Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
झापाको ‘बालुवाटार काण्ड’ ८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २९, २०८२

काठमाडौं- विशेष अदालतले झापाको रतुवा र दिपिनी खोला किनारको झण्डै ८०० बिघा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा संलग्न नौ जनालाई भ्रष्टाचारी ठहर गरेको छ । व्यक्तिको नाममा दर्ता भएका ती सबै जग्गा जफत हुने फैसला अदालतले बुधबार गरेको फैसलामा उल्लेख छ । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले झापाका माओवादी नेता गगन पुरीसँगै तत्कालीन नापी अधिकृत शशीकान्त झा, नापी अधिकृत रामदेव मण्डल, सर्वेक्षकहरू सिताराम यादव, विन्देश्वर पञ्जियार, विष्णुदेव यादव, रामकुमार दास, गणेशकुमार धिमाल, अमिन ललितकुमार मण्डल र नासु रुद्रप्रसाद श्रेष्ठलाई सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा दोषी ठहर गरेको हो ।

गगन भनिने रेवतराज पुरीलाई एक वर्ष कैद र २० लाख रुपैयाँ जरिवाना तोकिएको छ । पुरी बाहेककालाई तीन महिनादेखि एक वर्ष कैद सजाय तथा १८ हजारदेखि १८ लाख रुपैयाँसम्म बिगो र जरिवाना तिराउन आदेश दिइएको छ । थाहै नभइ आफ्नो नाममा जग्गा नामसारी गरिएका आरोपितहरूले भने सफाइ पाएका छन् । उक्त जग्गा खरिद गरेकाहरुको जग्गा जफत भए पनि उनीहरूलाई बिगो र जरिवाना नहुने भएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले प्रभावलाई बताए । 

Hardik health

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ फागुन २०८० मा पुरीसहितका विपक्षीहरूलाई जग्गा हिनामिना काण्डमा मुद्दा दायर गरेको थियो । पुरी, कर्मचारीका परिवारको सदस्यविरुद्ध दायर मुद्दामा फैसला बुधबार आएको हो । सरकारी जग्गामा स्वबासी कायम गरिएकोमा एउटा भ्रष्टाचार मुद्दा दायर भएको थियो । खोला किनाराको जग्गा हालसाविक गरेकोमा अर्को मुद्दा दायर भएको थियो । विशेष अदालतका अनुसार ३९७ बिघा जग्गा भएको पहिलो भ्रष्टाचार मुद्दामा २८ जना कर्मचारी, ३६ जना जग्गा अतिक्रमणकारीसँगै जग्गा किनेका १०८ जना जग्गाधनीसहित १७२ जना प्रतिवादी थिए । ३८४ बिघा जग्गा हिनामिना भएको दोस्रो मुद्दामा नौ जना कर्मचारी, ६५ जना जग्गा अतिक्रमणकारी र जग्गा किनेका ११३ सहित कूल १८७ जना प्रतिवादी थिए । पहिलो मुद्दाका अधिकांशको नाम दोस्रो मुद्दामा थियो ।

स्थानीयवासीका अनुसार २०३८ सालमा ठूलो बाढी आयो । बाढीले धेरैलाई विस्थापित ग¥यो र सुकुम्बासी भए । सोही जग्गा अतिक्रमणकारी माओवादी नेता पुरीसहितले व्यक्तिको नाममा दर्ता गराएका थिए । त्यसपछि छानबिन गरेर अख्तियारले उनीविरुद्ध छ करोड दुई लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो । उनकी पत्नीमाथि पाँच करोड ७० लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएको थियो । २०२१ सालमा नापी हुँदा फिल्डबुक र जग्गाधनी श्रेस्तामा उक्त जग्गा सार्वजनिक प्रकृतिको देखिएको उल्लेख छ । तर, सोही जग्गा नापी हुँदा झुक्याएर हालसाविक गरी व्यक्तिको नाममा दर्ता भएको अख्तियारको आरोप थियो । यो पहिलो मुद्दा (३९७ बिघा)को हो । दोस्रो मुद्दा (३८४ बिघा) व्यक्तिको नाममा दर्ता भएको भन्दै अख्तियारले रतुवा र दिपीनी खोला दोभानको उत्तरतर्फको भागमा जग्गा नापी गर्ने क्रममा स्वबासीको नाममा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको दाबी गरेको थियो ।

अख्तियारका अनुसार प्रक्रिया मिचेर सार्वजनिक जग्गा स्वबासी भनी परिभाषित गरी व्यक्तिको नाममा दर्ता भएको थियो । त्यसरी अतिक्रमित भएको जग्गामा माओवादी झापाका नेता पुरीले पार्टी कार्यालय नै खोलेका थिए । उनै पुरी २०७९ मा भएको प्रदेशसभाको निर्वाचनमा झापा–५ ‘ख’बाट चुनाव लडेका थिए । तर, उनी चुनावमा हारे । उनै पुरी भ्रष्टाचारी ठहर भएका हुन् । उनको परिवारले २०७० यता घरजग्गा बिक्री गरेको खुलेको छ । यो घटनाको २०७६ माघमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रतुवा खोला किनाराको जग्गा अतिक्रमणबारे छानबिन गरेको थियो ।
 


प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ११:२०
#जग्गा हडप्ने
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP