Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
साहित्य
  • Home
  • साहित्य
  • राजनीतिज्ञ सुरेन्द्रकुमार दाहालको आत्मवृत्तान्त ‘एक अथक यात्री’ विमोचन 
राजनीतिज्ञ सुरेन्द्रकुमार दाहालको आत्मवृत्तान्त ‘एक अथक यात्री’ विमोचन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २१, २०८०

काठमाडौं– राजनीतिज्ञ सुरेन्द्रकुमार दाहालको जीवनीमा आधारित आत्मवृत्तान्त कृति ‘एक अथक यात्री’को विमोचन भएको छ । बालकृष्ण दाहाल ‘बिकेडी’ सङ्कलक तथा सम्पादक रहेको उक्त कृतिको विमोचन कांग्रेस नेता डा. शेखर कोइरालाले शनिबार गरेका हुन् ।

कृतिमा जन्मथलो पाँचथरको तुम्बेवा गाउँपालिका–१ को ढुकुरेमा १६६ वर्षअघि धनकुटाको ताङ्खुवाबाट दाजुभाई बहादुर दाहाल र बाँकवीर दाहाल आएको ऐतिहासिक प्रसङ्ग उल्लेख छ । दुवै जनाको ससुराली ढुुकुरे गाउँ हो । उनीहरू ससुराली गाउँमै बसेका हुन् । राजनीतिज्ञ सुुरेन्द्र चाहिँ बाँकवीरका सन्तान हुन् । 

कृतिमा बाँकवीर र बहादुर दुवैका सन्तानहरूको पहिचान उल्लेखित पृष्ठभूमि र वंशावलीसमेत उल्लेख छ । यसले गर्दा कृति ढुकुरेका दाहाल वंशबारे थाहा पाउन चाहनेका लागि महत्वपूर्ण हुने देखिएको छ ।यस अतिरिक्त कृतिमा दाहालको पिता चन्द्रबहादुर दाहाल (थरी)का जीवन सङ्घर्ष, शैक्षिक संस्थाहरू स्थापनामा खेलेका अभिभावकीय भूमिकादेखि उनको अर्थोपार्जनको आधारसम्मको फेहरिस्त छ । 

Hardik health

२३ कात्तिक २००९ सालमा पिता चन्द्रबहादुर र माता सुभद्रा बुुढाथोकीको जेठो सन्तानको रूपमा जन्मिएका सुरेन्द्रको प्राथमिकदेखि उच्च शिक्षा, विवाह, राजनीतिक जीवनका कथाव्यथाहरू कृतिमा सवमोश छन् । परिवारका सदस्यहरू र उनीहरूको स्थिति पनि कृतिमा छर्लङ्ग पारिएको छ । राजनीतिक जीवनमा सक्रिय छँदा साथ दिने गाउँले राजनीतिक सहयात्रीहरू स्वर्गीय लीलाबहादुर (वाईबा) तामाङ (पूर्व आङ्ना गा.वि.स. उपाध्यक्ष) शेरबहादुर कार्की (स्थानीय नेता), स्वर्गीय खड्गबहादुर तामाङ (आङ्ना–३ का वडाध्यक्ष), मीत दाई टेकप्रसाद तामाङ, मीत बुबा इन्द्रप्रसाद देवान, काका डम्बरबहादुुर दाहाल, इन्द्रबहादुर भण्डारीलगायतसँग सम्बन्धित प्रसङ्गलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । 

२०३२ सालमा वडा, गाउँ समिति सदस्य हुँदै वडाध्यक्ष भएका सुरेन्द्र २०३९ सालको स्थानीय निर्वाचनबाट आङ्ना गाउँ प्रधानपञ्चमा निर्वाचित भएका व्यक्तित्व हुन् । तत्कालीन जिल्ला विकास समिति पाँचथरको सदस्य भएर काम गरेको अनुभव पनि उनीसँग छ । माओवादी द्वन्द्वताका पाँचथर कांग्रेस सचिव उनी तीनपटकसम्म कांग्रेसको जिल्ला सभापति र दुुईपटक प्रदेश निर्वाचन क्षेत्र–ख मा उम्मेदवार भए तर हरेकपटक उनी पराजित भए । अब भने सक्रिय राजनीतिबाट उनी अलग भएको देखिएको छ । 

यहीबेला उनको राजनीतिक, शैक्षिक, सामाजिकसँगै पारिवारिक क्षेत्रको योगदान सङ्ग्रहित आत्मबृतान्त कृति प्रकाशनमा आएको हो । जहाँ आफ्ना राजनीतिक जीवनका चर्चित जिल्लास्तरीय कांग्रेस नेताहरू नरेन्द्रकुमार प्रधान (पछि पञ्चायतमा लागेका), गणेशप्रसाद रिजाल, पूर्णकुमार शेर्मा, भू–विक्रम नेम्बाङ, कृष्णविक्रम नेम्बाङ, दीपकप्रकाश बाँस्कोटा, तेजप्रकाश रिजाल, रणबहादुर खड्का, देवानदोर्जे थिङलगायतसँगको राजनीतिक सहयात्राबारे स्पष्ट पारिएको छ ।

पाँचथरको विकासप्रेमी नेता भनेर चिनिने पूर्वगृहमन्त्री स्वर्गीय पद्मसुन्दर लावतीसँग प्रारम्भमा भएको मित्रवत र पछि बिग्रिएको राजनीतिक सम्बन्धलाई पनि कृतिमा चित्रण गरिएको छ ।जिल्लाको उत्तर–पूर्वी क्षेत्रको च्याङ्थापुमा पञ्चायतकालमा भएको राजनीतिक काण्डदेखि, जनमत संग्रहमा बहुदल पक्षधरलाई षड्यन्त्रपूर्वक ढङ्गले पराजित गराएको घटना, कांग्रेसका संस्थापक सभापति वीपी कोइरालासँगको पहिलो भेट र दाहालमै राजनीतिक जीवनका उतारचढावपूर्ण विवरणहरू कृतिमा उल्लेख छन् । कृतिको विमोचन समारोहमा १०० वर्षीया आमा सुभद्रासमेत थिइन् ।
 


प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:११
#एक_अथक_यात्री #सुरेन्द्रकुमार_दाहाल
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
बाह्रखरी कथा प्रतियोगिता घोषणा
बाह्रखरी कथा प्रतियोगिता घोषणा शुक्रबार, असोज ३१, २०८२
राजेश हमालको पुस्तक लोकार्पण
राजेश हमालको पुस्तक लोकार्पण आइतबार, असोज २६, २०८२
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा 
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा  मंगलबार, असोज ७, २०८२
‘लालीगुराँसको साटो’ सार्वजनिक
‘लालीगुराँसको साटो’ सार्वजनिक मंगलबार, असोज ७, २०८२
नेपाल भाषाका वरिष्ठ साहित्यकार प्रा शाक्य अभिनन्दित
नेपाल भाषाका वरिष्ठ साहित्यकार प्रा शाक्य अभिनन्दित सोमबार, असोज ६, २०८२
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP