Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘महानगरको कामलाई संस्थागत बनाउनुपर्ने थियो, व्यक्तिगतजस्तै बनाएको देखियो’
‘महानगरको कामलाई संस्थागत बनाउनुपर्ने थियो, व्यक्तिगतजस्तै बनाएको देखियो’
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी शुक्रबार, माघ २३, २०८२
विद्यासुन्दर शाक्य पूर्वमेयर, काठमाडौं महानगरपालिका
  • स्थानीय जनतालाई मैले के काम गरेँ भन्ने कुरा थाहा छ । ५० हजारभन्दा बढी करदाताले बुझ्नुभएको छ । मैले आफूलाई दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रयास गरेँ । प्रचारबाजी, हल्ला र विज्ञापन गरिएन ।
  • सबैभन्दा ठूलो कुरा नीति हो । नीति राम्रो भएन भने अरु कुरा केही हुँदैन । हामी आइसकेपछि जनप्रतिनिधि विदेश गएनौं, कर्मचारीलाई पनि रोकिदिएका थियौं । तर अहिले बेरुजु रहनेगरी विदेश गएको देखिन्छ ।
  • हामी आफ्नै खुट्टामा उभिन सकौं, सक्नुपर्दछ भनेर हामीले काम गरेका हौं । सरकारले बजेट नदिए पनि महानगरले विकास गर्न सक्छ भन्ने मेयर मै हुँ । अहिलेजस्तो अनावश्यक खर्च गरिदिएको भए के हुन्थ्यो ?
  • सरकारी कार्यालयमा भए गरेका कामहरु संस्थागत हुनुपर्दथ्यो, पछिल्लो साढे तीन वर्षमा त्यो भएको देखिएन, व्यक्तिगतजस्तै भयो । यसले भविष्यमा ठूलो समस्या निम्त्याउन सक्छ । संस्थाले गरेको काम व्यक्तिगत हुँदा पारदर्शी हुँदैन । 
  • राजनीति गर्ने मान्छे सेवाभावले अगाडि बढ्नुपर्दछ । म हिजो पदमा हुँदा पनि जनताको घरदैलोमा जान्थें । अहिले पदमा नहुँदा पनि घरदैलोमा नै छु । जनतासँग भागेर डराएर लुकेर हिँड्नु पर्ने अवस्था छैन ।

यतिखेर देशमा फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल कुम्भमेलाजस्तै लागिरहेको छ । जेन-जी विद्रोहका कारण संसद् भंग गरी नयाँ प्रतिनिधि चयन गर्नका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै गर्दा कतिपय स्थानीय तह तथा प्रदेश तहका जनप्रतिनिधिहरुले राजीनामा दिएर निर्वाचनमा होमिएका छन् । पाँच वर्षका लागि निर्वाचित भएर गएका प्रमुखहरु अवधि नपुग्दै प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिँदा राजीनामा दिएर हिँडेका छन् । काठमाडौं महानगरपालिका पनि अहिले प्रमुखविहीन छ । संविधानअनुरुप उपप्रमुखले कार्यवाहकको जिम्मेवारी सम्हालेको अवस्था छ । विगत साढे तीन वर्षको अवधिलाई महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले कसरी नियालिरहेका छन् त ? भन्ने विषयमा प्रभावका लागि बैकुण्ठ भण्डारीले गरेको कुराकानीः

यहाँले अघिल्लो पाँच वर्षको पूर्ण कार्यकाल काठमाडौं महानगरको नेतृत्व सम्हाल्नुभयो । तपाईंपछि आएको नयाँ नेतृत्वले सम्हालेको पछिल्लो साढे तीन वर्षको अवधिमा महानगरबाट भएका काम कारबाहीलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
म २०७२ सालको संविधान प्राप्ति र तीन तहको सरकार बनेपछिको पहिलो मेयरका रुपमा निर्वाचित भएको हुँ । स्थानीय सरकार प्रदेश सरकार मातहतमा सञ्चालन हुनुपर्ने थियो । तर प्रदेश सरकारसँग कानुन, कार्यालय, कर्मचारी केही नभएको अवस्थामा हामीले महानगरलाई सञ्चालन गर्न संघ र प्रदेशको कानुनसँग नबाझिनेगरी धेरै कानुन निर्माण ग¥यौं । धेरै चुनौतीका बाबजुत काम गर्नुपर्ने अवस्था थियो । १५ वर्षसम्म कर्मचारीले चलाएको स्थानीय निकायलाई चलाउनुपर्ने कठिनजस्तै थियो । तर पछि निर्वाचित भएर आउने जनप्रतिनिधिलाई कानुनी दृष्टिकोणले त्यो चुनौती भएन । किनकि, हामीले कानुन निर्माण गरिदिएका थियौं । संशोधन गर्नुपर्ने भए त्यो पनि गरिसकेका थियौं । अझ, हामी कस्तो बेलामा निर्वाचित भएका थियौं भने भूकम्पबाट थिलथिलो भएको सहरलाई पुर्ननिर्माण गर्नुपर्ने अवस्था थियो । कोभिड-१९ को महामारीका कारण जनतालाई सुरक्षित गराउनुपर्ने अवस्था थियो । मेरो कार्यकालमा कोभिड महामारीबाट नागरिकलाई सुरक्षित गर्दै सम्पदालगायत पुर्ननिर्माणका कामलाई सञ्चालन गर्नुपरेको थियो । स्थानीयबासीलाई करको दर घटायौं । स्वास्थ्य सेवाको पहुँच पु¥याउन अस्पतालसँग सहकार्य गरेको थियौं । अहिले साढे तीन वर्षमा मैले सुरुआत गरेका पुनर्निर्माणका कामहरुले पूर्णता पाएको छ ।
 
त्यत्ति धेरै काम गर्नुभएको रहेछ, तर किन बाहिर आउन सकेन त ?
स्थानीय जनतालाई मैले के काम गरेँ भन्ने कुरा थाहा छ । ५० हजारभन्दा बढी करदाताले बुझ्नुभएको छ । मैले आफूलाई दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रयास गरेँ । तपाईंले भनेजस्तो प्रचारबाजी, हल्ला र विज्ञापन गरिएन ।

तपाईंले आफ्नो पाँच वर्षे कार्यकालमा गर्नुभएको कामलाई कसरी बुझाउनुहुन्छ ?
अहिले काठमाडौं महानगरपालिकाबाट भएका विकास निर्माणका काम हुन् वा जनताका सरोकारका कामहरु सबै मैले नै सुरु गरेको हुँ । त्यसबेला कोभिड-१९ मा जनतालाई सुरक्षित गर्न अस्पतालसँग सहकार्य गरेर उपचार सहज बनाउनेदेखि बाटोघाटो, भत्किएका संरचनाहरुको पुनर्निर्माण सुरु गरिएकोमा अहिले अधिकांश सम्पन्न भए । कतिपय अझै पनि निर्माणाधीन अवस्थामा छन् । तपाईं आफैंले स्थानीय तहको पहिलो पाँच वर्ष र पछिल्लो साढे तीन वर्षको अध्ययन गर्नुस् त ।

तपाईं अस्पतालहरु घुम्नुस् । सरकारी र सामुदायिक अस्पतालहरुमा हामीले सहयोग गरेका छौं । जनताको निःशुल्क उपचारका लागि भनेर क्षेत्रपाटी अस्पतालसँग सहकार्य गरियो । जुन अहिले बन्दै छ । त्यस्तै डल्लु आवास क्षेत्रमा बन्दै गरेको अस्पताल पनि हाम्रै पालामा सहकार्य भएको हो । डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भएको बाल अस्पतालमा पनि सहयोग गरेका छौं । अधिकांश अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण गरिदिएका छौं । सिंगो देशबासीले नै स्वास्थ्य सुविधा पाउन् र महँगो अस्पताल जानु नपरोस् भनेर सरकारी र सामुदायिक अस्पतालका पूर्वाधार र अत्याधुनिक मेसिन हामीले खरिद गरेर दिएका थियौं ।

Hardik health

भूकम्पपछिको पुनर्निर्माण, कोभिडको महामारीमा नेतृत्व गरेर काम गरेको व्यक्ति किन गुमनाम त ?
वस्तु राम्रो कि नराम्रो भन्ने कुरा विज्ञापनले निहित गर्ने भो । सामाजिक सञ्जालका कारण के हो, के होइन भन्ने कुरा छुट्ट्याउन गाह्रो बनाइदिएको छ । पैसा पाए भन्दैमा जे पनि सञ्जालमा हालिदिने परम्पराले गर्दा जनतालाई भ्रम छर्ने र मुर्ख बनाउने काम भइरहेको देखिन्छ । ‘अकबरी सुनलाई कसी लगाउनु पर्दैन’ भनेजस्तै काम गरेका छौं । आजका दिनसम्म पनि शिर ठाडो पारेर मत दिने मतदाता र टिकट दिने पार्टीलाईसमेत गौरव गर्न लायक बनाएको हो ।

त्यसो भए शिर ठाडो बनाएर हिँड्न सक्ने गरी काम गर्नु भयो ?
तपाईं जहाँसुकै गएर सोध्नुस् । सबैले एउटै भन्छन्, काम धेरै गर्नुभयो हल्ला कम गर्नुभयो । त्यसैले बाहिर नदेखिएको होला । भूकम्पपछि काठमाडौं बस्नलायक सहर भएन भन्दै धेरैले छाडेर गए । लासैलासको काठमाडौं हुने भो, महामारी फैलिने भो भनेर काठमाडौं छाडेर गए । हजारौं मानिस खान नपाएर मर्ने भए भनियो । भूकम्पपछि संघीय सरकारले बनाउँछ भनेर बसेको भए अहिले १० प्रतिशत पनि बनिसकेको हुँदैनथ्यो । तर हामीले महानगर आफैंले बनाउन सक्छ भनेर बनायौं । भूकम्पले क्षतिग्रस्त सहरलाई फेरि पुरानै लयमा फर्कायौं । त्यस्तैगरी कोभिडको समयमा पनि त्यस्तै हल्ला गरेर हिँडे । हामीले कोभिडको समयमा घरघरमा खाना पुर्‍यायौं । कोभिडका बिरामीलाई अस्पताल पु¥याउनका लागि १०२ नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेर एम्बुलेन्स सेवा सञ्चालन ग¥यौं । त्यसबेला घरबाट अस्पताल र अस्पतालबाट घर आउने बिरामीका आफन्तका लागि निजी एम्बुलेन्ससँग सहकार्य गरेर सेवा दियौं । जनतालाई अप्ठेरो पर्दा हामी छौं, काठमाडौं महानगर छ, अनि सिंगो काठमाडौं उपत्यका मेयर फोरम छ भन्ने महसुस गरायौं ।

१०२ एम्बुलेन्स २०७५ मा नै सञ्चालनमा आयो, त्यसो भए ब्रुमरको कथा के हो त ?
सहरलाई धूलोमुक्त बनाउनुपर्छ भन्ने योजनाअनुरुप म मेयर भएर आउनुभन्दा अगाडि नै कर्मचारी संयन्त्रले महानगर चलाएको बेलामा ब्रुमर खरिद प्रक्रिया अगाडि बढाइसकेको थियो । जुनबेला हामी जनप्रतिनिधि थिएनौं । दलीय प्रतिनिधिमा रुपमा काम गरिरहेका थियौं । अहिलेका काठमाडौंका जिल्ला प्रशासन कार्यालयका प्रमुख ईश्वरराज पौडेल त्यसबेला काठमाडौं महानगरको कार्यकारी प्रमुखका रुपमा कार्यरत हुनुहन्थ्यो । त्यसबेला नै पाँचवटा ब्रुमर खरिद प्रक्रिया अगाडि बढेको र म निर्वाचित भएर आएपछि ब्रुमर आएको हो । दुईवटा ब्रुमर तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा म मेयरका रुपमा चीन भ्रमणमा गएको बेला अनुदानमा सहयोग आएको हो । त्यो समन्वय तात्कालीन चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले गर्नुभएको हो ।

भनेपछि ब्रुमर अहिले यो तीन वर्षको बीचमा आएको होइन ?
होइन । स्थानीय तहको निर्वाचन हुनुपूर्व नै खरिद प्रक्रियामा अगाडि बढेको ब्रुमर मेरो कार्यकालमा आइपुगेको र दुईवटा अनुदान प्राप्त भएको हो । यस्ता कतिपय काम अलि लामो समयमा नै पूरा हुन्छन् । जस्तैः म मेयर हुँदा शिलान्यास भएको कीर्तिपुण्य महाविहार गत आइतबार मैले नै उद्घाटन गरेँ । यसको मतलब के हो भने पूर्वाधारको विकास गर्न समय लाग्छ । हामीले सुरु गरेका काम अहिले पूरा भएर देखिँदै छन् । ब्रुमरको जसले जस्तो खाले हल्ला चलाए पनि त्यो अहिले आएको होइन । मेरो पालाभन्दा अगाडिकै काम हो । मेरो चाहना यति ब्रुमरले पुग्दैन भन्ने थियो । गल्लीगल्लीमा पुग्ने ब्रुमर खरिद गरी धूलोमुक्त बनाउनुपर्छ भन्ने अभियानमा हामी जुटेका थियौं ।

दमकलको कुराचाहिँ के हो ?
दमकल हाम्रो कार्यकालमा महानगरले खरिद गरेको हो । सायद नेपालको इतिहासमा नै दमकल खरिद गर्ने हामी नै हो । तर विडम्बना काठमाडौं जलिरहँदा त्यो दमकल प्रयोग भएन । यस्तै विपद्का बेला भनेर हाम्रो कार्यकालमा तीन स्थानमा दमकल स्टेसन बनायौं । हनुमानढोकामा रहेका दमकलले मात्र पुग्दैन भनेर बौद्ध रामहिटी, बालाजुमा थप्यौं तर काठमाडौं जलिरहँदा दमकल प्रयोग हुन पाएन ।

तपाईंहरुको पालामा अन्य पालिकालाई पनि सहयोग गर्नुभएको थियो, के छ अवस्था अहिले ?
सबैभन्दा ठूलो कुरा नीति हो । नीति राम्रो भएन भने अरु कुरा केही हुँदैन । पहिले कोही विदेशी आउँदा हामीले हात थाप्थ्यौं । विदेशीलाई चिट्ठी लेखेर हामीलाई बोलाऊ भन्ने चलन थियो । अहिले एक जना मन्त्रीको विवाद जसरी आयो पहिले त्यही हुन्थ्यो । हामी आइसकेपछि जनप्रतिनिधि पनि गएनौं, कर्मचारीलाई पनि रोकिदिएका थियौं । तर अहिले बेरुजु रहनेगरी विदेश गएको देखिन्छ । काठमाडौं महानगरपालिकाले अरुसँग हात थाप्ने होइन, आफूसँग भएको स्रोत साधन आफ्ना नागरिकका लागि सदुपयोग गर्नुपर्दछ भन्ने हो । हामीले नगर-नगर साझेदारी गरेर आर्थिकरुपमा कमजोर भएका पालिकालाई सम्पदा र हरियाली प्रवद्र्धन गर्न सहयोग गरेका हौं ।

अहिले धेरै विदेश गए भन्ने आरोप लगाउन खोज्नुभएको हो ?
भएको जे हो त्यही भन्न खोजेको हो । आरोप लगाउन खोजेको होइन । हामी आफ्नै खुट्टामा उभिन सकौं, सक्नुपर्दछ भनेर हामीले काम गरेका हौं । सरकारले बजेट नदिए पनि महानगरले विकास गर्न सक्छ भन्ने मेयर मै हुँ । अहिलेजस्तो अनावश्यक खर्च गरिदिएको भए के हुन्थ्यो ? अनावश्यक खर्च नगरेर जनताबाट उठाएको राजस्व सञ्चित गरेर राखिदिएका थियौं । अनि विदेशी संघसस्थासँग कहिल्यै हात फैलाउने काम हाम्रो पालामा भएन ।

त्यसो भए महानगरपालिका नीतिभन्दा फरक ढंगले सञ्चालन भयो ?
सरकारी कार्यालयमा भए गरेका कामहरु संस्थागत हुनुपर्दथ्यो, पछिल्लो साढे तीन वर्षमा त्यो भएको देखिएन, व्यक्तिगतजस्तै भयो । यसले भविष्यमा ठूलो समस्या निम्त्याउन सक्छ । संस्थाले गरेको काम व्यक्तिगत हुँदा पारदर्शी हुँदैन । कतिपय इतिहास बन्ने वस्तु वा चीज पनि लुक्ने वा हराउने हुन्छ । पछिल्लोे करिब साढे तीन वर्षमा भएका धेरै काम व्यक्तिगत भए, संस्थागत हुन सकेन । बरु अघिल्लो कार्यकालमा सुरु भएका कामहरुले पूर्णता पाएका छन् ।

यत्तिको नरम मान्छेलाई पार्टीले अन्याय गर्‍यो भन्छन् नि ?
छैन । मलाई मेरो पार्टी र नेतृत्वले अन्याय गरेको छैन । न्याय नै गरिरहेको छ । राजनीति गर्ने मान्छे सेवाभावले अगाडि बढ्नुपर्दछ । म हिजो पदमा हुँदा पनि जनताको घरदैलोमा जान्थें । अहिले पदमा नहुँदा पनि घरदैलोमा नै छु । जनतासँग भागेर डराएर लुकेर हिँड्नु पर्ने अवस्था छैन । मैले मेरो पार्टी र मेरो नेतृत्वलाई बद्नाम गराएको छैन । त्यसैले मलाई पार्टीले न्याय गरेको छ र गर्छ भन्ने कुरामा ढुक्क छु ।
 


प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की
पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की आइतबार, चैत १, २०८२
फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो: गृहमन्त्री अर्याल
फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो: गृहमन्त्री अर्याल मंगलबार, फागुन १२, २०८२
‘आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ’
‘आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ’ आइतबार, फागुन १०, २०८२
‘सम्पूर्ण नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउनुपर्छ’
‘सम्पूर्ण नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउनुपर्छ’ सोमबार, फागुन ४, २०८२
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी शुक्रबार, माघ २३, २०८२
‘कुष्ठरोगलाई अबको ३० वर्षभित्र शून्यमा झार्न सकिन्छ’
‘कुष्ठरोगलाई अबको ३० वर्षभित्र शून्यमा झार्न सकिन्छ’ आइतबार, माघ ११, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP