Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायलमा सहायक कामदारको माग थपिँदै 
इजरायलमा सहायक कामदारको माग थपिँदै 
सोमबार, असोज ८, २०८०

काठमाडौं– इजरायलले दीर्घकालीन स्याहार केन्द्रका लागि सहायक कामदार (केयर गिभर)को अभाव हुन नदिन थप आप्रवासी कामदार भित्र्याउने तयारी थालेको छ । इजरायलले केयर गिभरका लागि कामदार भित्र्याउने तयारी थालेपछि त्यहाँस्थित नेपाली राजदूतावासले नेपाली कामदारलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै आवश्यक छलफल तथा परामर्श अघि बढाउने भएको छ ।

इजरायलले यसअघि गएका नेपाली कामदारहरुले विश्वास जितेको भन्दै नेपालबाट थप कामदार लैजाने संकेत देखाएको दूतावासले जनाएको छ । नेपालबाट थप एक हजार ५०० भन्दा बढी केयर गिभर लैजाने अनौपचारिक जानकारी पाएपछि दूतावासले आवश्यक तयारी गरिरहेको बताइएको छ ।

दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले यही असोज ९ गते (मंगलबार) इजरायलमा सहायक कामदार भित्र्याउने सम्बन्धमा नेपाललाई दिने सक्ने निश्चित कोटामा छलफल हुने बताए । दीर्घकालीन स्याहार केन्द्रमा विदेशी कामदार अभाव देखिएपछि उक्त क्षेत्रमा नेपालीहरुलाई अवसर दिने सम्बन्धमा इजरायली पक्ष सकारात्मक देखिएको उनले जानकारी दिए । हाल इजरायलमा जिटुजी सम्झौतामार्फत गएर काम गर्ने नेपालीको संख्या एक हजार १०० भन्दा बढी रहेका छन् । 

त्यस्तै गत हप्ता गैरआवासीय नेपाली संघ इजरायलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पनि राजदूत कान्ता रिजालले एक हजारभन्दा बढी नेपाली केयर गिभरलाई रोजगारीको अवसर दिने सम्बन्धमा इजरायली पक्षसँग छलफल भइरहेको बताएकी थिइन् ।

Hardik health

यसअघि थप ५०० नेपाली सहायक कामदार लैजान सकिने बताउँदै आए पनि निरन्तरको प्रयासबाट इजरायल माग संख्या थप्न सकारात्मक भएको बताइएको छ । इजरायली पक्षबाट निश्चित कोटा तोकेर नयाँ कामदार भर्नाका लागि छिट्टै सम्झौता गर्ने आवश्वासन दिएपछि दूतावासले यसको तयारी गरिरहेको जनाएको छ । 

यस्तै नयाँ कामदार भर्नाका सम्बन्धमा मात्र नभई जिटुजी प्रक्रियामार्फत इजरायलमा काम गरिरहेका नेपालीहरूले झेलिरहेको भिसा नवीकरणलगायतका समस्या समाधानका लागि पनि दूतावासले पहल गरिरहेको उल्लेख गरेको छ । जसमा ३०० भन्दा बढी कामदारको भिसा नवीकरणमा ढिलाइ भइरहेको बताइएको छ । 

इजरायलले थप नेपालीलाई रोजगारीको अवसर दिने प्रतिबद्धता जनाए आवश्यक तयारी गर्ने वैदेशिक रोजगार विभाग इजरायल शाखाले जनाएको छ । यसअघि एक कार्यक्रममा इजरायलमा नेपालीहरुले केयर गिभरको रुपमा राम्रो पारिरहेको भन्दै नेपालका लागि इजरायली राजदूत हनान गोडेरले वार्षिकरूपमा नेपाली कामदारको माग संख्या वृद्धि गर्दै लैजाने आफ्नो सरकारको नीति रहेको बताएका थिए । उनले अहिले पनि भिसा जारी हुन ढिलाइ भएका कामदारहरुलाई क्रमैसँग भिसा दिँदै रोजगारीका लागि अवसर दिइरहेको बताए ।

आकर्षक गन्तव्य मानिएको इजरायल जाने नेपाली कामदारले मासिक एक हजार ६०० डलर अर्थात् हालको विनिमयअनुसार दुई लाख १० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने गर्छन् । रोजगारीका लागि इजरायल जाने कामदारको करार सम्झौता एक वर्षको हुने भए पनि पाँच वर्षसम्म भिसा नवीकरण हुने व्यवस्था छ । इजरायलले पछिल्लो समय केयर गिभरबाहेक कृषि तथा निर्माण क्षेत्रमा पनि नेपाली कामदार लैजाने सकिने बताउँदै आएको छ ।

 


प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP