Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
झापाको ‘बालुवाटार काण्ड’ ८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २९, २०८२

काठमाडौं- विशेष अदालतले झापाको रतुवा र दिपिनी खोला किनारको झण्डै ८०० बिघा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा संलग्न नौ जनालाई भ्रष्टाचारी ठहर गरेको छ । व्यक्तिको नाममा दर्ता भएका ती सबै जग्गा जफत हुने फैसला अदालतले बुधबार गरेको फैसलामा उल्लेख छ । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले झापाका माओवादी नेता गगन पुरीसँगै तत्कालीन नापी अधिकृत शशीकान्त झा, नापी अधिकृत रामदेव मण्डल, सर्वेक्षकहरू सिताराम यादव, विन्देश्वर पञ्जियार, विष्णुदेव यादव, रामकुमार दास, गणेशकुमार धिमाल, अमिन ललितकुमार मण्डल र नासु रुद्रप्रसाद श्रेष्ठलाई सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा दोषी ठहर गरेको हो ।

गगन भनिने रेवतराज पुरीलाई एक वर्ष कैद र २० लाख रुपैयाँ जरिवाना तोकिएको छ । पुरी बाहेककालाई तीन महिनादेखि एक वर्ष कैद सजाय तथा १८ हजारदेखि १८ लाख रुपैयाँसम्म बिगो र जरिवाना तिराउन आदेश दिइएको छ । थाहै नभइ आफ्नो नाममा जग्गा नामसारी गरिएका आरोपितहरूले भने सफाइ पाएका छन् । उक्त जग्गा खरिद गरेकाहरुको जग्गा जफत भए पनि उनीहरूलाई बिगो र जरिवाना नहुने भएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले प्रभावलाई बताए । 

Hardik health

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ फागुन २०८० मा पुरीसहितका विपक्षीहरूलाई जग्गा हिनामिना काण्डमा मुद्दा दायर गरेको थियो । पुरी, कर्मचारीका परिवारको सदस्यविरुद्ध दायर मुद्दामा फैसला बुधबार आएको हो । सरकारी जग्गामा स्वबासी कायम गरिएकोमा एउटा भ्रष्टाचार मुद्दा दायर भएको थियो । खोला किनाराको जग्गा हालसाविक गरेकोमा अर्को मुद्दा दायर भएको थियो । विशेष अदालतका अनुसार ३९७ बिघा जग्गा भएको पहिलो भ्रष्टाचार मुद्दामा २८ जना कर्मचारी, ३६ जना जग्गा अतिक्रमणकारीसँगै जग्गा किनेका १०८ जना जग्गाधनीसहित १७२ जना प्रतिवादी थिए । ३८४ बिघा जग्गा हिनामिना भएको दोस्रो मुद्दामा नौ जना कर्मचारी, ६५ जना जग्गा अतिक्रमणकारी र जग्गा किनेका ११३ सहित कूल १८७ जना प्रतिवादी थिए । पहिलो मुद्दाका अधिकांशको नाम दोस्रो मुद्दामा थियो ।

स्थानीयवासीका अनुसार २०३८ सालमा ठूलो बाढी आयो । बाढीले धेरैलाई विस्थापित ग¥यो र सुकुम्बासी भए । सोही जग्गा अतिक्रमणकारी माओवादी नेता पुरीसहितले व्यक्तिको नाममा दर्ता गराएका थिए । त्यसपछि छानबिन गरेर अख्तियारले उनीविरुद्ध छ करोड दुई लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो । उनकी पत्नीमाथि पाँच करोड ७० लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएको थियो । २०२१ सालमा नापी हुँदा फिल्डबुक र जग्गाधनी श्रेस्तामा उक्त जग्गा सार्वजनिक प्रकृतिको देखिएको उल्लेख छ । तर, सोही जग्गा नापी हुँदा झुक्याएर हालसाविक गरी व्यक्तिको नाममा दर्ता भएको अख्तियारको आरोप थियो । यो पहिलो मुद्दा (३९७ बिघा)को हो । दोस्रो मुद्दा (३८४ बिघा) व्यक्तिको नाममा दर्ता भएको भन्दै अख्तियारले रतुवा र दिपीनी खोला दोभानको उत्तरतर्फको भागमा जग्गा नापी गर्ने क्रममा स्वबासीको नाममा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको दाबी गरेको थियो ।

अख्तियारका अनुसार प्रक्रिया मिचेर सार्वजनिक जग्गा स्वबासी भनी परिभाषित गरी व्यक्तिको नाममा दर्ता भएको थियो । त्यसरी अतिक्रमित भएको जग्गामा माओवादी झापाका नेता पुरीले पार्टी कार्यालय नै खोलेका थिए । उनै पुरी २०७९ मा भएको प्रदेशसभाको निर्वाचनमा झापा–५ ‘ख’बाट चुनाव लडेका थिए । तर, उनी चुनावमा हारे । उनै पुरी भ्रष्टाचारी ठहर भएका हुन् । उनको परिवारले २०७० यता घरजग्गा बिक्री गरेको खुलेको छ । यो घटनाको २०७६ माघमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रतुवा खोला किनाराको जग्गा अतिक्रमणबारे छानबिन गरेको थियो ।
 


प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ११:२०
#जग्गा हडप्ने
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाका समानुपातिक आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक
रास्वपाका समानुपातिक आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक शुक्रबार, पुस ११, २०८२
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा शुक्रबार, पुस ११, २०८२
प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस
प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस शुक्रबार, पुस ११, २०८२
एकताबद्ध हुन संयोजक दाहालको अपिल
एकताबद्ध हुन संयोजक दाहालको अपिल शुक्रबार, पुस ११, २०८२
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा शुक्रबार, पुस ११, २०८२
कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्‍दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्‍दै शुक्रबार, पुस ११, २०८२
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP