Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विचार
  • Home
  • विचार
  • नीलकण्ठ वर्णीः नेपाल-भारतको धार्मिक-आध्यात्मिक सेतु
नीलकण्ठ वर्णीः नेपाल-भारतको धार्मिक-आध्यात्मिक सेतु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २४, २०८२
चिरञ्‍जीवी आचार्य 

 

बिएपिएस स्वामीनारायण संस्थाले विश्वभर फैलाएको यो तपोमूर्तिको महिमाले नेपाल र भारतबीचको धार्मिक-सांस्कृतिक सम्बन्धलाई मात्र जोड्दैन, नेपाललाई विश्वकै एक प्रमुख आध्यात्मिक गन्तव्यका रूपमा उभ्याउने सामाथ्र्य राख्दछ र नेपाल योगी र तपस्वीहरुको तपोभूमि हो भन्ने पुष्टि गरेको छ । आधुनिक समयमा स्वामीनारायण सम्प्रदायले बडो तेजीका साथ अत्यन्त विशाल र मनोहारी कलाकृतिले सम्पन्न हिन्दू मठमन्दिर र मूर्तिमार्फत हाम्रो प्राचीन वैभवलाई विश्वसामु प्रतिष्ठित गरेको पाइन्छ । त्यही सिलसिलामा मुक्तिनाथमा एक खुट्टाले ध्यान गरिरहेका स्वामी नारायणको मूर्ति अग्रभागमा आउँछ । यो नेपाली मात्रको शान र गौरवको विषय हो ।

पृथ्वीको उत्पत्ति र पूर्वीय संस्कृतिको विकाससँगै नेपाल तपोभूमिका रूपमा परिचित छ । नेपालमा लाखौं ऋषिमुनीले कठोर तपस्या गरी ज्ञान प्राप्त गरेका तथ्य धार्मिक ग्रन्थमा वर्णन गरिएका छन् । नेपालका विभिन्न तपोभूमि वर्णितस्थानमा ऋषिमुनीका तपस्याले प्राप्त गरेका ज्ञान विश्वमा विज्ञानको रूपमा परिवर्तन भई प्रयोगमा ल्याइएका छन् । तीमध्ये एक खुट्टाले उभिएर मुक्तिनाथमा तपस्या गरिरहेका भगवान श्री स्वामी नारायणको बालयोगी अवस्था नीलकण्ठ वर्णीको विशेष महत्‍व छ । प्राचीन योग गुरु पतञ्जलीकृत पुस्तकलगायतमा एउटा खुट्टाको बलमा उभिएर ध्यान गर्ने कठिन विधिको उल्लेख भएको पाइन्छ ।

वि.सं. १८३७ चैत्र ९ गते रामनवमीका दिन भारतको अयोध्यामा जन्मिनुभएका भगवान् स्वामी नारायणले तपोभूमि नेपालमा आई कठोर साधना, अनुष्ठान, जप, तप, ध्यान, सत्संग गरी बिताउनुभएको थियो । मानव कल्याणको संकल्प लिएर गृहत्याग गरी चारधाम हुँदै हिमालय पर्वतमालाको कठिन यात्रा गरेको उक्त समयलाई स्वामी नारायणका गाथाकारले नीलकण्ठ यात्राको संज्ञा दिएको पाइन्छ । नीलकण्ठ यात्राको सबभन्दा दिव्य समय एक खुट्टाले उभिएर साधना गरेको आकृतिलाई भगवान् स्वामी नारायणका अनुयायीले तीव्रतापूर्वक विशाल मूर्तिहरू बनाएर संसारभर प्रचारप्रसार गरेको पाइन्छ ।

Hardik health

आज विश्वका प्रमुख सहर युरोपको लण्डन, अमेरिकाको न्युयोर्क, अफ्रिकाको जोहानसबर्ग, अरबको अबुधाबी, भारतको गान्धीनगर हुँदै नयाँ दिल्लीमा रहेका भव्य अक्षरधाम मन्दिरपरिसरमा एउटा विशेष मूर्तिले सबैको ध्यान केन्द्रित गरेको छ । त्यो तपोमूर्तिलाई विश्वमा अलौकिक मानिएको छ । एक खुट्टाले उभिएर कठोर तपस्या गरिरहेका बालयोगी नीलकण्ठ वर्णीको त्यो स्वरूप वास्तवमा नेपालको पवित्र हिमालय काख विशेषगरी मुक्तिनाथ क्षेत्रको जीवन्त गौरव एवं निशानी हो । बालयोगीले स्वामी नारायणको रूपधारण गर्नुभन्दा पहिले मुस्ताङमा अवस्थित मुक्तिनाथ धाममा लगालग चार महिनासम्म एक खुट्टाले उभिएर तपस्या गरेको कुरा स्वामी नारायण भगवान्को नीलकण्ठ जीवनयात्रा पुस्तकमा वर्णन गरिएको छ ।

बिएपिएस स्वामीनारायण संस्थाले विश्वभर फैलाएको यो तपोमूर्तिको महिमाले नेपाल र भारतबीचको धार्मिक-सांस्कृतिक सम्बन्धलाई मात्र जोड्दैन, नेपाललाई विश्वकै एक प्रमुख आध्यात्मिक गन्तव्यका रूपमा उभ्याउने सामाथ्र्य राख्दछ र नेपाल योगी र तपस्वीहरुको तपोभूमि हो भन्ने पुष्टि गरेको छ । आधुनिक समयमा स्वामीनारायण सम्प्रदायले बडो तेजीका साथ अत्यन्त विशाल र मनोहारी कलाकृतिले सम्पन्न हिन्दू मठमन्दिर र मूर्तिमार्फत हाम्रो प्राचीन वैभवलाई विश्वसामु प्रतिष्ठित गरेको पाइन्छ । त्यही सिलसिलामा मुक्तिनाथमा एक खुट्टाले ध्यान गरिरहेका स्वामी नारायणको मूर्ति अग्रभागमा आउँछ । यो नेपाली मात्रको शान र गौरवको विषय हो ।

करिब २५० वर्षअघि १२ वर्षको कलिलो उमेरमा घर त्यागेर हिँडेका नीलकण्ठ वर्णी (भगवान् स्वामीनारायण)ले आफ्नो सात वर्षे भारत वर्षको यात्रामा करिब तीन वर्ष नेपालका विभिन्न भागमा पुगेर तपस्या गर्दै मानव कल्याणसम्बन्धी ज्ञान प्राप्त गर्दै बिताउनुभएको थियो । यो सामान्य भ्रमणमात्र थिएन, यो त ज्ञान, योग र कठोर तपस्याको संगम थियो । उनै भगवान्रुपी तपस्वी नीलकण्ठ वर्णीको एक खुट्टाले उभिएर तपस्या गरिरहेको १०८ फिट अग्लो मूर्ति बिएपिएस स्वामी नारायण अक्षर धामले २६ मार्च, २०२६ का दिन बिहान ६ः३० बजे नयाँदिल्लीमा भव्य समारोहबीच उद्घाटन भएको छ ।

प्राचीन हिन्दू वैभवलाई वास्तुमार्फत जस्ताको त्यस्तै उतार गरेर चर्चामा आएको अक्षरधाम मन्दिर यो विशाल मूर्तिको स्थापनापश्चात् पुनः एकपटक संसारभरका हिन्दू धर्मालम्बीको लागि नयाँ आकर्षणको केन्द्र बन्न पुगेको छ ।

तपस्वी वर्णीको मुक्तिनाथको तपोमूर्ति
स्वामीनारायण सम्प्रदायका लागि मुक्तिनाथ मन्दिरको अगाडि नीलकण्ठ वर्णीले चार महिनासम्म एक खुट्टाले उभिएर गर्नुभएको तपस्या सबैभन्दा ठूलो आस्थाको केन्द्र हो । आज विश्वभरका बिएपिएस मन्दिरमा राखिने तपोमूर्ति यही ऐतिहासिक घटनाको प्रतीक हो । स्वामी नारायणको जीवनमा नेपालको मुक्तिनाथमा उहाँले एउटा खुट्टाले ध्यान गरेको कुरा उहाँको जीवन र साधनाको केन्द्रीय महŒवको क्षण हो भन्ने कुरा सिद्ध भएको छ । यसले गर्दा नेपालको मुक्तिनाथ क्षेत्रप्रति स्वामीनारायण सम्प्रदाय र विश्वभर छरिएर रहेका हिन्दूहरूको पुनः एकपटक चासो बढेको छ । 

पर्वतको मोदीबेनी (योग साधना)
पर्वत जिल्लाको मोदीबेनीमा उहाँले तत्कालीन प्रसिद्ध योगज्ञाता गोपाल योगीसँग एक वर्ष बसेर अष्टसिद्धि र योगका गुण रहस्य सिक्नुभएको थियो । यो क्षेत्र आज पनि योग र साधनाका अध्येताका लागि प्रसादीस्थल (पवित्रस्थल)का रूपमा परिचित छ ।

बुटवल र काठमाडौंको ऐतिहासिक सम्बन्ध
बुटवलको फूलबारीमा चार महिना बसेर राजा मणिमुकुन्द सेनको दरबारमा सत्संग गराउनु र काठमाडौंमा राजा रणबहादुर शाहको असाध्य गम्भीर रोग निको पार्नुले उहाँको नेपालसँगको सम्बन्ध कति गहिरो र राजकीयस्तरको थियो भन्ने पुष्टि गर्छ साथै बुटवल र काठमाडौंको ऐतिहासिक सम्बन्धको नाता यसले स्थापित गरेको पुष्टि भएको छ ।

आज विश्वभर करोडौंको संख्यामा स्वामीनारायण सम्प्रदायका अनुयायी छन् । उनीहरू आफ्नो इष्टदेवताले टेकेको हरेक माटोलाई प्रसादी मान्छन् र जीवनमा कम्तीमा एकपटक ती ठाउँको दर्शन गर्न चाहन्छन् । विशेषगरी गुजराती समुदायमा यो आस्था अझ प्रगाढ बनेको छ । यदि नेपाल सरकारले स्वामीनारायण सर्किटको अवधारणालाई मूर्त रूप दिन सक्ने हो भने यसले नेपालको पर्यटन क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ ।

मुक्तिनाथ, मोदीबेनी, बुटवलको फूलबारी, काठमाडौं दरबार स्क्वायर र चतराधामलाई जोडेर एउटा स्पष्ट मार्ग तयार पारी नेपालका तपोभूमिलाई धार्मिक पर्यटकीयस्थलमा विकास गर्न सकेको खण्डमा मुलुकले प्रशस्तै आन्तरिक र बाह्य पर्यटकबाट आम्दानी गर्न सक्ने निश्चित छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमा स्वामी नारायण सर्किटका बारेमा अध्ययनका लागि नेपाल सरकारले पर्यटन तथा संस्कृति मन्त्रालयअन्तर्गतबाट केही रकम छुट्याएको थियो तर बीचमै चुनाव तय भएपछि उक्त कार्यक्रमको बजेट निकासा हुन सकेन ।

नयाँ सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा स्वामीनारायण सर्किटलाई टेवा पुग्ने गरी कार्यक्रम ल्याउने अपेक्षा गर्न सकिन्छ । भारतको नयाँ दिल्लीस्थित अक्षरधाम जाने लाखौं पर्यटकलाई त्यहाँ रहेको तपोभूमिको वास्तविक स्थल नेपालको मुक्तिनाथ हो भनेर बुझाउन सके, उनीहरूको अर्को गन्तव्य स्वतः नेपाल हुने र वर्णी सम्प्रदायमा आस्था राख्ने विदेशी धार्मिक पर्यटकको नेपालमा ओइरो नै लाग्ने छ र यसले नेपालका धार्मिक पर्यटकीयस्थल र क्षेत्रको अन्तर्राष्ट्रिय प्रचार र सम्बन्ध जोड्ने प्रचुर सम्भावना देखिन्छ । नेपालका धार्मिक पर्यटकीय क्षेत्रमा आउने धार्मिक पर्यटकबाट नेपालका होटल, यातायात र स्थानीय हस्तकला क्षेत्रमा ठूलो योगदान पु¥याउने निश्चित छ ।

बिएपिएसजस्ता संस्थाले विश्वभर नेपाली भूमिमा गरिएको तपस्यालाई श्रद्धापूर्वक पुजिरहँदा हामीले यसलाई नेपालको राष्ट्रिय गौरवको विषय बनाउन सक्नुपर्छ । नयाँदिल्लीको अक्षरधाममा बनेको नयाँ तपोमूर्तिले वास्तवमा नेपालकै प्रचार गरिरहेको छ । अबको आवश्यकता भनेको नेपाल सरकार र बिएपिएस संस्थाबीच संस्थागत सहकार्य गरी यी प्रसादीस्थलको संरक्षण र प्रवद्र्धन गर्नु हो । नेपाल केवल प्राकृतिक सुन्दरताको देशमात्र होइन, यो भगवान् स्वामीनारायणजस्ता दिव्य पुरुषको साधना भूमि हो । स्वामीनारायण सर्किटको विकासले नेपाललाई विश्व आध्यत्मिक मानचित्रमा अझ चम्किलो बनाउने छ । भगवान्रुपी तपस्वी नीलकण्ठ वर्णीको विशाल मूर्ति दिल्लीमा अवस्थित अक्षरधाम परिसरमा प्रतिष्ठापित र समुद्घाटन हुनुले त्यो मार्गमा अग्रसर हुन हामीलाई झन अभिप्रेरित गरेको छ ।
 


प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
थप विचार
नारदका घाँटीमा पासो
नारदका घाँटीमा पासो मंगलबार, चैत २४, २०८२
विकासमा उद्यमशीलताको भूमिका
विकासमा उद्यमशीलताको भूमिका सोमबार, चैत २३, २०८२
नयाँ संसद्, नयाँ ‘एजेण्डा’ र अपेक्षा  
नयाँ संसद्, नयाँ ‘एजेण्डा’ र अपेक्षा   आइतबार, चैत २२, २०८२
दिगो भविष्यको खोजीमा सेयरबजार
दिगो भविष्यको खोजीमा सेयरबजार शुक्रबार, चैत २०, २०८२
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो बुधबार, चैत १८, २०८२
गुँडमा माउ-बाउको बिचल्ली ! 
गुँडमा माउ-बाउको बिचल्ली !  मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP