Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #विद्यालय शिक्षा विधेयक
Search Here
साहित्य
  • Home
  • साहित्य
  • त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सुरू
त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सुरू
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १५, २०८०

ललितपुर- त्रिदिवसीय साहित्य महोत्सव काठमाडौं–कलिङ साहित्य महोत्सव’ ललितपुरमा सुरु भएको छ । यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही भदौ १७ गतेसम्म सञ्चालन हुनेछ ।

 महोत्सवको उद्घाटन गर्नु हुँदै परराष्ट्रमन्त्री एनपी साउदले यस कार्यक्रमले दक्षिण एसियाका  संस्कृति आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । “महोत्सव नेपाललाई केन्द्र बनाएर काठमाडौँमा आयोजना हुनु हाम्रो लागि सुखद् पक्ष हो । काठमाडौंसँग वनारस, जनकपुरलाई अयोध्यासँग, विराटनगरलाई कुरु क्षेत्र हस्तिनापुरसँग जोड्न सकेनौँ भने हामी अधुरो हुन्छौँ”, उनले भने, “संस्कृति र भाषाका कारण हामी एकअर्कासँग जोडिएका छौँ । हाम्रो समानता संस्कृत भाषा हो ।” 

विभिन्न देशबाट नेपाल आउनुभएका साहित्यकारलाई यहाँको संस्कृति र सुन्दरतासँग रमाउन र आनन्द लिन परराष्ट्रमन्त्री साउदले आग्रह गरे। काठमाडौं केएलएफकी निर्देशक तथा यशस्वी प्रज्ञाप्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले साहित्यिक र सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो । 

Hardik health

“महोत्सव दक्षिण एसियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको हो”, उनले भने, “पहिलो संस्करणझैँ दोस्रो संस्करणमा पनि नेपालको बृहत् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराबारे विश्लेषण गर्दै नेपाललाई विश्वसामु प्रतिविम्बित गर्ने विषयवस्तुका बारेमा छलफल गर्नेछौँ ।” 

 संस्थापक निरौलाले मन र मस्तिष्क खोलेर साहित्यमा हराउन आग्रह गर्नु हुँदै प्रेरणा, प्रज्ञा र उस्तुकताले भरिएको तीन दिने महोत्सव स्मरणीय हुने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन समारोहमा ‘यशस्वी साहित्य सम्मान’ बाट प्राध्यापक अवधेश प्रधान, अभिनेत्री तथा लेखिका दिव्या दत्ता, प्राध्यापक माधवप्रसाद पोखरेल र अभिनेत्री मनिषा कोइरालालाई सम्मान गरिएको थियो । अभिनेत्री कोइराला कार्यक्रममा उपस्थित हुनुभएको थिएन ।  

यसै वर्षबाट सुरु गरिएको ‘यशस्वी पुस्तक पुरस्कार’ बाट आख्यानतर्फ लेखक विवेक ओझा (ऐँठन), सिर्जनात्मक गैर आख्यानतर्फ डाक्टर नवराज केसी (शून्यको मूल्य), कथातर्फ रेनुका जिसी (सनेश), कवितातर्फ डा महेन्द्र मल्ल (भाषाको बकपत्र), जीवनीतर्फ गोविन्द गिरी ‘प्रेरणा’ (सुश्री पारिजात), बाल साहित्यतर्फ अनुराधा (छमछमको छमछमी), अनुवादतर्फ रिमा केसी (अमृता प्रितमका छानिएका कविता), खाद्य तथा औषधितर्फ नारायण घिमिरे (रैथाने खानपान र चाडपर्व), आत्मकथातर्फ लाक्पा डेन्डी शेर्पा (हिमालय म्याभरिक), अङ्ग्रेजी कवितातर्फ सुशान्त थापा (मिन्स अफ मेरिड) लाई पुरस्कृत गरिएको थियो । 

कार्यक्रमको उद्घाटन समारोहमा केएलएफका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिडा, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान कुलपति निशा शर्मा, प्राध्यापक माधवप्रसाद पोखरेल, डा विवेक देवरोयलगायत उपस्थित थिए । 


प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण आइतबार, भदौ १५, २०८२
‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ शीर्षकमा कविता प्रतियोगिता आयोजना हुँदै
‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ शीर्षकमा कविता प्रतियोगिता आयोजना हुँदै बुधबार, भदौ ११, २०८२
बेलायती अर्थशास्त्री इमन् बट्लरको किताब नेपालीमा, विराटनगरमा विमोचन
बेलायती अर्थशास्त्री इमन् बट्लरको किताब नेपालीमा, विराटनगरमा विमोचन शनिबार, साउन ३, २०८२
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण आइतबार, असार २९, २०८२
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो' शनिबार, असार २८, २०८२
नेपालकाे साहित्यिक र सांस्कृतिक यात्रा स्रष्टाहरूकाे साधनाले बाँचेकाे छ : मन्त्री पाण्डे 
नेपालकाे साहित्यिक र सांस्कृतिक यात्रा स्रष्टाहरूकाे साधनाले बाँचेकाे छ : मन्त्री पाण्डे  बिहीबार, असार १२, २०८२
शाकाहारीलाई सोधिने प्रश्नको उत्तर अब ‘शाकाहारः तर्काधार’मा
शाकाहारीलाई सोधिने प्रश्नको उत्तर अब ‘शाकाहारः तर्काधार’मा आइतबार, असार ८, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP