Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • खाडी मुलुक र मलेसियामा सीपयुक्त कामदारको माग बढ्दो
खाडी मुलुक र मलेसियामा सीपयुक्त कामदारको माग बढ्दो
बिहीबार, मंसिर १४, २०८०

काठमाडौं– वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिएका मलेसिया तथा खाडी मुलुकहरुमा सीपयुक्त कामदारको माग बढ्दो देखिएको छ । रोजगारीको प्रारम्भिक चरणदेखि प्रायः सामान्य कामदार (लेबर)को माग गर्दै आएका यी मुलुकहरुले पछिल्लो समय प्रविधि र विकासक्रमका आधारमा सीपयुक्त कामदारको माग बढाएका छन् ।

रोजगारीका विभिन्न क्षेत्रमा सकेसम्म दक्ष तथा सीप सिकेका कामदारको माग आउने गरेको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । पछिल्लो समय अदक्ष कामदारको तुलनामा सीप भएका वा दक्ष कामदारको माग बढी आउने गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘अहिले मलेसिया तथा खाडी मुलुकबाट व्यवसायीहरुले सीपयुक्त कामदारको बढी डिमाण्ड ल्याउने गरेका छन्,’ उनले भने, ‘यसबाट पनि मलेसिया र खाडी मुलुकहरुले दक्ष कामदारको माग बढ्दै गएको देखाउँछ ।’ 

व्यवसायीहरुले नेपालबाट पनि सीप भएका कामदार पठाउन सक्छौं भन्ने सन्देश प्रवाह गरेका कारण पनि दक्ष कामदारको माग बढेको हुन सक्ने अध्यक्ष भण्डारीले बताए । मागअनुसारको कामदार पठाउन सके पारिश्रमिकलगायतका विभिन्न सेवासुविधा पनि बढ्ने र रेमिट्यान्ससमेत वृद्धि हुने उनको भनाइ छ । दक्ष जनशक्तिको मागअनुसार सीप सिकेर जानेको संख्या बढे पनि यसलाई पर्याप्त मान्न सकिने अवस्था नरहेको भण्डारीले बताए । उनले सरकारलाई निजी क्षेत्रसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय बजारमा मागअनुसारको जनशक्ति उत्पादन बढाउन ध्यान दिन आग्रहसमेत गरे ।

Hardik health

यस्तै मलेसियामा विभिन्न बहुराष्ट्रिय कम्पनी तथा उद्योगहरु भएका कारण सीपयुक्त जनशक्तिको माग बढ्दै गएको आकर्षण इन्टरनेसनल प्रालिका अध्यक्ष विष्णु केसीले बताए । ‘यसअघि दक्ष कामदारको रुपमा सेक्युरिटी गार्डको माग हुँदै आएकोमा हाल रोजगारीका विभिन्न क्षेत्रमा सीपयुक्त कामदारको माग रहेको छ,’ उनले भने । अझै सीप सिकेका दक्ष कामदार पठाउन सके मुलुकले राम्रै लाभ लिनसक्ने केसीले बताए ।

वैदेशिक रोजगारीमा जाने करिब ८० प्रतिशत नेपाली कामदार खाडी मुलुक र मलेसिया जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले पनि देखाएको छ । आर्थिक वर्ष २०७९÷८० मा सात लाख ७१ हजार नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकामा मलेसियामा दुई लाख ५९ हजार, कतारमा एक लाख ८४ हजार, संयुक्त अरब इमिरेट्स (युएई) मा एक लाख १२ हजार ७७७ साउदी अरेबियामा एक लाख १२ हजार र कुवेतमा ४३ हजार ५०७ जना गएका थिए ।

जसमा ६० प्रतिशतभन्दा बढीले सीप सिकेर रोजगारीमा गएको विभागले उल्लेख गरेको छ । २०७८ देखि हालसम्म श्रम स्वीकृति लिएर १५ लाख ६८ हजार कामदार विदेश गएकामा सीप सिकेर जानेको संख्या १० लाख दुई हजार रहेको छ । 
विभिन्न गन्तव्य मुलुकबाट रोजगारदाताले दक्ष कामदारको माग गर्न थालेपछि सीप सिकेर जानेहरुको संख्या बढेको विभागका महानिर्देशक मदन दाहालले बताए । ‘नेपालबाट सीप जानेका मान्छे लैजान पाउने भएपछि माग बढ्ने नै भयो,’ उनले भने, ‘विश्व श्रमबजारमा दक्ष जनशक्तिको माग पनि बढ्दो छ र सीप सिकेर जानेको संख्या पनि बढ्दै छ ।’

वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई सीप सिकेरमात्रै जान सरकारले प्रोत्साहित गर्दै आएको दाहालले बताए । विगतमा कुनै नभएका युवाहरु विदेशिने गरे पनि सरकारले अनिवार्य सीप सिकेर जानुपर्ने व्यवस्था गरेका कारण पछिल्ला वर्षहरुमा सामान्य सीप भए पनि सिकेर जाने क्रम बढेको उनको भनाइ छ । यसलाई अझ बढी प्रभावकारी बनाउन हालसालै सरकारले विश्व श्रमबजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरेको उनले बताए ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP