Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १०, २०८२
डा. शोभाकर पराजुली

 

छठ पर्वले राष्ट्रिय एकता र सांस्कृतिक विविधताको समन्वय पनि प्रदर्शन गरेको छ । तराई क्षेत्रको मौलिक परम्परा अब देशव्यापी रूपमा फैलिएको छ । पहाडी र हिमाली क्षेत्रमा पनि सूर्यपूजाको महŒव बुझ्दै छठ मनाउने चलन बढ्दै गएको छ । यसले क्षेत्रीय भिन्नतालाई कम गर्दै साझा संस्कृतिको पहिचान स्थापित गरेको छ । तराईको गीत, रीतरिवाज र संस्कार काठमाडौंसहित अन्य भागमा फैलिँदा सांस्कृतिक आदानप्रदानको सुन्दर पुल बनेको छ । यसरी छठ पर्वले देशलाई भावनात्मकरूपमा एक सूत्रमा बाँध्ने माध्यम बनेको छ ।

 

छठपर्व हिन्दूधर्मका सबैभन्दा पवित्र र अनुशासित पर्वमध्ये एक मानिन्छ, जसलाई सूर्यदेव र छठी माईको आराधनाका रूपमा अत्यन्त श्रद्धा र भक्ति भावले मनाइन्छ । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मैथिल, भोजपुरिया, थारु तथा अन्य समुदायका साथै भारतका विहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्लीमा यो पर्वको ठूलो महत्‍व छ । यस पर्वमा लाखौं भक्तजनले नदी, तलाउ वा पोखरीको किनारमा शुद्ध मनले सूर्यदेवलाई अघ्र्य अर्पण गर्छन् र परिवार, समाज र प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्छन् । पछिल्ला वर्षमा राजधानी काठमाडौंसहित देशका अन्य सहरमा पनि छठ पर्वको प्रचलन तीव्र रूपमा बढ्दै गएको छ । सहरमा पनि श्रद्धालुहरूले जलाशय सफा गरी सामूहिक रूपमा पूजा–अर्चना गर्ने परम्परा स्थापित गरेका छन् ।

छठ केवल धार्मिक अनुष्ठानमात्र होइन, यो मानव र प्रकृतिबीचको सन्तुलन, आत्मसंयम, शुद्धता र आत्मनिष्ठाको अद्भूत अभिव्यक्ति हो, जसले जीवनलाई अनुशासन, कृतज्ञता र सहअस्तित्‍वको बाटोमा अग्रसर गराउँछ । छठ पर्वको केन्द्रीय तत्‍व सूर्य उपासना हो, जसले मानव जीवनमा प्रकृतिको अविभाज्य भूमिकाको स्मरण गराउँछ । प्राचीनकालदेखि नै सूर्यलाई जीवन, ऊर्जा, प्रकाश र सृष्टिको मूल स्रोतका रूपमा सम्मान गरिँदै आएको छ । वैदिक ग्रन्थहरूमा सूर्यलाई ‘सविता’, ‘मित्र’, ‘अदित्य’, ‘भास्कर’ र ‘रवि’ जस्ता नामले सम्बोधन गरिएको पाइन्छ, जसले सूर्यको दैवी स्वरूप र आध्यात्मिक महत्व उजागर गर्छ । सूर्य उपासनाद्वारा शरीर, मन र आत्मा शुद्ध हुने विश्वास रहिआएको छ, जसले आध्यात्मिक अनुशासन र आन्तरिक सन्तुलनको मार्गप्रशस्त गर्छ ।

Hardik health

छठपर्वको विशेषता यसको कठोर अनुशासन, आस्था र प्राकृतिक समरसतामा निहीत छ । यस अवसरमा महिला विशेषतः निराहार, जलाहार र कठोर व्रत ग्रहण गरेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् । यो प्रक्रिया केवल धार्मिक विधिमात्र नभई आत्मसंयम, धैर्य र श्रद्धाको प्रतीक हो, जसले मानव र प्रकृतिबीचको सन्तुलनलाई पुनःस्थापित गर्छ । छठ पर्वले शुद्धता, भक्ति र निष्ठाका माध्यमबाट जीवनमा आध्यात्मिक ऊर्जाको प्रवाह गराउँछ र मानिसलाई प्रकृतिसँगको अन्तरसम्बन्ध बुझ्न प्रेरित गर्छ ।

सूर्य र प्रकृतिको सम्बन्ध
छठपर्व मनाउने मुख्य कारण सूर्य र प्रकृतिप्रतिको गहिरो आस्था हो । सूर्य मानव जीवनको आधार, ऊर्जा, ताप र प्रकाशको अनन्त स्रोत हो, जसको बिना पृथ्वीमा जीवनको अस्तित्‍व असम्भव हुन्छ । जल, वायु, अग्नि, पृथ्वी र आकाश– यी पाँच तत्‍वहरूमा सूर्यको प्रत्यक्ष प्रभाव रहने भएकाले सूर्यको आराधना गर्नु भनेको सम्पूर्ण सृष्टिप्रति कृतज्ञता प्रकट गर्नु हो । छठपर्व यही भावनाको सर्वोच्च प्रतीक हो, जसमा व्यक्ति आफ्नो आत्मालाई शुद्ध गर्दै प्रकृतिसँग आत्मिक सम्बन्ध स्थापित गर्छ । यो पर्व आत्मसंयम, शुद्धता र समर्पणको माध्यम हो, जसले व्यक्ति र विश्वबीचको सन्तुलन कायम राख्ने सन्देश दिन्छ ।

धार्मिक दृष्टिले, छठ पर्वमा नशा, क्रोध, लोभ, राग, द्वेष र अहंकार त्यागेर आत्मशुद्धिको अभ्यास गरिन्छ । वैज्ञानिक दृष्टिले पनि यसको गहिरो औचित्य छ । सूर्यको किरणले शरीरमा भिटामिन डी उत्पादन गर्छ, जसले हड्डीलाई बलियो र रोगप्रतिकारक शक्ति सुदृढ बनाउँछ । बिहान र साँझको समयमा सूर्यको किरण तुलनात्मक रूपमा कोमल हुने भएकाले त्यस समयमा अघ्र्य दिने स्वास्थ्यकर मानिन्छ । जलाशयको किनारमा बसेर ध्यानपूर्वक अघ्र्य दिने परम्परा वास्तवमा ध्यान र योगको रूप हो । उपवास र निराहार रहँदा शरीरको पाचन प्रणालीलाई विश्राम मिल्छ र विषाक्त पदार्थ निष्कासित हुन्छ, जसले शरीर र मन दुवैलाई सन्तुलित बनाउँछ ।

छठपर्वको अर्को विशेषता सामाजिक एकता, समानता र सहअस्तित्‍व हो । यो पर्व जात, धर्म, वर्ग, भाषा वा लिंगको विभाजनभन्दा पर उठेर सबैलाई एउटै सूत्रमा बाँध्छ । गाउँदेखि सहरसम्म, सबै मानिस एउटै घाटमा पुगेर सूर्यलाई अघ्र्य दिन्छन् । त्यस क्षणमा कुनै भेदभाव हुँदैन–धनी वा गरिब, उच्च वा नीच, सबै एउटै पानीमा उभिएर समान श्रद्धा व्यक्त गर्छन् । यसले सामूहिक सद्भाव, सहकार्य र सामाजिक बन्धनलाई बलियो बनाउँछ । छठ पर्वले ‘सबै धर्म र जातका मानिसहरू एउटै आकाशमुनि समानरूपमा प्रकृतिको पूजा गर्न सक्छन्’ भन्ने सार्वभौमिक सन्देश दिन्छ । यसै कारण यो पर्वले समुदायबीच पारस्परिक सम्मान र सद्भाव बढाउने काम गरेको छ । छठपर्वको तयारी स्वयंमा सामूहिक प्रयासको उत्कृष्ट उदाहरण हो–घर सफा गर्ने, घाट सजाउने, बाटोमा दियो बाल्ने, प्रसाद तयार गर्ने सबै कार्य सामूहिकरूपमा गरिन्छ । यसले सामाजिक सहभागिता र पारिवारिक सहकार्यको भावना जगाउँछ ।

छठपर्वमा तयार गरिने प्रसादहरूको पनि गहिरो सांकेतिक अर्थ छ । ठेकुवा, थियोरा, मालपुवा, केरा, गुड, सातु, डाबर, गहुँ र चिउराजस्ता प्राकृतिक वस्तुहरू प्रयोग गरिन्छ, जसले शुद्धता र स्वावलम्बनको सन्देश दिन्छ । यी सबै वस्तुहरू स्थानीयरूपमा उत्पादन गरिन्छन्, जसले ग्रामीण अर्थतन्त्रलाई पनि सहयोग पुर्‍याउँछ । बाँसका डोका, सुप, माटाका कलश र ढकनी प्रयोग गरिन्छ, जसले वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन दिन्छ । यसरी छठ पर्व केवल धार्मिक नभई आर्थिक र पर्यावरणीय दृष्टिले पनि सन्तुलित परम्परा हो ।

सांस्कृतिकरूपमा यो पर्व लोकगीत, नृत्य र भक्ति भावनाले भरिएको हुन्छ । मैथिली, भोजपुरी, थारु र अवधी भाषामा रचिएका छठ गीतहरूले वातावरणलाई भक्ति र मातृत्वको भावनाले ओतप्रोत बनाउँछ । ‘उग हो सुरज देव’ जस्ता गीतहरूले मानव र प्रकृतिबीचको सम्बन्धलाई काव्यात्मक ढंगले व्यक्त गर्छन् । महिलाहरू रातो साडी, सिन्दुर, पातलो टीका र परम्परागत गहनामा सुसज्जित भएर पूजा गर्छन्, जसले मातृत्व र श्रद्धाको सौन्दर्य झल्काउँछ । पु?षहरू व्यवस्थापन, सजावट र घाटको तयारीमा सक्रिय रहन्छन्, जसले लैंगिक सहयोग र पारिवारिक सन्तुलन देखाउँछ ।

फेरिएको छठपर्वको स्वरूप
समयको परिवर्तनसँगै छठपर्वको स्वरूप पनि विकसित हुँदै गएको छ । पहिले यो पर्व ग्रामीण सीमाभित्र मात्र सीमित थियो, तर अहिले सहरहरूमा पनि यसको भव्यता देखिन्छ । काठमाडौं, भक्तपुर, ललितपुर, विराटनगर, जनकपुर, वीरगञ्जलगायत सहरमा हजारौं श्रद्धालु नदी, पोखरी र कृत्रिम तालमा पूजा गर्न जम्मा हुन्छन् । स्थानीय सरकार, स्वयंसेवी संस्था र समुदायले सफाइ, सुरक्षा र प्रकाश व्यवस्थाको जिम्मा लिन्छन्, जसले नागरिक जिम्मेवारी र सहकार्यको भावना फैलाउँछ । 

छठ अब केवल धार्मिक उत्सव नभई सामाजिक उत्तरदायित्व र नागरिक चेतनाको प्रतीक बनेको छ । तर, आधुनिकतासँगै केही चुनौतीहरू पनि बढेका छन् । जलाशयको प्रदूषण, प्लास्टिकको अत्यधिक प्रयोग र कृत्रिम सामग्रीको प्रयोगले पर्वको पवित्रता घटाएको छ । प्राकृतिक बाँस, माटो, घिउ र कपासका वस्तुको प्रयोग घट्दै गएको छ, जसले वातावरणीय संकट निम्त्याउन सक्छ । त्यसैले छठपर्वको मौलिकता जोगाउन वातावरणमैत्री अभ्यास गर्नुपर्छ–प्लास्टिकको प्रयोग घटाउने, जलाशय सफा राख्ने, र प्राकृतिक प्रसाद र सामग्री प्रयोग गर्ने ।

छठपर्व महिलाको शक्ति, संयम र आत्मबलको प्रतीक हो । चार दिनसम्म निराहार रहँदा पनि महिलाहरूको श्रद्धा, धैर्य र समर्पण अटल रहन्छ । उनीहरूको अनुशासन, आत्मसंयम र आस्था अद्वितीय हुन्छ । यो पर्व केवल धार्मिक विधि होइन, आत्मबल र मानसिक स्थैर्यको परीक्षा हो । यसले महिलाको आध्यात्मिक शक्ति र मातृत्वको गरिमा उजागर गर्छ । त्यसैले छठलाई ‘स्त्रीशक्ति र श्रद्धाको सर्वोच्च अभिव्यक्ति’, पनि भनिन्छ । यो पर्वमा पु?ष र महिला दुवैको समान सहभागिता देखिन्छ, जसले पारिवारिक समरसता बलियो बनाउँछ ।

छठ पर्वले राष्ट्रिय एकता र सांस्कृतिक विविधताको समन्वय पनि प्रदर्शन गरेको छ । तराई क्षेत्रको मौलिक परम्परा अब देशव्यापी रूपमा फैलिएको छ । पहाडी र हिमाली क्षेत्रमा पनि सूर्यपूजाको महत्‍व बुझ्दै छठ मनाउने चलन बढ्दै गएको छ । यसले क्षेत्रीय भिन्नतालाई कम गर्दै साझा संस्कृतिको पहिचान स्थापित गरेको छ । तराईको गीत, रीतरिवाज र संस्कार काठमाडौंसहित अन्य भागमा फैलिँदा सांस्कृतिक आदानप्रदानको सुन्दर पुल बनेको छ । यसरी छठ पर्वले देशलाई भावनात्मकरूपमा एक सूत्रमा बाँध्ने माध्यम बनेको छ ।

छठ पूजा केवल धार्मिक अनुष्ठान होइन, यो जीवन, प्रकृति र आत्माको समन्वयको दर्शन हो । सूर्यप्रति कृतज्ञता, आत्मशुद्धि र संयमका माध्यमबाट मानिस प्रकृतिसँग पुनः जोडिन्छ । आधुनिक जीवनको भीडभाड र कृत्रिमताबीच छठपर्वले मानिसलाई आफ्नो मूल आत्मासँग, प्रकृतिसँग र आध्यात्मिक चेतनासँग पुनः एकाकार हुन प्रेरित गर्छ । यो पर्वले सन्देश दिन्छ, साँचो भक्ति बाह्य प्रदर्शनमा होइन, अन्तरिक पवित्रता, कृतज्ञता र आत्मसंयममा निहीत छ । जब लाखौं मानिस सूर्यास्त र सूर्योदयका बेला नदी किनारमा उभिएर एकैस्वरमा प्राथना गर्छन्, त्यो क्षण मानवता, श्रद्धा र सामूहिक एकताको अद्भूत दृश्य हुन्छ । यसरी छठ पर्वले केवल सूर्यको पूजामात्र होइन, जीवनप्रतिको सम्मान, प्रकृतिप्रतिको कृतज्ञता र आत्मिक शुद्धताको मार्ग पनि देखाउँछ । यही कारण, छठपर्व आज केवल एउटा धार्मिक उत्सव होइन, मानवीय सभ्यताको आध्यात्मिक उत्सव बनेको छ ।
 


प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP