Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #ज्योति_विकास_बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
खाडी मुलुक र मलेसिया जाने घट्दै, अन्य मुलुकमा बढ्दै बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २६, २०८२

काठमाडौं- वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुको प्रमुख गन्तव्य रहेको खाडी मुलुक र मलेसिया जानेहरुको संख्या क्रमशः घट्न थालेको छ । विगतमा अधिकांश युवाहरु खाडीका साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, कुवेत र बहराइन तथा मलेसिया जाने गरेकामा पछिल्ला वर्षहरुमा यी मुलुकमा युवाहरुको आकर्षण घट्दै गएको तथ्यांकमा देखिन्छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ मा छ लाख ६५ हजार ३९३ जना वैदेशिक रोजगारीमा जाँदा छ लाख ४८ हजार ७११ जना खाडीका छ वटा मुलुक र मलेसिया गएका थिए । यो संख्या संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर जानेहरुको हो । यी बाहेकका मुलुक जानेहरु १६ हजार ६८२ जना अर्थात् २.५० प्रतिशतमात्र थिए । जबकि, १० वर्षपछि अर्थात् आर्थिक वर्ष २०८१/८२ मा आइपुग्दा यो संख्या बढेर १७.०२ प्रतिशत पुगेको छ । उक्त आवमा आठ लाख ३९ हजार २६६ जना रोजगारीमा जाँदा यी सात मुलुकबाहेकका देशमा एक लाख ४२ हजार ८५० जना गएका छन् ।

विगतका वर्षहरुको तथ्यांक हेर्दा यस्तो संख्या क्रमशः बढेको देखिन्छ । आर्थिक वर्ष २०७५÷७६ मा रोजगारीमा गएका पाँच लाख आठ हजार ८२८ जनामध्ये २७ हजार ६०१ अर्थात् ५.४२ प्रतिशतले यी सात मुलुकबाहेकका देशमा जान श्रम स्वीकृति लिएका थिए ।  त्यस्तै आव २०७६/७७ मा तीन लाख ६८ हजार ४३३ जना रोजगारीमा गएकामध्ये २३ हजार ३७५ अर्थात् ६.३४ प्र्रतिशत, २०७७/७८ मा गएका एक लाख ६६ हजार ६९८ जनामध्ये १४ हजार १२४ अर्थात् ८.४७ प्रतिशत, २०७८/७९ मा गएका छ लाख ३० हजार ९० जनामध्ये ४२ हजार ७४१ जना अर्थात् ६.७८ प्रतिशत अन्य मुलुक गएका थिए ।

Hardik health

आव २०७९/८० मा यस्तो संख्या लगभग दोब्बरले वृद्धि भएको थियो । उक्त वर्षमा गएका सात लाख ७१ हजार ३२७ जनामध्ये ९३ हजार अर्थात् १२.०६ प्रतिशतको रोजगार गन्तव्य उक्त सात मुलुकबाहेकका देशहरु बनेका थिए । त्यस्तै आव २०८०/८१ मा गएका सात लाख ४१ हजार २९७ जनामध्ये एक लाख १२ हजार १६२ जना अर्थात् १५.१३ प्रतिशत अन्य मुलुक गएका छन् । केही वर्षयता रोजगारीमा जाने युवाहरुले खाडीबाहेकका मुलुक रोज्न थालेका छन् । युरोपका रोमानिया, क्रोएसिया, माल्टा, जोर्डन, पोर्चुगल, पोल्याण्ड, अफ्रिकी मुलुक मौरिसस, एसियाका जापान, माल्दिभ्सलगायतका मुलुक जानेहरु बढेका छन् । उदाहरणका लागि आव २०७५÷७६ मा चार हजार २६४ जना रोजगारीका लागि जापान गएका थिए भने गत आवमा २३ हजार ७१ जना जापान गएका छन् । रोमानिया र क्रोएसियामा त सबैभन्दा बढी नेपाली आप्रवासी श्रमिक कार्यरत रहेको त्यहाँको हालसालैको सरकारी तथ्यांक छ ।

‘अब मध्यपूर्व जानेहरु पाउनै कठिन हुने’

अबको पाँच वर्षपछि मध्यपूर्व जानेहरु पाउनै कठिन हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले बताए । ‘पहिला पो धेरै छोराछोरी हुन्थे र साउदी, कतार पठाउँथे । अहिले बढीमा दुईवटा सन्तान हुन्छन् । अहिलेका आमाबुबा साउदी, कतार बसेर पनि छोराछोरीलाई बोर्डिङ स्कुल नै पढाउँछन्,’ गुरुङले भने, ‘बोर्डिङ स्कुलको प्रोडक्टलाई कसले खाडी पठाउने ? उनीहरुको पहिलो रोजाइ अमेरिका, त्यसपछि अस्ट्रेलिया, क्यानडा, जापान र युरोप छ ।’

आकर्षक तलब सुविधा, अनुकूल हावापानी र श्रमअधिकारको अवस्था तुलनात्मकरुपमा राम्रो हुने खाडीबाहेकका मुलुकमा युवाहरु जन थालेका छन् । यसरी जाने युवाहरु संस्थागत मागपत्र नआएको अवस्थामा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गर्दा पछिल्लो समय ठगीका घटनासमेत बढेका छन् । सरकारलेसमेत खाडी जानेहरुलाई युरोपतिर सिफ्ट गर्ने भन्दै मागपत्र प्रमाणीकरणको समस्या छिट्टै समाधान गर्ने बताउँदै आएको छ । गत जुलाइबाटै प्रमाणीकरण हुन्छ भनिए पनि हुन भने सकेको छैन । हाल अस्ट्रिया र जर्मनीमा रहेका दूतावासले अन्य मुलुकको मागपत्र प्रमाणीकरण गर्दै आएका छन् ।

 


प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
साउदीले पासपोर्ट पेस गर्ने सीमा बढाएपछि व्यवसायीलाई राहत
साउदीले पासपोर्ट पेस गर्ने सीमा बढाएपछि व्यवसायीलाई राहत मंगलबार, मंसिर २, २०८२
कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर १, २०८२
असोजमा दुई खर्बभन्दा बढी भित्रिँदा बन्यो कीर्तिमान
असोजमा दुई खर्बभन्दा बढी भित्रिँदा बन्यो कीर्तिमान सोमबार, मंसिर १, २०८२
तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो आइतबार, कात्तिक ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP