Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
साहित्य
  • Home
  • साहित्य
  • ‘आर्यमञ्जुश्री नामसंगीति गाथा’ पुस्तक लोकार्पण
‘आर्यमञ्जुश्री नामसंगीति गाथा’ पुस्तक लोकार्पण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ७, २०८०

काठमाडौं– नामसंगीति वाचन गुरु चित्रवीर बज्राचार्यको ज्याःजंकु अर्थात भीमरथारोहण (ज्येष्ठ उमेरमा गरिने पास्नी) को अवसरमा “आर्यमञ्जुश्री नासंसंगीति गाथा (नेपालभाषा अनुवादसहित) तथा धर्मश्री मित्रको कथा” पुस्तक प्रकाशन गरी नामसंगीति वाचनमा सक्रिय सयौंलाई उपहारस्वरुप प्रदान गरिएको छ । 

पाटनको बालिफलमा गुरु बज्राचार्यका ५०० भन्दा बढी शिष्यहरुसाथ नामसंगीति पाठ गरिएको समारोहमा विमोचन गरिएको सो पुस्तक बज्राचार्यका सुपुत्रहरु सुरजवीर, संजिववीर, सुदिजवीर तथा बुहारीहरु रमा र रिजु बज्राचार्यले प्रकाशन गरेका छन् । पुस्तकको आवरण पृष्ठमा वरिष्ठ चित्रकार लोक चित्रकारको कृति समेटिएको सो पुस्तकको सम्पादन खेमराज शाक्यले गरेका हुन् । 

यस पुस्तकमा पण्डित बद्रीरत्न बज्राचार्यको स्वयम्भू पुराणको षष्टम अध्यायमा रहेको धर्मश्री मित्रको कथा, बौद्ध अध्येता मीनबहादुर शाक्यद्वारा सम्पादित नामसंगीति नेपालभाषा अनुवाद षटचक्र अनुशंसा र गुरु बज्राचार्यको संक्षिप्त जीवनी समावेश गरिएको छ । 

Hardik health

सो अवसरमा बज्राचार्यका गुरु एवं नेपाल परम्परागत बौद्धधर्म संघका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्यलाई गुरुपूजा गरी अभिनन्दन–पत्र अर्पण गर्दै सम्मान गरिएको थियो भने नेपाल परम्परागत बौद्धधर्म संघ, यस संघका महासचिव दिनेश शाक्य तथा सम्पादन खेमराज शाक्यलाई धन्यवाद ज्ञापन–पत्र अर्पण गरिएको थियो । 

बौद्ध अध्येताहरुका अनुसार ११ औं शताब्दीदेखि काठमाडौं उपत्यकामा प्रचलित आर्यनामसंगीति वाचन परम्परा एउटा अमूर्त संस्कृतिको रुपमा रहेको छ । हरेक महिनाको प्रतिपदा, अष्टमी, पूर्णिमा, औंशी, पूर्णिमा, गुंला लगायतका अवसरमा विशेषरुपमा पाठ गरिने नामसंगीति प्रत्येक विहारमा दिनहुँ पाठ गर्ने प्रचलन समेत रहेको छ । यस परम्परामा समर्पितलाई सहजताका लागि पुस्तक प्रकाशन गरिएको बज्राचार्यका जेष्ठ सुपुत्र एवं वरिष्ठ सञ्चारकर्मी सुरजवीर बज्राचार्यले जानकारी दिए।

गुरु बज्राचार्य र उनकी पत्नी ज्ञानीदेवी बज्राचार्यको गत पुस २८ गते ७७ बर्ष, ७ महिना, ७ दिन, ७ घडी, ७ पला उमेर पुगेको अवसरमा नेवाः परम्पराअनुसार भीमरथारोहण गरिएको थियो । पाटनस्थित हिरण्यवर्ण महाविहार क्वाःबहाः (गोल्डेन टेम्पल) का वीशस्थविर आःजु समेत रहेका चित्रवीर बज्राचार्य ४ दशकअघिदेखि नामसंगीति वाचन परम्परामा सक्रिय रहँदै अाएका छन् । नेपाल परम्परागत बौद्धधर्म संघको आयोजनामा आर्यमञ्जुश्री नामसंगीति पर्वको आयोजना भएसँगै टोलटोलमा नामसंगीति वाचन सिकाउँदै यस परम्पराको प्रवद्र्धन गर्ने कार्यमा गुरु बज्राचार्यले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

बज्रपाणी बोधिसत्वले चैत्र पूर्णिमाका दिन धान्यकटक महाचैत्यमा बसेर नामसंगीतिबारे देशना गर्नुभएको बज्रायानी बौद्धग्रन्थमा उल्लेख गरिएको छ ।   


प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन मंगलबार, मंसिर २३, २०८२
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP