Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
खाडी मुलुक र मलेसिया जाने घट्दै, अन्य मुलुकमा बढ्दै बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २६, २०८२

काठमाडौं- वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुको प्रमुख गन्तव्य रहेको खाडी मुलुक र मलेसिया जानेहरुको संख्या क्रमशः घट्न थालेको छ । विगतमा अधिकांश युवाहरु खाडीका साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, कुवेत र बहराइन तथा मलेसिया जाने गरेकामा पछिल्ला वर्षहरुमा यी मुलुकमा युवाहरुको आकर्षण घट्दै गएको तथ्यांकमा देखिन्छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ मा छ लाख ६५ हजार ३९३ जना वैदेशिक रोजगारीमा जाँदा छ लाख ४८ हजार ७११ जना खाडीका छ वटा मुलुक र मलेसिया गएका थिए । यो संख्या संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर जानेहरुको हो । यी बाहेकका मुलुक जानेहरु १६ हजार ६८२ जना अर्थात् २.५० प्रतिशतमात्र थिए । जबकि, १० वर्षपछि अर्थात् आर्थिक वर्ष २०८१/८२ मा आइपुग्दा यो संख्या बढेर १७.०२ प्रतिशत पुगेको छ । उक्त आवमा आठ लाख ३९ हजार २६६ जना रोजगारीमा जाँदा यी सात मुलुकबाहेकका देशमा एक लाख ४२ हजार ८५० जना गएका छन् ।

विगतका वर्षहरुको तथ्यांक हेर्दा यस्तो संख्या क्रमशः बढेको देखिन्छ । आर्थिक वर्ष २०७५÷७६ मा रोजगारीमा गएका पाँच लाख आठ हजार ८२८ जनामध्ये २७ हजार ६०१ अर्थात् ५.४२ प्रतिशतले यी सात मुलुकबाहेकका देशमा जान श्रम स्वीकृति लिएका थिए ।  त्यस्तै आव २०७६/७७ मा तीन लाख ६८ हजार ४३३ जना रोजगारीमा गएकामध्ये २३ हजार ३७५ अर्थात् ६.३४ प्र्रतिशत, २०७७/७८ मा गएका एक लाख ६६ हजार ६९८ जनामध्ये १४ हजार १२४ अर्थात् ८.४७ प्रतिशत, २०७८/७९ मा गएका छ लाख ३० हजार ९० जनामध्ये ४२ हजार ७४१ जना अर्थात् ६.७८ प्रतिशत अन्य मुलुक गएका थिए ।

Hardik health

आव २०७९/८० मा यस्तो संख्या लगभग दोब्बरले वृद्धि भएको थियो । उक्त वर्षमा गएका सात लाख ७१ हजार ३२७ जनामध्ये ९३ हजार अर्थात् १२.०६ प्रतिशतको रोजगार गन्तव्य उक्त सात मुलुकबाहेकका देशहरु बनेका थिए । त्यस्तै आव २०८०/८१ मा गएका सात लाख ४१ हजार २९७ जनामध्ये एक लाख १२ हजार १६२ जना अर्थात् १५.१३ प्रतिशत अन्य मुलुक गएका छन् । केही वर्षयता रोजगारीमा जाने युवाहरुले खाडीबाहेकका मुलुक रोज्न थालेका छन् । युरोपका रोमानिया, क्रोएसिया, माल्टा, जोर्डन, पोर्चुगल, पोल्याण्ड, अफ्रिकी मुलुक मौरिसस, एसियाका जापान, माल्दिभ्सलगायतका मुलुक जानेहरु बढेका छन् । उदाहरणका लागि आव २०७५÷७६ मा चार हजार २६४ जना रोजगारीका लागि जापान गएका थिए भने गत आवमा २३ हजार ७१ जना जापान गएका छन् । रोमानिया र क्रोएसियामा त सबैभन्दा बढी नेपाली आप्रवासी श्रमिक कार्यरत रहेको त्यहाँको हालसालैको सरकारी तथ्यांक छ ।

‘अब मध्यपूर्व जानेहरु पाउनै कठिन हुने’

अबको पाँच वर्षपछि मध्यपूर्व जानेहरु पाउनै कठिन हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले बताए । ‘पहिला पो धेरै छोराछोरी हुन्थे र साउदी, कतार पठाउँथे । अहिले बढीमा दुईवटा सन्तान हुन्छन् । अहिलेका आमाबुबा साउदी, कतार बसेर पनि छोराछोरीलाई बोर्डिङ स्कुल नै पढाउँछन्,’ गुरुङले भने, ‘बोर्डिङ स्कुलको प्रोडक्टलाई कसले खाडी पठाउने ? उनीहरुको पहिलो रोजाइ अमेरिका, त्यसपछि अस्ट्रेलिया, क्यानडा, जापान र युरोप छ ।’

आकर्षक तलब सुविधा, अनुकूल हावापानी र श्रमअधिकारको अवस्था तुलनात्मकरुपमा राम्रो हुने खाडीबाहेकका मुलुकमा युवाहरु जन थालेका छन् । यसरी जाने युवाहरु संस्थागत मागपत्र नआएको अवस्थामा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गर्दा पछिल्लो समय ठगीका घटनासमेत बढेका छन् । सरकारलेसमेत खाडी जानेहरुलाई युरोपतिर सिफ्ट गर्ने भन्दै मागपत्र प्रमाणीकरणको समस्या छिट्टै समाधान गर्ने बताउँदै आएको छ । गत जुलाइबाटै प्रमाणीकरण हुन्छ भनिए पनि हुन भने सकेको छैन । हाल अस्ट्रिया र जर्मनीमा रहेका दूतावासले अन्य मुलुकको मागपत्र प्रमाणीकरण गर्दै आएका छन् ।

 


प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP