Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २३, २०८२

काठमाडौं- साउदी अरेबियाले त्यहाँ रहेका आप्रवासी श्रमिकलाई फरार सूचीमा राख्नुअघि आफ्नो स्थिति समायोजन गर्न ६० दिनको समय दिएको छ । त्यहाँको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले ल्याएको नयाँ नियमअनुसार प्रवासी कामदारको करार अवधि सकिएपछि के गर्ने भन्ने निर्णय लिन दुई महिनाको समय दिइएको हो ।

साउदीले आफ्नो ‘किवा प्लेटफर्म’मा घोषणा गरेको नयाँ नीति गत जुलाई ३१ तारिखबाट कार्यान्वयनमा आएको हो । मानव संसाधन मन्त्रालय र गृह मन्त्रालयसँग जोडिएको किवा प्लेटफर्ममार्फत अनुग्रह अवधि डिजिटलरूपमा व्यवस्थित गरिने भनिएको छ । यो प्रावधानलाई साउदीमा श्रम सम्बन्धलाई औपचारिक बनाउने व्यापक कदमको रुपमा लिइएको छ ।

विगतमा रोजगारदाताहरूले सम्झौता समाप्त भएपछि कामदारलाई तुरुन्तै अनुपस्थितको रूपमा चिह्न लगाउने गर्थे । अब भने उनीहरूले दुई महिना पर्खनुपर्ने छ । यो प्रणालीअन्तर्गत रोजगारदाताले कामदारको बसोबास अनुमतिपत्र (इकामा)मा कम्तीमा ६० दिनका लागि मान्य भएमा र कर्मचारीसँग अब सक्रिय सम्झौता नभएमा मात्र फरार रिपोर्ट दर्ता गर्न सक्छ ।

श्रमिकको सम्झौता समाप्त भएपछि अन्योल सिर्जना हुने गरेकोमा यो नियमले श्रमिक र रोजगारदाता दुवैलाई सम्झौतापछिको अवधिमा के गर्ने भनेर स्पष्ट र निष्पक्ष बाटो देखाउने मन्त्रालयले विश्वास राखेको छ । यदि कामदारको इकामा पूरै अवधिका लागि मान्य छ भनेमात्र यो नियम लागू हुने जनाइएको छ । यदि इकामा ६० दिनभन्दा कम समयमा समाप्त हुने तय गरिएको छ भने यो सुविधा प्रयोग गर्न नसकिने जनाइएको छ ।

Hardik health

किवा, साउदी अरेबियाको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयद्वारा व्यवसायीहरूका लागि रोजगारी र श्रमशक्ति व्यवस्थापनलाई सुव्यवस्थित गर्न विकसित गरिएको एक डिजिटल प्लेटफर्म हो । यसले भिसा जारी गर्ने, सम्झौता व्यवस्थापन गर्ने, कर्मचारी स्थानान्तरण गर्ने र श्रम नियमहरूको पालना गराउनेलगायत विभिन्न मानव संसाधनसँग सम्बन्धित कामका लागि केन्द्रीकृत प्रणालीको रूपमा काम गर्दछ । किवाले रोजगारदाता र श्रमिक दुवैका लागि प्रक्रियाहरूलाई डिजिटलाइज गरेर सरल बनाउने बताइन्छ । 

 

अनुग्रह अवधिमा कामदारहरूले के गर्न सक्छन् ?

यो अवधिमा श्रमिकहरुलाई पुरानै रोजगारदाताले बोलाएको खण्डमा उनीहरू पुनः उक्त काममा जोडिन सक्छन् । नबोलाएमा भने किवा प्लेटफर्मको प्रयोग गरेर आफ्नो अनुकूलको अर्को कम्पनीमा जान सक्छन् । अथवा कानुनी प्रक्रिया पूरा गरेर साउदी छोड्न सक्छन् ।

यदि ६० दिनभित्र कुनै प्रक्रिया अघि नबढे प्रणालीले स्वचालितरूपमा ती श्रमिकलाई कामबाट अनुपस्थित भनिने उल्लेख गरिएको छ । त्यस्ता श्रमिकलाई स्वतःरोजगारदाताको रेकर्डबाट हटाइने छ । यस विषयमा मानव संसाधन र आन्तरिक मन्त्रालय दुवैलाई सूचना पठाइने छ ।

सन् २०२४ को तथ्यांकअनुसार साउदीमा एक करोड ३४ लाखभन्दा बढी आप्रवासी श्रमिक छन् । ठूलो श्रमबजार रहेको साउदीमा लाखौंको संख्यामा अवैधानिक श्रमिक रहेका बताइन्छ । 
 


प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
छुट्टीमा आएकाहरु फर्किन पाएनन्, रोजगारी गुम्ने चिन्ता
छुट्टीमा आएकाहरु फर्किन पाएनन्, रोजगारी गुम्ने चिन्ता मंगलबार, चैत ३, २०८२
रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक
रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक सोमबार, चैत २, २०८२
सुरक्षा चिन्तासँगै रोजगारी गुम्ने त्रासमा मध्यपूर्वका नेपाली
सुरक्षा चिन्तासँगै रोजगारी गुम्ने त्रासमा मध्यपूर्वका नेपाली आइतबार, चैत १, २०८२
इजरायल-इरान युद्ध लम्बिँदा बढ्दै सुरक्षा चिन्ता
इजरायल-इरान युद्ध लम्बिँदा बढ्दै सुरक्षा चिन्ता शुक्रबार, फागुन २९, २०८२
उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ता क्रम जारी
उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ता क्रम जारी बिहीबार, फागुन २८, २०८२
सात महिनामै भित्रियो १२ खर्ब ६१ अर्ब रेमिट्यान्स
सात महिनामै भित्रियो १२ खर्ब ६१ अर्ब रेमिट्यान्स बिहीबार, फागुन २८, २०८२
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP