Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
सांसदहरुको विरोधपछि समितिबाट भएन पारित भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, साउन २६, २०८२

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको प्रावधानमा हेरफेर गरेको खुलेको छ । मूल आशय नै परिवर्तन हुनेगरी केही शीर्षक परिवर्तन गरेको पाइएको भन्दै संसदीय समितिमा विरोध भएको हो ।

‘कुलिङ अफ पिरियड’लाई निष्प्रभावी बनाउनेगरी संघीय निजामती सेवा विधेयकको प्रावधानमा अनधिकृत हेरफेर प्रकरण सेलाउन नपाउँदै भूमि व्यवस्था मन्त्रालयले समितिमा छलफल भएभन्दा फरक शब्द र शीर्षक दिएर प्रतिवेदन तयार गरेको देखिएको हो । यसप्रति सांसदहरूले गम्भीर आपत्ति जनाएका छन् । अबदेखि मन्त्रालयलाई प्रतिवेदन तयार गर्ने जिम्मा दिन नहुनेसम्मका आवाज सांसदहरूले उठाए । सांसदहरूकै विरोधले आइतबार भूमि विधेयक प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकबाट पारित हुन सकेन । समिति सभापति कुसुमदेवी थापाले थप अध्ययनका लागि भन्दै यही २७ गते बस्नेगरी बैठक स्थगित गरिन् । विधेयकउपर संसदीय समितिमा छलफल भएर जे टुंगो लागेको थियो, त्यहीअनुसार प्रतिवेदन बनेको भए आइतबार नै समितिबाट पारित गर्ने कार्यसूची थियो । तर, त्यसो भएन ।

धेरै माननीय सदस्यहरूको धारणा अध्ययनका लागि समय चाहियो भन्ने रह्यो । मन्त्रालयले तयार पारेको मस्यौदाको सम्बन्धमा र भाषा मिलाउनुपर्नेलगायतका विषयमा माननीयहरूले अध्ययन गरेर आउनेगरी समितिको बैठक स्थगित गरियो ।
कुसुमदेवी थापा
सभापति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति

भूमिसम्बन्धी प्रचलित ऐनको दफा १२ छ को शीर्षकमा ‘स्वीकृत गराउनुपर्ने’ भन्ने छ । मन्त्रालयले तयार गरेको प्रतिवेदनको मस्यौदामा ‘स्वीकृत प्रतिवेदन पेस गर्नुपर्ने’ भनिएको छ । शीर्षकमै भएको परिवर्तनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अशोक चौधरीले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई प्रश्न गरे । उनले सोधे, ‘स्वीकृत गराउनुपर्ने शीर्षकलाई फेरेर स्वीकृत प्रतिवेदन पेस गर्नुपर्ने भनेर ल्याइएको यो एउटै कुरा हो कि फरक–फरक हो ? फरक हो भने हामीले शीर्षक फेर्ने भनेका थियौं र ?’

Hardik health

भूमिसम्बन्धी मौजुदा कानुनी व्यवस्थामा संशोधन गर्ने क्रममा विधेयकमा लामो र अस्पष्ट प्रावधान उल्लेख गरिएको छ । यसअघि प्रचलित ऐनको दफा १२ छ मा ‘हदबन्दीभन्दा बढी जग्गा राख्न अनुमति प्राप्त गर्नुअघि कुनै सार्वजनिक संस्था, उद्योग, कम्पनी, प्रतिष्ठान, शैक्षिक संस्था, आयोजना वा संघ संस्थाले जग्गा उपयोगसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय अध्ययन प्रतिवेदन (इआइए) तयार गरी सम्बन्धित निकायबाट स्वीकृत गराउनुपर्ने छ’ भन्ने उल्लेख थियो । संशोधन गर्न बनेको विधेयकमा सोही प्रावधानलाई पनि लामो र भद्दा बनाइएको छ, जसप्रति सांसदहरू असन्तुष्ट भए । ‘कुनै सार्वजनिक संस्था, उद्योग, कम्पनी, प्रतिष्ठान, शैक्षिक संस्था वा संघ संस्थाले आयोजना वा परियोजना सञ्चालनका लागि सम्बन्धित निकायबाट प्रचलित कानुनबमोजिम अनुमति प्राप्त गर्दा जग्गा उपयोगसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने भए हदबन्दीभन्दा बढी जग्गा राख्न स्वीकृति माग गर्दा त्यस्तो जग्गा उपयोगसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र सम्बन्धित निकायबाट स्वीकृत भएको वातावरणीय अध्ययन प्रतिवेदन (इआइए) को प्रमाणित प्रतिलिपिसमेत पेस गर्नुपर्ने छ ।’

यसअघि यो व्यवस्थालाई हटाएर सरकारले यही दफामा घरजग्गा व्यवसायको जग्गा बिक्रीसम्बन्धी व्यवस्था राख्नेगरी विधेयक ल्याएको थियो । यसप्रति सांसदहरूले सरकारको नियतमाथि प्रश्न उठाएका थिए । तर, भूमि व्यवस्थामन्त्री अधिकारीले भने गत बिहीबार सरकारको नियत गलत नरहेको दाबी गरेका थिए । भूमि ऐन, २०२१ को दफा १२ छ को व्यवस्था यथावत् राख्ने पनि बताएका थिए ।  यद्यपि, संसदीय समितिमा भएको सहमति र मन्त्री अधिकारीको भनाइअनुसार भूमिसम्बन्धी विधेयकको प्रतिवेदन आएन । अनि, विरोध भयो । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले शीर्षकसँगै प्रस्तावित व्यवस्थासमेत नबुझिनेगरी राखिएको भनेर आपत्ति जनाए । सांसदहरूलाई शब्दजालमा पार्न खोजिएको उनको टिप्पणी थियो । 

‘डिपिआर दुई÷दुई ठाउँमा राखिएको छ, यो आवश्यक हो ? एक ठाउँमा राख्दा के हुन्छ ? दुई ठाउँमा राख्दा के हुन्छ ? यो ड्राफ्टकै हिसाबले मिलेजस्तो देखिन्न,’ उनले बैठकमा भने, ‘शब्दजालमा सांसदलाई पार्ने प्रयास नगर्नुहोस् ।’ उनले विधेयकको प्रतिवेदन मन्त्रालयले बनाउने परिपाटीको पनि विरोध गरे ।  बैठकमा कांग्रेसकै सांसद शान्ति विकले विधेयकको प्रतिवेदन दुईखाले प्राप्त भएको भन्दै विरोध गरिन् । उनले पनि सांसद बलायरले जसरी मन्त्रालयले प्रतिवेदन तयार गरेकोप्रति असहमति जनाइन् । ‘कति राम्रो कानुन बनाएर पठाउने भन्ने कुरा समितिमा निर्भर छ र हुनुपर्छ । विधेयक निर्माणमा हामी नै जवाफदेही र हामी जिम्मेवार छौं भन्ने लाग्दछ,’ उनले भनिन् । 

भूमि विधेयकको प्रतिवेदन मस्यौदा भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार गरेका थिए । उक्त प्रतिवेदनको विरोध भएपछि समिति सभापति थापाले बैठक स्थगित गरिन् । ‘धेरै माननीय सदस्यहरूको धारणा अध्ययनका लागि समय चाहियो भन्ने रह्यो,’ उनले भनिन्, ‘मन्त्रालयले तयार पारेको ड्राफ्टको सम्बन्धमा र भाषा मिलाउनुपर्नेलगायतका विषयमा माननीयहरूले अध्ययन गरेर आउनेगरी समितिको बैठक स्थगित गरियो ।’ भूमि विधेयक निकै विवादित विधेयक हो । तैपनि प्रधानमन्त्री केपी शर्मा ओली यो विधेयकलाई छिटो पारित गराउने पक्षमा छन् । उनले यसअघि अध्यादेश नै ल्याएका थिए । त्यसबेला उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन जनाएन । विधेयक ल्याउँदा नै जसपा नेपालसँगै कांग्रेसका दुई महामन्त्रीले असहमति जनाए । त्यही कारण पारित हुन नसकेको विधेयक शंकास्पद देखिएको हो ।

प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबार बसेको बैठक । तस्बिरः रासस


 


प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ११:२८
#भूमि विधेयक
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP