Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
साहित्य
  • Home
  • साहित्य
  • ‘किङ्डम लस्ट’ पुस्तक लोकार्पण
‘किङ्डम लस्ट’ पुस्तक लोकार्पण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १९, २०८०

काठमाडाैं-  लेखक सागर जङ्गबहादुर राणाद्वारा लिखित ‘किङ्डम लस्ट’ नामक पुस्तक लोकार्पण भएको छ । पूर्वसभामुख दमननाथ ढुंगाना, सांसद रघुजी पन्त, इतिहासकार जोन व्हेलप्टन र पुस्तक लेखक राणाद्वारा संयुक्तरूपमा उक्त पुस्तक लोकार्पण गरिएको हो ।

अङ्ग्रेजी भाषामा उक्त पुस्तक नेपालको इतिहाससम्बन्धी लेखिएको छ । विसं २००७ पछाडि मुलुकमा विकसित भएका राजनीतिक परिस्थितिलाई सोही समयको दृष्टिकोणलाई वस्तुपरक र सन्तुलितरूपमा लेखकले समेटेका छन् ।
 
राजनीतिक पृष्ठभूमिमा हुर्किएका राणा राजनीतिक आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका लेखक राणाले पुस्तकमा विशेषगरी राजनीतिक दल, सेना, राजदरबारका सदस्यलगायतका विभिन्न व्यक्तित्वसँग भएको कुराकानीलाई समावेश गरिएको बताए ।

लेखक राणाले तथ्य र चित्रमा आधारित नेपालको इतिहास समेटिएको पुस्तकमा पहिलो अन्तर्वार्ता संस्कृतिविद् सत्यमोहन जोशीसँगको कुराकानीलाई समेटिएको जानकारी दिए । पुस्तकमाथि टिप्पणी गर्दै पूर्वसभामुख ढुंगानाले बहुप्रतिभाशाली लेखकका रूपमा रहेका राणाको पुस्तक नेपालको इतिहासको आधिकारिक पुस्तक रहेको बताए ।

Hardik health

“विभिन्न कालखण्डमा राणाहरूको आ–आफ्नो शासनकालका भूमिका समेटेर तयार पारिएको पुस्तकलाई एक पारिवारिक इतिहासको रूपमा पनि लिन सकिन्छ । २००७ सालको मोहनशम्शेर जङ्गबहादुर राणादेखि ज्ञानेन्द्र शाहसम्मको भूमिका समेटिएको छ । यो एउटा आधिकारिक पुस्तकको रूपमा रहेको छ”, उनले भने ।

सांसद रघुजी पन्तले नेपालको इतिहाससम्बन्धी रहेको उक्त पुस्तकमा पहिलो जनआन्दोलनको बारेमा कम चर्चा गरिएको बताए । “शाह वंशको शासन, राजनीतिक द्वन्द्वका कारण, प्रभाव र असरलगायत विभिन्न कालखण्डमा भएका राजनीतिक घटनाक्रम संक्षिप्तमा समेटिए पनि सत्याग्रह र २०४६ सालको पहिलो जनआन्दोलनका विषयमा पुस्तकमा कम चर्चा तथा अपूर्ण रहेको छ”, सांसद पन्तले बताए । 

नेपाल र नेपालसम्बन्धी विभिन्न पुस्तक लेख्नुभएका इतिहासकार तथा लेखक व्हेलप्टन नेपालको इतिहास उक्त पुस्तकबाट अध्ययन गर्न पाएकामा खुुसी व्यक्त गर्दै लेखकले सम्बन्धित व्यक्तिसँग गरेका कुराकानीको माध्यमबाट पनि उपयुक्त विषयवस्तु सङ्कलन गरी तयार पारेको बताए । 

नेपाली कांग्रेससँग आबद्ध भई प्रजातन्त्र र लोकतान्त्रिक आन्दोलनमा समर्पित रहनुभएका लेखकले नेपाली राजनीतिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राणा हाल नेपाल कला परिषद्को अध्यक्षसमेत रहेका छन्  । 
 


प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०६:३३
#किङ्डम_लस्ट #सागर_जंगबहादुर_राणा
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक शुक्रबार, साउन १५, २०८३
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन बुधबार, साउन १३, २०८३
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक सोमबार, साउन ४, २०८३
‘एक मुट्ठी भोक’ सार्वजनिक
‘एक मुट्ठी भोक’ सार्वजनिक आइतबार, साउन ३, २०८३
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल सोमबार, असार २९, २०८३
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै सोमबार, असार २९, २०८३
‘नवल खड्का’ पुस्तक बजारमा
‘नवल खड्का’ पुस्तक बजारमा आइतबार, असार २१, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP