Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
रुपन्देही उपनिर्वाचन बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २९, २०८२

रुपन्देही– रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन नजिकिँदै गर्दा प्रमुख दललाई उम्मेदवार छान्न मुस्किल भइरहेको छ । साना दल र स्वतन्त्र उम्मेदवारले चुनावी घरदैलो थालिसकेका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार सिफारिस नै गर्न सकेका छैनन् । कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुख दललाई टक्कर दिनेगरी प्रचार थालेका पाइएको छ । उपनिर्वाचनका लागि नेकपा एमालेले चार, राप्रपाले छ जना र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ९ जनाको ‘सर्ट लिस्ट’ सार्वजनिक गरेका छन् । स्वतन्त्रबाट मेयर बालेनका खाद्य सल्लाहकार सन्तोष गिरी घरदैलो अभियानमा निस्किएका छन् । डडेलधुरामा अघिल्लोपटक कांग्रेस सभापति शेरबहादुर देउवासँग भिडेका सागर ढकालकोसमेत समर्थन लिएर उम्मेदवारी दिने योजनामा गिरी देखिएका छन् ।

एमाले पृष्ठभूमिका उनी रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीका हुन् । ३५ वर्षीय गिरी एमालेनिकट अनेरास्ववियु रुपन्देहीको सहसचिवसमेत थिए । नेपाल–स्वीस चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिरहेका गिरीले अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक (एलएलबी) गरेका छन् ।
उनले स्वतन्त्रबाट धनगढीमा मेयर जितेका गोपी हमालदेखि नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख कार्यकारी कुलमान घिसिङकोसमेत साथ लिने प्रचार गरेका छन् । काठमाडौंका मेयर बालेनको उपस्थितिमा उम्मेदवारी घोषणा तयारी गरेका उनले रास्वपाकोसमेत आफूलाई साथ रहने दाबी गरे । ‘२०८४ मा सहकार्य गर्नेगरी हाम्रो टिमबाट अगाडि सारिएका उम्मेदवारलाई रास्वपाले सहयोग गर्ने कुरामा हामी विश्वस्त छौं,’ गिरी भन्छन् ।

Hardik health


प्रज्ज्वलको प्रचार लोभलाग्दो, एमालेको साथ पाउनेमा ढुक्क
यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्राप)बाट प्रज्ज्वल बोहोरा आफ्ना दिवंगत बुवा दीपक बोहोराका विरासत थाम्न भन्दै सक्रियता देखाउन थालेका छन् । एमालेको सहयोगमा निर्वाचन जितेका बोहोरा विकासप्रेमी नेताका रुपमा परिचित थिए । निर्वाचन घोषणापूर्व नै घरदैलोमा सक्रिय देखिएका प्रज्ज्वलले उपनिर्वाचन घोषणापछि आफ्नो सक्रियता अझ बढाएका छन् । गाउँमा खानेपानी, शिक्षा, खेलकुदलगायत सामाजिक काममा उनी व्यस्त देखिन्छन् ।
निर्वाचन क्षेत्रभर ३६ वडा छन् । सबै वडामा उनले आफ्नो कार्यक्रमको सञ्जाललाई फैलाएका छन् । यो क्षेत्र सुरक्षित पार्न राप्रपाले दीपकका दुई छोरा प्रज्ज्वल र गौरवसहित छ जनालाई उमेदवारका लागि सिफारिस गरेको छ । हालै रुपन्देहीमा बसेको जिल्ला कार्यसम्पादन समिति बैठकले पार्टी केन्द्रीय सदस्यद्वय वसन्तविक्रम शाही, स्वाती थापा, रुपन्देही अध्यक्ष सागरप्रताप राणा, स्व. बोहोराका छोराहरु गौरव, प्रज्ज्वल र जिल्ला नेता दीलिप मल्लिकको नाम सिफारिस गरेको हो ।

अघिल्लो निर्वाचनमाझैं एमालेले यसपटक पनि आफ्नो दललाई सहयोग गर्नेमा राप्रपा ढुक्क देखिन्छ । गत मंगलबार भैरहवामा राप्रपा रुपन्देही क्षेत्र न ३ को आयोजनामा भएको क्षेत्रीय कार्यकर्ता भेलामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यसमा ढुक्क रहन कार्यकर्तालाई ढाडस दिए । एमालेसँग विगतको सहकार्य पाँच वर्षका लागि भएको उल्लेख गर्दै लिङ्देनले भने, ‘हिजो दीपक दाइको जितमा एमाले कार्यकर्ताले साथ दिनुभयो यसपटक पनि सहयोग गर्नुहुने छ भन्ने विश्वास छ ।’ एमालेले खिमलाल भट्टराई, व्यवसायी शशी पौडेल, भैरहवाका यज्ञजित साह र सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारीको नाम जिल्लालाई सिफारिस गरेको छ ।

गत चुनावमा कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सघाउँदा राप्रपालाई जनता समाजवादी पार्टी (जसपा) नेपालले सघाएको थियो । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीमात्र त्यहाँ चुनाव लडेका थिए । नागरिक उन्मुक्तिलाई चौथो मत प्राप्त भएकोले यसपटक लोसपा, जसपा नेपालले नागरिक उन्मुक्तिलाई सघाउने चर्चा छ ।
यस्तै राष्ट्रिय जनमोर्चाले वामपन्थी नेता तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलमलाई उम्मेदवार बनाउने भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले असार २९ गते प्रेस विज्ञप्ति जारी गर्दै रुपन्देही–३ को उपनिर्वाचनमा केन्द्रीय सल्लाहकारसमेत रहेका आलमलाई उम्मेदवार बनाउने घोषणा गरेका हुन् । 
२०७९ को चुनावमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २७८, एमालेले १६ हजार ९८६ मत, रास्वपाले १४ हजार १५४, राप्रपाले नौ हजार १८३ मत ल्याएका थिए । यस क्षेत्रमा तत्कालीन गृहमन्त्री बालहृष्ण खाणलाई हराउँदै राप्रपा नेता बोहोरा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा बोहोराले ३६ हजार ७१७ र खाणले ३४ हजार ३६ मत पाएका थिए । गत चैत १९ मा बोहोराको निधन भएपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । रास्वपाबाट सुलभ खरेल, पाधिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद आचार्यले आवेदन दिएका छन् । 

आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुने कार्यतालिका निर्वाचन आयोगले तय गरेको छ ।असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।
 


प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP