Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विचार
  • Home
  • विचार
  • गोली होइन, भोलि...
गोली होइन, भोलि...
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १२, २०८३
Energy Drink Energy Drink

गोलीको पनि आफ्नै मौसम हुँदो रहेछ । कुनै बेला वर्षा लागेझैँ गोली लाग्छ । कहिले भदौको २३ र २४ गते, कहिले साउन १० गते । क्यालेन्डरले तिथि फेरिरहन्छ, तर गोलीको चरित्र फेरिँदैन । उसलाई न चाडपर्व चाहिन्छ, न शुभसाइत । उसलाई चाहिने एउटै कुरा हो, कसैको छाती । गोली चलाउनेले सधैँ एउटा कारण देखाउँछ । गोली खानेले सधैँ एउटा सपना देख्छ । अनि गोली नखानेहरूले इतिहास लेख्छन् । इतिहासको यही त्रिकोणमा देश वर्षौंदेखि घुमिरहेको छ । मट्याङ्ग्रो सिफल चौरको चिया पसलमा पुगेको थियो । चिया पसलमा चियाको कपभन्दा बढी तातो त्यहाँको बहस थियो ।  
कसैले भन्यो, ‘फेरि गोली चलेछ ।’ 

मट्याङ्ग्रोले चिया फुक्दै भन्यो, ‘गोली चलेको समाचार नयाँ हो र ? अब त गोली नचल्नु समाचार हो ।’उमेर ढल्केका अनि छिप्पिएका बाहरु सबै हाँसे । हाँसो पनि कस्तो ? मुस्कानभन्दा बढी पीडा मिसिएको जस्तो । त्यो मोरो गोलीको पनि भाग्य बलियो । ऊ चल्नेबित्तिकै प्रेस विज्ञप्ति जन्मिन्छ । श्रद्धाञ्जली जन्मिन्छ । आयोग जन्मिन्छ । छानबिन समिति जन्मिन्छ । तर न्याय भने कहिल्यै जन्मिँदैन । हाम्रो देशमा गोलीको सबैभन्दा ठूलो विशेषता के हो भने, गोली चलाउने कहिल्यै दोषी हुँदैन । दोषी सधैँ परिस्थिति हुन्छ । कहिले भीड दोषी हुन्छ, कहिले उत्तेजना दोषी हुन्छ, कहिले अफवाह दोषी हुन्छ । अन्तिममा सबै दोषी हुन्छन्, तर ट्रिगर थिचेको औंला निर्दोष प्रमाणित हुन्छ । 

मट्याङ्ग्र्रो सोच्दै थियो, गोलीको पनि कस्तो भाग्य ! ऊ धातुको एउटा टुक्रामात्र हो । तर मानिसको महत्‍वाकांक्षाले उसलाई दर्शन बनाइदिन्छ । हिजो चरी डन गोलीबाट सिद्धिए । त्यसअघि पनि कति सिद्धिए । त्यसपछि पनि कति सिद्धिए । गोलीले कहिल्यै सोध्दैन, ‘तिमी अपराधी हौ कि आदर्शवादी ?’ ऊ त आदेशको कर्मचारी हो । जसले जता पठायो, त्यतै जान्छ । अचम्म त त्यतिबेला लाग्छ, जब गोलीले मारेको मानिसको तस्बिर वर्षौंपछि माला लगाएर सार्वजनिक चोकमा उभ्याइन्छ । जसले जीवनभर छाता ओढ्न पाएन, उसको सालिकमाथि छानो हाल्ने योजना बन्छ । जसले बाँच्दा अस्पताल पाएन, मरेपछि पार्क पाउँछ । यो देशमा जीवित मानिसभन्दा मृत मानिस धेरै सम्मानित हुन्छ । 

मट्याङ्ग्रोले गएको सहिद दिवसमा प्रजातन्त्र ल्याउन मारिएका सहिद धर्मभक्त माथेमाको सिफल ओरालोमा रहेको सालिकमा तस्बिर खिचाउँदै सोधेको थियो, हजुरबा तपाईंलाई कस्तो छ ?  सालिकले केही बोलेन । बोल्न सक्थ्यो भने सायद भन्थ्यो, ‘बाँच्दा केही थिएन, अहिले चौतारो छ । बाँच्दा कसैले पानी दिएन, अहिले हरेक वर्ष फूल चढाउँछन् । हामीलाई फूल चढाउन सजिलो छ, फूल जोगाउन गाह्रो ।’ परिवर्तनको अर्को रमाइलो कुरा छ । परिवर्तनका गीत गाउँदा माइक्रोफोन एउटाको हुन्छ, गोली अर्काको छातीमा लाग्छ । नारा एउटाले बनाउँछ । पोस्टर अर्काले टाँस्छ । भाषण नेताले गर्छ । मुद्दा कार्यकर्ताले बोक्छ । गोली युवाले खान्छ । कुर्सी नेताले पाउँछ । कति न्यायपूर्ण हिसाब !

Ncell
Hardik health

युवाहरूलाई सधैँ भनिन्छ, ‘देश तिमीहरूको हो । तर देश त उनीहरूलाई जिम्मा दिने बेलासम्म देशका सबै कुर्सी आरक्षणमा पुगिसकेका हुन्छन् । बाँकी रहन्छ सडक । र, सडकमा रहन्छ धूलो । धूलोसँगै रहन्छ गोली । गोलीलाई उमेर मनपर्छ । उमेर पनि त्यही डर नमान्ने । २० वर्षको युवकलाई मृत्युको अर्थ थाहा हुँदैन । उसलाई भविष्य देखिन्छ । नेताले त्यही भविष्यमा झण्डा बाँधिदिन्छ । हामीसँग आऊ । देश बदलिन्छ । क्रान्ति हुन्छ । इतिहास बन्छ । त्यही सुनेर युवा लाग्छ । इतिहास बन्छ पनि ।

तर इतिहासको पानामा युवाको नाम सानो अक्षरमा हुन्छ । नेताको नाम सुनौलो अक्षरमा । यही हो हाम्रो राजनीतिक मुद्रण प्रविधि । मट्याङ्ग्रोले त्यही चिया पसलमा एकजना बूढालाई सोध्यो, ‘हजुरले कति आन्दोलन देख्नुभयो ?’बूढाले लामो सास फेर्दै भने, ‘बाबु, आन्दोलन त धेरै देखेँ । परिवर्तन पनि धेरै देखेँ । तर एउटा कुरा कहिल्यै देखिनँ । गोली चलाउनेको छोरा गोली खान गएको ।’  मट्याङ्ग्रो चुप ! किनकि प्रश्नको उत्तर संसद्मा पनि थिएन । हाम्रो देशमा नेताहरूका सन्तान विदेशमा भविष्य खोज्छन्, कार्यकर्ताका सन्तान सडकमा भविष्य खोज्छन् । एउटाले पासपोर्ट बनाउँछ, अर्काले प्लेकार्ड । एउटाले विमान चढ्छ, अर्काले एम्बुलेन्स । फरक यतिमात्र हो । गोली चल्दा सबैभन्दा पहिले शोक वक्तव्य आउँछ । ‘हामी गहिरो दुःख व्यक्त गर्दछौं, गोली चलाउनुपर्ने अवस्था नै थिएन ।’

दुःख पनि कस्तो ? त्यही पुरानो ढाँचाको । नाममात्र फेरिन्छ । वक्तव्य उही । जसरी होटलमा एउटै तरकारीलाई फरक नाम दिएर बेचिन्छ, त्यसरी दुःख पनि प्रेस विज्ञप्तिमा नयाँ प्याकेटमा आउँछ । त्यसपछि छानबिन समिति । समितिको पनि भाग्य राम्रो । उनीहरू रिपोर्ट बनाउँछन् । रिपोर्ट प्लास्टिकको टोकरीमा राखिन्छ । प्लास्टिकको टोकरीमा धूलो बस्छ । धूलोमाथि अर्को रिपोर्ट बस्छ । अनि न्यायले फेरि अर्को वर्ष पर्खिन्छ । गोलीले देश बदल्दैन । गोलीले परिवार बदल्छ । एउटा बाबुविना घर । एउटी आमाविना सहारा । एउटा बच्चाविना भविष्य । यति परिवर्तन त पक्कै हुन्छ । तर भाषणमा यो परिवर्तन उल्लेख हुँदैन । भाषणमा राष्ट्र बच्छ । घर मर्छ । राजनीति पनि अचम्मको व्यापार हो । यहाँ पुँजी भनेको जनभावना । कच्चा पदार्थ भनेको युवा । उत्पादन भनेको सत्ता । नाफा भनेको कुर्सी । घाटा भनेको सहिद परिवार । व्यापार घाटामा कहिल्यै जाँदैन । घाटा सधैँ जनताले बेहोर्छन् ।

गत वर्ष भदौ २६ गते मट्याङ्ग्रो अस्पताल पुगेको थियो । जेन-जी विद्रोहमा गोली लागेका युवाको आमा रोइरहेकी थिइन् । त्यही बेला नेता आए । नेतासँगै दुई-चार जना क्यामरा बोकेका पनि आएका थिए । नेताको छातीमा ‘पिनमाइक’ टाँसिएको थियो । ताकि उनले बोलेकोमात्र स्पष्ट ती क्यामरामा कैद होउन् । प्रविधिको जो जमाना छ नि ! गोली खाएको युवाकी आमा त्यहीँ बसिरहिन् । मट्याङ्ग्राले सोच्यो, हाम्रो देशमा क्यामराको मेमोरी कार्ड मानिसको सम्झनाभन्दा धेरै बलियो रहेछ । फोटो वर्षौं रहन्छ । प्रतिबद्धता पाँच मिनेट । गोली चलेपछि सामाजिक सञ्जाल तात्छ । ह्यासट्याग आउँछन् ।  प्रोफाइल फोटो कालो हुन्छ । दुई दिनपछि फेरि नाचगान । अर्को हप्ता अर्को विषय । मानिसको स्मृति पनि मोबाइलको नोटिफिकेसन जस्तै भएको छ । नयाँ आयो, पुरानो हरायो । तर आमाको स्मृतिमा कुनै अपडेट आउँदैन । त्यहाँ गोलीको आवाज जीवनभर बजिरहन्छ । 

हामीले शान्तिलाई भाषणमा धेरै खोज्यौं । सम्झौतामा खोज्यौं । स्मारिकामा खोज्यौं । नारामा खोज्यौं । तर शान्ति त त्यो दिन आउँछ, जुन दिन कुनै नेताले आफ्नै छोरालाई पहिलो पंक्तिमा उभ्याएर भन्ने छ- जाऊ, यदि आन्दोलन यति नै पवित्र छ भने सबैभन्दा पहिले तिमी जाऊ । त्यो दिन सायद आन्दोलनको स्वर नै बदलिन्छ । किनकि बलिदान अरूको सन्तानबाट मात्र माग्दा क्रान्ति सजिलो हुन्छ । आफ्नै घरबाट माग्दा विवेक जाग्छ । 

मट्याङ्ग्रोले अन्तिमपटक आकाशतिर हेर्‍यो । बादल थिए । तर उसले वर्षाको कामना गरेन । किनकि, उसलाई डर थियो, कहीँ फेरि कसैले बादलको आवाजलाई पनि गोलीको आवाज भनेर घोषणा नगरोस् । उसले आँखा बन्द गरेर एउटा सानो प्रार्थना गर्‍यो, ‘हे समय ! अब इतिहासमा नयाँ सहिद थप्ने होइन, नयाँ शिक्षक थप । नयाँ वैज्ञानिक थप । नयाँ किसान थप । नयाँ कलाकार थप । नयाँ चिकित्सक थप । नयाँ सपना थप । नयाँ उद्योग कलकारखाना थप, नयाँ रोजगारी थप । किनकि, देशलाई सालिकभन्दा मानिस चाहिएको छ । 

मट्याङ्ग्रोले चिया खाइरहेका सबै छिप्पिएका बाहरुलाई भन्यो,  ‘गोलीले जितेको देश मैले देखिनँ । डरले बाँचेको लोकतन्त्र पनि देखिनँ । तर शान्तिको खोजीमा हिँड्ने मानिसहरू भने अझै बाँकी छन् ।’ त्यसपछि उसले आकाशतिर हेरेर मुस्कुरायो । ‘हे शान्ति ! तिमी कहाँ हरायौं ? संसद्को भाषणमा कि सडकको रगतमा ? आयोगको प्रतिवेदनमा कि आमाको आँखाको आँसुमा ? यदि कतै लुकेकी छौ भने अब नलुक । किनकि, देशलाई अब शान्ति चाहिएको छ ।’ 

न ‘स्टण्टले’ देश बन्छ, न त ‘क्याटवाक’ले नै ! देश बन्नका लागि पनि शान्ति चाहिन्छ । त्यही शान्तिमा उद्योग कलकारखाना थपिँदै जान्छन् । रोजगारी बढ्दै जान्छन् । युवाहरु रोजगारीमा नै व्यस्त हुन्छन् । त्यसपछि न त जुलुस, धर्ना वा तोडफोड हुन्छ न त गोली नै खानु पर्दछ । न त परिवर्तनका नाममा कुनै एउटा सन्तान सालिक नै बन्नु पर्दछ । त्यसैले पनि अब गोली होइन हाम्रा सन्तती र मुलुकका लागि भोलि खोजौं ! शान्ति खोजौं ! कस्ता-कस्ता आए, गुलेली चलाए, मट्याङ्ग्रा सत्यानाश नगरौं !
 


प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १२:११
प्रतिक्रिया दिनुहोस्
थप विचार
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा शनिबार, असोज ३, २०८३
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार ! शुक्रबार, असोज २, २०८३
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति शुक्रबार, असोज २, २०८३
पर्यटन उद्योग विकासको मार्गचित्र
पर्यटन उद्योग विकासको मार्गचित्र बिहीबार, असोज १, २०८३
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश बुधबार, भदौ ३१, २०८३
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत मंगलबार, भदौ ३०, २०८३
नेपालले पाउनुपर्ने जलवायु न्याय
नेपालले पाउनुपर्ने जलवायु न्याय आइतबार, भदौ २८, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP