Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीमा जाने युवा श्रम स्वीकृति विकेन्द्रीकरणले लाभान्वीत
वैदेशिक रोजगारीमा जाने युवा श्रम स्वीकृति विकेन्द्रीकरणले लाभान्वीत
मंगलबार, भदौ ५, २०८०

काठमाडौं– सरकारले श्रम स्वीकृतिलगायतका सेवाहरु विकेन्द्रीकरण गरी प्रदेशस्तरबाटै दिन थालेपछि वैदेशिक रोजगारीमा जाने युवाहरु लाभान्वित भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंमा मात्रै केन्द्रीकृत भएको वैदेशिक रोजगारसम्बन्धी सेवाहरुलाई विकेन्द्रित गर्दै गत वर्षदेखि प्रदेशबाटै सेवा प्रवाह गर्न थालेपछि त्यसको सकारात्मक प्रभाव देखिएको हो ।  

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार श्रम स्वीकृतिको काम प्रदेशका श्रम कार्यालयबाट गत आर्थिक वर्षमा ७५ हजार ११८ जना श्रमिकले सेवा लिएका छन् । सेवाग्राहीले श्रम कार्यालयबाट पुनः तथा व्यक्तिगत श्रम स्वीकृतिमात्रै लिएको विभागले जनाएको छ । जसमा पुनः श्रम स्वीकृति लिनेको संख्या ६९ हजार ५९५ र व्यक्तिगत श्रम स्वीकृतिको संख्या पाँच हजार ५२३ रहेको उल्लेख गरिएको छ । सरकारले २०७५ सालदेखि पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयमार्फत प्रदान गर्दै आए पनि प्राविधिक र जनशक्तिको अभावमा अड्किएको थियो । तर गत वर्षदेखि पुनः श्रम स्वीकृतिसहित नयाँ तथा व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय गरेसँगै सेवाग्राहीले प्रदेश कार्यालबाटै सेवा लिन थालेका छन् । 

विभागका प्राविधिक निर्देशक एवं प्रवक्ता इ. मणिनाथ गोपले वैदेशिक रोजगार विभागबाट हुँदै आएको श्रम स्वीकृतिसम्बन्धी सेवाहरु प्रदेशमा रहेका श्रम विभागअन्तर्गतका कार्यालयबाट प्रवाह हुँदा सेवाग्राही लाभान्वित भएको बताए ।

Hardik health

‘आफ्नो पायक पर्ने श्रम कार्यालयबाट श्रम स्वीकृतिलगायतका सेवा पाउने भएपछि विदेश जानेहरुलाई काठमाडौं धाउनुपर्ने झण्झट हटेको छ,’ उनले भने, ‘यसले श्रमिकको अतिरिक्त पैसा, समय खर्च हुनबाट जोगाएको छ ।’ श्रमसम्बन्धी सबै गतिविधि सञ्चालनमा ल्याइए पनि दुई वर्षयता विभाग मातहतका श्रम कार्यालयको जनशक्ति प्रयोग गरेर श्रम स्वीकृतिको काम हुँदै आएको छ । हाल सबै श्रम तथा रोजगार कार्यालयबाट अनलाइनमार्फत नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रवाह हुनेगरी पूर्वाधार तयार भएको प्रवक्ता गोपले जानकारी दिए । 

हाल वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंबाहेक प्रदेशिकरुपमा विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा रहेका श्रम तथा रोजगार कार्यालयबाट अनलाइनमार्फत श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण सेवा विस्तार गरिएको छ । यसअघि उल्लिखित कार्यालयबाट पुनः श्रम स्वीकृतिको काममात्र हुने गरेको थियो ।

सरकारले श्रम स्वीकृतिको कार्यलाई प्रदेशमा विकेन्द्रीकरण गरेपछि वैदेशिक रोजगारीमा जाने युवाहरु मात्र नभई म्यानपावर कम्पनी, अभिमुखीकरण तालिमप्रदायक संस्थासमेत लाभन्वित भएका छन् । जसका कारण नयाँ श्रम स्वीकृतिका लागि मागपत्र, सम्झौतापत्र लगायतका कागजात प्रमाणीकरणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ ।

अहिले वैदेशिक रोजगार विभागको अनुमति प्राप्त म्यानपावर कम्पनी काठमाडौंमा मात्रै ८६८ वटा सञ्चालनमा रहेका छन् । यस्तै, काठमाडौंबाहिर विभिन्न म्यानपावरका ५१ वटा शाखा कार्यालय छन् । प्रदेशस्थित श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा प्रवाह हुन थालेपछि काठमाडौंमा रहेको वैदेशिक रोजगार कार्यालयमा सेवाग्राहीको चाप घट्दै गएको बताइएको छ । 

 


प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०६:३३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP