Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • माथिल्ला कक्षामा विद्यार्थीको सिकाइस्तर कमजोर
माथिल्ला कक्षामा विद्यार्थीको सिकाइस्तर कमजोर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ११, २०८०

काठमाडौं - शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएका हालसम्मका अधिकांश अध्ययन प्रतिवेदनले तल्ला कक्षाका तुलनामा माथिल्ला कक्षाका उपलब्धि झन् कमजोर रहेको देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको उक्त केन्द्रका अध्ययनले विद्यालय तहका विद्यार्थीको समग्र सिकाइ उपलब्धि निम्सरो देखाएको छ । अध्ययनले कक्षा ३ र ५ को तुलनामा कक्षा ८ मा उपलब्धि कम भएको देखिएको हाे। 

गणित र विज्ञान विषयमा उपलब्धि अन्य विषयका तुलनामा झन् कमजोर पनि देखिएको छ । ती अध्ययनले विद्यार्थीको समग्र उपलब्धि कमजोर हुनुलाई विशेष चासो र चिन्ताका साथ उठाएको केन्द्रका महानिर्देशक चन्द्रकान्त भुसालले बताए । उनले विद्यार्थीको ठूलो सङ्ख्याको सिकाइस्तर सम्बन्धित कक्षाको तहभन्दा तल तथा अपेक्षित पाठ्यक्रम र प्राप्त पाठ्यक्रमबीचमा ठूलो खाडल देखिएको पाइएको जनाए ।
     
केन्द्र स्थापनाको १५ वर्षमा हालसम्म १३ वटा राष्ट्रिय उपलब्धि परीक्षण सम्पन्न भइसकेका छन् । “नेपालका सन्दर्भमा उच्च उपलब्धि हासिल गर्ने समूह अत्यन्त सानो छ । यस्तो कमजोर सिकाइ अवस्थाको खाडललाई कम गर्न विशेष प्रयत्न नभएको अवस्थामा माथिल्लो कक्षाको सिकाइमा प्रत्यक्ष प्रभाव पार्ने स्वतः सिद्ध छ”, केन्द्रबाट प्रकाशित वार्षिक प्रतिवेदन, २०७९÷०८० मा भनिएको छ, “खासगरी भाषिक सीपले ग्रहणशीलता र उत्पादनशीलता दुवै प्रभावित हुन्छन्, फलस्वरूप जुनसुकै विषयको सिकाइ सम्भावनालाई कुण्ठित गर्न सक्छ ।”

प्रतिवेदनले गणितको पाठ्यक्रम तल्लो कक्षाको सिकाइले बन्ने अवधारणाको जगमा निर्मित हुने भएकाले तल्लो खुड्किलामा भरलाग्ने गरी वा बलियोसँग टेक्न नसक्दा माथिल्लो खुड्किलामा चढ्ने तागत कमजोर हुन जाने हुँदा माथिल्लो कक्षाको सिकाइमा प्रत्यक्ष र गम्भीर प्रभाव पार्न सक्ने भनेको छ । यस्तै प्रदेशबीचको सिकाइ उपलब्धि तथा विद्यालय प्रकारअनुसार ठूलो असमानता देखिएको छ । विद्यार्थीको शैक्षिक उपलब्धि र सामाजिक–आर्थिक स्थितिबीचको सम्बन्ध महत्वपूर्ण रहेको छ ।

Nada Auto Show 2026
Hardik health

प्रतिवेदनले विशेष प्रयत्न हुन नसकेमा सिकाइ विद्यार्थीको उपलब्धि कमजोर हुँदै जाने, पढाइमा रुचि र आत्मविश्वास गुमाउने, असफलतामा पुग्न बाध्य हुने वा बीचैमा कक्षा छाड्ने जस्ता जोखिम देखिने औँल्याएको छ । विद्यार्थीले पढाइ पूरा गरिहाले पनि माथिल्लो कक्षामा आफूले पढ्न पाउने विषय रोज्ने सम्भावना साँघुरो हुने र अन्ततःआफ्ना जीवनका सम्भावना नै कुण्ठित हुनसक्ने जोखिम देखिन्छ ।
     
केन्द्रले कक्षा, ५, ८ र १० को अङ्ग्रेजी, गणित, नेपाली र विज्ञान गरी चार विषयको विद्यार्थी उपलब्धिको स्तर परीक्षण र अन्य पढाइ र सीपगत परीक्षण गर्दै आएको छ । केन्द्रबाट ‘प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित परीक्षण’, विद्यालयको कार्यसम्पादन परीक्षण र विभिन्न निकायबाट सञ्चालित शैक्षिक कार्यक्रमका परीक्षण, सबैका लागि शिक्षा शिशु विकास कार्यक्रमअन्तर्गत युनिसेफको आर्थिक सहयोगमा प्रारम्भिक बालविकास केन्द्रका बालबालिकाको सिकाइ र विकासस्तर तथा बालविकास केन्द्रको कार्यसम्पादन परीक्षण हुँदै आएको छ ।
     
विद्यालयको कार्यसम्पादन परीक्षणमा सरदर ८२ प्रतिशत विद्यालयले ४० अंकको हाराहारी वा ७० अंकसम्म समान्यस्तर हासिल गरेका केन्द्रका महानिर्देशक भुसालले बताउनुभयो । सरदर १६ प्रतिशत विद्यालयले ९० अंकसम्म प्राप्त गरेर मध्यमस्तरको कार्यसम्पादन गरेका छन् । सरदर दुई प्रतिशत विद्यालयले ४० प्रतिशत अंक प्राप्त गर्न नसकी कमजोरस्तरमा दर्ज भएका उहाँले जानकारी दिए । उनका अनुसार देशभरमा हालसम्म सात विद्यालयमात्र ९० प्रतिशत वा सोभन्दा बढी प्राप्तांक ल्याई उच्चस्तरको कार्यसम्पादन श्रेणीमा आफूलाई चिनाउन सकेका छन्

केन्द्रबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत कार्यक्रम तथा बजेटबाट सम्भव नभएकाले नमुना परीक्षण विधिबाट दुई सय ८० वटा बालविकास केन्द्र र विद्यालय परीक्षणका लागि छनोट गरिएका थिए । छनोटमा परेका बालविकास केन्द्र इलाम, खोटाङ, मोरङ, सुनसरी, पर्सा, रौतहट, सर्लाही, चितवन, काठमाडौँ, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, बागलुङ, गोरखा, कास्की, म्याग्दी, नवलपरासी पूर्व, बाँके, दाङ, पाल्पा, रूपन्देही, दैलेख, जाजरकोट, जुम्ला, रूकुम पश्चिम, सुर्खेत, अछाम, बैतडी, डोटी र कैलाली गरी ३० जिल्लाका छन् । ती बालविकास केन्द्रमा परीक्षक प्रत्यक्षरूपमा उपस्थित भई छनोटमा परेका १५ बालबालिकाको विवरण संकलन गरिएको थियो ।
     
नेपालमा विद्यार्थीको सिकाइ उपलब्धिस्तरको परीक्षण तथा शैक्षिक निकाय एवं शिक्षण संस्थाको कार्यसम्पादन परीक्षण गर्नका लागि विद्यालय सुधार योजना, २०६६–२०७२ ले अलग्गै निकायको परिकल्पना गरेपछि विसं २०६६ कात्तिकमा सो केन्द्र (इआरओ) को स्थापना भएको हो ।


प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित शुक्रबार, साउन २२, २०८३
लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु
लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु बिहीबार, साउन २१, २०८३
शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने शुक्रबार, साउन १५, २०८३
‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’: मन्त्री पोखरेल
‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’: मन्त्री पोखरेल सोमबार, साउन ११, २०८३
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री शुक्रबार, साउन ८, २०८३
त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव बिहीबार, साउन ७, २०८३
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP