Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विचार
  • Home
  • विचार
  • साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
किशोर गैरे
किशोर गैरे सोमबार, साउन १८, २०८३
किशोर गैरे
Energy Drink Energy Drink

नेपाली श्रमबजारमा लामो समयदेखि देखिएको सबैभन्दा ठूलो समस्या भनेको ‘कागजी दक्षता र व्यावहारिक अज्ञानता’ हो । धेरैजसो म्यानपावर व्यवसायी तथा बिचौलियाहरूले सामान्य अदक्ष कामदारलाई पनि फर्जी कागजात बनाएर वा अर्धदक्षलाई दक्ष श्रेणीको बनाएर झुक्याएर वैदेशिक रोजगारीमा पठाउने गरेका अनगिन्ती घटनाहरू छन् । एसभिपी लागू हुँदा यो विकृति अन्त्य भई कामदारले जुन पेसामा सीप परीक्षण दिएको हो, सोही पेसा र सम्झौतामामात्र साउदी प्रवेश पाउने वातावरण बन्छ ।

साउदी अरेबियाले अंगीकार गरेको ‘भिजन २०३०’ र सन् २०३४ को फिफा विश्वकप र अन्य रास्ट्रिय गौरवका योजना पूर्वाधार तयारीका लागि उसले आफ्नो आन्तरिक श्रमबजारलाई अन्तर्राष्ट्रिय श्रम कानुन र मापदण्डअनुरूप ढाल्न तीव्र नीतिगत सुधार गरिरहेको छ । यही रणनीतिअन्तर्गत साउदीले विदेशी कामदारको व्यावहारिक र सैद्धान्तिक क्षमता मापन गर्न ‘स्किल भेरिफिकेसन प्रोग्राम- एसभिपी (सीप प्रमाणीकरण कार्यक्रम) लागू गरेको हो । नेपालबाट साउदी जाने दक्ष तथा प्राविधिक कामदारका लागि यो कार्यक्रम अन्य देशमा जस्तै नेपालमा पनि सञ्चालनमा ल्याउन लागिएको थियो । तर, नेपालका वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) हरूको विरोध र नेपाल सरकारको हस्तक्षेपपछि सञ्चालनमा आउन लागेका परीक्षा केन्द्रहरूमा सिलबन्दी भई कार्यक्रम रोकिएको छ ।

के हो साउदीको एसभिपी ?
एसभिपी अर्थात् सीप प्रमाणीकरण कार्यक्रम साउदी अरेबियाको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय (एमएचआरएसडी) र प्रोफेसनल भेरिफिकेसन प्रोग्राम (पिभिपी) को संयुक्त पहलमा ल्याइएको प्राविधिक एवं व्यावसायिक सीप परीक्षण प्रणाली हो । यस कार्यक्रमको मूल उद्देश्य साउदी श्रमबजारमा प्रवेश गर्ने विदेशी जनशक्तिको न्यूनतम व्यावसायिक दक्षता सुनिश्चित गर्नु हो । यसअन्तर्गत तोकिएका प्राविधिक तथा सीपयुक्त पेसा मा जान चाहने कामदारले स्वीकृत परीक्षा केन्द्रमार्फत २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत व्यावहारिक परीक्षा उत्तीर्ण गर्नुपर्छ । परीक्षा उत्तीर्ण गर्ने परीक्षार्थीलाई साउदी सरकारको आधिकारिक पोर्टलबाट पाँच वर्षको मान्य अवधि भएको एकीकृत डिजिटल प्रमाणपत्र जारी गरिन्छ, जसले अयोग्य र सीपहीन कामदारका कारण हुने औद्योगिक दुर्घटना न्यूनीकरण गर्न र पूर्वाधार निर्माणमा गुणस्तर कायम गर्न मद्दत पुर्‍याउँछ ।

नेपालको श्रमबजारको धरातल र एसभिपीको आवश्यकता
नेपाली श्रमबजारमा लामो समयदेखि देखिएको सबैभन्दा ठूलो समस्या भनेको ‘कागजी दक्षता र व्यावहारिक अज्ञानता’ हो । धेरैजसो म्यानपावर व्यवसायी तथा बिचौलियाहरूले सामान्य अदक्ष कामदारलाई पनि फर्जी कागजात बनाएर वा अर्धदक्षलाई दक्ष श्रेणीको बनाएर झुक्याएर वैदेशिक रोजगारीमा पठाउने गरेका अनगिन्ती घटनाहरू छन् । एसभिपी लागू हुँदा यो विकृति अन्त्य भई कामदारले जुन पेसामा सीप परीक्षण दिएको हो, सोही पेसा र सम्झौतामामात्र साउदी प्रवेश पाउने वातावरण बन्छ । यसले गर्दा सीपहीन कामदारका कारण हुने कार्यस्थल दुर्घटना रोकिनुका साथै प्रमाणित सीप भएका नेपाली कामदारले दक्ष श्रेणीको उच्च तलब र सुविधा पाउने निष्पक्ष अवसर प्राप्त गर्छन् ।

Ncell
Hardik health

शुल्क र आर्थिक दायित्वः कसले व्यहोर्छ खर्च ?
नेपालमा यो कार्यक्रमबारे फैलाइएको मुख्य भ्रम ‘यसले कामदारमाथि अतिरिक्त आर्थिक भार थप्छ’ भन्ने हो, तर साउदी श्रम कानुनको धारा ४० अनुसार विदेशी कामदार भर्नासम्बन्धी सम्पूर्ण शुल्क रोजगारदाताले नै व्यहोर्नुपर्छ । साउदी कम्पनीले कामदारको भिसा प्रक्रिया सुरु गर्दा नै सीप परीक्षणबापतको ५० अमेरिकी डलर साउदी सरकारलाई बुझाउँछ । 

त्यसैगरी साउदी सरकारले स्वीकृत परीक्षा केन्द्रहरूलाई कर्मचारी, इञ्जिनियर÷एसेसरको तलब, भवन भाडा, परीक्षा सामग्रीबापत सेवा शुल्क उपलब्ध गराउँछ । यसरी एसभिपी श्रमिक भर्ना प्रक्रियाकै एक अनिवार्य प्राविधिक चरण भएकाले यसको आर्थिक जिम्मेवारी कानुनीरूपमै साउदी रोजगारदाता कम्पनीको हुन्छ र नेपाली कामदारले परीक्षा केन्द्रलाई कुनै पनि प्रकारको नगद वा अतिरिक्त शुल्क बुझाउनु पर्दैन ।

अन्तर्राष्ट्रिय अभ्यास
साउदी अरेबियाले यो कार्यक्रम नेपालका लागिमात्र एक्कासि ल्याएको होइन, हालसम्म भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इजिप्टलगायत विश्वका विभिन्न स्रोत रास्ट्रहरुमा यो कार्यक्रम सफलताका साथ सञ्चालन भइरहेको छ । नेपाललाई यस प्रणालीमा यसै अनुरुप मुख्य स्रोत राष्ट्रको रुपमा समेटिएको थियो । अन्य देशहरूले यसलाई अवसरका रूपमा लिएर आफ्ना नागरिकलाई साउदीको उच्च पारिश्रमिक युक्त बजारमा पठाइरहँदा नेपालमा भने यो नीतिगत अनिर्णय र विवादको घेरामा परेको छ ।

नेपालमा सरकारी हस्तक्षेप र परीक्षा केन्द्र सिलबन्दीको वास्तविकता
नेपालस्थित स्वीकृत परीक्षा केन्द्रहरूले साउदी सरकारको एमएचआरएसडीसँगको सम्झौताअनुसार प्राविधिक परीक्षण र सेवा प्रदान गर्ने जिम्मेवारीमात्र पाएका हुन् । यी केन्द्रहरूको काम केवल परीक्षा सञ्चालन गर्नु हो, भिसा बाँड्नु वा कामदार भर्ना गर्नु होइन । तथापि, फर्जी डकुमेन्टेसन वा अदक्ष कामदारलाई दक्ष बनाएर पठाउँदा बिचौलिया र म्यानपावर व्यवसायीले पाउने अनुचित लाभ गुम्ने भयले गर्दा विरोध भयो । अर्कोतर्फ, नेपाल सरकार (श्रम मन्त्रालय) ले पनि साउदी सरकारसँग प्रत्यक्ष कूटनीतिक संवाद गरी प्रक्रियालाई पारदर्शी बनाउनुको सट्टा प्रशासनिक अधिकारको दायरा देखाउँदै हतारमा परीक्षा केन्द्र नै बन्द गराइदियो ।

एसभिपी लागू नहुँदा निम्तिने कूटनीतिक र श्रम-आर्थिक असरहरू
यदि नेपालले साउदीको यो नीतिगत व्यवस्थालाई अस्वीकार गरिरह्यो वा लामो समय रोकेर राख्यो भने त्यसका गम्भीर कूटनीतिक र श्रम-आर्थिक दुष्परिणामहरू निम्तिन सक्छन् । साउदीका ठूला रोजगारदाताहरूले मेगा प्रोजेक्टहरूका लागि चाहिने दक्ष जनशक्ति भारत, पाकिस्तान वा बंगलादेशतर्फ डाइभर्ट गर्ने छन्, जहाँ एसभिपी निर्वाधरूपमा सञ्चालित छ । सीप प्रमाणीकरण नहुँदा नेपाली कामदारहरू सधैं न्यून पारिश्रमिक पाउने ‘अनस्किल्ड’ श्रेणीमा मात्र खुम्चिनुपर्ने अवस्था आउँछ । यसका साथै साउदी सरकारको राष्ट्रिय प्राथमिकता (साउदी भिजन २०३०) सँग जोडिएको श्रम सुधारलाई नेपालले विनाठोस कानुनी कारण रोक्दा दुई देशबीचको कूटनीतिक र श्रम सम्बन्धमा अविश्वास पैदा भई वैदेशिक रोजगारीबाट प्राप्त हुने सम्भावित उच्च विप्रेषणमासमेत गिरावट आउन सक्छ ।

नेपालले के गर्नु पर्छ ?
साउदी अरेबियाको सीप प्रमाणीकरण कार्यक्रम (एसभिपी) कुनै निश्चित परीक्षा केन्द्र वा म्यानपावर व्यवसायीको निजी स्वार्थको विषय नभई साउदी सरकारको अन्तर्राष्ट्रिय श्रम नीतिको अनिवार्य अंग हो । साउदी श्रम कानुनको धारा ४० बमोजिम यसको सम्पूर्ण आर्थिक भार रोजगारदाताले नै व्यहोर्ने भएकाले कामदारमाथि अतिरिक्त वित्तीय बोझ पर्दैन । त्यसैले नेपाल सरकार र युवा, श्रम तथा रोजगार मन्त्रालयले हतारमा सिलबन्दी वा प्रतिबन्ध लगाउनुभन्दा साउदी सरकारसँग द्विपक्षीय कूटनीतिक संवाद गरी कामदारबाट एक रुपैयाँ पनि नलिइने सुनिश्चितता गर्ने र परीक्षा केन्द्रहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्छ । म्यानपावर व्यवसायीहरूको सिण्डिकेटभन्दा माथि उठेर अन्तर्राष्ट्रिय श्रमबजारका नवीन मापदण्डहरूलाई आत्मसात् गर्नु नै नेपाली युवाको दक्षता, सुरक्षा र राष्ट्रिय हितअनुकूल हुने छ । 

 


प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप विचार
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा शनिबार, असोज ३, २०८३
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार ! शुक्रबार, असोज २, २०८३
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति शुक्रबार, असोज २, २०८३
पर्यटन उद्योग विकासको मार्गचित्र
पर्यटन उद्योग विकासको मार्गचित्र बिहीबार, असोज १, २०८३
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश बुधबार, भदौ ३१, २०८३
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत मंगलबार, भदौ ३०, २०८३
नेपालले पाउनुपर्ने जलवायु न्याय
नेपालले पाउनुपर्ने जलवायु न्याय आइतबार, भदौ २८, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP