Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम आप्रवासनका समस्या सम्बोधन गर्न ४७ बुँदे निर्णय
श्रम आप्रवासनका समस्या सम्बोधन गर्न ४७ बुँदे निर्णय
अशोक घिमिरे
अशोक घिमिरे शुक्रबार, असोज ५, २०८०

काठमाडौं– सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानुनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुंग्याउने निर्णय गरेको छ । गत भदौ २५ र २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको १२ वटा मुख्य श्रम गन्तव्य मुलुकस्थित नेपाली राजदूतसमेतको बैठकले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभिन्न ४७ बुँदे निर्णय गरेको हो ।

बैठकले नयाँ श्रम गन्तव्य मुलुकसँग द्विपक्षीय सम्झौता गर्ने, नयाँ गन्तव्य मुलुकको खोजी गर्ने, श्रमिकको हक अधिकार र सामाजिक सुरक्षाको प्रत्याभूति गराउने, श्रम स्वीकृति प्रक्रियालाई सरलीकरण गर्ने, कूटनीतिक नियोगको भूमिकालाई प्रभावकारी बनाउने, सेवा शुल्क निर्धारण गर्नेलगायत निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले जानकारी दिए ।

बैठकले श्रम मन्त्रालयसम्बद्ध मुलुकस्थित कूटनीतिक नियोगसँगको समन्वयमा नयाँ श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता प्रक्रिया अगाडि बढाउने, श्रमिकको हक, अधिकार, सामाजिक सुरक्षालगायत विषय द्विपक्षीय श्रम सम्झौतामा नै सुनिश्चित गर्ने, श्रमिकको शव फिर्ता र पुनःएकीकरण कार्यक्रमलगायत कल्याणकारी दायित्व समेट्ने विषय सुनिश्चित गर्न पहल गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयमा ‘श्रम आप्रवासन महाशाखा’ स्थापना गर्ने, परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयसँगसमेत समन्वय गरी उक्त महाशाखाको कार्यविवरण र दरबन्दी यकीन गरी एक महिनाभित्र निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने, सोका लागि कानुनी प्रक्रिया पूरा गर्न संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयसँग आवश्यक सहजीकरण गर्ने निर्णय गरेको मन्त्री भण्डारीले जानकारी दिए । ‘परराष्ट्रले श्रम मन्त्रालयसँग सहजीकरण गरी ‘रोमिङ एम्बेसडर’÷श्रम सहचारीसमेतको प्रबन्ध हुने गरी महाशखाको कार्ययोजना तर्जुमा गर्नेछ,’ उनले भने ।

Hardik health

बैठकले परराष्ट्र मन्त्रालयमा राय÷परामर्शका लागि प्रेषित वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ माथि सात दिनभित्र श्रम मन्त्रालयलाई राय उपलब्ध गराउने, परराष्ट्रको रायपछि श्रम मन्त्रालयले संशोधनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने, मागपत्र प्रमाणीकरणसम्बन्धी वैदेशिक रोजगार ऐनको प्रावधानमा आवश्यक संशोधनका लागि श्रम मन्त्रालयले प्रस्ताव पेस गर्ने र माग प्रमाणीकरण गर्ने कार्यलाई थप सरल र प्रभावकारी बनाउन श्रम सहचारीलाई मुख्य जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति लिने प्रक्रियासम्बन्धी निर्देशिका, २०६९ मा संशोधन गरी उच्च दक्ष र दक्ष कामदारको भिसा प्रमाणीकरण प्रक्रिया सरलीकृत गर्ने, व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको हकमा श्रम मन्त्रालयले निश्चित मापदण्ड तयार गरी कूटनीतिक नियोग प्रमुखलाई विशेषाधिकार दिने व्यवस्था गर्ने बैठकको निर्णय छ ।

बैठकले साउदी अरबस्थित नेपाली कूटनीतिक नियोगले माग प्रमाणीकरण कार्यलाई प्रविधिमैत्री बनाउन अभ्यास गरेको ‘अनलाइन प्रणाली’को अनुकुलता हेरी तत्कालका लागि अन्य नियोगले समेत प्रयोगमा ल्याउने, दीर्घकालमा मागपत्र प्रमाणीकरणलाई पूर्णरूपमा अनलाइन प्रणालीमा आबद्ध गर्न वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा स्तरोन्नति गर्ने र सो प्रणालीलाई कूटनीतिक नियोगसँग आबद्ध गर्ने निर्णयसमेत गरेको मन्त्री भण्डारीले जानकारी दिए ।

विदेशबाटै पुनः श्रम स्वीकृति प्राप्तिका लागि रकम भुक्तानी प्रक्रियामा सरलीकरण गर्न श्रम मन्त्रालयले सम्बन्धित कूटनीतिक नियोग र नेपाल राष्ट्र बैंकको समन्वयमा एक महिनाभित्र देशगतरूपमा प्रक्रियागत व्यवस्थापन मिलाउने उनले जानकारी दिए । सबै गन्तव्य मुलुकस्थित नियोगमा राहत उद्धार कोष स्थापना गर्ने, उक्त कोषमा नियोगबाट प्रदान गरिने जुनसुकै प्रकारका सेवाबापत प्राप्त शुल्कको निश्चित प्रतिशत रकम जम्मा गर्ने, कोषको परिचालन गर्न परराष्ट्र मन्त्रालयले एक महिनाभित्र निर्देशिका तयार गरी मन्त्रिपरिषद्मा पेस गर्ने र त्यसका लागि अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ ।

वैदेशिक रोजगार बोर्डबाट नियोगलाई उपलब्ध हुने चक्रीय कोष सञ्चालन गर्न पारदर्शी र व्यवस्थित परिचालनका लागि बोर्डले खर्च गर्नेसम्बन्धी कार्यविधि एक महिनाभित्र तयार गरी उपलब्ध गराउने, वैदेशिक रोजगारीका क्रममा अशक्त भई कोमामा रहेका नेपालीलाई फिर्ता ल्याई उपचार गर्न नेपालमा हेरचाह केन्द्र खोल्ने कार्य अघि बढाउने, श्रम स्वीकृतिको अवधि सकिएका, विभिन्न भिसामा गएका नेपालीको हकमा शव व्यवस्थापन तथा ढुवानीको सम्पूर्ण खर्च सम्बन्धित नेपाली नियोगमा रहेको कोषबाट खर्च गर्ने र सो रकमको शोधभर्ना सरकारले गर्ने बैठकको निर्णय छ ।

‘हाल कूटनीतिक नियोग स्थापना नभएका तर १० हजारभन्दा बढी नेपाली श्रमिक रहेका मुलुकमा ‘ड्राई पोस्टिङ’ (खटिइएका कर्मचारीले परिवारबाहेकको मात्र सुविधा पाउने) गरी नेपाली कूटनीतिक नियोगको स्थापना गर्ने, सो नियोगमा एक जना परराष्ट्रको उपसचिव, एक श्रम सहचारी र एक स्थानीय कर्मचारी गरी तीन जनाको दरबन्दी रहनेगरी परराष्ट्रले दुई महिनाभित्र संगठन तथा व्यवस्थापन सर्भेको प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा पेस गर्ने, त्यसका लागि अर्थ र संघीय मामिला मन्त्रालयले सहजीकरण गर्ने निर्णय भएको छ,’ मन्त्री भण्डारीले भने ।

पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएशिया, माल्दिभ्स, पोल्याण्ड, टर्कीलगायत युरोपका मुलुकमा १० हजारभन्दा बढी श्रमिक रहेको अनुमान गरिएको छ । यी मुलुकमा श्रम काउन्सिलर र श्रम सहचारीको दरबन्दी सिर्जना तथा थप गर्न श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयको समन्वयमा एक महिनाभित्र प्रस्ताव पेस गर्ने बैठकको निर्णय छ ।

जापान, जर्मनी, अस्ट्रिया, इजरायलमा एक÷एक जना श्रम काउन्सिलर र सहचारी तथा दक्षिण कोरियामा एक जना श्रम सहचारी नियुक्तिका लागि दरबन्दी सिर्जना गर्नुपर्ने बैठकले ठहर गरेको छ । अब नियुक्त हुने काउन्सिलर र सहचारीको कार्यअवधि न्यूनतम तीन वर्षको हुनेछ । यसअघि काउन्सिलर र सहचारीको अवधि दुई वर्षको रहेको छ ।

गन्तव्य मुलुकको सामाजिक सुरक्षा नेपालको सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने वा कामदारको सम्झौताको अवधि समाप्त भएपश्चात जम्मा भएको रकम फिर्ता पाउने गरी द्विपक्षीय समझदारीमा समावेश गर्ने, कोषमा आबद्धताको निरन्तरताका लाागि भुक्तानी विधि सरलीकृत गर्न श्रम मन्त्रालयले सम्बन्धित नियोग र राष्ट्र बैंकसँग समन्वय गरी विधि तयार गर्ने बैठकले निर्णय गरेको मन्त्री भण्डारीले जानकारी दिए ।

बैठकले रोजगारदाता कम्पनीले सेवा शुल्क प्रदान गरेकामा इजाजतपत्रवालाले कुनै पनि भर्ना शुल्क लिन नपाउने गरी ‘इम्प्लोयर्स पे प्रिन्सिपल’ लागू गर्ने, रोजगारदाताले सेवा शुल्क नदिएको अवस्थामा इजाजतपत्रवालाले बढीमा एक महिनाको तलब सेवा शुल्कबापत लिन पाउने, यस्तो शुल्क देशगतरूपमा विशिष्टीकरण गरी एक लाख रुपैयाँभन्दा बढी लिन नपाउने गरी श्रम मन्त्रालयले सेवा शुल्क निर्धारण गर्ने निर्णय गरेको छ । संसदीय समितिको निर्देशन, सम्बन्धित मुलुकको वस्तुगत अवस्था र सुरक्षाका उपाय अपनाएर मात्र घरेलु कामदार पठाउने कार्य नमूना ‘पाइलटिङ’को सुरुआत गर्ने बैठकको निर्णय छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उक्त बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रममन्त्री भण्डारी, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, परराष्ट्रसचिव भरतराज पौडेल, विभिन्न १२ वटा मुख्य श्रम गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगका राजदूत, महावाणिज्यदूतलगायतको सहभागिता थियो । रासस

 


प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP