Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विचार
  • Home
  • विचार
  • नारदका घाँटीमा पासो
नारदका घाँटीमा पासो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २४, २०८२

पौराणिककालमा देवताका कुरा दैत्यलाई र दैत्यका कुरा देवतासम्म पु¥याउने नारदमुनिले धेरै नै मिहेनत गर्दथे । उनले आफ्ना लागि भन्दा पनि दुवैका लागि एक एर्काको सन्देश पु¥याउँथे । कहिले भएका कुरा भन्थे होला कहिले नभएका कुरा भनेर झगडा पनि पारिदिन्थे होला !

त्यही नारदजीको विकसित रुप २१औं शताब्दीमा पत्रकार बनेका छन् । पत्रकारका अनेक रुप छन् । गरिखाने पत्रकार, धम्क्याएर खाने पत्रकार, सरकारी आदेश मान्ने पत्रकार, सरकारलाई झकझक्याउने पत्रकार, पार्टीको हरिलठ्ठक पत्रकार, भोले पत्रकार अनि गोजे पत्रकार ! हुबहु पत्रकार, विज्ञप्ति पत्रकार, सिण्डिकेट पत्रकार, खोज पत्रकार, सत्य निष्ठावान् पत्रकार यस्तै यस्तै... । 

उसबेला पनि नारदजी न त भगवान्का थिए । न दैत्यका थिए ! उनी यताको कुरा उता र उताको कुरा यता पु¥याउने साधकमात्र थिए । न लोभी थिए न पापी थिए । जोसुकै रिसाओस् कुराचाहिँ पु¥याउथे । अहिलेको जस्तो प्रविधि थिएन अनि अरुका इसारामा असत्यलाई पनि सत्य बनाउने झुण्ड पनि थिएन । गोबरलाई गोबर नै हो भन्थे । तर अहिले गोबर र उ छुट्याउन सक्दैनन् ।

त्यही भएर पनि उसबेलाको नारद र यसबेलाको पत्रकार एकै हुन् । व्यवहारमात्र फरक गरेका हुन् । ३६ सालतिर लुकेर पत्रकारिता गर्नेहरुले साँच्चै नै विचार र वादलाई नारदजीले जस्तै घरघरमा पु¥याए ।  प्रजातन्त्र प्राप्तिपछि फस्टाएको सञ्चार यसरी अगाडि बढ्यो कि हरेक नागरिकका सुख दुःखका कुरा, बेथिति, भ्रष्टाचार छर्लंग पारिदिन्थे । पत्रकारितालाई मलजल गर्न निरंकुश भए पनि पञ्चायत शासनकालमा प्रकाशकहरुलाई राहतस्वरुप लोककल्याणकारी सूचनामार्फत बचाउने काम भए । त्यसपछि क्रमशः नारदजी भर्सेस पत्रकार भनेजस्तै पत्रकारितामा सकुनीहरुको हाबी भयो ।

Hardik health

त्यही सकुनीहरुको हाबी भए पनि सत्यतथ्य कुराहरु, भुइँमान्छेका कुरा आउन छाड्यो । पत्रिका फलानो पार्टीको र ढिस्कानो पार्टीको बन्यो । त्यही भएर नि होला । पत्रिकामा सम्पादकभन्दा साहु हाबी भयो । सत्यतथ्य कुरा ल्याउनेभन्दा पनि लेख्नुपर्ने कुरालाई लुकाएर लेख्नै नपर्ने तथ्यहरुलाई बनावटी बनाउन थालियो । कसैले समाचारलाई विज्ञापन बनाए । कसैले समाचारलाई कम्पनीको आधा हिस्सेदारमा परिणत पनि गरिदिए । लोककल्याणकारीमा पनि आँखा लाग्यो ।

बिरामीलाई औषधि खुवाउनुपर्नेमा बिरामी नभएकालाई पनि औषधि खुवाउन थालियो । सत्ताको अघिपछि हिँड्नेको त कुरै छाडौं । रावणभन्दा पनि बढी शक्तिशाली बन्न थाल्यो ।  मैले लेखिदिएपछि साइजमा ल्याउँछु भन्नेकै दिन बल्यो । आफूलाई ठूलो भन्ने अनि सानाको घाँटी निमोठ्नेहरुकै दिन बल्यो । झलल्ल भयो । सरकारको मुखपत्रमाथि अन्धकारको बादल मडारिन थाल्यो । सत्तामा पुग्नेहरुले पनि त्यही बल्नेहरुकै आगो तापे ।

समय सधैं कहाँ बलवान् हुन्छ र ? आपूmलाई एकछत्र गराउने दिन खुम्चन थाल्यो । साना–साना घाँटी भएकाहरु पनि फुत्तफुत्त निस्कन थाले । आ–आफ्नै बाटो समाउन थाले । साना घाँटीका रमाएको एकछत्र राज गरेकोलाई कहाँ मन पर्दथ्यो र ? गरिखाएको त देखी नै सहन्नन् नि ? 

अझ प्रविधिको प्रयोग यसरी बढ्यो कि पत्रकार को हो ? पत्रकाारिता के हो ? सब त्यसका बाजे हुन थाल्यो । न त दैत्य भेटिए न त भगवान् नै ! नारद नै नारदको भीड लाग्न थाल्यो । नारद पनि प्राकृतिक भए त हुन्थ्यो नि ? अप्राकृतिक बन्न थाले । न प्रक्रिया, न तालिका, दुवैले काम गर्न छाडे ।

पाएसम्म अलकत्रामा पनि चिनी हालेर खान थाले । उता दुश्मन, एता कमिसनको चक्र घुमी नै रह्यो । न टिप्नेले पायो न रोप्नेले खायो । बिचौलियामात्र रमायो । त्यही भएर होला अहिले ती साना घाँटी भएकालाई सिध्याउँछ भनेर शेर गर्जिरहँदा न आफू रह्यो न अरुलाई रहने अवस्थाको सिर्जना नै ग¥यो । राज्यले बचाउनुपर्नेलाई पनि बचाउन चाहेन । त्यही बाँच्नै गाह्रो हुने भएपछि कोलाहल सुरु भयो

सरकार छ ! कसका लागि छ ? न्यायका लागि छ ? किन बेथिति अन्त्य गर्नका लागि छ ? सरकारले कसले बनायो ? नागरिकको पीडा कसले ल्यायो ? त्यसो भए सरकार त्यही वस्तुलाई निक भीरबाट खसाउन खोजिरहेको छ ? किन घाँटी निमोठ्ने काम गर्दै छ ? रोग लागेको छ भने उपचार गर्ने होला नि होइन र ? दुईतिहाइको सरकार छ । अनि साना घाँटी भएका सञ्चारगृहलाई संरक्षण गर्नुपर्ने सरकारले तरबार देखाइरहेको छ । नारद बिग्रे कि नारदरुपी पत्रकार बिग्रे ? सरकारी सेता कपडा लगाउने बिग्रिएका काला अक्षर छपाउने र छाप्न बिग्रे ? 

जो बिग्रे तिनैलाई पाखा लगाउने हो ? नीति नियम बनाउने हो र ठोक्ने हो ? ठोक्ने नाममा हात्तीदेखि बिरालोसम्मलाई एकैपटक ठोक्न थाल्यो भने के होला ? सरकार बलियो छ । यो बलियो सरकारले निर्धोलाई घाँटीमा पासो लगाउने काम किन गर्दै छ ? आजको अवस्था र व्यवस्था ल्याउनका लागि तिनै सानाले नारदरुपी कर्म गरेकै कारण भएको हो ।

सत्ताको रजगज गर्न सक्ने बनाएकै तिनले हो । निजी र सरकारीमा फाटो ल्याउने को हो ? सरकार अनिवार्य हो । सरकारले अह्राएको बाध्यता हो ? बाध्यतामा जे पनि हुन सक्छ ? सत्तामा नपुगुञ्जेल निजी चाहिनेलाई सत्तामा पुगेपछि सरकारी नै चाहिनेचाहिँ किन हो ? व्यापारलाई व्यापार बनाऊ ? सेवालाई सेवा बनाऊ मेवा नबनाऊ ? 

सेवा मेवा बन्न थाल्यो भने अनि सरकारी तरकारी बन्न थाल्यो भने त्यसले संकट निम्त्याउँछ । संकटको हुरीले जसलाई पनि उडाउँछ । भो छाड नारदमुनिको घाँटीमा पासो लगाउन ! केटाकेटी आए गुलेली खेलाए मट्याङग्राको सत्यानाश !
 


प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप विचार
नीलकण्ठ वर्णीः नेपाल-भारतको धार्मिक-आध्यात्मिक सेतु
नीलकण्ठ वर्णीः नेपाल-भारतको धार्मिक-आध्यात्मिक सेतु मंगलबार, चैत २४, २०८२
विकासमा उद्यमशीलताको भूमिका
विकासमा उद्यमशीलताको भूमिका सोमबार, चैत २३, २०८२
नयाँ संसद्, नयाँ ‘एजेण्डा’ र अपेक्षा  
नयाँ संसद्, नयाँ ‘एजेण्डा’ र अपेक्षा   आइतबार, चैत २२, २०८२
दिगो भविष्यको खोजीमा सेयरबजार
दिगो भविष्यको खोजीमा सेयरबजार शुक्रबार, चैत २०, २०८२
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो बुधबार, चैत १८, २०८२
गुँडमा माउ-बाउको बिचल्ली ! 
गुँडमा माउ-बाउको बिचल्ली !  मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP