काठमाडाैं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएसँगै नेपाली जनजिवन महंगाे हुने भएको छ। मुल्य बढेसँगै प्रत्येक नेपालीको भान्सा महङ्गो हुने निश्चित भएकाे विश्लेषकहरुले आंकलन गरेका हुन् ।
नेपाल आयल निगमका अनुसार सोमबरदेखि लागू हुने गरी पेट्रोल प्रति लिटर १५ रुपैँया बढाइएको छ भने डिजल र मट्टितेल १० रुपैँयाले बढेको छ । खाना पकाउने ग्यासको प्रति सिलिन्डर २१६ रुपैँयाले बढेको छ।
अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ । विशेषगरी शहरी क्षेत्रमा खाद्य सामाग्री ढुवानि गरेर पुर्याउनु पर्छ। काठमाडौंमा मात्रै दैनिक उपभोग्य वस्तु प्रतिदिन चामल ३५० देखि ५०० टन, दाल ८० देखि १२० टन, खाने तेल ७० देखि १०० टन,चिनि ६० देखि ९० टन,अण्डा ६० देखि ८० टन फलफुल २०० देखि २५० टन, आलु १५० देखि २०० टन,दुढ २५० देखि ३०० टन,माछामासु ३०० देखि ३५० टनसम्म आयात गर्नु पर्ने हुन्छ।
उपभोकता अधिकारकर्मीहरुका अनुसार पेट्रोलियम पदार्थको मुल्य वृद्धिले उत्पादनदेखि बजारसम्मको समपुर्ण आपूर्ति प्रणालिमा असर गर्छ र मुद्रास्फृती बढ्ने सम्भावन धेरै रहन्छ। हरेक क्षेत्रमा उत्पादनमा र ढुवानीमा अस्वाभाविक रुपले लागत बढेर जान्छ र मुल्य स्वत बढेर जान्छ। पेट्रोलियम पदार्थको मुल्य वृद्धिले सवारीसाधनको मात्र खर्च बढेको छैन,यसले हरेक नेपालीको दैनिक जीवन र भान्सा महङ्गो बनाइदिएको छ।