Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • थ्री ब्रदर्स म्यानपावरको बदमासी : तलब माग्दा कामदारलाई पठाइयो जेल 
थ्री ब्रदर्स म्यानपावरको बदमासी : तलब माग्दा कामदारलाई पठाइयो जेल 
सोमबार, असोज २९, २०८०

काठमाडौं– वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारलाई रोजगारदातासँग मिलेर एउटा म्यानपावर कम्पनीले कतिसम्म दुःख र यातना दिन्छ भन्ने दृष्टान्त बनेको छ, थ्री ब्रदर्स ह्युमन रिसोर्स प्रालि । उक्त म्यानपावरले एक वर्षअघि रोजगारीका लागि कतार पठाएका कामदारलाई सामान्य मानवीय व्यवहारसमेत नगरी रोजगारदाता कम्पनीसँग मिलेर उनीहरुलाई पारिश्रमिक (तलब) दिलाउनुको साटो जेल पठाएको रहस्य खुलेको छ ।

काठमाडौंको बत्तीसपुतलीमा रहेको थ्री ब्रदर्स म्यानपावरले कतारको रजान हस्पिटालिटी सर्भिस एण्ड क्लिनिङ (सफाइ) कम्पनीमा क्लिनिङसम्बन्धी काम गर्न भनी एक वर्षअघि नेपालबाट कामदार पठाएको थियो । मासिक तलब एक हजार कतारी रियाल, खाना खर्च ३०० रियाल र बस्ने सुविधा कम्पनीले निःशुल्क उपलब्ध गराउने करार सम्झौता गरी नुवाकोटका कोशिस लामासहित छ जनालाई कतार उडाएको म्यानपावरले अन्ततः उनीहरुको सपना पनि उडाइदियो । सम्झौता अनुसार कामदारले न काम पाए, न तलब सुविधा नै । उनीहरुले पाएको भनेको जेल सजाय, मानसिक तनाव, आर्थिक क्षति र कठोर सर्तसहितको स्वदेश फिर्ती ।

काम गर्न कतार पुगेका कामदारले उक्त क्लिनिङ कम्पनी आफैंले रोजगारी दिने नभई कामदार सप्लाइ गर्ने कम्पनी रहेको बताए । उनीहरुका अनुसार उक्त कम्पनीले कतारभित्र ठेक्कामा कामदार बिक्री गर्ने र कामदारको तलब सेवा सुविधा आफ्नो कम्पनीमार्फत दिने रहेछ । सप्लाइ कम्पनीले आफैं रोजगारी दिने नभई अन्य कम्पनीलाई कामदार आपूर्ति गर्ने गर्दछ । पीडित कामदारहरु आफूले खेपेको दुःख, हैरानी र जेल सजायको कारण यतिखेर म्यानपावरलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै वैदेशिक रोजगार विभाग धाइरहेका छन् । पीडितहरुको भनाइमा म्यानपावर कम्पनीले कामदारको भलाइ तथा उद्धार गर्नुभन्दा पनि रोजगारदातासँग मिलेर तलबलगायतका सेवासुविधाबाट वञ्चित गर्ने र पुनः कतार जानै नपाउने अवस्था सिर्जना गराई अन्याय गरेको छ ।

Hardik health

यसरी पुर्‍याइयो कामदारलाई जेलसम्म
स्वदेश फर्किएका कामदारहरुले बताएअनुसार कम्पनीमा क्लिनिङको कामबाहेक अरु काम गर्नु नपर्ने, तलब प्रतिमहिना एक हजार रियाल र खानाबापत ३०० रियाल पाइने, बस्ने व्यवस्था निःशुल्क हुने भन्दै म्यानपावरले प्रतिव्यक्ति एक लाख ५० हजार रुपैयाँ लिएर कतार पठाएको थियो । सोहीअनुरुप कामदार र रोजगारदाता कम्पनीबीच करार सम्झौतासमेत भयो । श्रम स्वीकृति लिएर रोजगारीका लागि कतार पुगेका उनीहरुलाई सम्झौता अनुसारको काममा नलगाई पाँच महिनासम्म होटलमा वेटरको काम गर्न लगाइयो । त्यसपश्चात कन्ट्रक्सनको काममा लगाइयो ।

सुरुको पाँच महिनासम्म सम्झौता अनुसारको तलब पाए पनि त्यसपछि तलब नदिई कामदारलाई दुःख हैरानी दिन सुरु भयो । कम्पनीसँग तलब माग्दा दिन्छु भने पनि विनातलब भोकभोकै काम गर्नुपर्ने अवस्था आयो । कम्पनीले तलब दिन्छु भन्दै टार्दै गएपछि कामदारले नेपालस्थित थ्री ब्रदर्स म्यानपावरका सञ्चालक बुद्धिराज तिमल्सिना र एजेण्टलाई बारम्बार विदेशमा तलब नपाउँदा खाना खानसमेत समस्या भएकोले तलब दिलाइदिन पटक–पटक अनुरोध गर्दा कुनै सुनुवाइ हुन सकेन । साह्रै समस्या परेपछि कामदारहरुले कतारको लेबर कोर्ट (श्रम अदालत)मा गई तलब र नेपाल फर्किन प्लेन टिकटको माग गरी उजुरी गरे ।

अदालतले १५ सेप्टेम्बर २०२३ मा सूचना गरी १६ सेप्टेम्बर २०२३ मा कम्पनी मालिक र कामदार दुवै पक्षलाई उपस्थित हुन सूचित गर्‍यो । कामदारहरुले अदालतमा गई उजुरी गरेको थाहा पाएपछि कतारको रोजगारदाता कम्पनीको मालिक र नेपालबाट म्यानपावरका सञ्चालकले कामदारहरुलाई ‘लेबर कोर्टमा नजानू, तलब बैंक खातामा हालिदिन्छौं’ भन्ने आश्वसन दिए । सोहीअनुरुप कम्पनी मालिकले बैंक खातामा तलब हालिदिएको जानकारी दिए । तलब निकाल्न कम्पनीबाट कामदारहरु बैंकतर्फ जाँदै गर्दा कम्पनीबाट भागेको भन्ने बहाना बनाई मालिकले प्रहरी बोलाई पक्राउ गर्न लगाएर जेलमा पुर्‍याए । प्रहरीको कब्जामा परेपछि अदालतले बोलाएको छलफलमा जान पाएनन् ।

रोजगारीका लागि गएकाहरु थुनामा परेका खबर पाएपछि आफन्तले उनीहरुको उद्धार तथा राहतका लागि सम्बन्धित निकायमा उजुरी गरे । कतारस्थित नेपाली राजदूतावासको समन्वयमा स्वदेश फर्किन पाएको पीडितमध्येका एकले बताए । ‘कतारस्थित नेपाली दूतावासको पहलमा कतार प्रहरीले हामीलाई हिरासत मुक्त गर्दै पुनः कतार फर्कन नपाउनेगरी प्लेन टिकट काटेर नेपाल पठाइदियो,’ उनले भने, ‘हामीले काम गरेको तलब त परै जाओस् त्यहाँ बस्दाको आफ्नो सामान र लगेजसमेत ल्याउन पाइएन ।’

स्वदेश फर्किएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा म्यानपावरमाथि कारबाही गर्नुपर्ने माग राख्दै तलब र क्षतिपूर्ति दिलाइदिन आग्रहसहित उजुरी गरेको बताएका छन् । विभागले पीडितहरुको गुनासो र उजुरीको आधारमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । म्यानपावर दोषी देखिए वैदेशिक रोजगार ऐन, २०६४ अन्तर्गत कारबाहीको प्रक्रिया अघि बढाइने विभागका एक अधिकारीले बताए ।
 


प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP