Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘अभिमुखीकरणको नाममा गलत गर्ने व्यवसायीलाई संरक्षण गर्न महासंघ लाग्दैन’
‘अभिमुखीकरणको नाममा गलत गर्ने व्यवसायीलाई संरक्षण गर्न महासंघ लाग्दैन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २३, २०८२
राजाराम गौतम  अध्यक्ष, नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ

 

पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पिडिओटी)ले वैदेशिक रोजगारीमा जाँदा आवश्यक पर्ने कागजात, गन्तव्य मुलुकको कानुन, संस्कार, संस्कृतिलगायत विविध विषयमा जानकारी दिन्छ । पिडिओटीको कोर्स समयसापेक्ष नभएकाले श्रमिकहरुले राम्रो प्रशिक्षण पाएनन् भन्ने प्रश्न लामो समयदेखि उठ्दै आएको थियो । हाल भने सरकार पाठ्यक्रम परिमार्जनको तयारीमा जुटेको छ । यसै सन्दर्भमा नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष तथा संगम म्यानेजमेण्ट सर्भिसेजका सञ्चालक राजाराम गौतमसँग प्रभावकर्मी ममता थापाले गरेको कुराकानीः

कस्तो छ अभिमुखीकरणको वर्तमान अवस्था ?
यो सुधारोन्मुख छ । वैदेशिक रोजगारीमा जानेलाई अहिलेको आधुनिक प्रविधिको प्रयोग गरेर प्रशिक्षण दिने वातावरण बन्दै छ । अब काम गर्न अलि सजिलो हुन्छ होला । 

पाठ्यक्रम परिमार्जन गर्ने तयारी हुँदै छ, के–के विषयवस्तु थपिने छन् ?
पाठ्यक्रममा चारवटा विषयवस्तु थप गरिएका छन् । मानसिक स्वास्थ्य, वित्तीय साक्षरता, सामाजिक सुरक्षा र स्वास्थ्य अवस्थाको बारेमा विशेष जोड दिइएको छ । अरुचाहिँ भइरहेका विषयवस्तुमा परिमार्जन गरेर समयसापेक्ष बनाउने तयारी छ । 

Hardik health

त्यस्तै, अर्को कामदार आएर प्रशिक्षण लिने र लिइसकेपछि पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पिडिओटी) भनेको के हो भन्दा पनि नजान्ने अवस्था थियो । अब सिकाइ मूल्यांकनलाई पनि पाठ्यक्रमको विशेष अंग बनाइने छ । अब जाने कामदारले कक्षामा आएपछि सिक्नैपर्छ भन्‍ने मानसिककताका साथ आउनुपर्ने भयो । त्यस्तै, कुनै पनि देशमा ग्रीटिंग्स गर्ने, त्यहाँका चाडपर्व, ठाउँलगायतका विषयमा जानकारी गराउने ५० वटा शब्द सिकाइ मूल्यांकनमा राखिदिएका छौं ।

सिकाइ मूल्यांकनचाहिँ कसरी गरिन्छ ?
कति सिकेको छ भनेर डिजिटल विधिबाटै सोधिने छ । उहाँहरुलाई नै कम्प्युटरमा राखेर प्रश्‍न सोधिन्छ । प्रत्येक तालिम केन्द्रले त्यो एक्सेस पाएको हुन्छ । पढ्न जान्‍नेको हकमा कम्प्युटरबाट र नजान्नेका लागि अडियोबाट सोधिन्छ । न्यूनतम ग्रेड आएका खण्डमा फेरि परीक्षा दिने वातावरण बनाउँछौं । जुन पोर्टलमा परीक्षा लिइन्छ त्यसमै प्रश्नोत्तर हुन्छ । न्यून ग्रेड आए उसले फेरि पढेर परीक्षा दिन सक्छ । फेरि अभिमुखीकरण लिन पर्दैन । त्यसका लागि फेरि शुल्क पनि लाग्दैन । समयचाहिँ लाग्‍ने भयो ।
 
पुरानो पाठ्यक्रमबाट हटाउनुपर्ने विषयवस्तु के छन् ?
पुरानो पाठ्यक्रम भद्दा छ । हामीले एक वर्षमा पढ्ने जत्रो किताब बनाएको छ । त्यहाँ हाम्रै देशका कानुनका विषय, संविधानका विषय छन् । मौलिक हक, मानवअधिकार, महिला अधिकारलगायतका विषय छन्, त्यो आवश्यक छैन । एउटा मान्छेलाई कक्षामा उभिएर लेक्चर दिने नभई डिजिटल बोर्डमार्फत कार्टुन, वृत्तचित्र, फिल्मजस्ता ‘भिजुअल’मार्फत बोध गराउने हो । 

एउटा विधिमा परिवर्तन भयो । अर्को पुरानो शैलीका कति कुराहरु छन् । जस्तैः एयरपोर्टमा श्रम डेस्क हुन्छ, एयरपोर्ट चार्ज लाग्छ भन्ने राखिएको छ, पहिला सामाजिक सुरक्षा कोष भन्ने थिएन यसका महत्‍व पाठ्यक्रममा राखेका छौं, त्यस्तै बिमा र कल्याणकारी कोषको दर बढेको छ । दिने सुविधा पनि बढेको छ । यी विषयहरुलाई विस्तार गर्न खोजेका छौं । गन्तव्य देशको कानुनहरु परिवर्तन भइरहन्छ । त्यो सिकाउने हो । 

अबको कक्षा पूरै श्रव्यदृश्यमात्रै हुन्छन् कि लेक्चर पनि समावेश हुन्छ ?
अब डिजिटलाइज्ड भइसकेपछि स्लाइडमा हुन्छ । त्यसलाई ब्रिफिङ गरिदिन पर्‍यो । फिल्म छ भने त्यसको आशय के हो भनेर अवगत नहुन सक्छ भनेर भनिदिने कुरा रह्यो तर पहिलाजस्तो इतिहास पढाए जसरी पढाएर यो अभिमुखीकरणको औचित्य नै रहँदैन ।
 
अभिमुखीकरणसम्बन्धी फिल्महरु पनि बनेका छन् ? सरकारले बनाइदिन्छ कि व्यवसायी आफैंले ?
२०६५ सालबाट नेपालमा यो अभ्यास हुँदै आएको छ । वैदेशिक रोजगार बोर्डले प्रत्येक वर्ष श्रव्यदृश्य बनाउन भनेर पैसा खर्च गरेको छ । बोर्डले केही नभए नि प्रत्येक वर्ष १५-२० लाख रुपैयाँ यसमा खर्च गर्छ । हामीसँग त आइपुगेकै छैन । महालेखाले के बनाइस् भन्दा पेनड्राइभ देखाइदिएपछि पास हुँदो रहेछ । यो आजसम्म बोर्डका अधिकारीहरुका नजिकका मान्छेले खाने बाटो बनेको छ । वेबसाइटमा एउटा–दुईटा राखिदिएको हुन्छ, कतिपय खुल्दै खुल्दैन । कतिपय पिडिओटीसँग सम्बन्धित नै हुँदैन । विदेश जान लागेको, पैसा नभएको, दुःख पाएको त्यस्तोमात्र कथाले त हुँदैन नि ! यसले कामदारलाई केही दिँदैन । विदेशमा के हुन्छ भनेर जानकारी गराउने हो ।

अहिलेसम्म पाठ्यक्रममा समावेश नभएका तर महत्‍वपूर्ण विषयमा कसरी जानकारी गराइरहनुभएको छ ?
महासंघ आफैंले पाठ्यक्रम बनाएको छ । कार्यविधिमा आएका विषयलाई आफैंले समावेश गरेर पढाइराखेका छौं । हामीले स्लाइड बनाएर सबै व्यवसायीलाई मेल गरिदिएका छौं । कतिपयमा स्मार्ट बोर्ड नै छैन होला । जसकोमा बोर्ड छ, उसले महासंघले बनाएको पाठ्यक्रम पढाइरहेको छ । हामीसँग ‘भिजुअल’ (श्रव्यदृश्य) भने छैन ।
 
व्यवसायीहरु त हाजिर लगाउन लगाएर कक्षा लिएको भन्दै सरकारको आँखा छल्छन् भन्ने आरोप छ नि ? पाठ्यक्रम परिमार्जित भएपछि इमानदारीपूर्वक पढाउँछन् त ?
प्रशिक्षण केन्द्रमा पढाएको छ छैन भनेर बाहिरबाट अन्दाज गर्ने होइन । विभागले दैनिक अनुगमन गर्छ त । पढाएको छैन भने कारबाही गर्नु पर्ने हो । पाएको सुविधा कसले प्रयोग गर्दैन ? सरकारले त्यो छुट दिन भएन नि । पढाएको छैन भने किन व्यापार गर्न दिएको ? सबैजना ठीक हुन्थे भने कन्ट्रोल गर्ने निकाय किन चाहियो देशमा ?

हाम्रै जसरी वैदेशिक रोजगारीमा पठाउने भारत, बंगलादेश, फिलिपिन्सजस्ता मुलुकको पाठ्यक्रममा के फरक छ ?
पहिलो कुरा त्यहाँ सरकार छ, यहाँ छैन । ती देशमा घुस नखाने त होइन होला तर छताछुल्ल हुनेगरी खाँदैनन् । विषयवस्तु नेपालको अझ फराकिलो छ । नेपालमा स्किल भएकाहरुलाई पनि पढाउनुपर्छ । त्यहाँ त्यस्तो छैन । ऐनमा दक्ष जनशक्तिलाई मात्र पठाउने भन्दाभन्दै सरकारले कार्यान्वयन गर्न सकेन । फिलिपिन्स, इण्डोनेसियाबाट काम गर्न जानेहरुको शिक्षाको लेभल प्लस-टुभन्दा माथि हुन्छ । हामीहरुकोचाहिँ जो पढ्नै सकेको छैन, केही पनि काम गर्न सक्दैन त्यसलाई विदेश पठाउने चलन छ । अनि फरक त्यसै भएन ?

सीप सिकेर कुनै पनि मुलुकका कानुन, संस्कारलगायतका विषयमा आफैं जानकारी लिन सक्नेहरुका लागि कक्षा लिन कत्तिको जरुरी हुन्छ ?
आफैंले जानकारीचाहिँ राख्न सकियो । कक्षामा जाने प्रोसेस, कागजात, बस्ने ठाउँको वातावरण, सम्बन्धित व्यक्तिको भूमिका, उसको कामलगायतका विषयमा मानसिकरुपमा तयार गराइन्छ । ती सबै कुराहरु युट्युवमा भेटिँदैन नि ।
 
पाठ्यक्रम संशोधन भएपछि व्यवसायीहरुले के–के फेरबदल गर्नुपर्छ ?
५० प्रतिशत संस्थामा पूर्वाधार सबै छ । ५० प्रतिशतमा राजनीतिक दादागिरी चलेको छ । त्यो सरकारले राम्ररी नियमन गर्नुपर्‍यो । ७० प्रतिशतभन्दा बढी श्रव्यदृश्य सामग्रीसहित पढाउनपर्छ भनेका छौं । अर्को कुरा दिनभरि राख्यो, पढायो अनि हाजिर गर भनेर पास हुने चलन छ । अबचाहिँ दिनभरि पढ्नपर्दो रहेछ, के-के छन् पाठ्यक्रममा भन्ने खोजी गर्ने बानी पनि बस्छ ।

प्रशिक्षकहरुचाहिँ कत्तिको दक्ष छन् ?
बजारमा १० प्रतिशत पनि प्रशिक्षक छैनन् । हामीले रोजगारी दिन सकेनौं । कसरी दिने ? २८-३० हजार रुपैयाँ तल दिएर ७०० मा ओरियन्टेसन दिन सक्दैनौं । हामीलाई पुग्ने खर्च दियो भने सबै पूर्वाधार राखेर पढाउन सक्छौं ।

शुल्कको विषयमा के कस्तो हेरफेर हुन्छ ?
शुल्कको विषयमा पाठ्यक्रममा कार्यविधि, नियमावली कतै बोलेको छैन । खासमा व्यवसायीले यति लाग्छ भन्ने र सरकारले त्यसलाई अनुमोदन गर्ने हो । किनभने, उत्पादन गर्ने ठाउँमा उत्पादन गरेको सामानको कति खर्च आउँछ भनेर उत्पादकलाई थाहा हुन्छ । सरकारलाई त हुँदैन नि । सरकारले नै इपिएसमा ६३ डलर लिन्छ, इजरायलमा पनि लिएको छ । हामीचाहिँ हाम्रो बिल्डिङ होइन, प्रशिक्षक बाहिरबाट ल्याउँछौं । अनि सस्तोमा, सित्तैमा गरिदिनपर्छ भन्ने भाष्य छ । सरकारसँग बिल्डिङ आफ्नै, प्रशिक्षक आफ्नै, प्रशासन आफ्नै हुँदा पनि ६३ डलर किन लिएको त ?

अभिमुखीकरणलाई अझ बढी प्रभावकारी बनाउन सरकारले के–के कुरामा ध्यान दिनपर्छ ? 
नियम जे बनाए पनि हुन्छ । तर सबै चुस्त तरिकाले कार्यान्वयन गर्नुपर्‍यो । प्रशिक्षकहरुलाई युनिफर्म (पोसाक)को व्यवस्था गरिदिनुपर्छ । त्यो भयो भने गलत मान्छे कक्षामा जाँदैनन् । सरकारलाई पनि सजिलो हुने भयो पहिचान गर्न । अर्कोचाहिँ पाठ्यक्रममा ‘भिजुअल’ (श्रव्यदृश्य) एकदमै चाँडो लागू हुनपर्‍यो । मैले भिजुअल बनाउन बजेट भाषण हुँदा तीन वटा भाग बनाएर बोर्डमा बुझाएको थिएँ । अहिलेसम्म टेबलमा पुगेको छैन । एउटा गाउँको कोदालो छोडेपछि एयरपोर्टसम्म पुग्ने पार्ट, एयरपोर्टदेखि कार्यस्थलसम्म दोस्रो पार्ट र बस्ने बासस्थान, सामाजिक वातावरण र कानुन गरी तीन पार्टमा भिजुअल बनाउनुपर्छ भनेर बनाउन दिएको, बोर्डले छोएको पनि छैन ।

व्यवसायीले पनि सुधार गर्नुपर्ने विषयहरु होलान् नि ?
हामी पनि दूधले नुहाएको होइन । सञ्चालकको पनि योग्यता तोक्नुपर्छ । किनकि कहिलेकाहीँ प्रशिक्षक नआएको अवस्थामा कम जनशक्ति भएको ठाउँमा सञ्चालक कक्षामा जानुपर्छ, ज्ञान त हुनपर्‍यो । लगानी गरेर छोडिदिने हस्पिटल होइन नि ! त्यसकारण कम्तीमा एउटा लाइसेन्स हुनुपर्‍यो । अर्को कुरा १४३ वटा संस्थामध्ये ५० वटाभन्दा बढी संस्था एजेण्टको हातमा र २२ वटा म्यानपावरको हातमा छ । म्यानपावर र एजेण्टको इन्टेनसन के हो त ? व्यक्ति पढाउने हो कि मान्छे आउट गराउने हो ? यसले गर्दा हामी नितान्त ओरियन्टेसनमात्र भएकाहरु बाँच्नका लागि पनि उनीहरुसँगै दौडनुपर्ने बाध्यता छ । लाइसेन्स दिँदा कस्तोलाई दिएको छ भन्ने विवरण सरकारसँग हुनुपर्‍यो । संस्था नामसारी, ठाउँसारी कसले गरेको छ त्यो खोजी गर्नपर्‍यो । 

अर्को कुरा, हाम्रा साथीहरुलाई एउटा सन्देश दिन चाहन्छु– हामीले इमान्दारसाथ पढाउनुपर्छ । पैसा लिने कुरामा हामी सरकारसँग डायलग (संवाद) गर्छाैं । कानुन बनेको छ । कार्यान्वयन गर्ने कुरामा कहाँ लड्नपर्ने हो, हामी लड्छौं । तर पढाउनचाहिँ पर्छ है ! यदि पढाइँदैन र सरकारले संस्था खारेज नै गर्‍यो भने पनि हामी बोल्दैनौं । महासंघ व्यवसायीको हकहितका लागि बनेकोे हो, गलत मान्छेलाई संरक्षण गर्नुपर्छ भनेर होइन ।
 


प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’ आइतबार, असार ७, २०८३
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी आइतबार, जेठ ३१, २०८३
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की शुक्रबार, जेठ १५, २०८३
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव शुक्रबार, जेठ १५, २०८३
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य बिहीबार, जेठ १४, २०८३
‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल
‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल बिहीबार, जेठ १४, २०८३
गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे बुधबार, जेठ १३, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP