Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘कोमा’का कामदार ल्याउन सरकारको पहल
‘कोमा’का कामदार ल्याउन सरकारको पहल
शुक्रबार, असोज १२, २०८०

काठमाडौं– सरकारले रोजगारीको सिलसिलामा विदेश पुगेर विभिन्न परिस्थितिका कारण गम्भीर बिरामी भई अस्पतालको कोमामा पुगेका नेपाली कामदारको यकिन तथ्यांक संकलन गरी स्वदेश फर्काउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्बन्धित श्रम गन्तव्य मुलुक हेर्ने राजदूतावासको समन्वय र सहकार्यमा कोमामा रहेका बिरामीको तथ्यांक संकलन तथा स्वदेश फर्काउने तयारी गरेको हो ।   

वैदेशिक रोजगारको क्रममा विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेशमै फर्काएर उपचार गर्ने प्रबन्ध मिलाउने गरी गृहकार्य भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए । यसका लागि सम्बन्धित मुलुक हेर्ने दूतावासमार्फत यकिन तथ्यांक संकलन गरिने उनले जानकारी दिए । ‘दूतावासहरुले कोमामा रहेका बिरामीको यकिन तथ्यांक संकलन गरी आवश्यक समन्वयका लागि जानकारी दिनेछन्,’ प्रवक्ता घिमिरेले भने, ‘त्यसपछि उनीहरुलाई स्वदेश फिर्ता ल्याउने र थप उपचारको व्यवस्था मिलाइने छ ।’ 

विदेशी अस्पतालको कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहलको अध्यक्षतामा गन्तव्य मुलुक हेर्ने १३ जना राजदूतसहितको उच्चस्तरीय बैठकमा प्राथमिताकासाथ छलफल भएको थियो । बैठकले गरेको निर्णयमा कोमामा रहेका बिरामीलाई नेपालमा कसरी फर्काउने र उपचार गर्नेसम्बन्धमा छिट्टै तथ्यांक संकलन गरी आवश्यक प्रक्रिया अवलम्बन गर्ने उल्लेख गरिएको छ । हाल विदेशका विभिन्न अस्पतालमा गम्भीर बिरामी परेर कोमामा पुगेका नेपालीहरुको यकिन विवरण नहुँदा उद्धार तथा उपचारको लागि कठिनाई भइरहेको प्रवक्ता घिमिरेले बताए । ‘उनीहरुको समयमै उद्धार नहुँदा सम्बन्धित मुलुकमा अलपत्र अवस्थामा रहनुपर्ने र यता नेपालमा रहेका परिवारले पनि मानसिक तथा आर्थिक समस्या झेल्नुपरेको छ,’ उनले भने । 

Hardik health

उता बिरामी तथा अलपत्र परेका कामदारलाई उद्धार तथा राहत दिने जिम्मेवारी पाएको वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार विभिन्न मुलुकमा ३० जनाभन्दा बढी नेपाली कामदार कोमामा रहेका छन् । सबैभन्दा बढी खाडी मुलुक र मलेसियामा नेपाली कामदार कोमामा रहेको बताइन्छ । श्रम स्वीकृति लिएर कानुनी रुपमा रहेका बिरामीको तथ्यांक भएपनि विभिन्न कारणले गैरकानुनी रुपमा कतार, साउदी, कुवेत, ओमानलगायतका देशमा रहेका कामदारहरु गम्भीर बिरामी परेर अलपत्र अवस्थामा भएपनि कुनै तथ्यांक नहुने बोर्डले जनाएको छ ।

त्यस्तै कोमामा रहेका बिरामीको उद्धार तथा उपचारकोसम्बन्धमा मात्र नभई उच्चस्तरीय बैठकले गरेका निर्णयहरुलाई देखिने गरी कार्यान्वयनको चरणमा लैजान श्रममन्त्री शरतसिंह भण्डारीबाट आवश्यक निर्देशन पाइसकेको मन्त्रालयले जनाएको छ । निर्देशानुसार कूटनीतिक नियोगसँगको समन्वयमा नयाँ श्रम गन्तव्यको खोजी गर्ने, श्रम सम्झौता प्रक्रिया अगाडि बढाउने, कामदारको हकअधिकार, सामाजिक सुरक्षालगायत विषय द्विपक्षीय श्रम सम्झौतामा नै सुनिश्चित गर्ने, कामदारको शव व्यवस्थापन तथा स्वदेश फिर्ता र पुनःएकीकरण कार्यक्रमलगायत कल्याणकारी दायित्व निर्वाह गर्न पनि मन्त्रालयले गृहकार्य गरिरहेको जनाएको छ । 


प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP