Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राजधानीमै असुरक्षित जनता
राजधानीमै असुरक्षित जनता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ३१, २०८०


२० भदौका दिन भृकुटीमण्डपमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भयो । रिपोर्टर्स क्लबको कार्यक्रममा सहभागी भएर निस्किँदै गर्दा उनीमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट घाइते नेता यादव उपचाररत छन् । उक्त घटनाले राजधानीको सुरक्षा व्यवस्था चुनौतीपूर्ण रहेको भन्दै प्रश्न उब्जाएको थियो । तर उक्त घटना सेलाउन नपाउँदै फेरि अर्को पाशविक घटनाले उक्त प्रश्नमाथि थप पुस्ट्याइँ गरेको छ ।

नेता यादवमाथि आक्रमण भएको १० दिनपछि शनिबार राजधानीको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको सामूहिक हत्या भएको छ । यसले मुलुकको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षाको स्थिति नाजुक रहेको छर्लंग पारेको छ । एकै परिवारका तीनसहित चार जनाको हत्या हुँदा करिब ५०० मिटर दूरीमा रहेको बानेश्वर प्रहरी वृत्तमा रहेका प्रहरीले थाहा पाएनन् । करिब त्यति नै दूरीमा कोटेश्वर प्रहरी प्रभाग छ । यहाँ रहेका प्रहरीे पनि नजिकै गम्भीर प्रकृतिको आपराधिक घटना घटिरहँदा बेखबर रहे ।

घटनामा ७६ वर्षीया शुभद्रा भुजेल, छोरा अन्दाजी ५५ वर्षीय कुमार भुजेल, बुहारी ५२ वर्षीया अम्बिका भुजेल र १९ वर्षीय नवीन राईले ज्यान गुमाए । भुजेल परिवार दोलखाको हो । नवीन भने मोरङको बेलबारीको रहेको खुलेको छ । उनीहरूको हत्या गैह्रीगाउँको दिव्य सःमिल काष्ठ उद्योग परिसरको एक तले जस्तापाताले छाएको टहरामा भएको हो । घटना मध्यरातमा भएको देखिन्छ ।

Hardik health

उपत्यकामा प्रहरीको रात्रिकालीन गस्ती दिनहुँ हुन्छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीका अनुसार शनिबार पनि रात्रिकालीन गस्तीमा प्रहरी परिचालित थिए । रातिको समयमा आपराधिक गतिविधि हुनसक्ने भएकोले त्यसलाई नियन्त्रण गर्न गस्ती गरिन्छ । तर, गैह्रीगाउँ हत्याकाण्डले त्यस्तो गस्तीको प्रभावकारितामाथि नै प्रश्न उठाएको छ ।

जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको दायित्व हो । संविधानले नै नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर, सरकारका सुरक्षा निकाय जनताको जीवनरक्षा गर्ने जिम्मेवारीबाट चुकेको यी घटनाले प्रस्ट पार्दछ । राजधानीमै भइरहेका यस्ता घटनाले जनतामा त्रास उत्पन्न गराएको छ । यस्ता कार्य के कारण भइरहेका छन् भन्नेबारे यथार्थ छानबिन गर्न आवश्यक छ । घटनामा संलग्नहरुको पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ ।

जनतालाई सुरक्षाको अनुभूति दिलाउन सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी राख्नुहुन्न । यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायले सतर्कताका साथ आफ्ना जनशक्ति परिचालन गर्नुपर्छ । शान्ति सुरक्षाको ग्यारेण्टी गर्ने जिम्मेवारी पाएको गृह मन्त्रालय र मातहतका निकायहरु यसमा गम्भीर भएर लाग्नुपर्छ । फेरि यस्ता हिंसात्मक घटना नदोहोरियोस् ।
 


प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP