Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संसदीय समितिको सभापतिमा आरजुदेखि गोकुलको चर्चा
संसदीय समितिको सभापतिमा आरजुदेखि गोकुलको चर्चा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ८, २०८०
  • प्रतिनिधिसभाअन्तर्गत १० वटा संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते दिउँसो ३ः०० बजे
  • रास्वपा र राप्रपालाई बाहिरै राखेर सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलहरुले यसअघि नै सांसद संख्याको आधारमा सभापतिमा भागबण्डा
  • संसदीय समितिको सभापतिमा विवादित पात्रहरु कांग्रेसकी डा. आरजु राणा देउवादेखि पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटासम्मको चर्चा


काठमाडौं– लामो समयदेखि थाँती रहेको संसदीय समितिहरुले भदौ ११ गते सभापति पाउने भएको छ । बुधबार संसद् खुलेसँगै संसदीय समितिहरुले सभापति पाउने निश्चित भएको हो । यसअघि संसदीय समितिले सभापति नपाउँदा विभिन्न विधेयकहरु अड्किएको थियो ।

प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानवाधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा गरी १० विषयगत समिति छन् । ती समिति वैैशाख १५ गते गठन भएका थिए । 

ती समितिहरुको निर्वाचन यही भदौ ११ गते हुने सभामुख देवराज घिमिरले बताए । बिहीबारको सदनमा सभामुख घिमिरेले सभापतिको निर्वाचन भदौ ११ गते दिउँसो ३ः०० बजे हुने जानकारी गराएका हुन् । निर्वाचनका लागि प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयलाई जिम्मेवारी तोकिएको छ ।

यस्तो छ दलीय भागबण्डा
संसदीय समितिको सभापतिमा दलहरुले यसअघि नै भागबण्डा मिलाएका छन् । साउन २२ गते सत्तारुढ दल र प्रमुख प्रतिपक्षीबीच भएको सहमतिअनुसार नेपाली कांग्रेसले चार, माओवादी केन्द्रले दुई, एकीकृत समाजवादी, जसपा र जनमतले एक–एक तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीनवटा संसदीय समितिको नेतृत्व पाउनेछन् । सहमतिअनुसार नै दलहरुले सभापतिमा नाम अघि बढाउने कांग्रेस सचेतक सुशीला थिङले जानकारी दिइन् । ‘११ गते निर्वाचन छ । सहमतिअनुसार नै दलहरु अघि बढ्ने तयारी छ,’ थिङले प्रभावसँग भनिन् ।

Ncell
Hardik health

भागबण्डाअनुसार कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाइ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको नेतृत्व गर्ने भएको छ । यस्तै एमालेले लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको नेतृत्व गर्नेछ ।

माओवादी केन्द्रले पूर्वाधार विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समिति तथा नेकपा एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, जनता समाजवादी पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र जनमत पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको नेतृत्व गर्ने भएको छ । रास्वपा र राप्रपालाई भने कुनै पनि संसदीय समितिको नेतृत्व गर्ने अवसर दिइएको छैन । यसप्रति रास्वपा सभापति रवि लामिछानेले असन्तुष्टि जनाउँदै आएका छन् । 

संसदीय समितिका सदस्य हेरफेर
सभापतिको निर्वाचन तोकिनुअघि बुधबार संसदीय समितिमा सदस्यको नाम हेरफेर गरिएको छ । हेरफेरमा अमनलाल मोदी सार्वजनिक लेखा समितिमा, नागिना यादव कानुन, न्याय तथा मानवअधिकार समितिमा, सांसद संगीता मण्डल धानु शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा, सोनु मुर्मु कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा, किरणकुमार साह महिला तथा मामिला समितिमा रहेका छन् ।

त्यस्तै, डा. शशांक कोइराला अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, रामहरि खतिवडा राज्य व्यवस्था तथा सुशासन समितिमा, रुपा सोशी (चौधरी) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा, सांसद अब्दुल खाँन उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिमा, सांसद विमला सुवेदी कानुन न्याय तथा मानवअधिकार समितिमा र सांसद योगेश गौचन थकाली अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा रहेका छन् । प्रस्तावित हेरफेरलाई सभाले सहमति जनाएको थियो ।
 
आरजुदेखि गोकुलसम्मको सम्भावना

अधिकांश दलहरुले संसदीय समितिको सभापतिको नाम तय गरे पनि सार्वजनिक भने गरेका छैनन् । कांग्रेसले राज्य व्यवस्था समितिमा रामहरि खतिवडालाई अघि सार्ने तयारी गरेको एक सांसदले बताए । ‘उहाँको नाम हेरफेर गरी यो समितिमा ल्याएको हुनाले सभापतिको जिम्मेवारी दिने तयारी होला,’ ती सांसदले भने । यसैगरी कृषि तथा प्राकृतिक स्रोतमा डा आरजु राणा देउवालाई ल्याउने तयारी रहेको छ । देउवा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी हुन् । अर्थ समितिको सभापतिमा ज्ञानेन्द्रबहादुर कार्कीदेखि विनोद चौधरीसम्मको चर्चा छ भने संसदीय सुनुवाइ समितिमा रमेशजंग रायमाझीको नाम चर्चामा छ ।

एमालेको भागमा परेको लेखा समितिमा गोकुलप्रसाद बाँस्कोटाको नाम चर्चामा छ । यसैगरी महिला तथा सामाजिक मामिला समितिमा शोभा ज्ञवाली र शान्ति श्रेष्ठको नाम चर्चामा छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति पनि एमालेको भागमा परेको छ । समितिमा कसलाई अघि बढाउने विषयमा दलहरुले नाम गोप्य नै राखेको सांसदहरु बताउँछन् ।

माओवादी केन्द्रले पूर्वाधार विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समिति तथा नेकपा एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, जनता समाजवादी पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र जनमत पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको नेतृत्व गर्ने भएको छ । एकीकृत समाजवादीले पाएको समितिमा भानुभक्त जोशी पार्टीबाट एक्ला सदस्य हुन् । त्यसैले उनी नै यस समितिमा सदस्य हुने एकीकृत समाजवादीले जनाएको छ । यसैगरी जनमतले पाएको समितिमा सोनु मुर्मु एक्ला सदस्य हुन् ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने शुक्रबार, भदौ २६, २०८३
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा शुक्रबार, भदौ २६, २०८३
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा बिहीबार, भदौ २५, २०८३
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल बिहीबार, भदौ २५, २०८३
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’ बिहीबार, भदौ २५, २०८३
संसद्का दुवै सदनको बैठक आज बस्दै
संसद्का दुवै सदनको बैठक आज बस्दै बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP