Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संघीय संसद् भवन निर्माणमा सुस्तता, हिउँदे अधिवेशनसम्म तयार हुनेमा आशंका
संघीय संसद् भवन निर्माणमा सुस्तता, हिउँदे अधिवेशनसम्म तयार हुनेमा आशंका
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २२, २०८०
  • आगामी दुई महिनाभित्रै भवन निर्माण र उपकरण जडान कार्य सम्पन्न गर्न सभामुख देवराज घिमिरेको निर्देशन
  • हिउँदे अधिवेशनसम्ममा पाँचवटा भवन तयार गरिसक्ने ठेकेदार कम्पनीको प्रतिबद्धता
  • भवन  र उपकरण जडानलाई दु्रततासँगै गुणस्तरमा ध्यान दिइएको सहरी विकासमन्त्री सीता गुरुङको भनाइ


काठमाडौं– संघीय संसद्को आगामी हिउँदे अधिवेशन नयाँ भवनमा सुरु गर्ने तयारी भइरहेको छ । तर, सिंहदरबारभित्र निर्माणाधीन भवन तयार भइसकेको छैन । ठेकेदार कम्पनीले आगामी हिउँदे अधिवेशनसम्ममा पाँचवटा भवन तयार हुने बताउँदै आएको छ । तर, निर्माण गति सुस्त हुँदा निर्धारित समयमा तयार हुनेमा अझै विश्वस्त हुने अवस्था देखिँदैन ।

यसैबीच सभामुख देवराज घिमिरेले संघीय संसद् भवन आगामी दुई महिनाभित्रै भवन निर्माण र उपकरण जडान कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले हिउँदे अधिवेशनबाटै सञ्चालनमा ल्याउने गरी उपकरण जडानलगायत काम पूरा गर्न निर्देशन दिए । निर्माणाधीन भवनमा जडान गर्न लागिएका साउण्ड सिस्टमसहित बहुप्राविधिक उपकरण र गुणस्तरबारे उत्पादन कम्पनीसँग जानकारी लिँदै सभामुख घिमिरेले मंगलबार उक्त निर्देशन दिएका हुन् ।

हाम्रो आवश्यकता अनुसार नवीनतम प्रविधिको प्रयोग र जोखिम निराकरणसम्बन्धी विषयमा विशेष ध्यान पुर्‍याऔं ।

-देवराज घिमिरे,सभामुख

‘हाम्रो आवश्यकता अनुसार नवीनतम प्रविधिको प्रयोग र जोखिम निराकरणसम्बन्धी विषयमा विशेष ध्यान पुर्‍याऔं,’ सचिवालयका पदाधिकारी र कर्मचारीलाई उनको सुझाव छ । सञ्चार, साउण्ड सिस्टम र उपकरण जडानसम्बन्धी जिम्मेवारी प्राप्त गरेको जर्मनको टेलिभाइस कम्पनीले दक्षिण एसियामै नयाँ उपकरण जडान हुनेगरी सभाकक्षसहितको जिम्मेवारी पूरा गर्ने अठोट व्यक्त गरेको छ ।

सहरी विकासमन्त्री सीता गुरुङले संघीय संसद् भवन निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएर अघि बढाइरहेको जानकारी दिइन् । भवन  र उपकरण जडानलाई दु्रततासँगै गुणस्तरको प्रश्नलाई पनि त्यतिकै हेक्कामा राख्न आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘हामीले काम चलाउभन्दा गुणस्तरमा बढी ध्यान दिनुपर्छ भन्ने पाटोमा गम्भीर छौं ।’

आयोजना निर्देशक मच्चाकाजी महर्जनले छ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी धमाधम काम भइरहेको बताए । सदनमा नवीनतम र गुणस्तरीय उपकरण जडानको काम अघि बढिरहेको उनको भनाइ छ । सरकारले चालु आर्थिक वर्षमा भवन निर्माण विनियोजन तीन अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

काम चलाउभन्दा गुणस्तरमा बढी ध्यान दिनुपर्छ भन्ने पाटोमा हामी गम्भीर छौं ।
सीता गुरुङ
मन्त्री, सहरी विकास


सहरी विकास मन्त्रालय र निर्माण कम्पनी ‘टुण्डी सेक ज्वाइन्ट भेञ्चर’बीच २०७६ असोज १६ गते भएको सम्झौताअनुसार २०७९ असोज १५ गतेभित्र भवन बनिसक्नुपर्ने थियो । तर, वर्षदिन नाघ्दा पनि भवनले पूर्ण रुप लिन सकेको छैन ।भवन निर्माण प्रगति अपेक्षाकृत हुन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख घिमिरेले निरन्तर ताकेता गर्दै आएका छन् ।

गत असार २५ गते अवलोकन गर्न पुगेका प्रधानमन्त्री दाहालले आउँदो हिउँदे अधिवेशन नयाँ भवनमा गर्ने लक्ष्य रहेको भन्दै निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए । त्यस्तै गत साउन १७ गते सभामुख घिमिरेले पनि निर्माणाधीन संसद् भवनको अवलोकन गरेका थिए । संसदीय समितिले पनि भवन निर्माणमा निरन्तर चासो राख्दै आएको छ ।सिंहदरबारको पुतली बगैंचामा निर्माण भइरहेको संसद् भवनको शिलान्यास २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

थपिएको म्याद पनि गुज्रियो
कोरोना महामारीका कारण निर्माण ढिलाइ भएको भन्दै पहिलोपटक छ महिना म्याद थप गरी निर्धारित समय २०८० वैशाख १४ गते पुर्‍याइयो । पहिलोपटक थप भएको म्यादभित्र पनि निर्माण सम्पन्न नभएपछि दोस्रोपटकका लागि अर्को छ महिना म्याद थप गरी २०८० साल असोज १६ गते पुर्‍याइयो ।

दुईपटक म्याद थप हुँदा पनि निर्माणाधीन संसद् भवनको प्रगति उत्साहजनक छैन । कम्पनीका तर्फबाट परियोजना व्यवस्थापक प्रमेन्द्रकृष्ण श्रेष्ठका अनुसार भवन निर्माण सकिन अझै कम्तीमा छ महिनाको समय चाहिन्छ । थपिएको समयमा पनि निर्माण सम्पन्न नभए सम्झौता भएको रकमको ०.०५ प्रतिशत प्रतिदिनका हिसाबले जरिवाना गर्न सकिने व्यवस्था छ । उक्त जरिवानापछि पनि काम नभए बैंक जमानी रोक्का गर्ने र सम्झौता खारेज गर्न सकिने परामर्शदाता मानन्धरले बताए ।

‘म्याद थपेर पनि समयमा सकिएन भने जरिवाना लगाउने भन्ने छ । ०.०५ प्रतिशत प्रतिदिन जरिवाना लगाउनुपर्ने हुन्छ । त्यो भनेको सम्झौता भएको रकमको ०.०५ प्रतिशत प्रतिदिन जरिवाना हो,’ उनले भने । २०५५ असार ८ गते तत्कालीन मन्त्रिपरिषद्ले भवन निर्माण गर्ने निर्णय गरेको थियो । लामो समयसम्म भवनको काम सुरु हुन सकेन । जसको कारण भवन कहाँ बन्ने नै निश्चित भएको थिएन । हालकै संसद् सचिवालय परिसरमा बनाउने प्रयत्नसमेत लामो समय चलेको थियो । 

समयमा भवन नबन्दा २०६४ देखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संविधान सभा तथा हालका संघीय संसद्कासमेत बैठक बस्दै आएका छन् । २०६४ को संविधान सभा निर्वाचनपछि उक्त भवन भाडामा लिइएको हो । वार्षिक १६ करोडभन्दा बढी भाडा अहिले सम्मेलन केन्द्रलाई संसद् भुक्तानी गर्दै आएको छ ।

यस्तो बन्ने छ संसद् भवन
कूल १५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको परियोजनाअन्तर्गत प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । भवन निर्माणका लागि अनुमानित खर्च छ अर्ब ९२ करोड रुपैयाँ भए पनि पाँच अर्ब दुई करोड रुपैयाँमा सम्झौता भएको छ । सरकारले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि तीन अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संसद् भवनभित्र मुख्य भवन आठवटा हुनेछन् । भवनभित्र ३५० सिट क्षमताको संयुक्त लबी हुने छ भने सानाठूला गरी १० वटा संसदीय दलका कार्यालय हुनेछन् । यसका चार अतिरिक्त अतिरिक्त विशिष्ट कक्ष, दुई संसद्् सचिवालय भवन, संसद् पुस्तकालय, दुईवटा क्यान्टिन क्रमशः १०० र ३०० जना अट्ने क्षमताका र ३९० वटा गाडी पार्किङ क्षमता हुने छ ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP