Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
‘कुलिङ पिरियड’मा गडबडी प्रकरण छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, साउन २८, २०८२

 

प्रतिवेदनमा ‘जिम्मेवारी’ भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारीबोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु ।
रामहरि खतिवडा
निवर्तमान सभापति, राज्य व्यवस्था तथा सुशासन समिति

काठमाडौं– कुलिङ पिरियडसम्बन्धी विवादमा मुछिएका राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । संघीय निजामती विधेयकमा उल्लिखित ‘कुलिङ अफ पिरियड’लाई निष्प्रभावी बनाउनेगरी अनधिकृत शब्द हेरफेरबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिले जिम्मेवार ठह¥याएपछि उनले मंगलबार राजीनामा दिएका हुन् । 

Hardik health

खतिवडाले विधेयकको प्रतिवेदन अन्तिममा गहिरिएर नहेर्नु आफ्नो गल्ती भएको स्वीकारेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शब्द हेरफेर गरेर कुलिङ अफ पिरियडलाई निष्प्रभावी बनाउने काम आफू र राज्य व्यवस्था समितिले नगरेको दोहाेर्याए । प्रतिवेदन लेखनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी संलग्न भएको उनको भनाइ थियो । खतिवडाले आफू सुरुदेखि नै कुलिङ अफ पिरियडको पक्षमा रहेको र भविष्यमा पनि हुने दाबी गरे । तर, आफूसमेतले हस्ताक्षर गरेको निजामती विधेयकको प्रतिवेदन भने विधायकी मनसायभन्दा गलत ढंगले तयार भएको पाइएको बताए । संसदीय छानबिन समितिले अनधिकृत हेरफेरमा जिम्मेवार भनेकाले पदबाट राजीनामा दिएको उनले प्रतिनिधिसभा बैठकमा घोषणा गरे ।

‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु,’ उनले मंगलबार भने । राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको थियो । यता राजीनामा दिएका खतिवडाले भने कर्मचारीलाई विश्वास गर्दा त्रुटि भएको उल्लेख गरे । त्रुटि भएको विधेयकको प्रतिवेदन अगाडि बढेपछि आफूलेमात्रै नभएर संसद्का सबै सदस्यले हेरेको बताए । कसैले पनि नहेर्नु आफ्नोमात्रै कमजोरी हुन नसक्ने उनको तर्क छ । 

यसअघि उनले अनधिकृत शब्द हेरफेरमा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै आएका थिए । संसदीय समितिले छानबिनपछि जिम्मेवार ठह¥याउँदा पनि अस्वीकार गर्दै बसेका उनले अन्ततः पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा राजीनामा दिएको स्रोतको भनाइ छ । कुलिङ अफ पिरियड भनेको सरकारी कर्मचारीलाई अवकाशलगत्तै संवैधानिक र कूटनीतिक नियुक्ति दिन नहुनेसम्बन्धी प्रावधान हो । नेपालको सन्दर्भमा दुई वर्ष कुलिङ अफ पिरियड हुनुपर्ने राज्य व्यवस्था समितिले छलफल गरेर टुंगो लगाएको थियो । पछि राष्ट्रिय सभामा पुग्नुअघि विधेयकमा अनधिकृत हेरफेर भएको विषय बाहिरिएको थियो । यिनै पृष्ठभूमिमा खतिवडाको राजीनामा आएको हो ।

कुलिङ अफ पिरियडमा मुख्यसचिव एकनारायण अर्याल, राज्य व्यवस्था समितिका तत्कालीन सचिव सुरजकुमार दुरालाई पनि छानबिन समितिले जिम्मेवार औंल्याएको थियो । अब अर्याल र दुराले के गर्छन् ? निश्चित भएको छैन । यसअघि नै दुरा भने राज्य व्यवस्था समितिको सचिवबाट अलग भएका छन् । अर्याल भने मौन छन् ।  हालै सभामुख देवराज घिमिरेले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा छलफल गरेका थिए । कांग्रेस सभापति देउवाले पनि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरुसँग छलफल गरेका थिए । खतिवडामाथि राजीनाको दबाब बढेको थियो । यहीबीच उनको राजीनामा आएको हो । खतिवडाले राजनीतिमा कतिपय बेला नगरेको गल्तीसमेत बेहोर्नुपर्ने अवस्थामा पुग्न सक्ने र आफूमाथि त्यस्तै भएको बताए । खतिवडाको राजीनामालाई एमालेले स्वाभाविक ठानेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले मंगलबार संघीय संसद् भवन परिसर नयाँबानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै छानबिन समितिले सभापति (खतिवडा)लाई राजनीतिक र नैतिक जिम्मेवारीमा उभ्याउनुपर्ने निष्कर्ष निकालेको कारण राजीनामा स्वाभाविक भएको बताए ।  ‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा स्वाभाविक हो । समिति सचिवको सन्दर्भमा उक्त समितिबाट अन्यत्र सरुवा गर्ने कुरा नै होला र सोही समितिमा बसेर कार्यसम्पादन गर्ने र निरन्तरता दिने कुरा नहोला,’ बर्तौलाले भने । 

कांग्रेस सांसद जीवन परियार संयोजक रहेको संसदीय छानबिन समितिले जिम्मेवारी वहन गर्नुपर्ने अधिकारीहरूले राम्रोसँग काम नगर्दा गम्भीर त्रुटि देखिएको निष्कर्ष निकालेको थियो । परिभाषित जिम्मेवारीमा रहेकाले जिम्मेवारी पूरा गरेको नदेखिएको पनि समितिको ठहर थियो । उनका अनुसार छानबिनको क्रममा समितिले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको अडियो तथा भिडियो दुवै सुन्ने र हेर्ने काम गरेको थियो । 
 


प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ११:११
#‘कुलिङ पिरियड
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP