Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बेलायत जान ७ सय नर्सको आवेदन 
बेलायत जान ७ सय नर्सको आवेदन 
शुक्रबार, असोज १९, २०८०

काठमाडौं– वैदेशिक रोजगारीको लागि बेलायतसँग भएको जिटुजी (सरकार–सरकारबीच) सम्झौताअनुसार स्वास्थ्यकर्मी (नर्स)को माग भइ आएकोमा सातसय जनाको आवेदन परेको छ । दक्ष जनशक्तिको उच्च माग रहेको बेलायतको स्वास्थ्य क्षेत्रमा एकसय जना नेपाली नर्सलाई पठाउने गरी सरकारले आवेदन माग गरेकोमा अहिलेसम्म ७ सय जनाको आवेदन परेको हो । 

बेलायतले श्रम समझदारी अनुसार वार्षिक करिब दुई हजार नर्सको माग गर्ने बताइए पनि पहिलो चरणमा एक सय नर्स लैजाने गरी पत्राचार भएको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए । बेलायतले माग गरेअनुसार नै आवेदन माग गरिएको र सोही अनुरुप आवदेन प्राप्त भइरहेको उनले जानकारी दिए । उनका अनुसार अहिलेसम्म आवेदन दिएकामध्ये ३० जनाले मात्रै पुरा डकुमेन्ट पेश गरेका छन् । 

विभागले बेलायत नर्स पठाउन छट्टै बेलायत शाखा सञ्चालनमा ल्याई गत साउन चार गते अर्थात्  २० जुलाईबाट आवेदन खुलाएको थियो । आवेदन दिने अन्तिम म्याद आगामी कात्तिक २ गते (१९ अक्टोबर) सम्म रहेको छ । बेलायतले नेपालबाट स्वास्थ्यकर्मी लैजानका लागि २२ अगस्ट २०२२ मा सम्झौता गरेको थियो । सोही सम्झौताको आधारमा नर्स पठाउन हस्ताक्षर गरिएको प्रोटोकलअनुसार आवेदन दिने नर्सहरुले कडा मापदण्ड पुरा गर्नुपर्ने उप्रेतीले बताए ।

Hardik health

‘बेलायत जान चाहने नर्सहरुले आफ्नो दक्षता प्रमाणीत गर्न अलि बढी नै तयारी र मापदण्ड पुरा गर्नुपर्छ,’ उनले भने, ‘मापदण्ड अनुसार आवेदन दिने नर्सको संख्या ज्यादै न्युन छ, जसले मापदण्ड पुरा गरेका हुन्छन्, उनीहरु सहजै बेलायत रोजगारीको लागि जान सक्ने देखिएको छ ।’ आवेदन दिएकामध्ये ६७० जनाले आईईएलटीएस वा ओईटीको नम्बर पछि राख्ने जानकारी दिंदै विभागको सिस्टममा आवेदन दर्ता गरेको सूचना अधिकारी उप्रेतीले जानकारी दिए । तोकिएको समयसम्म आवश्यक मापदण्ड पुरा नगरे दिइएका आवदेनहरु स्वतः अयोग्य हुने उप्रेतीले बताए । 

दुई देशबीचको श्रम समझदारी अनुसार बेलायत जान चाहने नर्सहरुले अंग्रेजी भाषा परीक्षण आईईएलटीएसमा न्युनतम ७ अंक र अक्यूपेसनल इङ्ग्लिस टेस्ट (ओईटी)मा ‘बी’ ल्याएको प्रमाणपत्र पेश गर्नुपर्ने छ । अहिले आवेदन दिएकाहरुमा ३० जनाले मात्रै मापदण्ड पूरा गरेको विभागले जनाएको छ । यसको अलवा आवेदन दिने नर्सहरुले आफु नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको र दुई वर्ष कार्यअनुभव रहेको प्रमाणपत्र अनिवार्य बुझाउनु पर्नेछ । स्टाफ नर्स, बीएन, बीएस्सी नर्सिङ, एमएन पुरा गरेकाहरूले बेलायतमा रोजगारीको लागि जान आवेदन दिन सक्नेछन् । 

पहिलो चरणको रोजगार भर्ना प्रक्रियालाई दुबै देशले पाइलट प्रजेक्टको रुपमा लिइएको बताइएको छ । नर्सहरुको भर्ना प्रक्रियालाई पुरा गर्न वैदेशिक रोजगार विभाग र ह्याम्सपेयर हस्पिटल (एनएचएस) फाउन्डेसन ट्रस्ट युकेको संयुक्त समन्वय हुनेछ । त्यस्तै द्विपक्षीय सम्झौताअनुसार भर्ना प्रक्रियामा कुनै पनि व्यक्ति, रोजगारदाता, संघसंस्था वा म्यानपावर कम्पनी वा एजेण्टको सहभागिता निषेध गरिएको छ भने रोजगारीको लागि छनौट भएका नर्सहरुले कुनै पनि शुल्क बुझाउनु पर्ने छैन । यद्यपि रोजगारीको लागि बेलायत पुगेका नर्सहरुले त्यहाँको नर्सिङ काउन्सिलमा पनि अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । 

बेलायतमा रोजगारीको अवसर पाउने नर्सको समयावधि पाँच वर्षको हुनेछ । उक्त अवधि पुरा भएपछि स्वतः स्वदेश फर्किनु पर्नेछ । श्रम समझदारी अनुसार स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली नर्सहरुको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने हुँदा बेलायत जाने नर्सहरुको मासिक तलब पाँच लाख रुपैयाँसम्म हुने बताइएको छ ।यसका बाबजुद पनि सरकारले सबै प्रक्रिया पुरा गरेर आवेदन माग गरिसकेको अवस्थामा पनि केही सञ्चारमाध्यमले भ्रम सिर्जना गरिरहेको भन्दै विभागले ध्यानाकर्षण भएको जनाएको छ ।

बेलायतमा नेपाली स्वास्थ्य कर्मीलाई रोजगारी दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको १ वर्ष भइसक्दा पनि नेपालबाट नर्स लैजाने बाटो नखुलेको, नेपाली नर्सलाई बेलायत लैजाने तयारी गरिए पनि कार्यान्वयनमा आउन नसकेको जस्ता समाचारप्रति कुनै सत्यता नभएको भन्दै आवश्यक प्रक्रिया चलिरहेको विभागले उल्लेख गरेको छ । साथै यस्ताखाले समाचारबाट भ्रममा नपर्न पनि सम्बन्धित सबैलाई विभागले आग्रह गर्दै बेलायत रोजगारीको लागि अनधिकृत संघसंस्था, निकाय वा एजेन्टको विश्वास र प्रलोभनमा नपर्न सचेत गराएको छ ।  
 


प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP