपहारस्वरुप प्रदान गरिएको छ । 

पाटनको बालिफलमा गुरु बज्राचार्यका ५०० भन्दा बढी शिष्यहरुसाथ नामसंगीति पाठ गरिएको समारोहमा विमोचन गरिएको सो पुस्तक बज्राचार्यका सुपुत्रहरु सुरजवीर, संजिववीर, सुदिजवीर तथा बुहारीहरु रमा र रिजु बज्राचार्यले प्रकाशन गरेका छन् । पुस्तकको आवरण पृष्ठमा वरिष्ठ चित्रकार लोक चित्रकारको कृति समेटिएको सो पुस्तकको सम्पादन खेमराज शाक्यले गरेका हुन् । 

यस पुस्तकमा पण्डित बद्रीरत्न बज्राचार्यको स्वयम्भू पुराणको षष्टम अध्यायमा रहेको धर्मश्री मित्रको कथा, बौद्ध अध्येता मीनबहादुर शाक्यद्वारा सम्पादित नामसंगीति नेपालभाषा अनुवाद षटचक्र अनुशंसा र गुरु बज्राचार्यको संक्षिप्त जीवनी समावेश गरिएको छ । 

Hardik health

सो अवसरमा बज्राचार्यका गुरु एवं नेपाल परम्परागत बौद्धधर्म संघका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्यलाई गुरुपूजा गरी अभिनन्दन–पत्र अर्पण गर्दै सम्मान गरिएको थियो भने नेपाल परम्परागत बौद्धधर्म संघ, यस संघका महासचिव दिनेश शाक्य तथा सम्पादन खेमराज शाक्यलाई धन्यवाद ज्ञापन–पत्र अर्पण गरिएको थियो । 

बौद्ध अध्येताहरुका अनुसार ११ औं शताब्दीदेखि काठमाडौं उपत्यकामा प्रचलित आर्यनामसंगीति वाचन परम्परा एउटा अमूर्त संस्कृतिको रुपमा रहेको छ । हरेक महिनाको प्रतिपदा, अष्टमी, पूर्णिमा, औंशी, पूर्णिमा, गुंला लगायतका अवसरमा विशेषरुपमा पाठ गरिने नामसंगीति प्रत्येक विहारमा दिनहुँ पाठ गर्ने प्रचलन समेत रहेको छ । यस परम्परामा समर्पितलाई सहजताका लागि पुस्तक प्रकाशन गरिएको बज्राचार्यका जेष्ठ सुपुत्र एवं वरिष्ठ सञ्चारकर्मी सुरजवीर बज्राचार्यले जानकारी दिए।

गुरु बज्राचार्य र उनकी पत्नी ज्ञानीदेवी बज्राचार्यको गत पुस २८ गते ७७ बर्ष, ७ महिना, ७ दिन, ७ घडी, ७ पला उमेर पुगेको अवसरमा नेवाः परम्पराअनुसार भीमरथारोहण गरिएको थियो । पाटनस्थित हिरण्यवर्ण महाविहार क्वाःबहाः (गोल्डेन टेम्पल) का वीशस्थविर आःजु समेत रहेका चित्रवीर बज्राचार्य ४ दशकअघिदेखि नामसंगीति वाचन परम्परामा सक्रिय रहँदै अाएका छन् । नेपाल परम्परागत बौद्धधर्म संघको आयोजनामा आर्यमञ्जुश्री नामसंगीति पर्वको आयोजना भएसँगै टोलटोलमा नामसंगीति वाचन सिकाउँदै यस परम्पराको प्रवद्र्धन गर्ने कार्यमा गुरु बज्राचार्यले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

बज्रपाणी बोधिसत्वले चैत्र पूर्णिमाका दिन धान्यकटक महाचैत्यमा बसेर नामसंगीतिबारे देशना गर्नुभएको बज्रायानी बौद्धग्रन्थमा उल्लेख गरिएको छ ।   


प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै शुक्रबार, जेठ ८, २०८३
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण सोमबार, जेठ ४, २०८३
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण सोमबार, जेठ ४, २०८३
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण आइतबार, जेठ ३, २०८३
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै आइतबार, जेठ ३, २०८३
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आइतबार, जेठ ३, २०८३
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP