Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १०, २०८२
पदम श्रेष्ठ

सूर्य उपासना छठ, मिथिलावासीको मौलिक पर्व हो । कार्तिक शुक्ल चतुर्थदेखि सुरु हुने छठ पूजा नेपाल सम्वत्को छैटौं दिन षष्ठी पूजा अस्ताउँदो सूर्यलाई अघ्र्य दिने र बिहान उदाउँदो सूर्यको उपासनासँगै समापन गरिन्छ । छठपर्व मिथिला भूमि जनकपुरलाई मूल मानी तराईको नारायणगढसम्म र भारतको बिहारसम्म भव्यरुपमा मनाइन्छ । ने.सं. ११०५ अर्थात् ४० वर्षदेखि काठमाडौंवासी मधेसी समुदायबाट पशुपतिको रामघाट, कमलपोखरी, कुपण्डोल बागमतीघाट, टंकेश्वर, कुमारी क्लब बल्खु, बोक्सिदह, रामघाट, टंकेश्वर, कुलेश्वरलगायतका पोखरी तथा नदी किनारालाई छठीया पर्व पार्कका रूपमा उत्थान गरी मनाउँदै आइरहेका छन् ।

तराईबाट काठमाडौं बसोबास गरेका मिथिला मधेसी समुदायमात्र नभई तराईवासी अन्य समुदायमा पनि छठपर्वमा सूर्य उपासना व्रत बस्ने परम्परा व्यापक बन्दै जान थालेको पाइन्छ । सर्लाही घर भई ललितपुरको कुपण्डोल बस्दै आएकी मञ्जु रञ्जितकार तराईमा हुँदा तराईकै मौलिक मैथिली भाषा बोलेको र त्यहीको समुदायसँगको संगतमा छठलगायतका पर्वहरुलाई आत्मसात् गरिएको बताउँछिन् । काठमाडौं आइसकेपछि पनि तराई मधेसको यो छठपर्व मनाउँदै आएको उनले बताइन् । अति चोखो भई ठेगुवा, अनर्सा, केरा फलफूल प्रसाद राखी नदी किनारस्थित छठघाटमा सूर्य उपासनाको व्रत राखिन्छ । नेवारको नाउँमा निनी पाजु अजीबाहेक सासु, छिमेकीसँग मैथिली भाषा नै बोल्ने, श्रीमान् र बच्चाहरुसँग नेपाली भाषा नै प्रयोग गर्ने उनले सुनाइन् । उपत्यकामा बसाइ आइसके पनि तराईका थुप्रै नेवार तथा गैरनेवारहरुले छठलगायतका पर्वहरु नै मनाउने गरेको पाइन्छ ।

सूर्य वास्तविकतामा प्रत्यक्ष दर्शन गर्न सकिने प्राकृतिक देवता हुन् । हामी सबैलाई के थाहा छ भने सूर्यको उदय र अस्त नभएमा यो ब्रह्माण्डको सृष्टि र प्रलयसमेत ठप्प हुन्छ । पानी पार्ने, हावा चल्ने, अन्न उत्पादनदेखि अनेक कर्ममा सूर्यको ठूलो महिमा रहेको हुन्छ । जहाँ घाम लाग्दैन त्यहाँ अन्न उत्पादन पनि हुँदैन भने मानव सिर्जना र प्रगति पनि शिथिल हुने गरेको पाइन्छ । त्यसैले मिथिला सभ्यतामा सूर्य उपासनाको ठूलो महिमा रहेको पाइन्छ । छठपर्वलाई विशेषगरी चार दिन मनाइन्छ । छठपर्वको पहिलो दिनलाई नुनाइघाट, दोस्रो दिन साँझियाघाट, तेस्रो दिन बिहानियाघाट र चौथो दिन सूर्य उपासनागरी भव्यरुपमा मनाइन्छ । 

नुवाइघाट 
बिहानैदेखि घर–सफाइ र नुवाइधुवाइ गरिन्छ । पर्वको पहिलो दिन नुन नभएको तरकारी भात र मिठाई, खीर खाई सूर्य उपासनाका लागि आफूलाई शुद्धीकरण गरिन्छ । बिलुनो खानाले काम क्रोध, लोभ, मोह र अहंकारको पाप कर्मबाट टाढा रही भगवान्मा समर्पण गर्न सकिन्छ भन्ने यो परम्पराको मान्यता हो । हुन पनि नुनविहीन खाना खानले मनमा शान्ति र शरीरमा प्रेसर आउन दिँदैन भन्ने अनुभूति कुनै समुदायमा मृत्यु कर्म बार्दा नुन नखाने परम्परा रहेको पाइन्छ । शान्त हृदयमा दिनभर ईश्वरको आराधना गर्दै सूर्य उपासनाका लागि तयारी गरी भोलिपल्ट साँझ साँझियाघाट मनाइन्छ ।

Hardik health

साँझियाघाट
दोस्रो दिन साँझ अस्ताउँदो सूर्यको उपासना गर्न नदी–पोखरीमा पूजा गरी छठीमातालाई बिदाइ गरिन्छ । यसका लागि नदी वा पोखरीको किनारमा बसी घरघरमा लिपपोत, सफाइ गरी शुद्धसँग बनाएको ठेगुवा, अनर्सा, केरा फलफूलका परिकारलाई माटो वा बेत बाँस, कुरो, परालले बनाएको ढक्कीमा राखी सूर्य उपासनाका लागि प्रसादका रुपमा राखिन्छ । रातभर अति कष्टपूर्वक नसुतिकनै सूर्य उदयको प्रतीक्षाका साथ छठीया माताको उपासना गरिन्छ । 

बिहानिया घाट
तेस्रो दिन सम्भवतः बिहान ५ः१५ बजेदेखि ७ः०० बजेसम्मको उदाउँदो सूर्यको पूजा आराधना भव्यरुपमा हुने गर्दछ । यस समय लाग्छ, विश्वका मानवलगायतका प्राणीलाई ईश्वरले एकसाथ दर्शन दिँदै छन् । एकातिर छठीया पार्कमा भक्तजनहरुले सूर्यलाई जल, फलफूल, नैवेधको अघ्र्य दिइरहँदा अर्कोतर्फ छठीया गीत भजन घन्किरहेका हुन्छन् ।

सूर्य जीवनलाई संरक्षण गरिराख्ने सर्वशक्तिमान् देवता हुन् । महान् चाड दसैं–तिहारलगत्तै सुरू हुने छठपर्व सूर्य उपासना चन्द्र तिथिअनुरूप मनाइन्छ । भनिन्छ, छठपर्व मिथिला सभ्यतामा आधारित भए पनि प्रकृतिकपूजकका लागि यो पर्व एउटा आधार बन्न सक्दछ । छठ पूजालगतै व्रतालु भक्तजनबीच फुस्रो सिन्दुर अविर आदि एक आपसमा लगाइदिने प्रसादका रुपमा लगिएका मिठाई, प्रसाद बाँडिन्छ । लाग्छ भगवान्ले भक्तजनलाई प्रत्यक्ष दर्शन आशीर्वाद प्रदान गरिहेको छ । सूर्य पूजनको प्रक्रिया सकिएलगतै घरघर पुगी प्रसाद बाँडीचुँडी खाने÷खुवाउने कर्म दिनभर चलिरहन्छ ।

छठ पूजामा प्रयोग हुने सामग्री
भनिन्छ, छठ पूर्णरूप विशुद्ध प्राकृतिक पूजा भएकोले चोखो नितोमा विशेष ध्यन दिइन्छ । यदि प्रसाद बनाउँदा अशुद्ध, जुठो र मनमा क्लेस राखी बनाएमा त्यो पूजा प्रसादले घर परिवारलाई कुनै पनि सुख शान्ति दिँदैन भन्ने मान्यता रहेको पाइन्छ । त्यसैले छठीया पूजामा माटोको भाँडाकुँडा, बेत, बाँस र घाँसको ढकी, डालो, चाल्नी, अम्रिसोको कुचो, धातुमा तामाको सामग्री अनिवार्य चोखो मानिन्छ ।

प्रसादीका रुपमा ठेगवा (मालपुवा), बतासा (मिश्री), सिगरा (चेरी), बोटसहितको उखु, अदुवाको बोट, केरा, स्याउ, सुन्तला, सानो बयर, केराउ, चामल र मिठाई श्रद्धापूर्वक देवतामा अर्पण गरिन्छ र सोही परिकार प्रसादीका रुपमा खाने खुवाउने गरिन्छ । मिथिलावासीको छठलगतै वा सँगसँगै तराईका आदिवासी थारु समुदायको पनि दाजुभाइको प्रगति सुस्वास्थ्यको कामना गर्दै समाचखेवा पर्वको थालनी हुने परम्परा छ ।
 


प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP