Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ४, २०८२
कमलबहादुर शाह, मुख्यमन्त्री, सुदूरपश्चिम प्रदेश

यही जुलाई २० मा नेपाल–रुस सम्बन्ध ७०औं वर्षमा प्रवेश गर्दै छ । दुई देशको दौत्य सम्बन्ध नयाँ चरणमा प्रवेश गर्दै गर्दा यसका विभिन्न आयामबारे बहस पनि चलिरहेको छ । के नेपाल–रुस सम्बन्ध सोभियतकालको जस्तो बन्न सक्दैन ? रुसले नेपाललाई गरिरहेको सहयोग, नेपालको अपेक्षा र कूटनीतिक सम्बन्ध विस्तारमा नयाँ आयाम थप्न सकिन्न ? यी र यस्तै विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँग प्रभावले गरेको कुराकानीः 

नेपाल–रुसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्ष प्रवेश गर्दै छ । तत्कालीन सोभियत संघदेखि आजसम्म आइपुग्दा दुई देशको सम्बन्ध, सहयोग र कूटनीतिक मामलालाई कसरी लिनुहुन्छ ?

दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७० वर्षमा प्रवेश गर्नु आफैंमा सुखद् अनि ऐतिहासिक कुरा हो । नेपाल–रुस सम्बन्ध नवीनतम् र आधुनिक युगअनुसार अघि बढोस्, मेरो शुभकामना पनि छ । सुरुआतदेखि हालसम्म दुवै देशको सम्बन्ध सुमधुर रहेको तर, पछिलो समय केही उतारचढावहरु देखिएका छन् । यस्ता विषयलाई दुई देशले कूटनीतिक माध्यमबाट समाधानको बाटो निकाल्ने र विश्वशान्तिको कामना गर्दै नयाँ सुरुआत गर्नुपर्ने आवश्यकता छ । विगतमा रुसबाट नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा उल्लेख्य सहयोग रहेको र अब पनि यस्ता सहयोगको स्वाभाविक अपेक्षा त हुने नै भयो ।

कुनै बेला रुस नेपालका लागि ठूलो सहयोगी थियो । शिक्षादेखि पूर्वाधार निर्माणसम्म रुसको योगदान स्मरणीय नै छ । तर, अहिलेको रुससँग नेपालको सम्बन्धमा केही शिथिलता आएको जस्तो देखिन्छ । यस्तो किन भएको होला ?

Hardik health

ठ्याक्कै दुई देशबीचको सम्बन्धमा शिथिलता नै आएको त भन्न अलिक नसुहाउला, तर परिवेशअनुसार अघि नबढेको भने पक्का हो । नेपालले प्राप्त गर्ने वैदेशिक सहायताको पछिल्लो प्रवृत्ति हेर्दा नेपालले शिक्षा, मानव स्वास्थ्य, गरिबी निवारणलगायत सामाजिक विकासका क्षेत्रमा सुधार गरेपछि वैदेशिक अनुदान घट्दै आएको देखिन्छ । यद्यपि, रुसबाट प्राप्त हुने सहयोग–अनुदानमा पनि यस्तै ट्रेण्ड देखिएको मात्र हुनसक्छ ।

नेपाली कांग्रेस रुससँगको कूटनीतिक सम्बन्धलाई कसरी लिन्छ ? र, यो सम्बन्धलाई विस्तार गर्ने विषयमा कांग्रेसको कस्तो धारणा राख्छ ?

नेपाल सरकारको परराष्ट्र नीति असंलग्न र पञ्चशीलको सिद्धान्तमा आधारित छ । नेपाली कांग्रेसले पनि यसै सिद्धान्तलाई आत्मसात् गरी वैदेशिक÷परराष्ट्र सम्बन्धको धारणा बनाउँदछ । राष्ट्रिय हित सुनिश्चित गर्दै द्विपक्षीय लाभ र सहकार्यका लागि नेपाली कांग्रेस रुसलगायत सबै मुलुकसँग परराष्ट्र सम्बन्ध विस्तार र कायम राख्नुपर्दछ भन्ने दृढ मान्यता राख्दछ ।

नेपाली युवाहरु रुसको पक्षबाट युद्धमा सरिक हुनेदेखि युक्रेनको कब्जामा पर्ने किसिमका विषय नेपालमा निकै चर्चा भयो । रसियन कूटनीतिक नियोगले रुस सरकारको यसमा कुनै किसिमको हात नरहेको भनिरहेको सुनिन्छ । यसमा नेपाली कांग्रेसको धारणा के हो ?

नेपाली युवाहरु रुस–युक्रेन युद्धमा प्रयोग भएको विषयमा सरकारले रुसी पक्षसँग गम्भीरतापूर्वक कुरा राखेको र समाधानका लागि रुसी पक्षबाट पनि सकारात्मक पहल भएको जानकारी पाएको छु । यस समस्या समाधानका लागि नेपाल सरकारले युवाहरुको वैदेशिक रोजगारीका विषयहरूलाई कानुनी र कूटनीतिक पहलबाट सुधार गर्ने विश्वास पनि लिएको छु ।

रुस–नेपालको सम्बन्धलाई थप नयाँ उचाइमा लैजानका निम्ति नेपाली पक्षले लिनुपर्ने कूटनीतिक पहल कस्तो हुनुपर्ला ? अहिले तपाईंको पार्टीले नै परराष्ट्र मन्त्रालयको नेतृत्व गरिरहेका समय कूटनीतिक सम्बन्ध विस्तारमा कस्ता पहलहरु भइरहेको देख्नुहुन्छ ?

रुस–नेपालबीच संवादलाई थप सुट्टढीकरणका लागि नेपालको असंलग्न परराष्ट्र नीति र शान्तिप्रिय मुलुकको छविसमेतलाई ध्यानमा राखेर भू–राजनीतिक सन्तुलन कायम राख्न सक्नुपर्दछ । नेपालले रुससँग आर्थिक–सामाजिक विकास, अति गरिब मुलुकबाट स्तरोन्नति हुने लक्ष्य, दिगो विकासका लक्ष्य हासिल गर्न आर्थिक विकास र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका क्षेत्रमा सहकार्य गर्ने, सौविद्य–प्राप्त बजारका लागि वार्ता गर्नेलगायतका कूटनीतिक पहलमा बढी केन्द्रित हुनुपर्दछ ।

अन्त्यमा, यही जुलाई २० मा नेपाल–रुस सम्बन्धको कूटनीतिक सम्बन्ध औपचारिकरुपमा स्थापना भएको ७०औं वर्ष पुग्न लागेको छ, यस अवसरमा दुई देशको सम्बन्धका आयामलाई थप परिस्कृत बनाउन कति सम्भव छ ?

दुवै देशले जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने, हाम्रो मुलुक एलडिसी ग्राजुएसनमा रुसको सहकार्य, राम्रो अर्थतन्त्रलाई उदीयमान अर्थतन्त्रको रुपमा विकास गर्न रुसको विकासका अनुभव र मोडलबाट सिकाइ हासिल गर्ने, हाम्रो मुलुक पूर्वाधारमा सुरुङ युगको प्रारम्भ भएको र रुसको त्यसमा लामो अनुभव रहेको सन्दर्भमा सीप, प्रविधि र अनुभव हस्तान्तरणजस्ता थुप्रै अवसर छन् । यस्ता अवसरबाट नेपालले लाभ लिन सक्नेगरी रुससँगको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुयाउनुपर्दछ । सुरुआतदेखि हालसम्म दुवै देशको सम्बन्ध सुमधुर रहेकोमा पछिलो समय केही उतारचढावहरु देखिएका छन् । यस्ता विषयलाई दुई देशले कूटनीतिक माध्यमबाट समाधानको बाटो निकाल्ने र विश्व शान्तिको कामना गर्दै नयाँ सुरुआत गर्नुपर्ने आवश्यकता छ ।
 


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’ आइतबार, असार ७, २०८३
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी आइतबार, जेठ ३१, २०८३
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की शुक्रबार, जेठ १५, २०८३
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव शुक्रबार, जेठ १५, २०८३
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य बिहीबार, जेठ १४, २०८३
‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल
‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल बिहीबार, जेठ १४, २०८३
गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे बुधबार, जेठ १३, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP