Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #हुलाकी राजमार्ग
  • #नारायणगढ-मुग्लिन सडकखण्ड
  • #पुष्पकमल दाहाल
  • #धनुषा कर्फ्यु
Search Here
विचार
  • Home
  • विचार
  • बालमैत्री शासनः प्रतिबद्धता र परिणामको खाडल
बालमैत्री शासनः प्रतिबद्धता र परिणामको खाडल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २६, २०८२
मनोहर कार्की

 

बालबालिकाको नैसर्गिक अधिकारको प्रत्याभूति तथा बालअधिकारको कार्यान्वयनको दिशामा सरकारी तथा सरोकारवाला निकायहरुको जुन मानेमा सदासयता र तत्परता देखाउनुपर्ने थियो त्यसको गुञ्जायसको गहनतालाई मनन गरिएको पाइँदैन । बालअधिकारको हननमा कुनै न कुनै रुपमा हाम्रो परम्परा तथा कार्यशैली जिम्मेवार रहेको छ । बालश्रमिकका रुपमा सयौंं बालबालिकाहरु जोखिमपूर्ण र निकृष्ट कार्य गर्न बाध्य छन् । घरेलु श्रमिकका रुपमा आश्रित बालबालिकाको संख्या पनि हाम्रो समाजमा बग्रेल्ती छ ।

बालअधिकारका मूल्य मान्यताका विश्वव्यापी प्रचलनको कुन हदसम्म बालबालिकाले उपयोग गर्न सके र राज्य सञ्चालकले वालबालिकाको नैसर्गिक अधिकारको संरक्षण र प्रवद्र्धनको दिशामा के कति काम भए समीक्षाको विषय रहला । नेपालको संविधानको मौलिक हकका रुपमा बालअधिकारलाई आधारभूत अधिकारका रुपमा उल्लेख गरिएको छ । बालअधिकारका सवाल यससम्बन्धी ऐन, नियमावलीलगायतमा बग्रेल्ती व्यवस्था भएका छन् । तर पनि बालअधिकार र बालबालिकाका हितका सम्वद्र्धनमा धेरै कार्य अपुग छन् । बालअधिकारका सन्दर्भमा बालअधिकारका आयामिक पाटालाई साझा सरोकारको सवाल र मुद्दाका रुपमा लिएर सम्बोधन हुन सकेको खण्डमा हाम्रा विगतका प्रयासले सार्थकता पाउन सक्लान् ।

बालअधिकारका सवालमा सधैं बहस पैरवी र यसको संरक्षण प्रवद्र्धनका दिशामा विभिन्न कोण प्रतिकोणबाट आवाज मुखरित भएका छन् । केही समय अघिको जेन-जी आन्दोलन पनि उमेर समूहका हिसाबले नवयुवाहरुको उल्लेख्य सहभागिता रह्यो । विमति, विरोध तथा केही हदसम्म शासक र शासनशैलीको विरोधका आवाजहरु मुखरित भएका थिए । तिनै नवयुवा र बालबालिकाका हक अधिकारको संरक्षणमा राज्यपक्ष उदार हुनुपर्नेमा दुईमत नरहला । सुशासन र भ्रष्टाचारप्रतिको शून्य सहनशीलतालाई सरकारले पहिलो प्राथमिकतामा राखेर कार्यसम्पादनको पक्षलाई सम्बोधन गर्नुपर्दछ ।

Hardik health

सन् १९४८ मा संयुक्त राष्ट्रसंघको प्रयासमा बालअधिकारसम्बन्धी १० बुंदे घोषणापत्र तयार गरी विश्वव्यापीरुपमा प्रचारप्रसार गरियो । बालअधिकारको ड्राफ्ट तयारी र लामो समयान्तरको संस्थागत प्रयासपश्चात् सन् १९८९ को नोभेम्बर २० तारेखका दिन विधिवत्रुपमा संयुक्त राष्ट्रसंघले राष्ट्रसंघीय महासभाबाट बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित ग¥यो । पछिल्लो वर्ष सन् १९९० सेप्टेम्बरदेखि बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि कार्यान्वयनमा आयो । साथै, नेपालले पनि यस महासन्धिमा पक्षकार राष्ट्रको हैसियतले हस्ताक्षर गरेपश्चात् नेपालमा पनि विधिवत्रुपमा कार्यान्वयनमा आयो । सन् १९२३ मा बेलायती बालअधिकारका अग्रज अभियन्ता इंग्लिस्टन जेबको पहलमा विश्वमा बालअधिकारको आवाजले सार्वजनिक सरोकारको मुद्दाका रुपमा विश्वमञ्चको ध्यान आकर्षित ग¥यो । तत्पश्चात् बालधिकारको बहसलाई विश्वका विभिन्न मुलुक तथा संस्थागतरुपमा उठानका प्रयासले निरन्तरता पायो ।

बालअधिकारको कार्यान्वयनको प्रत्याभूतिका लागि हाम्रा विद्यमान कानुन तथा ऐन नियमलाई समयसापेक्ष कार्यान्वयन गर्ने, बालबालिकाका हितलाई प्रत्याभूति दिलाउने दिशामा उपयोग गरिनु पर्दछ । मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय घोषणापत्र-१९४८ को धारा २६ मा शिक्षा पाउने अधिकार सबैलाई छ भन्ने उल्लेख भएअनुसार हाम्रो सरकारको नैतिक र कानुनी दायित्वभित्र यसको अक्षरशः पालना र प्रतिबद्धताका साथ लागू गर्न नेपाल सरकार दृढताका साथ उभिनुपर्दछ । नागरिक र राजनीतिक अधिकारसम्बन्धी अभिसन्धि १९६६ मा ‘प्रत्येक व्यक्तिले शिक्षा आर्जन गर्न पाउनुपर्छ’ भन्ने उल्लेख छ । नेपाल सरकारले सन् १९९१ मे १४ मा यस अभिसन्धिमा विधिवत् हस्ताक्षर गरेपश्चात् कार्यान्वयन तहमा ल्याउनु नेपाल सरकारको वैधानिक दायित्वभित्र पर्ने विषय हो ।

सामाजिक संस्थाले कार्यक्रमका साथ र राजनीतिक दलले बालअधिकार र बाल हितका सवालमा आफ्ना दलका नीति तथा कार्यक्रमिक जनपरिचालनमा कुनै न कुनै रुपमा कार्यक्रम उल्लेख गरेका छन् । बालकल्याण र बालअधिकारको कार्यान्वयनका दिशामा प्रतिबद्धता पनि आएकै छन् । संकल्प, प्रतिबद्धता वा घोषणापत्रमा उल्लिखित सोच, नीति र कार्यक्रमलाई ठोस मानेमा दृढताका साथ काम गराइको बानीमा रुपान्तरण गर्नु छ । अन्तर्राष्ट्रिय बालअधिकार दिवसको सन्दर्भमा बालअअिकारको न्यूनतम् मापदण्डलाई गाउँबस्ती तथा दूरदराजका बालबालिकाको घरआँगन करेसासम्म विचरण गर्ने वातावरण बनाउनुपर्दछ । न्यायपूर्ण, समावेशी, सहभागितामूलक र समन्यायिक प्रणाली लोकतन्त्रको मियो हो ।

बालबालिकाको नैसर्गिक अधिकारको प्रत्याभूति तथा बालअधिकारको कार्यान्वयनको दिशामा सरकारी तथा सरोकारवाला निकायहरुको जुन मानेमा सदासयता र तत्परता देखाउनुपर्ने थियो त्यसको गुञ्जायसको गहनतालाई मनन गरिएको पाइँदैन । बालअधिकारको हननमा कुनै न कुनै रुपमा हाम्रो परम्परा तथा कार्यशैली जिम्मेवार रहेको छ । बालश्रमिकका रुपमा सयौंं बालबालिकाहरु जोखिमपूर्ण र निकृष्ट कार्य गर्न बाध्य छन् । घरेलु श्रमिकका रुपमा आश्रित बालबालिकाको संख्या पनि हाम्रो समाजमा बग्रेल्ती छ ।

उद्योग तथा कलकारखानामा सयौंका संख्यामा कलिला बालबालिकाहरु निकृष्ट र निकै जोखिमपूर्ण कार्य गर्न बाध्य पारिएको अवस्थामा यस्ता बालबालिकाहरुको उद्धार तथा शिक्षादीक्षा र उचित जीवनयापनको वातावरण बनाउने दिशामा सहरबजारमा केन्द्रित बग्रेल्ती गैरसरकारी संस्थाहरुको ध्यान कहिले पुग्ने हो कुन्नि ? बाल उपयोगी कार्यक्रम अनि विकास र अवसरको खोजी र उचित मार्गदर्शनको प्रतीक्षा छ । हामीले बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा एक पक्षकार राष्ट्रका हैसियतले अनुमोदन गरेपश्चात् त्यसको दायित्वबोधको अपनत्व लिएका छौं । नेपालको संविधान २०७२ मा बालअधिकारलाई समेटिएका मौलिक हकका प्रावधान रहेका छन् । जसको अक्षरशः पालनाका दिशामा व्यावहारिक दायित्वबोधका साथ सरकारले जुन रुपमा चासो लिएको छ त्यसमा अझ प्रभावकारिता ल्याउने दिशामा धेरै काम हुन सकिरहेको छैन । संविधानको भाग ३ को धारा ३९ का उपधारा १ देखि ९ सम्ममा बाल हकका बहुआयामिक पाटालाई समावेश गरिए पनि सरोकारवाला निकायले हक कार्यान्वयनमा प्रतिबद्धताका साथ काम गर्नुपर्दछ । बालअधिकारको उल्लंघनमा दण्ड सजायको पेचिलो कार्यान्वयन बाल हकको प्रत्याभूतिको सोपान रहला ।

पछिल्ला घटनाक्रमको सतही विश्लेषण गरिएको खण्डमा नेपालका विभिन्न क्षेत्रमा बालबालिकाको अपहरण, दुव्र्यवहारका घटनाहरु बढदो क्रममा छ । यस्ता अमानवीय तथा कुत्सित कार्यको निन्दा र भत्र्सना समाजलाई सचेत गराउने पाटो रहला । तर यस्ता जघन्य अपराधलाई निर्मूल गर्ने दिशामा अपराध मनोविज्ञान तथा सामाजिक संरचनका विविध पाटामा गम्भीर खोजी तथा अनुसन्धानले महŒव राख्छ । आपराधिक घटनाले हाम्रो समाज आजित र त्रसित छ । आमजनताले राज्यको दरिलो उपस्थिति र न्यायको खोजी गरिरहेको छ । बालबालिकाहरु हराउने क्रम निरन्तर रहनु सामाजिक विडम्बना हो, जसको समाधानमा सामाजिक दायित्वबोध अपरिहार्य छ । 

तुलनात्मकरुपमा सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका बालबालिकाहरु हराउने गरेको तथ्यांकले पुष्टि गरेको छ । बालबालिका खोजतलास तथा उद्धारका लागि बालबालिका खोजतलास समन्वय केन्द्र, बाल संरक्षण समितिलगायतका निकायले निरन्तर प्रयास गरी आए पनि आशातीत सफलता पाउन नसकिएको यथार्थता छर्लंग छ । साथै, बाल श्रमिकका रुपमा बालबालिकाहरुलाई विभिन्न क्षेत्रमा प्रयोग अर्को चुनौती रहेको छ । कारखाना तथा औद्योगिकलगायतका क्षेत्रमा निकृष्ट तथा अति जोखिमपूर्ण काममा अझै पनि सयौं बालबालिकाहरु प्रयोग भइरहेको सन्दर्भमा बालश्रम निषेधसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती थपिएको छ ।

बालबालिकाका हित र विकासका सवालमा मौलिक हक तथा निर्देशक सिद्धान्तमासमेत संवैधानिक प्रतिबद्धता भएको पाइन्छ । प्रत्येक बालबालिकालाई पालनपोषण, आधारभूत स्वास्थ्य र सामाजिक सुरक्षा प्राप्त गर्ने हक संविधानले सुनिश्चित गरेको छ । त्यस्तै प्रत्येक बालबालिकालाई शारीरिक, मानसिक वा अन्य कुनै पनि किसिमको शोषणविरुद्धको हक हुने व्यवस्था छ । शोषणजन्य कार्य कानुनद्वारा दण्डनीय रहने र त्यस्तो व्यवहार गरिएको व्यक्तिलाई कानुनले निर्धारण गरेबमोजिम क्षतिपूर्ति दिनुपर्ने हुन्छ । यसैगरी संविधानमा स्पष्टरुपमा असहाय, अनाथ, सुस्त मनस्थिति, द्वन्द्वपीडित, विस्थापित एवंंं जोखिममा परेका सडक बालबालिकलाई सुनिश्चित भविष्यका लागि राज्यबाट विशेष सुविधा पाउने हक हुने छ भन्ने व्यवस्था छ । कार्यान्वयन पक्षलाई अझ दरिलो र परिणाममुखी समयसापेक्ष बनाइनुपर्छ ।

प्रत्यक्ष र परोक्षरुपमा बालबालिकाको हक अधिकारको उल्लंघनका घटना सामान्यतः हाम्रै सामाजिक परिवेशका क्षेत्रमा बढी पाइएका छन् । बालअधिकारको संरक्षण, बालमैत्री शासन र शैक्षिक वातावरण निर्माणमा सरोकारवाला निकाय गम्भीर हुनुपर्दछ । बालअधिकार सार्वजनिक प्रतिबद्धता र कार्यान्वयनको वातावरणसहित बालअधिकार सुनिश्चित होस् ।
 


प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप विचार
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
गोली होइन, भोलि...
गोली होइन, भोलि... मंगलबार, साउन १२, २०८३
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर मंगलबार, साउन १२, २०८३
बजेट व्यवस्थापनः सिद्धान्त, अभ्यास र नेपालको अवस्था
बजेट व्यवस्थापनः सिद्धान्त, अभ्यास र नेपालको अवस्था आइतबार, साउन १०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP