Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राजधानीमै असुरक्षित जनता
राजधानीमै असुरक्षित जनता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ३१, २०८०


२० भदौका दिन भृकुटीमण्डपमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भयो । रिपोर्टर्स क्लबको कार्यक्रममा सहभागी भएर निस्किँदै गर्दा उनीमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट घाइते नेता यादव उपचाररत छन् । उक्त घटनाले राजधानीको सुरक्षा व्यवस्था चुनौतीपूर्ण रहेको भन्दै प्रश्न उब्जाएको थियो । तर उक्त घटना सेलाउन नपाउँदै फेरि अर्को पाशविक घटनाले उक्त प्रश्नमाथि थप पुस्ट्याइँ गरेको छ ।

नेता यादवमाथि आक्रमण भएको १० दिनपछि शनिबार राजधानीको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको सामूहिक हत्या भएको छ । यसले मुलुकको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षाको स्थिति नाजुक रहेको छर्लंग पारेको छ । एकै परिवारका तीनसहित चार जनाको हत्या हुँदा करिब ५०० मिटर दूरीमा रहेको बानेश्वर प्रहरी वृत्तमा रहेका प्रहरीले थाहा पाएनन् । करिब त्यति नै दूरीमा कोटेश्वर प्रहरी प्रभाग छ । यहाँ रहेका प्रहरीे पनि नजिकै गम्भीर प्रकृतिको आपराधिक घटना घटिरहँदा बेखबर रहे ।

घटनामा ७६ वर्षीया शुभद्रा भुजेल, छोरा अन्दाजी ५५ वर्षीय कुमार भुजेल, बुहारी ५२ वर्षीया अम्बिका भुजेल र १९ वर्षीय नवीन राईले ज्यान गुमाए । भुजेल परिवार दोलखाको हो । नवीन भने मोरङको बेलबारीको रहेको खुलेको छ । उनीहरूको हत्या गैह्रीगाउँको दिव्य सःमिल काष्ठ उद्योग परिसरको एक तले जस्तापाताले छाएको टहरामा भएको हो । घटना मध्यरातमा भएको देखिन्छ ।

Hardik health

उपत्यकामा प्रहरीको रात्रिकालीन गस्ती दिनहुँ हुन्छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीका अनुसार शनिबार पनि रात्रिकालीन गस्तीमा प्रहरी परिचालित थिए । रातिको समयमा आपराधिक गतिविधि हुनसक्ने भएकोले त्यसलाई नियन्त्रण गर्न गस्ती गरिन्छ । तर, गैह्रीगाउँ हत्याकाण्डले त्यस्तो गस्तीको प्रभावकारितामाथि नै प्रश्न उठाएको छ ।

जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको दायित्व हो । संविधानले नै नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर, सरकारका सुरक्षा निकाय जनताको जीवनरक्षा गर्ने जिम्मेवारीबाट चुकेको यी घटनाले प्रस्ट पार्दछ । राजधानीमै भइरहेका यस्ता घटनाले जनतामा त्रास उत्पन्न गराएको छ । यस्ता कार्य के कारण भइरहेका छन् भन्नेबारे यथार्थ छानबिन गर्न आवश्यक छ । घटनामा संलग्नहरुको पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ ।

जनतालाई सुरक्षाको अनुभूति दिलाउन सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी राख्नुहुन्न । यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायले सतर्कताका साथ आफ्ना जनशक्ति परिचालन गर्नुपर्छ । शान्ति सुरक्षाको ग्यारेण्टी गर्ने जिम्मेवारी पाएको गृह मन्त्रालय र मातहतका निकायहरु यसमा गम्भीर भएर लाग्नुपर्छ । फेरि यस्ता हिंसात्मक घटना नदोहोरियोस् ।
 


प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
मनोनयन प्रभावित नहोस्
मनोनयन प्रभावित नहोस् मंगलबार, माघ ६, २०८२
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP