Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
ममता थापा
ममता थापा आइतबार, चैत २२, २०८२
  • श्रममन्त्री साहले व्यवसायीलाई सचेत गराउँदै भने-कामदारसँग १० हजार रुपैयाँभन्दा बढी नउठाउनू

काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा श्रमिक पठाउन लागू गरिएको ‘फ्रि भिसा, फ्रि टिकट’को कार्यान्वयनमा कडाइ गर्ने भएको छ । मलेसियासहित खाडी राष्ट्रहरुका लागि उक्त व्यवस्था नियम लागू गरिएको वर्षौं बित्दा पनि व्यवहारमा कार्यान्वयन हुन नसकेकोमा वालेन्द्र शाह नेतृत्वको सरकार बनेसँगै यसलाई कडाइका साथ कार्यान्वयन गर्ने तयारी गरेको हो ।

‘फ्रि भिसा, फ्रि टिकट’को नियमअनुसार म्यानपावर कम्पनीले कामदारसँग सेवा शुल्कबापत १० हजार रुपैयाँमात्र लिन पाउँछ । तर केही व्यवसायीबाहेक अधिकांशले कामदारसँग लाखौं रुपैयाँ लिने गरिएको बताइन्छ । यसलाई रोक्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले अग्रसरता लिएका हुन् ।  मन्त्री साहले एक भिडियो सन्देश जारी गर्दै इजाजत प्राप्त वैदेशिक रोजगारी व्यवसायीहरुलाई श्रमिकसँग सेवा शुल्कबापत १० हजार रुपैयाँभन्दा बढी नलिन आग्रह गरेका छन् । उनले सोभन्दा बढी रकम मागेको अवस्थामा मन्त्रालयमा सम्पर्क गर्न भनेका छन् । ‘हाल नेपाल सरकारले इजाजतप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थाहरुले १० हजार रुपैयाँमात्र सेवा शुल्क लिई वैदेशिक रोजगारीमा पठाउने प्रावधान रहेको छ,’ मन्त्री साहले भनेका छन्, ‘कोही कसैले उल्लिखित शुल्कभन्दा बढी रकम उठाएको, मागेको वा यससम्बन्धी अन्य गुनासो भएमा तत्काल मन्त्रालयमा सम्पर्क गरी आफूलाई परेको गुनासा, समस्या टिपाउनु हुन सम्बन्धित सबैमा यस मन्त्रालय हार्दिक अपिल गर्दछ ।’

उक्त भिडियोमार्फत गुनासो तथा उजुरी टिपाउन ‘हेलो सरकार’ र ‘श्रमाधान कल सेन्टर’को टोल फ्रि नम्बर सार्वजनिक गर्दै सम्पर्क गर्न अनुरोध गरिएको छ । यो नीतिलाई प्रभावकारी बनाउन केही दिन अघिदेखि वैदेशिक रोजगार विभागले पनि बढी रकम लिने म्यानपावरहरुलाई रोजगारीमा पठाएको श्रमिकको संख्या, श्रमिकको सम्पर्क नम्बर, श्रमिकबाट लिएको रकमलगायतका विवरणसहित विभागमा उपस्थित हुन पत्राचार गर्न थालेको थियो ।

Hardik health

तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले २०७२ जेठ २६ गतेबाट प्रमुख गन्तव्य मुलुक साउदी अरब, कतार, कुवेत, बहराइन, ओमान, युएई र मलेसिया जाने श्रमिकका लागि फ्रि भिसा, फ्रि टिकटको नीति कार्यान्वयनमा ल्याएका थिए । जसअन्तर्गत श्रमिकसँग सेवा शुल्कबापत १० हजार रुपैयाँमात्रै लिन पाउने व्यवस्था गरिएको थियो । एक दशक बितिसक्दा पनि यो प्रावधानको प्रभावकारी कार्यान्वयन नभएपछि कतिपय मन्त्रीहरुले नै यसलाई पुनर्विचार गर्नुपर्ने बताउँदै आएका थिए । हालको सरकारले भने यो नीतिलाई काडाइका साथ कार्यान्वयमा लैजाने देखिएको छ । 

वैदेशिक रोजगार व्यवसायीहरुले भने यो प्रावधान अव्यावहारिक रहेको बताउँदै आएका छन् । उनीहरुले १० हजार रुपैयाँ सेवा शुल्कमा श्रमिक पठाउन नसकिने भन्दै कानुन संशोधनका लागि सरकारलाई पटक–पटक दबाब दिँदै आएका थिए । हाल केही व्यवसायीले मात्र फ्रि भिसा, फ्रि टिकटमा श्रमिक पठाइरहेका छन् । संस्थागत माध्यमबाट रोजगारीमा जानेहरुमध्ये करिब पाँच प्रतिशतमात्र फ्रि भिसामा गएको पाइन्छ । झण्डै ९५ प्रतिशत श्रमिक म्यानवापर व्यवसायीलाई ५० हजारदेखि चार लाख रुपैयाँसम्म बुझाएर जाने गरेका छन् । सबै रोजगारदाता कम्पनीले श्रमिकको लागत नव्यहोर्ने भएकाले आफूहरु शुल्क उठाउन बाध्य भएको व्यवसायीको दाबी छ ।

व्यवसायीहरुले कामदारसँग लिने सेवा शुल्क बढाउनुपर्ने माग गर्दै आएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १० हजार रुपैयाँ सेवा शुल्क अव्यावहारिक भएको भन्दै यो रकम बढाउनुपर्ने माग गर्दै आएको छ । 
वैदेशिक रोजगारीमा संस्थागत माध्यमबाट १११ र व्यक्तिगत श्रम स्वीकृति लिएर १७८ वटा मुलुकमा रोजगारीमा जान्छन् । म्यानपावर व्यवसायीले प्रत्येक वर्ष साढे तीन लाखभन्दा बढी कामदारलाई रोजगारीमा पठाउने गरेका छन् । 

 


प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान आइतबार, जेठ १०, २०८३
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र शनिबार, जेठ ९, २०८३
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन शुक्रबार, जेठ ८, २०८३
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय बिहीबार, जेठ ७, २०८३
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव बुधबार, जेठ ६, २०८३
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने बुधबार, जेठ ६, २०८३
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP