Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • गुलियो कति खाने ?
गुलियो कति खाने ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ११, २०८२

 

गुलियो खानेकुरा खानै हुँदैन भन्ने होइन । स्वस्थ व्यक्तिले ठीक मात्रामा खाँदा गुलियोले खासै बेफाइदा गर्दैन । हाम्रो खानामा कार्बोहाइड्रेट्स बढी हुन्छ । हामीले दुई छाक भात खान्छौं । यसैबाट प्रशस्त मात्रामा शरीरलाई चाहिने ग्लुकोज र ऊर्जा प्राप्त हुन्छ । यसमाथि थप गुलियो खाना वा चिनी खायो भने शरीरलाई चाहिनेभन्दा बढी ऊर्जा जम्मा हुन्छ, जसका कारण मोटोपना बढ्छ । आवश्यकभन्दा बढी क्यालोरी खाने गर्‍यो भने मोटोपना, मधुमेह, मुटुरोग, क्यान्सर, दाँतका रोगहरू, कलेजोमा बोसो जम्ने, मानसिक तनाव, डिप्रेसनजस्ता स्वास्थ्य समस्याहरू उत्पन्न हुने सम्भावना बढेर जान्छ । 
 

भर्खरै तिहार पर्व मनाएका छौं । तिहारमा हामीले खाएका सेल रोटी, फिनी, अर्सा, अनारसा, झिलंगी आदि घिउ वा तेलमा पकाएको हुनाले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । अहिले सेल रोटी वा अन्य परिकारहरु घरमा पकाउनेभन्दा पनि बजारबाट खरिद गर्ने चलन सुरु भएको छ भने सेल रोटीको ठाउँमा अन्य मिठाईसमेत प्रयोग गर्न थालिएको छ । उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपना, हृदयघात, मस्तिष्कघात, थाइराइड, क्यान्सरजस्ता जटिल स्वास्थ्य समस्याहरूको सुरुआत ‘इन्सुलिन रेजिन्स्टेन्ट सिन्ड्रोम’ हो र यो गुलियो धेरै खाँदा उत्पन्न हुन्छ । त्यसैले चाडवाडको बेला धेरै परिकारमा गुलियोको प्रयोग हुने हुँदा शरीरमा चिनीको मात्रा बढ्न गई कोलेस्टेरोल बढाउँछ, रक्तचाप/मधुमेह/अम्लपित्त आदिको समस्या ल्याउन सक्दछ ।

हाम्रो समाजमा एउटा प्रचलित भनाइ छ– ‘रातो राम्रो, गुलियो मीठो ।’ सबैलाई मीठो खान मन पर्छ । धेरैलाई गुलियो खानेकुरा मीठो लाग्छ । मीठो भनेकै गुलियो हो भन्ने धेरैजनाको बुझाइ पाइन्छ । स्वास्थ्यका दृष्टिकोणले गुलियो खानेकुरा कति लाभदायी छ र यो कति खाने भन्नेबारे यहाँ संक्षेपमा वर्णन गर्ने प्रयास गरिएको छ । ‘गुलियो’ एउटा स्वाद हो । यो स्वाद चिनी मिसिएका खानेकुरामा पाइन्छ । प्राकृतिक स्रोतबाट बनेको चिनी फलफूल, तरकारी र अन्नहरूमा पाइन्छ । उद्योगहरूले उत्पादन गर्ने चिनी कृत्रिम हो र यो धेरै प्रकारको हुन्छ । मीठो स्वाद दिनका लागि हामीले चिया, कफी, दूध, सर्बत, रोटी, मिठाईलगायत धेरै खानेकुराहरूमा चिनी मिसाउने गर्दछौं । उद्योगहरूले उत्पादन गर्ने तयारी खानेकुराहरू जस्तै– बिस्कुट, केक, कुकिज आदि र बोतलमा बन्द गरिएका पेय पदार्थहरू जस्तै– कोक, फ्यान्टाहरूमा धेरै मात्रामा चिनी मिसाइएको हुन्छ । यस्ता गुलिया खानेकुराहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।

Hardik health

चिनी कार्बोहाइड्रेट्स समूहको खाद्यपदार्थभित्र पर्दछ । चिनीका विभिन्न रूप र नामहरू छन् । ती हुन् ग्लुकोज, फ्रुक्टोज, सुक्रोज, डेक्सट्रोज, ल्याक्टोज, गालाक्टोज, माल्टोज, सेलुलोज आदि । यिनीहरूमध्ये ग्लुकोज, फ्रुक्टोज र गालाक्टोज अलि हलुका र साधारण प्रकृतिका चिनीहरू हुन्, जसलाई मोनोस्याकाराइड भनिन्छ । यिनीहरू सजिलै पानीमा घुलिन्छन् र यिनीहरूबाट तुरुन्तै ऊर्जा प्राप्त हुन्छ । अलि गह्रुंगा र जटिल प्रकृतिका चिनीहरूको समूहमा सुक्रोज, ल्याक्टोज, माल्टोज, सेलुलोज, स्टार्च आदि पर्दछन् । यिनीहरू दुई वा सोभन्दा बढी मोनोस्याकाराइड मिलेर बनेका हुन्छन् । जस्तै– ग्लुकोज र फ्रुक्टोज मिलेर सुक्रोज बन्दछ ।

ग्लुकोज र गालाक्टोज मिलेर ल्याक्टोज बन्दछ । यस्तै प्रकारले दुईवटा ग्लुकोज मिलेर माल्टोज बन्दछ । यी जटिल चिनीहरू हाम्रो शरीरभित्र पाचनरसको असरबाट ग्लुकोजमा टुक्रिन्छन् । मह, फलफूल र तरकारी प्राकृतिक चिनीका महŒवपूर्ण स्रोतहरू हुन् । उखुमा सुक्रोज हुन्छ । उखुलाई पेलेर यसबाट निस्किएको रसलाई प्रशोधन गरी उद्योगहरूले चिनीको उत्पादन गर्दछन्, जुन टेबल चिनीको रूपमा सबैको घर–घरमा पुग्दछ । यो चिनीलाई चिया, रोटी, मिठाई, पेयपदार्थ आदिमा मिसाई मीठो मानेर खाइन्छ । ल्याक्टोज यस्तो चिनी हो, जुन वनस्पतिबाट निकाल्न सकिँदैन । यो दूधमा मात्र पाइन्छ । विश्वमा मान्छेले अत्यन्तै ठूलो मात्रामा चिनीको खपत गर्दछन् । एउटा व्यक्तिले बर्सेनि सरदर २४ किलो चिनी खपत गर्दछ । अमेरिकीहरूले यसको दोब्बर मात्रामा अर्थात् बर्सेनि ५० किलोसम्म चिनीको खपत गर्दछन् । धेरै मात्रामा चिनीको उपभोग गर्नाले मोटोपना, मधुमेह, मुटुरोगजस्ता स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन् । विश्वमा चिनी नखाने कुनै जात, वर्ग, लिंग छैन ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रत्येक व्यक्तिले आफूलाई आवश्यक दैनिक ऊर्जा (क्यालोरी) को पाँच प्रतिशतसम्म मात्र चिनीको उपभोग गर्नुपर्दछ । यो भनेको दुई हजार क्यालोरी ऊर्जा चाहिने व्यक्तिले १०० क्यालोरीसम्म ऊर्जा दिने मात्रामा चिनी खानुपर्छ । एक ग्राम चिनीले चार क्यालोरी ऊर्जा दिन्छ । २५ ग्राम चिनीले १०० क्यालोरी ऊर्जा दिन्छ । २५ ग्राम भनेको पाँच चिया चम्चा हो । यस प्रकार दुई हजार क्यालोरी ऊर्जा बराबरको खाना खाने व्यक्तिले दैनिक पाँच चिया चम्चासम्म मात्र चिनीको उपभोग गर्नु स्वास्थ्यवद्र्धक मानिन्छ । यसभन्दा बढी चिनीले विभिन्न रोग उत्पन्न गराउन सक्छ । हामीले एक कप चियामा दुई चम्चा चिनी हाल्छौं । दिनमा चार–पाँच कप चिया खाँदा ८–१० चम्चा चिनी हुन जान्छ । पाँच सय मिलिलिटरको मझौला कोकाकोलामा १२ चम्चा चिनी हुन्छ । आधा कप आइसक्रिममा पाँच चम्चा चिनी हुन्छ । एउटा रसवरी वा लालमोहनमा चार चम्चा चिनी हुन्छ । यस प्रकार हामीले सजिलै बुझ्न सक्छौं कि विचार नगरी खाने हो भने हामीले आवश्यकभन्दा धेरै गुणा बढी मात्रामा चिनी खाइराखेका हुन्छौं । यसैको एउटा नतिजा हो नसर्ने रोगहरू जस्तै– अति मोटोपना, मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मानसिक रोग आदि बढ्दै जानु ।

चिनी, पाचन प्रणाली र इन्सुलिन
खानाको रूपमा मुखभित्र पसेपछि विभिन्न पाचनरस (इञ्जाइम) को असरबाट जटिल चिनी साधारण चिनीहरूमा टुक्रिन्छन् । ल्याक्टोजलाई ल्याक्टाजले, माल्टोजलाई माल्टाजले र सुक्रोजलाई सुक्राजले टुक्र्याइदिन्छ । यिनीहरूबाट शरीरमा ग्लुकोज, फ्रुक्टोज र गालाक्टोज बन्दछन्, जसले ऊर्जा प्रदान गर्दछन् । अन्तिममा गएर पु्रmक्टोज र गालाक्टोज पनि ग्लुकोजकै रूपमा परिवर्तन हुन्छन्, जुन शरीरले ऊर्जाको रूपमा प्रयोग गर्छ । प्रयोग नभएको ग्लुकोज, फ्रुक्टोज र गालाक्टोज कलेजो र मांसपेशीमा सञ्चित भएर रहन्छन् । यिनीहरू अत्यधिक मात्रामा जम्मा भएमा बोसोमा परिवर्तन भई पेट र अन्य भागहरूमा जम्मा हुन्छन् । ग्लुकोजलाई ऊर्जामा परिवर्तन गर्न इन्सुलिन नामक हर्मोनको आवश्यकता पर्दछ । इन्सुलिनले ग्लुकोजलाई कोशिकाभित्र पठाउन मद्दत गर्छ, जहाँ ग्लुकोजबाट ऊर्जा उपन्न हुन्छ । इन्सुलिन भएन भने ग्लुकोज कोशिकाभित्र पस्न सक्दैन र रगतमै जम्मा भइरहन्छ । ग्लुकोजको मात्रा रगतमा बढ्दै जाने रोगलाई मधुमेह भनिन्छ ।

चिनीको लतको जोखिम
रक्सी र चुरोटमा जस्तै चिनी, गुलियो खानेकुराहरू र प्रशोधित कार्बोहाइड्रेट्सयुक्त खानेकुराहरूमा पनि लत बस्छ । गुलियो वा कार्बोहाइड्रेट्स धेरै भएको खानेकुरा खाने बानी परेपछि त्यो खाइराख्न मन लाग्छ । चकलेट, आलु, केक, आइसक्रिम, बिस्कुट आदि खाने बानी परेपछि यसमा लत बस्छ । यस्तो लत हिजोआजका बालबालिका र युवायुवतीहरूमध्ये धेरैमा बसेको देखिन्छ । लत बसेको खानेकुरा छिन–छिनमा खाइराख्न मन लाग्छ । यस्तो लतले शारीरिक तथा मानसिक दुवै प्रकारको स्वास्थ्य समस्या उत्पन्न गराउँछ ।

गुलियो खानेबित्तिकै यसलाई पचाउन शरीरमा इन्सुलिन निस्किन्छ । छिन–छिनमा खाने बानीले इन्सुलिन पनि छिटो–छिटो निस्किनुपर्ने हुन्छ । यसो हुँदा शरीरमा धेरै मात्रामा इन्सुलिन जम्मा हुन पुग्छ र यसको काम गर्ने क्षमता कमजोर भएर जान्छ । इन्सुलिन थाक्छ । यसै समयमा तनावको हर्मोन अर्थात् कोर्टिजोल उत्पादन हुन्छ । गुलियो खाने बानीले तनाव उत्पन्न गराउँछ र पछि गएर मान्छे डिप्रेसनको सिकार हुन सक्छ ।

चिनी र स्वास्थ्य समस्याहरू के हुन सक्छन् ?
गुलियो खानेकुरा खानै हुँदैन भन्ने होइन । स्वस्थ व्यक्तिले ठीक मात्रामा खाँदा गुलियोले खासै बेफाइदा गर्दैन । हाम्रो खानामा कार्बोहाइड्रेट्स बढी हुन्छ । हामीले दुई छाक भात खान्छौं । यसैबाट प्रशस्त मात्रामा शरीरलाई चाहिने ग्लुकोज र ऊर्जा प्राप्त हुन्छ । यसमाथि थप गुलियो खाना वा चिनी खायो भने शरीरलाई चाहिनेभन्दा बढी ऊर्जा जम्मा हुन्छ, जसका कारण मोटोपना बढ्छ । आवश्यकभन्दा बढी क्यालोरी खाने गर्‍यो भने मोटोपना, मधुमेह, मुटुरोग, क्यान्सर, दाँतका रोगहरू, कलेजोमा बोसो जम्ने, मानसिक तनाव, डिप्रेसनजस्ता स्वास्थ्य समस्याहरू उत्पन्न हुने सम्भावना बढेर जान्छ । शरीरलाई आवश्यकभन्दा बढी क्यालोरी दिने खाना नखाने र आहारलाई सबै थरीका पौष्टिक तत्‍वहरूसहितको सन्तुलित बनाउने प्रयास सबैले गर्नुपर्छ ।

मोटोपना घटाउनका लागि गुलियो खान छोड्नुपर्छ । यस्तै प्रकारले मधुमेह रोगबाट पीडितहरूले पनि क्यालोरीको हिसाब गरेर कम कार्बोहाइड्रेट्सयुक्त खाना खानु उचित हुन्छ । मुटुरोगीहरूका लागि चिल्लोभन्दा गुलियो खाना बढी हानिकारक हुन्छ । धेरै मानिसलाई चिल्लो पदार्थ रक्तनलीमा गएर जम्छ र हृदयघात हुन्छ भन्ने भ्रम भएको पाइन्छ । वास्तवमा भन्ने हो भने धेरै गुलियो खाएर यसबाट शरीरभित्र बन्ने बोसोले हृदयघातको सम्भावनालाई बढाउँछ । खानामा भएको खराब चिल्लो (ट्रान्स फ्याट) ले अवश्य हानि गर्दछ तर असल चिल्लो (घिउ, दूध, दही, माछा, मासु) आदि ठीक मात्रामा खाँदा स्वास्थ्यलाई फाइदा गर्छ । यस कारण भनेको हो– घिउ खान डराउनु पर्दैन, बरु चिनी खान डराउनुपर्दछ । हिजोआज धेरैलाई नसर्ने रोगहरूको समस्या छ । गुलियो र प्रशोधित कार्बोहाइड्रेट्स धेरै भएको खाना खाएमा रोग लाग्ने सम्भावना बढ्छ । स्वस्थ रहन सन्तुलित भोजन लिनुका साथै चिनी मिसाइएको र प्रशोधन गरिएको कार्बोहाइड्रेट्सयुक्त खाना सकेसम्म कम मात्रामा उपभोग गर्नुपर्दछ ।

 


प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP