Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • विकासमा उद्यमशीलताको भूमिका
विकासमा उद्यमशीलताको भूमिका
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २३, २०८२

 

 

उद्यम सञ्चालन गर्नासाथ अन्यत्र जागिर गरेको जस्तो सुरुमै आम्दानी आइ हाल्दैन । सुरु-सुरुमा आम्दानी न्यून हुन्छ, आम्दानी नै हुँदैन, घाटै सहनु पर्दछ, आफ्नो जीविकोपार्जन तथा परिवारको जीवन धान्न पनि गाह्रो हुन्छ । त्यस्तै आम्दानी नियमित पनि हुँदैन । उद्यमीले प्रारम्भिककालमा धेरै खर्च वा लगानीकै सामना गर्नुपर्दछ । अरुलाई तलब तथा कमिसन बाँडेर बचेकोमात्र उद्यमीले पाउँदछन् । यसरी साँच्चै भन्नुपर्दा व्यवसायलाई टिकाइराख्न तथा आफ्नै जीवन धान्न व्यवसायीले ठूलै संघर्ष गर्नुपर्ने हुन्छ ।

उद्यमशीलता यस्तो प्रक्रिया एवं श्रेस्ता हो, जसको माध्यमबाट व्यक्तिगत पहिचान, अवसरहरु वितरित संसाधनहरु र मूल्यको सृजना गर्न सकिन्छ । त्यस्तो खालको मूल्यको सृजना समस्याको पहिचानमार्फत परिवर्तनका लागि गरिएको हुन्छ । जहाँ उद्यमीले समस्या तथा अवसरहरु देख्ने गर्दछ र त्यसलाई पहिचान गरी उसले समस्याको प्रभावकारी समाधान खोज्ने गर्दछ । उद्यमीले बजार क्षेत्रमा देख्ने अवसरहरु र ती अवसरलाई प्राप्त गर्न सक्ने श्रेयता र त्यही श्रेयता उचित समयमा उचित ठाउँमा गर्न सक्ने कौशलताबाट उसको उद्यमशीलता झल्कन्छ । ती समस्याहरुको समाधान गर्दै मूल्य सृजना गर्ने काम नै उद्यमशीलता हो ।

Hardik health

अर्को शब्दमा उद्यमीले गर्ने वा व्यवसायीले गर्ने हरेक काम र उसले चाल्ने कदम नै उद्यमशीलता हो । जुन सधैं उसको सिर्जनशीलता, अनुसन्धान र आर्थिक रुपान्तरण एवं वित्तीय सुधारका लागि एउटा अनुसन्धान, अन्वेषण एवं आविष्कार बन्न सक्छ ।
उद्यमी शब्द वास्तवमा अंग्रेजीमा ‘इन्टरप्रेनर’ फ्रान्सिसी भाषाबाट लिइएको हो । यस शब्दको मूल अर्थ हो, यस्तो आर्थिक नेता जो, नयाँ वस्तुहरु, नयाँ प्रविधि तथा पूर्तिका लागि स्रोतहरुलाई सफलतापूर्वक परिचालित गरेर सुअवसर बनाउने योग्यता राख्दछ । जसले आवश्यक संयन्त्र तथा साधन, प्रविधि र श्रम शक्तिलाई एक ठाउँमा ल्याउँछ र जसले संगठित गरेर कारोबार चलाउनेसमेत क्षमता राख्दछन् । देशको आर्थिक तथा राजनीतिक प्रणाली जे सुकै होस् । तर आर्थिक विकासका लागि उद्यमी एकदमै आवश्यक छ, समाजवादी राज्यमा राज्य आफैं उद्यमकर्ता हुन्छ । तर नेपालजस्तो अल्पविकसित देशहरुमा यही स्थिति रहन्छ, किनभने यस्ता देशहरुमा पनि निजी उद्यमकर्ताले जोखिम उठाउन संकोच गर्दछन् । जोखिम लिन संकोच मान्दछन् । जुन नयाँ उद्योगहरुसँग सम्बन्ध रहन्छ । उन्नत पुँजीवादी समाजहरुमा निजी उद्यमीहरुले नै समाजको विकासमा महत्‍वपूर्ण कार्य गर्दछ । 

केही अर्थशास्त्रीहरुको भनाइअनुसार उद्यमीको कार्य जोखिम उठाउने र अनिश्चितताको स्थितिमा काम गर्नु हो । केही अर्थशास्त्रीहरुको भनाइअनुसार उद्यमीको कार्य उत्पादक साधनहरुमा तालमेल स्थापित गर्नु हो । कुनै पनि व्यापारी उद्यमीको प्रमुख कार्यकर्ता उद्यमी नै रहेको हुन्छ, किनभने उद्यमीविना उद्योगको सञ्चालन गर्न सकिँदैन । ब्रेलब्रोनले ठिकै भनेको छ कि, निजी उद्यमी दीर्घकालीन आर्थिक विकासको अनिवार्य अंग हो, लाभबाट प्रेरित र नयाँ तरिकाको पहिचान गर्नमा उद्यमीको योग्यता, क्षमता र तत्परता आर्थिक विकासमा अत्यन्त महत्‍वपूर्ण छ । उद्यमीको प्रमुख कार्य उत्पादनको नयाँ तरिकालाई परिचालन गर्नु र स्थानीय उपभोगलाई अनुकूल बनाउनु हो ।

अर्थव्यवस्थामा वस्तुको मूल्य र लागतको ज्ञान हुनु पनि उद्यमीका लागि महत्‍वपूर्ण छ । किनभने, यसबाट उपलब्ध साधनहरुको सर्वोत्तम उपयोग गर्ने र उपयोग गरेर उत्पादकत्व बढाउनमा सहयोग गर्दछ । उद्यमी साधन सम्पन्न, मितव्ययी र परिश्रमी भएमा देशको आर्थिक विकासमा व्यापक प्रभाव पर्दछ । अर्थव्यवस्थामा पुरानो प्रविधिको स्थानमा नयाँ प्रविधिको उपयोग गरेमा भौतिक उन्नति हुने सम्भावना बढी रहन्छ र मानिसहरुको जीवनस्तरमासमेत सुधार हुन जान्छ । उद्यमी उच्च शिक्षा प्राप्त, प्रशिक्षित तथा कुशल व्यक्ति भएमा अरुसँग नभएको गुण यस्तो उद्यमीमा रहेको हुन्छ ।

असल उद्यमीमा हुनुपर्ने गुण
(१)    त्यस्तो उत्साही, साधन सम्पन्न, नयाँ सुअवसरप्रति जागरुक, बद्लिँदो परिस्थितिअनुकूल समायोजन गर्ने योग्यता राख्दछ र परिवर्तन तथा विस्तार गर्नमा समेत जोखिम उठाउन तरा रहन्छन् । 
(२)    त्यस्तो उद्यमी, जसले प्रद्योगिकीय परिवर्तन आरम्भ गर्दछन् र आफ्नो उत्पादनको तरिकालाई सुधार गर्दछन् । 
(३)    त्यस्तो उद्यमी, जसले उद्योगको परिमाणलाई बढाउँछ र उसले अरुसँग सम्बन्ध राखेर काम गर्दछन् र आफ्नो लाभबाट प्राप्त पुँजीलाई फेरि अरु ठाउँमा लगानी गर्दछन् । 

एउटा उद्यमीमा हुने गुण तथा उद्यमशीलताको विस्तृत व्याख्या गरिएको छ । जसअनुसार उद्यमशीलता समाज परिवर्तन गर्ने लक्षण हो । एउटा उद्यमी अन्वेषक तथा खोजकर्ता पनि हो, किनभने उसले नयाँ-नयाँ सम्भावनाको खोज गर्दछ । नयाँ विधि तथा नयाँ वस्तु तथा सेवा पत्ता लगाउँछ । साथै, उसले त्यस्ता नयाँ वस्तु, सेवा वा विधिको उपयोग गरेर व्यावसायिक ढंगले उत्पादन सुरु गर्दछ । एउटा उद्यमीले स्रोत जुटाउँछ, क्षमतावान् कामदार जुटाउँछ र स्वयं तिनीहरुलाई नेतृत्व दिएर व्यावसायिक उत्पादन सुरु गर्दछ । तर सबै अन्वेषक वा खोजकर्ता उद्यमी हुँदैनन् । किनभने अन्वेषकले नयाँ वस्तु, सेवा वा विधिमात्र पत्ता लगाएर पनि छाड्न सक्दछ । त्यसपछिको व्यावसायिक क्रियाकलाप उद्यमीले गर्दछ । उद्यमी र अन्वेषकबीचको अन्तरसम्बन्ध संयुक्त राज्य अमेरिकाको फोर्ड मोटर कम्पनीको दिइएको उदाहरणबाट अझ स्पष्ट हुन्छ । 

आजको युग औद्योगिक युग हो । जटिल उद्योग व्यवसायलाई एउटा सुनिश्चित मार्ग प्रदान गर्न त्यसलाई सञ्चालन, निर्देशन र नियन्त्रण गर्न संगठनको ठूलो भूमिका छ । पुँजीवादी, समाजवादी र मिश्रित यी तीनै व्यवस्थाको उत्पादन कार्यका लागि संगठनको ठूलो महत्‍व छ । उद्योग व्यवसायमा उत्पादन कार्यका लागि योजना तयार पार्न, उत्पादनका साधनहरुको व्यवस्था गर्न संगठनको विशेष महत्‍व छ । संगठनकर्ताको कुशलतामा नै उत्पादन निर्भर रहन्छ ।

श्रम विभाजनको सिद्धान्तबमोजिम प्रत्येक श्रमिकलाई सुहाउँदो काम दिने, काम गर्नेलाई असल औजार र उपयुक्त स्थानको बन्दोबस्त गर्ने, कामको राम्ररी रुटिन मिलाउने, हिसाबको राम्रो व्यवस्था गर्ने इत्यादि धेरै किसिमको जिम्मेवारी पनि उद्यमीमाथि नै परेको हुन्छ । श्रम विभाजनको मुख्य कारणबाट नै उद्यमीको उदय हुनुको मुख्य कारण हो भन्न सकिन्छ । श्रम विभाजन यति जटिल हुँदै गइराखेको छ कि उत्पादनको काम धेरै व्यक्ति र विभागहरुमा बाँडिएको हुन्छ । सबैको काममा सामञ्जस्य स्थापित गर्नलाई पनि उद्यमीको आवश्यकता पर्दछ । 

कुनै पनि देशको औद्योगिक तथा आर्थिक विकासमा उद्यमशीलताले अत्यन्त महत्‍वपूर्ण भूमिका खेलेको हुन्छ । खासगरी उद्यमशीलताले नयाँ-नयाँ उद्योग व्यवसायलाई जन्म दिन्छ । आज अमेरिका, एसिया, जापान, जर्मनीजस्ता विकसित देशहरुको विकासको कारण नै उद्यमशीलता बनेको छ । उद्यमीहरु सधैं केही काम गरौं भन्नेखालका सक्रिय जाँगरिलो र अभिलाषा भएका हुन्छन् फलस्वरुप तिनीहरुले श्रम, पुँजी, प्रविधि तथा प्राकृतिक साधन स्रोतको पूर्ण उपयोग गर्न मद्दत पु¥याउँदछन् । 

विकास भन्ने कुरा त्यसै आँगनमा आउँदैन । त्यसलाई विकासको संवाहक चाहिन्छ । त्यस्तो संवाहक नै उद्यमी हो । उद्यमीले सधैं अवसरहरुको खोजी गरिरहन्छ । उसले ती कुराहरु देख्दछ, जो अरुले देख्दैनन् । त्यसपछि त्यस्ता अवसरहरुलाई मुनाफामा परिणत गर्ने प्रयत्न उसले गर्दछ । सबैभन्दा ठूलो कुरा त उसले उत्पादन वा सृजना गर्दछ । नयाँ उद्यमीको प्रवेशबाट उत्पादन वृद्धि हुने, उत्पादन वृद्धिबाट सम्पूर्ण आर्थिक गतिविधि बढ्ने र यसबाट उद्योग व्यवसायको बचत वृद्धि हुने, सो बचत पुनःलगानी गरी उत्पादन वृद्धिको प्रक्रिया अझ तीव्र हुने हुँदा उद्यमको मूल्यवृद्धि हुन जान्छ । यस प्रक्रियाबाट बजारमा सेयरको मूल्य बढ्न जान्छ र यो निरन्तर कायम रहने प्रक्रिया हो ।

उद्यमी अर्थात् उद्यमशीलताले जनतासँग रहेका निस्क्रिय बचत परिचालन गरेर पुँजी निर्माण बढउँदछ । उद्यमशीलताले नयाँ-नयाँ व्यवसाय वा उद्यममा लगानी गरी राष्ट्रिय पुँजी निर्माणमा नै योगदान पु¥याएको हुन्छ । यसले पैसा भएकाहरुलाई सिर्जनात्मक कार्यमा लगानी गर्न उत्प्रेरित र आकर्षित गर्दछ । उद्यमीहरुले नयाँ व्यवसाय प्रारम्भ गरेर रोजगारीका अवसरहरु सिर्जना गर्दछन् । उनीहरु आफैं, परिवारका सदस्य तथा समाजका अन्य व्यक्तिहरुलाई रोजगारी प्रदान गरेर राष्ट्रको बेरोजगारी समस्या हटाउन ठूलो सहयोग पु¥याउँदछन् । बेरोजगारी हटनाले मानिसको आम्दानी एवं जीवनस्तर बढ्छ ।

आज अल्पविकसित देशहरु बेरोजगारीको ठूलो समस्याबाट पीडित छन् । बेरोजगारी नै राजनीतिक अस्थिरताको जड पनि हो । फुर्सदले मानिसहरुलाई नकारात्मक काम गर्ने बनाइदिन्छ । उद्यमीले मानिसहरुलाई फुर्सद दिँदैन । उद्यमीहरुले देशमा उपलब्ध श्रम, पुँजी, भूमिलगायत प्राकृतिक साधन स्रोत छन्, जो विनाप्रयोग खेर गइरहेका हुन्छन्, त्यसको अधिकतम् सदुपयोग गर्नमा मद्दत पु¥याउँछन् । यसबाट देशको उत्पादन र उत्पादकत्व बढ्दछ । विकसित देशहरुमा अत्यधिक उद्यमीहरु भएको कारण त्यहाँका साधन स्रोतको अधिकतम प्रयोग, उपयोग भएको छ । तर अविकसित देशमा उद्यमीहरुको कमीले गर्दा साधन स्रोतहरु खेर गइरहेका छन् ।

उद्यमीहरुले साधन एवं स्रोतको उपलब्धताका आधारमा देशका विभिन्न भागमा व्यवसायहरु सञ्चालन गर्दछन् । यसबाट देशको विभिन्न क्षेत्रमा समानुपातिक ढंगले औद्योगिक एवं आर्थिक विकासमा मद्दत पुग्दछ । सरकारले पनि पिछडिएका क्षेत्रहरुमा लगानी गरी उद्योगको स्थापना गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्दछ । यसरी देशका पिछडिएका क्षेत्रहरुको आर्थिक विकास गरी सन्तुलित क्षेत्रीय विकासमा उद्यमीहरुले मद्दत पु¥याइरहेका हुन्छन् । उद्यमीहरुले देशमा धन, आम्दानी तथा राजनीतिक शक्तिको न्यायोचित वितरण गर्न सघाउ पु¥याउँछ । अर्थात् एकै ठाउँमा, एउटै पुँजीपति वर्गमा केन्द्रित हुन दिँदैनन् । धेरै उद्यमी भए भने धेरै उद्यमीहरुमा धन सम्पत्तिको स्वामित्व बाँडिन्छ । त्यस्तै उनीहरुले धेरै भन्दा धेरै सर्वसाधारण, शोषित पीडित, निर्धन व्यक्तिहरुलाई रोजगारी दिन्छन् । यसबाट आय पनि बाँडिन्छ वा एउटै व्यक्तिलेमात्र कमाउने हुँदैन । देशको राजनीतिक शक्ति पनि ठूला-ठूला पुँजीपति उद्योगपति वा व्यापारीहरुबाट मात्र प्रभावित हुन पाउँदैन उद्यमीहरु छरिएर रहँदा देशभर यस्तो राजनीतिक शक्ति पनि बाँडिन्छ ।

उद्यमीहरुले नयाँ-नयाँ उद्योग तथा व्यापार सञ्चालन गरेर अत्यधिक उत्पादन गर्दछन् र निर्यात व्यापारमा पनि संलग्न हुन्छन् । विश्वव्यापीकरणले खुला गरेको विश्वव्यापी व्यापार अवसरको फाइदा उद्यमीहरु भएमामात्र लिन सकिन्छ । विदेशमा नयाँ-नयाँ विक्रय अवसरहरु पत्ता लगाउने, विदेशी मागअनुसार वस्तु वा सेवाका उत्पादन र बिक्री वितरण गर्ने काम उद्यमीहरुले गर्दछन् । यसबाट प्रशस्त विदेशी मुद्राको आर्जन हुन सक्दछ । उद्यमशीलताका कारणले देशमा उद्योग, कलकारखानाहरुको स्थापना हुन्छ । जसबाट देशमा व्यापक औद्योगिकीकरण हुन्छ । देशका जनताले विभिन्न सुविधायुक्त वस्तु वा सेवाहरु सस्तो, सुलभ एवं पर्याप्त मात्रामा उपभोग गर्न पाउँदछन् । बेरोजगारी समस्या हट्दछ ।

कृषिमामात्र निर्भर अत्यधिक जनसंख्यालाई गैरकृषि क्षेत्रतिर स्थानान्तरण गर्न औद्योगिकीकरणबाट नै मद्दत पुग्दछ । उद्यमशीलताले उद्यमीकै व्यक्तित्वको विकास हुन्छ । उसले प्रशस्त आय आर्जन गर्न सक्छ र आफ्नो जीवनशैलीलाई उन्नत बनाउन सक्छ । नयाँ-नयाँ विचार उत्पत्ति गर्ने, नयाँ कामको थालनी गर्ने अनुभवबाट सिक्ने, जोखिम बहन गर्ने शक्तिको वृद्धि हुने, इमान्दारितापूर्ण कामबाट आफ्नो परिवारलाई नै सुखी बनाएर राख्न सक्नेजस्ता फाइदाहरु उद्यमीले प्राप्त गर्न सक्दछ । एक जना उद्यमीले व्यवसाय स्थापना गर्दा अवश्य पनि समाजलाई केही नयाँ कुराहरु दिन खोजेको छ भन्ने बुझिन्छ । त्यस्तो नयाँ कुरामा नयाँ वस्तु हुन सक्छ वा नयाँ उत्पादन विधि हुन सक्छ वा नयाँ बजार पत्ता लगाएको हुन सक्छ ।

नयाँ उद्यम संस्थापनाको क्रममा उत्पादन क्षेत्र, बजार क्षेत्र वा वस्तु क्षेत्रमा नयाँ खोजहरुको सम्भावना रहेको पाइन्छ । किनभने एक जना उद्यमीले सम्पूर्ण बजारको कुनै शोषण नगरिएको क्षेत्रलाई नै शोषण गरेर व्यवसायको सुरुआत गर्ने कुरा सोच्दछ । हालसम्म प्रयोग नभएका कच्चा पदार्थ प्रयोग गरेर वा हालसम्म प्रयोग नभएको उत्पादन विधि प्रयोग गरेर वा हालसम्म प्रवेश नगरिएको बजार प्रवेश गरेर नै नयाँ व्यवसाय सञ्चालन गर्नुपर्दछ । उद्यमशीलताको माध्यमबाट नयाँ उद्यमीको प्रवेश हुने हुँदा दीर्घकालसम्म बजारमा टिकिराख्नका लागि पनि उत्पादनको गुणस्तरीयता कायम हुनुपर्दछ । तसर्थ, यस प्रक्रियाबाट आम उपभोक्तालाई फाइदा पुग्दछ ।

उद्यमशीलताको विकासबाट समाजमा छरिएर रहेको बचत संकलन भई उद्योग व्यवसायमा लगानी हुन जान्छ । त्यस्तै यस्तो लगानी मानव श्रमसाधन विकासमासमेत खर्च गरिन्छ । अर्कोतिर अभावग्रस्त क्षेत्रमासमेत स्रोत परिचालन हुन जान्छ । यी सम्पूर्ण आर्थिक क्रियाकलापबाट थप उत्पादन भई समाजको आवश्यकता पूरा हुन जान्छ । नयाँ व्यवसायको सञ्चालनसँगै यसको असफल हुने सम्भावना पनि गाँसिएको हुन्छ । कुनै व्यवसाय सफल नै हुन्छ भन्ने प्रत्याभूति कसैले दिन सक्दैन । कतिपय जोखिमहरु उद्यमीको आफ्नै ज्ञानको कमीबाट सिर्जित हुन्छन् भने कतिपय अन्य बाहिरी कारणबाट पनि हुन सक्दछ । 

कुनै पनि उद्यमका लागि वित्तको ज्यादै महत्‍व छ । पुँजीविनाको व्यवसाय कल्पना गर्न सकिँदैन । वित्तलाई व्यवसायको जीवनरक्त भनिन्छ । अतः व्यवसाय सुरु गर्न चाहिने यस्तो महत्‍वपूर्ण कुरामा महिलाहरुको पहुँच कम हुन्छ । उनीहरु वित्तको अभावमा व्यवसाय गर्न नपाउने हुन सक्छन् । आफ्नै निजी बचतबाट व्यवसाय चलाउनुपर्ने बाध्यता रहन्छ । बैंक तथा वित्तीय संस्थाहरुले पनि महिलाहरुलाई ऋण उपलब्ध गराउन कममात्र प्राथमिकता दिएको पाइन्छ , अतः महिला उद्यमीहरुको प्रमुख समस्या वित्तको अभाव हो । महिला उद्यमीहरुले झेल्नुपर्ने अर्को समस्या कच्चा पदार्थको अभाव हो । विशेषतः साना उद्यमीहरुले कतिपय अवस्थामा थोरै मात्रामा कच्चा पदार्थ नपाइनु र पाए पनि चर्को मूल्य तिर्नुपर्ने हुन जान्छ, जसबाट उत्पादन लागत बढ्न गई उनीहरुको उत्पादनले सीमित बजार पनि गुमाउनुपर्ने हुन जान्छ । कडा प्रतिस्पर्धा पनि महिला उद्यमीहरुका प्रमुख समस्या नै हो । 

उद्यम सञ्चालन गर्नासाथ अन्यत्र जागिर गरेको जस्तो सुरुमै आम्दानी आइ हाल्दैन । सुरु-सुरुमा आम्दानी न्यून हुन्छ, आम्दानी नै हुँदैन, घाटै सहनु पर्दछ, आफ्नो जीविकोपार्जन तथा परिवारको जीवन धान्न पनि गाह्रो हुन्छ । त्यस्तै आम्दानी नियमित पनि हुँदैन । उद्यमीले प्रारम्भिककालमा धेरै खर्च वा लगानीकै सामना गर्नुपर्दछ । अरुलाई तलब तथा कमिसन बाँडेर बचेकोमात्र उद्यमीले पाउँदछन् । यसरी साँच्चै भन्नुपर्दा व्यवसायलाई टिकाइराख्न तथा आफ्नै जीवन धान्न व्यवसायीले ठूलै संघर्ष गर्नुपर्ने हुन्छ ।
 


प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP