Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २६, २०८२

काठमाडौं-  आगामी श्रीकृष्ण जन्माष्टमी महोत्सवको पूर्वपूर्वसन्ध्यामा, श्री राधा माधव समिति नेपालको आयोजनामा शनिबार बिहान भक्तपुर ठिमीमा भव्य नगर संकीर्तन सम्पन्न भएको छ ।

कार्यक्रम बिहान ठीक ९ बजे श्री श्यामा श्याम धाम, भक्ति मन्दिरबाट सुरु भई भाटभटेनी, मध्यपुर अस्पताल, उत्तर बाराही, ठिमी चोक, बालकुमारी मन्दिर, बाहाका बजार हुँदै निकोसेरा पुगेर पुनः मन्दिरमै सम्पन्न  भएको हो । मार्गभरि राधाकृष्णको आकर्षक झाँकी र श्री कृपालुजी महाराजका सयौँ कृपालु अनुगत साधकहरूले हरिनाम संकीर्तनको मधुर स्वर गुन्जाउँदै सम्पूर्ण वातावरणलाई भक्तिभावले रंगिन बनाएको थियो ।

shreee-1754897002.jpg
स्थानीय बासिन्दाहरूले फूलमाला, प्रसाद र ताजा पानीसहित स्वागत गर्दै हर्ष भाव प्रकट गरेका थिए । यस नगर यात्रामा निस्किएको भव्य रथयात्रा, झाँकी र संकीर्तनले वातावरणलाई झन् अद्भुत भक्तिमय बनाएको थियो । साधकदेखि श्रद्धालु भक्तजनसम्म सबैजना गाइँदै, नाच्दै, हर्ष-उल्लासका साथ सहभागी भइरहेका दृश्यहरूले भक्तपुरलाई  श्रीकृष्णमय बनाइएको देखिन्थ्यो । 

Hardik health

विगत बिसौं वर्षदेखि पवित्र हनुमन्ते नदी किनारमा अवस्थित श्यामा श्याम धाममा जगद्गुरुत्तम श्री कृपालुजी महाराजले प्रतिपादन गरेकाे भक्ति मार्गको साधना निरन्तर भइरहेको छ । साथै यहाँ नित्य भजन-कीर्तन, दर्शन र साधनामा सहभागी भई असीम कृपाको अनुभव गर्न सकिन्छ ।समितिले प्रत्येक शनिबार हुने सत्सङ्ग, भजन-कीर्तन तथा विशेष पर्व-उत्सवहरूमा सम्पूर्ण श्रद्धालुहरूलाई सहभागी हुन आग्रह गरेको छ । विशेषतः श्रीकृष्ण जन्माष्टमी, राधाष्टमी, झूलन उत्सव, रथयात्रा तथा अन्य प्रमुख वैदिक पर्वका अवसरमा श्री राधा माधव समिति नेपालले उपस्थित हुन निमन्त्रणा गरेकाे छ ।


प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १३:१२
#भव्य नगर
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘अधुरो सपना’ सार्वजनिक
‘अधुरो सपना’ सार्वजनिक शुक्रबार, चैत ६, २०८२
गायिका ज्योति मगर विवादमा, सामाजिक सञ्जालमा बहिस्कार अभियान
गायिका ज्योति मगर विवादमा, सामाजिक सञ्जालमा बहिस्कार अभियान शुक्रबार, चैत ६, २०८२
‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का बिहीबार, चैत ५, २०८२
प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’ गीत
प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’ गीत मंगलबार, चैत ३, २०८२
चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु
चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु सोमबार, चैत २, २०८२
नयाँ वर्षमा प्रदर्शन हुने ‘पहाड’ टिजर सार्वजनिक
नयाँ वर्षमा प्रदर्शन हुने ‘पहाड’ टिजर सार्वजनिक सोमबार, चैत २, २०८२
‘पहाड’ मा नेपाली समाजको कथा
‘पहाड’ मा नेपाली समाजको कथा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP