Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
विचार
  • Home
  • विचार
  • सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १२, २०८२
गम्भीरबहादुर हाडा

 

नीतिलाई परिणाममुखी बनाउन आवश्यकता र समस्याको आधारमा दीर्घकालीन दृष्टिकोणको विकास गर्नु जरुरी हुन्छ । यसका लागि विषयसँग सम्बन्धित विज्ञ र सरोकारवालाको सहभागितामा नीतिका उद्देश्य, लक्ष्य, रणनीति, कार्यक्रम, संस्थागत जिम्मेवारी, ऐन कानुनको व्यवस्था तथा स्रोतको उपलब्धताका सम्बन्धमा स्पष्ट पार्न आवश्यक हुन्छ । साथै, नीतिका सबै पक्षको वैज्ञानिक विश्लेषणद्वारा थप परिमार्जन गरी यथार्थ बनाउनुपर्दछ । यसमा सूचनाको उपयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । 


 

कुनै कार्य गर्नका लागि बनाइने पूर्वनिर्धारित योजना हो, नीति । यसले सामान्यतया कुनै कार्य सञ्चालन गर्न मार्गदर्शन प्रदान गर्दछ । फलस्वरूप कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न सकियोस् । फरक–फरक पार्टी, सरकार तथा राज्यका आ–आफ्नै नीति हुन्छन् जसले भविष्यमा सञ्चालन गरिने कार्यक्रम तथा योजनालाई निर्देशित गर्दछ । विकास नीति भन्नाले मानिसको गुणात्मक परिवर्तन गर्न र सामाजिक न्याय स्थापना गरी सम्मुन्नत समाज स्थापना गर्न बनाइएको पूर्वनिर्धारित खाका, निर्देशिका हो । विकास नीति, समय, परिस्थिति र विचारधाराको आधारमा परिवर्तन हुन सक्दछ तर यसको केन्द्रबिन्दु भने सदैव मानवीय हित तथा कल्याण नै हुनु जरुरी छ ।

२०५६ सालमा २०५ वटै निर्वाचन क्षेत्रमा सामाजिक संगठन निर्माण, बचत परिचालन, सीप विकास, शिक्षा, स्वास्थ्य, स्वरोजगार, खानेपानी, सिँचाइ, वन, असहाय, अपांगता भएकालाई सहयोग पुर्‍याउने उद्देश्यले ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’ ल्याइएको थियो । तर, त्यो प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेन । त्यो बढी राजनीतिक प्रभावमा परेको देखियो । यसै सन्दर्भमा विकेन्द्रीकरणको योजना तथा नीतिलाई सार्थकता प्रदान गरी स्थानीय स्वायत्त शासन ऐन २०५५ ले समेत ग्रामीण विकासको सन्दर्भमा अत्यन्तै महŒवपूर्ण रहेको पाइन्छ । 

Hardik health

त्यस्तै सुकुम्बासीलाई जग्गा वितरण कार्यक्रम, रोजगारमूलक तालिम, ग्रामीण विकास बैंकअन्तर्गत कर्जा प्रवाह कार्यक्रम, गरिबी निवारण कोष, युवा स्वरोजगार कार्यक्रमहरू पनि गरिबी निवारण तथा ग्रामीण विकासका लागि ल्याइएका केही कार्यक्रमहरू हुन् । अर्कोतर्फ ग्रामीण विकासको सन्दर्भमा दूरगामी असर पार्ने तथा २०४६ सालको परिवर्तनपश्चात् सक्रियरूपमा विकास भएको अर्को क्षेत्र भनेको गैरसरकारी संस्थाको विकास तथा स्थापना हो । नेपालभरमा झण्डै दुई हजार गैरसरकारी संस्था दर्ता भएका छन् । विभिन्न उद्देश्यसाथ स्थापित भएका यी गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि ग्रामीण विकासका सन्दर्भमा महŒवपूर्ण कामहरू गरेका छन् ।

प्रक्रियागत दृष्टिकोण जसले सार्वजनिक नीति निर्माण र कार्यान्वयनको प्रक्रिया र विधिमा जोड दिन्छ । उपलब्धि र नतिजाको दृष्टिकोण जसले सार्वजनिक नीति निर्माणलाई यसले गर्ने उत्पादन र समाजमा ल्याउने परिवर्तनलाई प्राथमिकता प्रदान गर्दछ । सार्वजनिक नीतिले सम्बद्ध पक्षमा पार्ने सन्तुष्टिको आधारमा नीतिको कार्यान्वयन प्रभावकारिताको यस दृष्टिकोणले परख गर्दछ ।

रणनीतिगत दृष्टिकोणले सार्वजनिक नीति निर्माण गर्दा वातावरणीय उपयुक्तता, उपलब्ध साधन र क्षमताको अधिकतम् उपयोग, प्रतिस्पर्धात्मक क्षमता र तुलनात्मक लाभको उपयोगका साथै नीतिको अल्पकालिक, मध्यकालिक र दीर्घकालिक प्रभावकारिता, निरन्तरता र दिगोपना हासिल गर्ने कुरालाई जोड दिन्छ । यसले नीति निर्माणलाई वातावरणीय वास्तविकतालाई आत्मसात् गर्न सक्षम तुल्याउँदछ र कार्यान्वयन योग्यताको परख गर्दछ ।
जनताप्रतिको उत्तरदायित्व प्रभावकारीरुपमा निभाउने क्रममा सरकारद्वारा गरिने नीतिगत विषयको चयन र स्वीकृति भइसकेपछि त्यस्ता नीतिगत प्रतिबद्धतालाई कार्यान्वयनमा उतार्नका लागि आवश्यक मार्गदर्शन, उद्देश्य निर्धारण, प्राथमिकता निर्धारण, आवश्यकताबमोजिमको साधन स्रोतको अनुमान संस्थागत बन्दोबस्त एवं कार्यान्वयनका समष्टीगत प्रारुपलाई नै सार्वजनिक नीतिको तर्जुमा भनिन्छ ।

नेपालमा राष्ट्रिय विकास एवं समुन्नतिका लागि आवश्यक राष्ट्रिय योजना तयार गर्नका लागि राष्ट्रिय योजना आयोगको व्यवस्था छ । यो आयोगले राष्ट्रिय आवश्यकताको पहिचान गरी सम्बन्धित विभाग, मन्त्रालयको आ–आफ्नो क्षेत्रको प्रस्तावित क्षेत्रगत विकास योजना वा कार्यक्रमको आधारमा राष्ट्रिय योजना तयार गर्दछ । राष्ट्रिय योजनामा राष्ट्रिय उद्देश्य, लक्ष्य आदि निश्चित गरिन्छ । यी लक्ष्य एवं उद्देश्य हासिल गर्न योजना आयोगले विकास नीतिहरू तर्जुमा गर्दछ । यी नीतिहरू पनि यथार्थमा सार्वजनिक नीति नै हुन् । यसरी विकास नीति एवं कार्यक्रम सम्बन्धमा यसलाई सुझाव, परामर्श दिन सरकारी यन्त्रलगायत समाजका विभिन्न वर्ग एवं समुदायको प्रतिनिधित्व भएको राष्ट्रिय विकास परिषद्को पनि व्यवस्था छ । यस अर्थमा सार्वजनिक नीति प्रतिपादनको क्षेत्रमा विशेषतः आर्थिक, सामाजिक नीति प्रतिपादनमा आयोगले निर्णायक भूमिका खेल्दछ । 

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष एवं सदस्यहरू योजनाविद् एवं विशेषज्ञका रुपमा सरकारबाट नै राजनीतिक नियुक्ति गरिन्छ । सरकारको विकास नीति यिनीहरूबाट नै तर्जुमा हुन्छ । यद्यपि, व्यापक अर्थमा यसले प्रतिपादन गरी कार्यान्वयन गर्ने नीति यसको आफ्नै नभई सरकारकै नीति हो पनि भन्न सकिन्छ । सार्वजनिक नीति तथा रणनीतिको कार्यान्वयन तथा मूल्यांकन गैरसरकारी क्षेत्रका समाजशास्त्री र अनुसन्धान तथा अध्ययन संस्थाहरु, संसदीय मूल्यांकन, महालेखापरीक्षक, विशेष आयोगहरु, स्थानीयस्तरका निर्वाचित निकायहरु, प्रशासनिक निकायहरु, राष्ट्रिय योजना आयोग र अन्य विभिन्न निकायहरुबाट हुने गर्दछ ।

सार्वजनिक नीति तर्जुमाको ढाँचाअन्तर्गत दीर्घकालीन सोच/दृष्टिकोण, रणनीतिक कार्ययोजना, नीतिको लक्ष्य र उद्देश्य, उद्देश्य प्राप्त गर्ने रणनीति, कार्यान्वयन योजना र व्यवस्थापनलगायत पर्दछन् । नीति कार्यान्वयनअन्तर्गत नीति तर्जुमापछि कार्यान्वयनको जिम्मेवारी कर्मचारीतन्त्रको काँधमा आउँछ । कर्मचारीतन्त्रले नीति तर्जुमाको चरणदेखि नै स्थायित्व, सूचनामा पहुँच, अनुभवजस्ता कारणले संलग्न भई आफ्नो योगदान पुर्‍याएको हुन्छ । कर्मचारी नियन्त्रण एवं स्रोतसाधन उपयोगका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबाट कर्मचारीतन्त्रलाई कानुनी अधिकार प्राप्त भएको हुन्छ । प्राप्त अधिकार, पेसागत सक्षमता र स्थापित प्रक्रियाको आधारमा कानुनी र नीतिगत परिधिभित्र रही कर्मचारीतन्त्रले नीति कार्यान्वयन गर्ने गराउने गर्दछ ।

सिद्धान्ततः कर्मचारीतन्त्र सरकारका नीतिहरू कार्यान्वयन गर्न प्रतिबद्ध हुन्छ, हुनु पर्दछ । नीति कार्यान्वयनमा कर्मचारीतन्त्रको जिम्मेवारी भनिरहँदा यस कार्यमा सरकारका तीनवटै अंग, सरोकारवाला, राजनीतिक दल तथा अन्तर्राष्ट्रिय विकास साझेदार (दानकर्ता) हरूको भूमिकालाई पनि भुल्न सकिँदैन । सरकारद्वारा कार्यान्वयन गरिएका नीतिको लक्ष्य र उद्देश्य हासिल भयो भएन भनेर गर्ने कार्य नीति मूल्यांकन हो । नीतिको प्रभावकारिता कस्तो रह्यो भन्ने लेखाजोखा गरी वास्तविकता आकलन गर्ने र भविष्यमा नीति तर्जुमा र कार्यान्वयनको सुधारका पक्षहरू पहिचान गर्ने उद्देश्य नीति मूल्यांकनको रहेको हुन्छ । सार्वजनिक नीति मूल्यांकनमा संसद्, महालेखापरीक्षक, प्रशासनिक निकाय, प्रेस, विश्वविद्यालय, अनुसन्धानकर्ता एवं विशेष आयोगहरू संलग्न हुने गर्दछन् । नीति मूल्यांकनअन्तर्गत नीति मूल्यांकन नीतिको प्रभावकारिता, कार्यदक्षता, पर्याप्तता, न्यायोचित समानत, उपयुक्तता र सामाजिक उत्तरदायित्वजस्ता विषयका आधारमा गरिन्छ ।

नीति मूल्यांकनमा नीतिको कार्यान्वयन सम्भाव्यता, नीतिको कार्यसम्पादन अवस्था, नीतिको प्रभावकारिता र नीतिको रणनीति मूल्यांकन गर्ने गरिन्छ । नीति मूल्यांकन गर्दा नीति तर्जुमाको अवस्था, कार्यान्वयन वातावरण र कार्यान्वयन स्थितिको पनि मूल्यांकन गरिन्छ ।
नीति मूल्यांकनले सार्वजनिक नीतिलाई परिमार्जन गर्दछ र भविष्यमा अनुपयुक्त एवं कार्यान्वयन गर्न असम्भव नीति तर्जुमा गर्न हतोत्साही पनि गर्दछ । तर सार्वजनिक नीति निर्माणको चरणमा मूल्यांकनले महŒव पाएको देखिँदैन । नीतिको उद्देश्य र लक्ष्य अस्पष्ट भएकोले तुलना गर्न नै नसकिने, नीतिको प्रभाव छरिनाले र अन्य नीतिको प्रभावसँग मिसिने हुनाले सहीरुपमा निर्धारण गर्न नसकिने, एकै प्रकारका नीतिको प्रभाव पनि एकै प्रकार नहुने, एवं नीति मूल्यांकनको परिणाम शासक अनुकूल नभएमा लुकाइने र नीति मूल्यांकनमा पूर्वाग्रह रहने र खर्चिलो हुने कारण नीति मूल्यांकन प्रभावकारी नभएको पाइन्छ ।

नीतिलाई परिणाममुखी बनाउन आवश्यकता र समस्याको आधारमा दीर्घकालीन दृष्टिकोणको विकास गर्नु जरुरी हुन्छ । यसका लागि विषयसँग सम्बन्धित विज्ञ र सरोकारवालाको सहभागितामा नीतिका उद्देश्य, लक्ष्य, रणनीति, कार्यक्रम, संस्थागत जिम्मेवारी, ऐन कानुनको व्यवस्था तथा स्रोतको उपलब्धताका सम्बन्धमा स्पष्ट पार्न आवश्यक हुन्छ । साथै, नीतिका सबै पक्षको वैज्ञानिक विश्लेषणद्वारा थप परिमार्जन गरी यथार्थ बनाउनुपर्दछ । यसमा सूचनाको उपयोगले महŒवपूर्ण भूमिका निर्वाह गर्दछ । 

एक अल्पविकसित देशका लागि कति र कस्तो प्रकारको दक्ष जनशक्ति आवश्यकता पर्दछ, सो थाहा पाउन कठिन छ । कुनै पनि देशलाई आर्थिक विकासको कुन अवस्थामा प्रवेश गर्दा कति मानवीय पुँजी आवश्यक पर्दछ भन्ने कुराको पनि यकीन गर्न समस्या हुने गर्दछ । मानवीय पुँजी निर्माणको दर कति हुनुपर्दछ, सो कुरा पनि थाहा पाउन गाह्रो हुन्छ । कुन समयमा र कति मात्रामा कस्तो शिक्षामा लगानी गर्नुपर्दछ, सो कुरा पनि थाहा पाउन सकिँदैन । शिक्षामा गरिएको लगानीबाट प्राप्त प्रतिफल कसरी मापन गर्ने ? 

अल्पविकसित देशहरूमा जनसंख्या वृद्धि अत्यधिक हुनु र विकासोन्मुख मुलुकहरूबाट क्षमतावान् व्यक्तिहरू कामको खोजीमा अन्य राष्ट्रमा जानु वा प्रतिभा पलायन हुनुले समस्या खडा भएको हुन्छ । शिक्षा, स्वास्थ्य, पोषण तथा सीपमूलक कार्यमा जनता गरिब भएका कारण लगानी गर्न सक्दैन । देशमा विद्यमान मानव शक्तिलाई देशको सरकारले सदुपयोग गर्न सकेको हुँदैन । विकासोन्मुख राष्ट्रहरू गरिब भएको कारण मानवमाथि बढीभन्दा बढी लगानी गर्न नसकेको देखिन्छ । अल्पविकसित देशमा मानवीय पुँजी निर्माणका लागि पुँजीको आवश्यकता अपरिहार्य छ ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप विचार
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व सोमबार, कात्तिक १०, २०८२
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत्
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत् आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP