Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘आत्मबलविना कुनै पनि पेसामा टिक्न सकिँदैन’
‘आत्मबलविना कुनै पनि पेसामा टिक्न सकिँदैन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १६, २०८२
किरण सिग्देल अध्यक्ष, युरो एसिया एचआर सोलुसन प्रालि

झट्ट हेर्दा वैदेशिक रोजगार व्यवसाय आकर्षक आम्दानी हुने क्षेत्रको रुपमा देखिन्छ । मुलुकमा रोजगारीको अभावले युवाहरु विदेसिने क्रम बढ्दै जाँदा यो व्यवसाय फस्टाएको पनि छ । तर, व्यवसायीको समस्या फरक छ । बाहिरबाट देखिएजस्ते सहज नभएको व्यवसायीहरु बताउँछन् । यस्तो चुनौतीपूर्ण पेसामा लाग्ने महिलाहरुको संख्या न्यून छ, झन् नेतृत्व तहमा त औंलामै गन्न सकिन्छ । चुनौती मोलेर वैदेशिक रोजगार व्यवसायी सञ्चालन गर्दै आएका महिलाहरुमध्येकी एक हुन्, किरण सिग्देल । घुम्न पनि पाइने व्यवसाय पनि चल्ने भनेर म्यानपावर व्यवसाय रोजेको बताउँछिन् उनी । नुवाकोटकी किरणले हाल युरो एसिया एचआर सोलुसन प्रालि सञ्चालन गरिरहेकी छन् । २०६७ सालबाट उनी वैदेशिक रोजगार व्यवसायमा आबद्ध छिन् । प्रस्तुत छ उनीसँग वैदेशिक रोजगार व्यवसायको अनुभव, यस क्षेत्रको समस्या, अवसरलगायत समसामयिक विषयमा केन्द्रित रहेर प्रभावकर्मी ममता थापाले गरेको कुराकानीः

वैदेशिक रोजगार व्यवसाय सुरु गर्नुभएको कति भयो ?
यो पेसामा २०६७ सालबाट प्रवेश गरेकी हुँ । अरुले गरेको देखेर यो पेसा एकदम राम्रो जस्तो लाग्थ्यो, मन परिरहेको थियो । तर कसरी गर्ने, के गर्ने केही थाहा थिएन । अचानक कसैसँग सम्पर्क भयो र सुरु गरियो । अरुले सिकेर सुरुआत गर्छन्, मैलेचाहिँ सुरुआत गरेर सिकेँ ।

सुरुमै सञ्चालकको रुपमा कि अन्य भूमिकाबाट प्रवेश गर्नुभयो ?
२०६७ मा फ्युचर स्टार भन्ने म्यानपावरको सञ्चालक भएरै सुरु गरेँ । त्यसमा हामी तीनजनाको बराबर सेयर थियो । केही वर्ष सँगै काम गर्यौं । ‘तीन निकट महाविकट’ भनेजस्तो काम गर्न गाह्रो हुन थाल्यो । तीन जनामध्ये हामी दुई जना अलग भएर फेरि २०७२/७३ मा युरो एसिया दर्ता गर्यौं, र अहिले यसैमा छु ।
 
यही क्षेत्रचाहिँ किन रोज्नुभयो ?
यो पेसामा आउनुभन्दा अलि अगाडिदेखि जर्मनी आउने-जाने सिलसिला थियो । जर्मनी नै गए पनि त्यहाँ बसिरहन सकेको थिइनँ । म सम्पन्न परिवारको पनि हैन । कमाएर खानुपर्याे । त्यो हुँदा त्यस्तो के पेसा हुन्छ होला, जसमा काम पनि गर्न सकियोस्, घुमफिर पनि गर्न सकियोस् भन्ने सोच्थें । मेरो दिमागमा एउटा ट्राभल एजेन्सी र अर्को म्यानपावर थियो । म्यानपावर सेक्टरमा अचानक पार्टनर चाहियो भनेर विज्ञापन देखेँ अनि काम गर्दै सिकौंला भनेर जोडिएँ ।
 
अलिकति पछाडि फर्कौं, यहाँको बाल्यकाल कसरी बित्यो ? के बन्ने उद्देश्य थियो ?
नुवाकोटको बेलकोटगढी नगरपालिका आरुखर्क-१ हो मेरो जन्मस्थल । मेरो बुबा पहिलेदेखि नै प्रगतिशील सोचको हुनुहुन्थ्यो । गाउँको स्कुलमा पाँच कक्षासम्म पढेपछि आर्थिक अवस्था त्यत्ति राम्रो नहुँदा पनि दाइहरुसँगै काठमाडौं पढ्न पठाउनुभयो । मलाई याद हुँदा म त राम्रो ‘हाउसवाइफ’ (गृहिणी) बन्छु, राम्रो परिवार चलाउँछु भन्ने थियो । पछि गएर दुनियाँ देख्दै गएँ । त्यसपछि मेरो पनि महŒवाकांक्षा बढे छन् क्यार । अनि मान्छेहरु देश विदेश गएर आएको कुरा एकदमै मनपर्ने । कति कक्षाको हो भूगोमा अमेरिकाचाहिँ हाम्रो ठ्याक्कै उल्टो पर्छ रे भनेर पढ्नुपथ्र्यो । आमासँग म यो सबै खनेर सीधै अमेरिका निस्किन्छु भनेर कुरा गर्थें । त्यस्तै, ८-९ कक्षामा होला ‘पेरिस मुस्कुराउँछ रङ नै रङमा’ भनेर पढ्नुपथ्र्यो । यो पढेको भएर पाठमा भएका ठाउँमाचाहिँ पुग्नैपर्छ भन्ने भयो ।

यहाँले सुरुआत गर्दा र अहिले वैदेशिक रोजगार व्यवसायको अवस्थामा के फरक छ ?
त्यो बेला निश्चित देशका लागि निश्चित शुल्क लिन पाउने थियो । पछि ‘जिरो कस्ट’ (शून्य लागत) भन्ने निकै नै लोकप्रिय नारा आयो । यदि व्यावहारिकरुपमै लागू हुन सक्थ्यो भने त्यो राम्रो पनि थियो तर व्यावहारिक नहुँदा कति व्यवसायीलाई मर्कामा पार्याे । पैसा नलिइकन कारोबार हुँदैन, पैसा लिँदा व्यवसायी र कामदार दुवै पक्षलाई समस्या भयो ।
 
‘फ्रि-भिसा, फ्रि-टिकट’ त श्रमिकमैत्री प्रावधान हो । तपाईंहरुले आफ्नो लागिमात्र हेर्नुभयो भन्ने आरोज छ नि ?
व्यावहारिक कुरा के छ भने, सबै कम्पनीले फ्रि-भिसा, फ्रि-टिकट दिँदैनन् । फ्रि-भिसा, फ्रि-टिकट आयो भने फ्रिमा उडाउँदै पनि आएका छौं । तर विदेशमा काम गर्न जाने भनेको नेपालीमात्र छैनन् । भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्सलगायतका देशबाट पनि जान्छन् । अरु देशको श्रमिक अझ दक्ष भएर गइरहेका छन् । नेपालबाट मात्र लग्दाचाहिँ हामीले आफ्नो डिमाण्ड पनि राख्न पाइन्थ्यो होला । सबैतिरबाट कामदार आपूर्ति भइरहँदा हाम्रो मात्र सर्त कार्यान्वयन हुन नसक्ने भयो । अर्को कुरा, व्यवसाय भनेर गरेपछि नाफामूलक नै हुन्छ । यसमा मोही माग्ने ढुंग्रो लुकाउने गर्नु हुँदैन । सरकारले हामीलाई भन्दा १० हजार रुपैयाँभन्दा बढी पनि नलिऊ भन्ने अनि हामीलाई लाइसेन्स दिँदा न्यूनतम दुईदेखि छ करोड रुपैयाँसम्म धरौटी राख्नुपर्छ । अनि सेवा शुल्क नै १० हजारभन्दा लिन नपाइने भन्ने कुरा आफैंमा मेल खाँदैन । 

Hardik health

प्रगतिशील विचार बोक्नुभएको बुबाले म्यानपावर व्यवसायमा आएको कत्तिको मन पराउनुभयो त ?
व्यवसायमा आउनुभन्दा अघि धेरै ठाउँ भ्रमण गरिसकेको थिएँ । मेरो परिवारले मैले जे गर्छु अरुकोभन्दा फरक र राम्रो गर्छु भन्ने विश्वास गर्नुहुन्थ्यो ।
 
सुरुआती समयमा के–कस्ता समस्यासँग जुध्नुपर्याे ?
सुरुसुरुमा पठाएको मान्छेहरुको कम्प्लेन आउने, यस्तो भएन भन्दा सानो कुराले पनि उनीहरुलाई भन्दा बढी चोट आफूलाई हुने । एक चोटि त साउदी अरबमा १००० प्लस २०० भनेर मान्छे पठाएको तर कम्पनीले ८०० प्लस २०० मात्र दियो भनेपछि चार दिनसम्म ब्लड प्रेसर लो भएर घरमै सुतेर बसेँ । आफू इमान, निष्ठामा चल्ने मान्छे । यस्तो भए पनि म काम गर्न सक्दिनँ भनेपछि कम्पनीबाट अहिले परीक्षणकाल भएर हो, पछि पूरा तलब पाउँछन् भन्ने जवाफ आयो । त्यसपछि उनीहरुको परिवारलाई बोलाएर सबै कुरा भनेँ । यो घटनापछि मलाई स्टे«न्थ पनि आयो । केही समस्या आउँदा आत्तिहाल्न हुँदैन । त्यसको समाधान पनि हुँदो रहेछ भनेर । 

गलत पेसा रोजेँ कि जस्तो लागेन कहिल्यै ?
इमान्दारसाथ भन्नुपर्दा, हामी १०० को हाराहारीमा महिला व्यवसायी छौं । त्यसमा कतिपय दिदीबहिनी व्यवसाय गर्दा अलिकति फरक तरिकाले गरिरहनुभएको छ । आफ्नो स्टेन्थलाई नचिनेर अरुलाई बढी आधार मानेर काम गरेजस्तो अनुभूति हुन्छ । कसैले महिला व्यवसायी भन्दै गर्दा अरुको नजरमा म पनि उनीहरुजस्तै दखिएँ कि जस्तो लाग्छ । हुन त अहिलेको समयमा यस्तो कुरा वाञ्छनीय नहोला, तर यो पेसामा धेरैजसोको रहनसहन, उठबस, खानपान आदि तामसी खालको हुने भएर मलाईचाहिँ खिन्न हुन्छ । किनकि, यो पेसा पनि सम्मानित हो, हाम्रो व्यक्तित्व पनि सम्मानित बनाउनुपर्छ भन्छु । 

काम गर्ने दौरानमा आएको कुनै जटिल घटना छ ?
युएईका लागि ह्यात रिजेन्सीमा अन्तर्वार्ता थियो । त्यहीँको सेक्युरिटी गार्ड आएर म अन्तर्वार्ता दिनसक्छु ? भन्नुभयो । हुन्छ, भनेपछि कागजात जुटाएर अन्तरवार्ताको व्यवस्था मिलाएँ । ती व्यक्ति पास भएर गए । मेरो जर्मनी आउने–जाने क्रम चलिरहेको थियो । पछि उनको सुतेको ठाउँमै डेथ भएछ । त्यो मैले पठाएपछिको पहिलो घटना थियो । मैले त्यो मान्छेलाई नपठाएको भए उसको मृत्यु हुँदैन थियो कि, अन्तरवार्ता नदेऊ भन्नुपर्ने रहेछ, भनेर त्यो घटनाले मलाई धेरै दिनसम्म गिल्टी फिल भएको थियो, कस्तो काम गरेछु मैले भनेर ।

कुन-कुन मुलुकमा पठाउनुहुन्छ श्रमिक ?
कुवेत, कतार, साउदी र दुबई पठाउँछौं । सम्भावना हुन्छ कि भनेर मलेसिया पनि गएको थिएँ केही अगाडि । मौका मिल्यो भने मलेसिया पनि गर्ने हो ।
 
मलेसियामा सिण्डिकेटको हल्ला के रहेछ, उता पनि यसको चर्चा छ कि ?
त्यहाँ पुग्दा मैले फरक खालको सिण्डिकेट सुनेँ । यहाँ नेपालको यतिवटा मात्र म्यानपावरले गर्न पाउने भन्ने सुनेकी थिएँ । त्यहाँ पुगेपछि त्यहीँको एक-दुई वटा एजेन्सीले गर्न पाउने भन्ने सुनेँ । त्यसमा प्रभावशाली एजेन्सीले सरकारलाई आफ्नो हातमा लिएर चलाउन खोजेको छ भन्नेखालको जानकारी पाइयो । चलखेलचाहिँ भएको छ, तर नेपालबाटै भएको हो या उतैबाट, त्यसको आधिकारिक जानकारी भने छैन ।
 
अहिले के-के छन् व्यवसायीका समस्या ?
व्यवसायीमाथि चर्को कानुन छ । भनेजस्तो नहुनेबित्तिकै २४ घण्टामै हाजिर हुने पुर्जी आउँछ, एलटी नै ब्लक गरिदिने हुन्छ । एक हिसाबले मिडियाहरु पनि परिचालित भइरहेका छन् । कामदारको हाकमा बोल्न सरकार छ, मिडिया छ । तर व्यवसायीलाई परेको पीर मर्का बुझ्ने कोही छैन । एक लाख जना बाहिर गएका छन् र दुई–तीन प्रतिशतलाई समस्या प¥यो भने उनीहरुकोचाहिँ धेरै प्रचारप्रसार हुन्छ । जसको राम्रो भएको छ उनीहरुको कसैले कहीँ उल्लेख गर्दैन । त्यो मानेमा हामी ओझेलमै पारिएका छौं ।

यो क्षेत्रमा महिलाको उपस्थिति कस्तो छ ? 
विभेद छ यहाँ पनि । महिला हो, सक्दैन । त्यो पदमा त हामी जाने हो नि । कोषाध्यक्षसम्म दिएकै छ, यतिवटा सदस्य दिएकै छ नि भनेर ह्युमिलेट गर्ने काम प्रत्यक्ष अप्रत्यक्षरुपमा भएका छन् । कोही पनि मानिस पूर्ण छैन । महिला र पुरुष पनि बराबरी छैनौं । प्रकृतिले नै समान बनाएको छैन तर हामी फरक–फरक कुरामा दक्ष छौं । प्रकृतिले हामीलाई पनि केही विशेष क्षमता दिएको छ । ‘लर्निङ बाइ डुइङ’ हो नि त । गरेपछि सिक्छन्, जान्छन् भनेर पनि नेतृत्वदायी भूमिका दिनुपर्छ भन्ने मेरो धारणा हो ।

नेतृत्वदायी भूमिकामा पुग्न नसक्नुको कारण के रहेछ ?
जहाँ पनि राजनीतिक प्रभाव बढेको कारणले एउटा पार्टीले फलानो फलानोलाई लाने भन्छ, त्यसमा आर्थिकरुपले सबल, आफ्नो जनसम्पर्कको हिसाबले सबल दाजुभाइले आफ्नै दुनो सोझ्यानुहुन्छ । ठूलो पद केटा मान्छेलाई चाहिन्छ भन्ने मानसिकता छ । महिलालाई यसमा बस, धेरै काम गर्न नि पर्दैन भन्ने र दिदीबहिनी पनि त्यसमै खुसी भइदिने । यसकारण नेतृत्वदायी भूमिकामा पुग्न पाउनुभएको छैन । हालै संशोधन गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विधानमा स्वतः महिला उपाध्यक्ष हुनुपर्छ भन्ने छ । त्यो स्वतः दिएको पदभन्दा पनि खुला नै उठ्नपर्छ । महिलाहरुले पनि पदअनुसार आफूलाई तयार गरेर आउन सक्नुपर्छ ।
 
व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघलाई केही सुझाव छ ?

जो पनि नेतृत्वमा जानुहुन्छ, सबभन्दा पहिले ब्युरोक्र्याट्सँग, नेतृत्वसँग कसरी नजिक हुने भन्ने देखिन्छ । व्यवसायीसँग नजिक हुनुहोस् । व्यवसायीलाई पार्टीगत, गुटगतरुपमा छुट्याउने प्रवृत्ति छ, त्यो मेटाउनपर्छ । नेम, फेमको पछि लाग्नेभन्दा पनि मेरो नेतृत्वमा यो परिवर्तन भयो भन्ने आफैंलाई सन्तुष्ट हुने खालका काम गर्नुपर्छ । मन्त्रीसँग गएर फोटो फेसबुकमा हालेर, अथवा दुई-चार ठाउँमा खादा, माला लाएर केही हुँदैन । त्यो सब आडम्बर हो । 

अन्त्यमा, यो पेसामा आउन चाहने महिलालाई के सन्देश दिनुहुन्छ ?
अरुभन्दा यो फरक पेसा भएकाले सर्वप्रथम आत्मबल चाहिन्छ । परिस्थितिअनुसार जस्तो पनि भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । त्यसपछि, सरकारले राखिदिएको दुई करोड धरौटीको व्यवस्था गर्नैप¥यो । अफिस सेटअप गर्नैपर्याे। अब सुरुमै कमाइ होला भन्ने केही ग्यारेन्टी हुँदैन । केही समय कर्मचारी पाल्ने तयारी गर्नैपर्याे । त्यसपछि सबैभन्दा ठूलो कुराचाहिँ जे पेसा गछौं त्यसमा आफू रमाउन सकिन्छ कि सकिँदैन भन्ने हेर्नुपर्छ, नत्र दिनदिनै थाकिन्छ ।
 


प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’ आइतबार, असार ७, २०८३
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी आइतबार, जेठ ३१, २०८३
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की शुक्रबार, जेठ १५, २०८३
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव शुक्रबार, जेठ १५, २०८३
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य बिहीबार, जेठ १४, २०८३
‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल
‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल बिहीबार, जेठ १४, २०८३
गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे बुधबार, जेठ १३, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP