Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • सिंहदरबार भित्र धोकेबाज
सिंहदरबार भित्र धोकेबाज
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ९, २०८०

‘पिउँदिन भन्दा भन्दै, पिलायो साथीले
आउँदिन भन्दा भन्दै, बोलायो साथीले ।
सँगै हिँड्ने भन्दै बीचमै छाडिदियो
आफ्नो स्वार्थ पूरा गरी सबलाई धोका दियो’

सिंहदरबार घेर्न पुगेका आन्दोलनकारी शिक्षकमध्येका एक हरिप्रसादको बिलौना यस्तै थियो । जुरुक्क उठ्न नपाउँदै लजमा सँगै बसेका मित्रले अलिअलि सोमरस पिलाइदिएका थिए । पिउँदिन भन्दा भन्दै जबरजस्त नै गराइदिएको थियो । पीडा पोख्न आको हो पीडा भुल्न पिलाइदिएको अरे ‘माट्सापलाई’ ।

सोमरसको स्वादमा मरीमरी उफ्रिरहेका ‘माट्सापलाई’ के थाहा, बीचमै धोका पाइएला भनेर । गाउँदेखि सहर आउँदा रात्रिबसमा धेरै अन्तरंगका कुरा भएका थिए । बेरोजगारीका कारण देश छाडेर हिँडेका हरिप्रसादलाई नक्कली भिसा भिडाइदिएका कारण चिलगाडी चढ्ने सपना पनि चकनाचुर बनाइदिएको थियो म्यानपावरले । 

त्यही म्यानपावरले डेढ लाख ‘क्वापल्याक्कै’ खाइदिएपछि न विदेश जान पायो, न त गाउँ फर्कनसक्ने अवस्था थियो । झोलामा स्नातकोत्तर तहको प्रमाणपत्र बोकेर सहरका गल्लीगल्लीमा घुम्यो । जागिर लगाइदिने भन्दै खुलेका ठग कम्पनीहरुको चंगुलबाट पनि बच्न सकेको थिएन हरिप्रसाद । दुई रुपैयाँको फोटोकपीलाई एक हजार रुपैयाँ तिरेर जागिर पाउने लोभमा साथीभाइसँग ऋण मागेर फाराम भर्दै गयो । त्यहाँ पनि ऊ ठगियो । जागिर लगाइदिने ‘जब सेन्टर’ले अरुलाई होइन आफैंलाई पो जागिर खोलेको रैछ । सबसँग फाराम भर्ने अनि प्रलोभनमा पारेर रकम असुल्ने । क्या काइदाको स्वरोजगार । 

Hardik health

‘अभागी खप्पर, जहाँ पुगेनि लाग्दछ ठक्कर’ भन्ने नेपाली उखान धेरै हरिप्रसादको भाग्य र भविष्य रहेछ । ऊ बेलामा गाउँमा पढाइमा पनि अलि अब्बलजस्तै थिए हरिप्रसाद । जागिर खान सहर छिरे । लोकसेवामा पटक–पटक प्रयास गरेर जहिल्यै ‘वैकल्पिक’ भए । 

गाउँमा बा आमाले छोरा विदेश पठाका थिए । तर, न त विदेश पुग्यो न त सहराँ जागिर नै पायो । सबै रित्तो भएपछि बल्लबल्ल कसैको भनसुनमा ‘राहत’ शिक्षक पायो । भूकम्प, बाढीपहिरोजस्ता विपद्मा परेकालाई नगद जिन्सी दिएर राहत उपलब्ध गराएजस्तै ०६२/६३ सालपछि शिक्षक दरबन्दी सरकारले नै रोकेर अनुदान उपलब्ध गराएर शिक्षक राख्यो र पढाउन लगायो ।

त्यही पढाउने शिक्षक राहत शिक्षक बनिरहे । हरिप्रसाद साँच्चै पीडामा थिए । त्यसैबेला उनले राहत शिक्षक पाए । खुरुखुरु काम गरे । उनले कस्तो काम गरे, उनैलाई थाहा होला । सरकारी स्थायी ‘माट्साप’हरु अरु कसैलाई खेताला लगाएरै जागिर नखाएका पनि होइनन् । त्यही भएर अहिले सरकारी विद्यालयको शिक्षाको गुणस्तर साँच्चै ‘झोले’ नै भएको छ । हरिप्रसाद जस्तालाई ‘राहत’मा झोले बनाउनेहरु सिंहदरबारमा मोज गरिरहेका छन् । उनै झोलेलाई उल्लु बनाएर सिंहदरबारमा छिरेकाहरुले सरकारी शिक्षा तहसनहस नै बनाइदिए । 

अस्तिसम्म झोलेहरुलाई ‘जिन्दावाद र मुर्दावाद’को नारा घन्काउन सिकाएका सिंहदरबारभित्र बस्नेले धोका दिएपछि बल्ल घैंटोमा घाम लागेको छ । शिक्षकजस्तो गरिमामय पदलाई राहत शिक्षक, खेताला शिक्षक, झोले शिक्षक, दले शिक्षक के–के हो के–के !

न्याय खोज्न भनेर रात्रिबस चढेर राजधानी आएका हरिप्रसादहरु ‘हिस्स बूढी खिस्स दाँत’ जस्तै भए । उनैलाई हाँकेर आएकाहरु सिंहदरबार छिरेका मात्र के थिए । सँगै आएका साथीहरुलाई मुर्छा बनाइदिए । आफ्नो माग पूरा गरे । साथीहरुलाई धोका दिए । राहत राहतमै अड्कियो । हरिप्रसादहरु चुँसम्म पनि बोल्न नसक्ने अवस्थामा पु¥याइदिए । हरिप्रसाद अहिले माईतीघरमा बसेर रुँदै छन् । राहत माथि पनि राहत चाहियो ।

विचरा ! ऊ बेला जिन्दावाद र मुर्दावादका नारा लगाएको खेर गयो । अमुक झण्डा वोकेर दौडिएको पनि बिनसिद्दिकै भयो । आफूसँग जिन्दगीको रसरंगका कुरा गर्दै भविष्यको बाटोको योजना बनाउँदै आएकोले पनि सिंहदरबार छिरेर धोका दियो । हरिप्रसादहरु सधैँ धोकै धोकामात्र पाएका छन् । 

तर, गरिब छोराछोरी पढाउने सरकारी विद्यालयको राहत शिक्षक बन्न सफल भएका छन् । आँखा खुल्नसके यसले राहत आफू होइन लाखौं अभिभावकलाई हुन्छ । हरिप्रसादहरु आँखा खोल । तिमी त भविष्यका कर्णधार बनाउने लाखौं बालबालिकाको मार्गदर्शक पो हौ त ! 

हरिप्रसाद तिमीले भन्दा त्यो खेताला लगाउने फिटिक्कै केही गरेकै छैन । कम्तीमा तिमी देश छाडेर गएका छैनौं । सिंहदरबार छिरेको तिम्रै साथीले हजारौं तिमीजस्तालाई धोका दिएर झोला बोकी सकेको छ । मुस्कुराउँदा ख्वामित्का पाउमा लम्पसार परिसकेको छ । अब तिमी पिएर होइन उसैलाई पियाएर मस्त गर्ने बेला पो हौं त । तिमीले पाउने सम्मान त्यो धोकेवाजले पाउने छैन !

त्यो सिंहदरबारले त तिमीहरुलाई मात्र धोका दिएको छैन । तिमीहरुले नै पढाएर पठाएका स्यालहरुले रजाइँमात्र गर्न खोजेका हुन् । तिमीलाई धोका अरुले दिएको हो र ? तिमीले जस्तो शिक्षा दियौं उसले त्यस्तै गरेको छ । आखिर राजनीति गर्न तिमीले नै सिकाएका थियौं । कलेजमा शिक्षकलाई मुठ्ठी हान्न तिमीले नै सिकाएका थियो । पाइलापाइलामा धोका दिने कुरा सायद अदृश्यरुपमा तिमीले नै सिकाएका थियौं ।

सिंहदरबारले धोका नदिएको कसलाई छ र ? एउटै विचार बोकेर विचार त्याग गर्नेलाई पनि दिएको छ । आफ्नो बाउको काजकिरिया नगरे पनि दिएको छ । आफ्नै जन्ममूमिलाई धोका दिएर खुसी हुने स्यालहुइयाँबाट आश गर्ने तिमी नालायक हौ र ?

तिमीले त किताब पढेका छौं । माटोको स्पर्श लिएका छौं । देशको मुहार उज्यालो बनाउने संकल्प लिएर आफ्ना कलिला मुना विद्यार्थीहरुलाई धोकेबाज ‘लाजनीति’बाट टाढा गराउने अभियान पो थाल्ने हो त ? परिवर्तनका रेखाहरु देखिएका छन् । देखाइदेऊ, छेपाराहरुलाई माकुराको जालो बनेर । त्यही जालोभित्र सडाउन सक्ने योद्धा तिमीले बनाउने होइन र ? धोकेबाज सिंहदरबार अनि सिंहदरबार छिरेर धोका दिनेहरुलाई छाडिदेऊ । 

बालबालिकालाई धोका, युवा पुस्तालाई धोका, माटोवादलाई धोका, राष्ट्रियतालाई धोका, देशलाई नै धोका दिने सिंहदरबारबाट के अपेक्षा गछौं ? जाऊ तिमीले बोकेको दलको झोला त्यहीँ फालेर आऊ । आफ्नै पेसालाई स्वर्ग बनाऊ । माइतीघर तिम्रो होइन हुँदै होइन । शिक्षाको उज्यालो छर्ने तिम्रो आफ्नै पेसागत मूल्यवान् र आस्थावान घर बनाऊ ।
 


प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP