Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीले बायोमेट्रिक लागू गरेपछि व्यवसायी आन्दोलित
साउदीले बायोमेट्रिक लागू गरेपछि व्यवसायी आन्दोलित
मंगलबार, पुस १७, २०८०

काठमाडौं– साउदी जाने नेपाली श्रमिकहरूका लागि बायोमेट्रिक अनिवार्य गरेपछि वैदेशिक रोजगार व्यवसायीहरु आन्दोलित भएका छन् । नेपालस्थित साउदी अरेबियाको राजदूतावासले सोमबार (जनवरी १) बाट बायोमेट्रिक अनिवार्य गरेको विरोधमा व्यवसायी आन्दोलित भएका हुन् ।

यसअघि फेमिली (पारिवारिक) भिसा र भिजिट (भ्रमण)भिसामा मात्रै बायोमेट्रिक लागू गर्दै आएको दूतावासले नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरुसँग छलफल नै नगरी श्रमिकका लागि एकपक्षीय रुपमा बायोमेट्रिक अनिवार्य गरेकोले आन्दोलनमा उत्रन बाध्य भएको व्यवसायीले बताएका छन् ।

उक्त कार्यको विरोध गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अगुवाइमा व्यवसायीहरुले सोमबार थापाथलीस्थित साउदी दूतावासको सेवाप्रदायक संस्था भिएसएफ सेन्टरको कार्यालयमा घेराउ तथा प्रदर्शन गरे । उनीहरुले दूतावासलाई दबाब दिन भन्दै भिसाका लागि श्रमिकको पासपोर्ट पेस गर्न गएका म्यानपावर व्यवसायीलाईसमेत रोक लगाउँदै फिर्ता पठाए । उता दूतावासले महŒवपूर्ण सूचना भन्दै जनवरी १ देखि बायोमेट्रिक अनिवार्य गरिएको म्यानपावर व्यवसायीहरुलाई जानकारी दिएको छ । भिएसएफले बायोमेट्रिकविना भिसाका लागि कुनै पनि कामदारको पासपोर्ट नलिने प्रस्ट पारेको छ । 

Hardik health

साउदी दूतावासले म्यानपावर व्यवसायीहरुलाई बायोमेट्रिक अनिवार्य गरिएको सूचना जारी गरे पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी दिएको छैन । यसमा श्रम मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको भन्दै परामर्श र छलफल नगरी कार्यान्वयनमा नजान परराष्ट्रमार्फत नेपालस्थित साउदी दूतावासलाई पत्राचार गरिसकेको जनाएको छ । 

व्यवसायी र श्रमिकको हितविरुद्ध हुने गतिविधि र भविष्यमा हुने सिण्डिकेट रोक्न पनि हाम्रो आन्दोलन र खबरदारी निरन्तर रहन्छ । 
राजेन्द्र भण्डारी 
अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ


यद्यपि, दूतावासले बायोमेट्रिकको व्यवस्था नहटाएसम्म आन्दोलन जारी रहने संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘आन्दोलन गर्नै पर्ने अवस्था आयो,’ उनले भने, ‘व्यवसायी र श्रमिकको हितविरुद्ध हुने गतिविधि र भविष्यमा हुने सिण्डिकेट रोक्न पनि हाम्रो आन्दोलन र खबरदारी निरन्तर रहन्छ ।’ भिसाका लागि भिएसएफ पुगेका व्यवसायीहरुलाई पनि बायोमेट्रिकको निर्णयबाट दूतावास पछि नहटेसम्म पासपोर्ट पेस नगर्न आग्रह गर्दै फिर्ता पठाइएको उनले जानकारी दिए ।यसअघि पनि दूतावासको कन्सुलेट अफिसले विभिन्न बहानामा व्यवसायीलाई दुःख दिने, सीमित कम्पनीलाई मात्रै आइडी कार्ड प्रदान गर्ने, बेलाबेलामा आइडी कार्ड बन्द गरिदिने र समिति संख्यामा मात्रै भिसा पेस गर्न दिने जस्ता कार्य गर्दै आएको भण्डारीले बताएका छन् ।

दूतावासले श्रमिकहरुलाई अनावश्यक रुपमा आार्थिक भार पर्ने गरी पैसा उठाउने उद्देश्यले प्रेरित भई बायोमेट्रिक लागू गरेको भण्डारीको भनाइ छ । बायोमेट्रिकका लागि दूतावासले ७३० रुपैयाँ शुल्क तोकेको छ । दूतावासले उक्त कार्यका लागि नेपाल सरकारसँग कुनै समन्वय र सहमतिसमेत नलिएको उनले बताए । यस विषयमा साउदी दूतावासले भने कुनै प्रतिक्रिया जनाएको छैन ।    


प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP