Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #सामुदायिक विद्यालय
  • #सिन्दुर जात्रा
  • #‘छड्के तिलहरी’
  • #किवीखेती
  • #जग्गा हडप्ने
  • #‘कन्या–पूजा’
  • #रवि लामिछाने
Search Here
साहित्य
  • Home
  • साहित्य
  • कलाकार टेकवीर मुखियालगायत चार स्रष्टा सम्मानित
कलाकार टेकवीर मुखियालगायत चार स्रष्टा सम्मानित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २५, २०८०

काठमाडौं- पठन संस्कृति प्रबद्र्धनका लागि कार्यरत संस्था बालवाङ्मय तथा अनुसन्धान केन्द्रले बालसाहित्यमा योगदान पुर्‍याएका चार स्रष्टालाई सम्मान तथा पुरस्कार समर्पण गरेको छ । 

केन्द्रले आफ्नो ११ औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजना गरेको विशेष साहित्यिक कार्यक्रममा वरिष्ठ कलाकार टेकवीर मुखियालाई २५ हजार राशीसहितको साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान अर्पण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गीतकार, चलचित्र निर्देशक एवम् लेखक यादव खरेलले केन्द्रका तर्फबाट सम्मान अर्पण गरेका हुन् । यो सम्मान लेखक एवम् पत्रकार प्रमोद प्रधानले स्थापना गरेका हुन् ।403625905_712947147447931_1870749424865675905_n1702317984.jpg


यसैगरी कलाकार के.के. कर्माचार्यबाट स्थापित के.के. बालवाङ्मय कला साधना सम्मान युवा कलाकार कृष्णगोपाल श्रेष्ठलाई प्रदान गरिएको छ । सम्मानमा १० हजार नगदसहित सम्मान पत्र रहेको छ । 

403625891_6730401137076493_4559032012800115650_n1702318004.jpg
यसैगरी स्रष्टा रामकुमार पाँडेद्वारा स्थापित २० वर्षमुनिका लेखकका पुस्तकमध्येबाट उत्कृष्टलाई प्रदान गरिने राकुपा बालवाङ्मय पुरस्कार कक्षा ८ की छात्रा सोइना दाहालको कथासंग्रह ‘कथाको खोजी’ का लागि प्रदान गरिएको छ । 


लेखक सिर्जना शर्माद्वारा स्थापित जयहिरा बालवाङ्मय किशोरसाहित्य पुरस्कार भने ‘तनुजा’ किशोरलक्ष्यित कथासंग्रहका लागि डा.जानुका पौडेल नेपाललाई प्रदान गरिएको छ । दुवै पुस्तक २०७९ सालका उत्कृष्ट पुस्तकका रूपमा चयन भएका हुन् भने दुवैमा १०÷१० हजार नगदसहित प्रशंसा पत्र रहेको छ । 

393070914_1777951799340643_5265355386682540532_n1702318032.jpg
पुरस्कार तथा सम्मान समर्पण गर्दै प्रमुख अतिथि खरेलले उपयुक्त पात्र चयनले ती सम्मान तथा पुरस्कारबाट पुरस्कार प्रदान गर्ने संस्था आफैं पुरस्कृत भएको बताए । कार्यक्रममा कलाकार के.के. कर्माचार्यले सम्मानित कलाकारद्वय मुखिया र श्रेष्ठको व्यक्तित्वबारे चर्चा गरेका थिए भने प्रा. तारानिधि भट्टराईले पुरस्कृत पुस्तकहरूबारे चर्चा गर्नु गरेका थिए । समारोहमा लेखक प्रमोद प्रधान, कलाकार कृष्णगोपाल श्रेष्ठ, पुरस्कृत कृतिका कृतिकारद्वय सोइना दाहाल तथा डा. जानुका पौडेल नेपालले पनि आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । 


केन्द्रका अध्यक्ष अनन्त वाग्लेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव शान्ति सापकोटाले गरेकी थिइन् ।


प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  २३:४९
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
बेलायती अर्थशास्त्री इमन् बट्लरको किताब नेपालीमा, विराटनगरमा विमोचन
बेलायती अर्थशास्त्री इमन् बट्लरको किताब नेपालीमा, विराटनगरमा विमोचन शनिबार, साउन ३, २०८२
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण आइतबार, असार २९, २०८२
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो' शनिबार, असार २८, २०८२
नेपालकाे साहित्यिक र सांस्कृतिक यात्रा स्रष्टाहरूकाे साधनाले बाँचेकाे छ : मन्त्री पाण्डे 
नेपालकाे साहित्यिक र सांस्कृतिक यात्रा स्रष्टाहरूकाे साधनाले बाँचेकाे छ : मन्त्री पाण्डे  बिहीबार, असार १२, २०८२
शाकाहारीलाई सोधिने प्रश्नको उत्तर अब ‘शाकाहारः तर्काधार’मा
शाकाहारीलाई सोधिने प्रश्नको उत्तर अब ‘शाकाहारः तर्काधार’मा आइतबार, असार ८, २०८२
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने मंगलबार, जेठ २७, २०८२
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण आइतबार, जेठ २५, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP