Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • भारी बोक्ने सानो गधा !
मट्याङ्ग्रो भारी बोक्ने सानो गधा !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, असार २६, २०८०

पहिले–पहिले विद्यालय जाँदा स–साना गुइँठेहरु एउटा किताब र कापी हातमा काखी च्यापेर सिसाकलम कानमा अड्याएर स्कुल पुग्थे । जमाना त्यस्तै थियो । बाबुआमाले कनिकुथी गरेर दुई–चार वटा कापी किनिदिन्थे । अझ सिसाकलमको टुप्पो भाँचियो भने भाँचिएको टुप्पोलाई पनि नरक काठको लठ्ठीमा अड्याएर लेख्थे । ती गुइँठेहरुका अक्षर पनि यति राम्रा थिए कि दुनियाँलाई नै अचम्म पार्दथे ।

त्यो बेलाका गुइँठेहरुलाई अहिलेका गुइँठेहरुले जितिसकेका छन् । सरकार भन्ने एउटा तŒव छ । त्यसको एउटा शिक्षा मन्त्रालय भन्ने मन्त्रालय पनि छ । त्यत्तिमात्र कहाँ हो र, शिक्षा विभाग र पाठ्यक्रम केन्द्र भन्ने अड्डा पनि छ क्यार । त्यत्तिले पुगेन भनेर जिन्दावाद मुर्दावाद गर्ने गरी धर्ना सर्ना गर्न विद्यार्थीहरुको संगठन खोलेका छन् । गुइँठेका बाउआमा बस्नेगरी अर्को संगठन पनि खोलेका छन् । तर, तिनले के गर्छन् भन्ने कुरा बुझ्न नै गाह्रो भएको छ ।

अब बाउआमा सिसाकलमको टुप्पो लठ्ठीमा घुसारेर लेख्थे, छोराछोरी ल्यापटपमा औंलाले ठोकेर अक्षर कोर्छन् । विकास भनेको विकास नै हो । विकासलाई कसैले जित्नै सक्दैन ? त्यही भएर हिजोका साना गुइँठेहरु । ठाउँमा पुगे । शिक्षामार्फत सेवा होइन व्यापार गर्न थाले । आफूले भोगेका कुरा सबै भुले । जसरी हुन्छ लुट्नुपर्छ भन्ने मनमा गढ्यो । राम्रै पेसा पनि भो सम्मान पनि पाइने लुट्न पनि पाइने ।

देशाँ प्रजातन्त्र आयो, गनऽतन्त्र आयो, संघीऽयता हो कि उता पनि आयो । ‘बूढा मरे, भाषा सरे’ भन्थे ऊ बेलाका गुइँठेहरु तर अहिले बूढा मारिए भाषा सारिए । तर, कहाँ सारिए थाहै छैन । सरकारका कारिन्दाहरुले भाषा पनि भुले । त्यही भएर शिक्षा व्यापार पो । पाइलैपिच्छे दान नतिरी काम नै नहुने !

Hardik health

आजकल शिक्षा लिने ठाउँमा शुल्कमात्र लिन्छ । भारीका भारी किताब र कापी साना–साना भाग्यमानी गुइँठेहरुलाई बोकाउँछ । उबेला दिनभर घण्टौं हिँडेर थकित भएर पढ्थे । अहिले विहान विद्यालय जाँदा पनि फर्कंदा पनि घण्टौं जाममा परेर थकित हुने सहरी शिक्षा लिने गुइँठेहरु छन् । तिनीहरुलाई मट्यांग्राले नाम फेरिदिएको छ ।‘भारी बोक्ने साना गधा’ !

यी गधाहरु बिहान सबेरै उठ्छन् । उठ्छन् पनि के भन्नु, बाउआमाले उठाउँछन् । सिरक छाड्न नपाउँदै ड्रेस लगाउँछन् । आमाले पकाएको मिठो खान त यी गधाहरुको भाग्यमा नै छैन । त्यही भएर हत्त न पत्त भारी बोकेर सडकमा पुग्छन् । आँखा झुप्पझुप्प पार्दै निद्रामै झोलिएर चारपांग्रे चढ्छन् अनि सिटमै निदाएर थकित हुँदै विद्यालय पुग्छन् । 

आफ्नो शरीर नै धान्न मुश्किल भएका यी ‘भारी बोक्ने साना गधा’लाई सकी नसकी बोकेर भारी बिसाउन लगाएर दुई–चार गेडा बासी चनाका गेडा र पाउरोटीका टुक्रा चाप्पचुप्प पार्न लगाएर कक्षामा हुल्छन् । यसैलाई भन्छन् क्यार आजकल आधुनिक शिक्षा ! सामन्ती र बुर्जुवा शिक्षा भन्दै हिजो गुरुकुल भत्काउनेहरु नै शिक्षामन्त्री बनेका छन् । अनि त्यही बुर्जुवा शिक्षा घोकन्ते गर्न आफैंले बुर्जुवा शिक्षा दिने शिक्षालय खोलेर अभिभावकलाई जुकाले चुसेजस्तै हरेक दिन कुनै न कुनै बहानामा चुसिरहेका छन् ।

विचरा ‘भारी बोक्ने साना गधा’ तीनै बुर्जुवा शिक्षाको भरण पोषण गर्दै थला पर्ने गरी भारी बोकाएर दिनरात कुदाएका छन् । सास फेर्नसमेत नपाउने गरी भारीबाट थिचाएका छन् । खाउँ भने दिनभरको सिकार नखाउँ भने कान्छा बाउको अनुहार भने उखानजस्तै छ । गधाका बाउलाई ।

विद्यालय भन्ने जिनिस खोल्ने हरिकंगाल साहु चप्पल पड्काउँदै काँठ छिरेको भुसुक्कै बिर्सिएर साना गधाहरुलाई खेलाइखेलाइ यो वा त्यो नाममा लुट्नुसम्म लुटिरहेको छ । विचरा त्यो गधाको बाउआमा गहभरि आँशु पार्दै बाध्यकारी भएका छन् । न छोड्न सक्छन् । न बोक्न सक्छन् ।

बालबालिका भविष्यका कर्णधार हुन् भन्ने पढाइन्थ्यो । अहिले त बालबालिका भविष्यका रेमिट्यान्सका स्रोत हुन् भन्दै खाडीमा गएर गर्नुपर्ने काम यतै सिकाउँछन् । सात वर्षको गधालाई १० केजीको भारी बोकाएर हरेक दिन सजाय दिइरहेका छन् । बुर्जुजा शिक्षाको विरोध गर्नेहरुले त्यही नाममा भात बेच्छन्, रुचे पनि नरुचे पनि गधालाई जबर्जस्ती घिचाउँछन् । अनि डढाल्नु सेक्नेगरीको बिल पठाउँछन् । क्या बात ! आधुनिक शिक्षाको ।

साना गधाहरुलाई पचिसकेको छ । बानी परिसकेको छ । अब डढाल्नु जतिसुकै दुखोस्, भारीले मुण्टै उत्तानो पारोस् । बरु सडकमै लडोस् । बसबाट झर्दाझर्दै पछारियोस् । गधालाई भारी नपुगेर रुन्छ । हो, अहिलेको आधुनिक शिक्षा त्यस्तै देखिएको छ । भएको छ अनि बनाइएको छ । यसैले छ पछिल्लो पुस्ता भाग्यमानी हुँँदै होइनन् । 

अघिल्लो पुस्ता जन्मभूमिमै रहनेगरी आफ्नो संस्कृति, भाषा जोगाउने गरी शिक्षा लिन्थे । अहिले त पुस्ता भन्ने कि नभन्ने भारी बोक्ने साना गधाहरुलाई अस्ट्रेलिया र अमेरिका भन्दै समुद्रपारीको सपना बुन्न लगाइन्छ । मेरो गाउँ यो हो वा मेरो देशमा यो वस्तु पाइन्छ होइन । विदेशमा यति सुविधा र यस्तो पाइन्छ भन्दै देश छाड्ने योजनासहितको सुगा रटाइन्छ । कमरेड भन्नेहरुको बुर्जुवा शिक्षामा सायद यो पर्दैनहोला ।

जनवादी शिक्षा भनेकै बालबालिका होइनन् भारी बोक्ने साना गधा बनाइन्छ । सरकारी विद्यालयलाई ध्वस्त पारेर त्यही बुर्जुवा शिक्षा लिन बाध्य पारिन्छ । क्या गज्जबको शिक्षा । नेपाली शिक्षा । हेर्दा लाग्छ साना गधाहरुको ढाड बलियो बनाउने अभ्यास भएको पनि हुनसक्छ । जसरी हुन्छ यी गधाहरुलाई समुद्रपारी पठाउनैपर्छ । यहाँ त राख्नै हुन्न । यी साना गधाहरुलाई भारी बोकाएर कुदाएन भने त बुर्जुवा शिक्षा भन्दै देश लुट्नेहरुलाई त सिध्याउँछन् ।

आउ साना–साना गधा तिम्रो बाउको तिरेको शुल्कबाट बासी सढेगलेको मन्सुलीको चामल थोरै घिच, टन्न विल लिएर जाउँ । सके खाँदै नखाऊ । सञ्चो भएन भन्दै पढ्नै नआउ । तिमीलाई बाउले गाई बन्न पठाको, हामी त छट्टु स्याल हौ । त्यसैले तिमीलाई त हामी गधा बनाएर छाड्छौं । मेरा साना गधा तिमी नजिक नजिक आऊ । तिमीले नै हामीजस्ता छट्टु स्यालका भाउ । जय होस् आधुनिक शिक्षाको, जय होस् कोटीकोटी भारी बोक्ने साना गधाको !
 


प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०६:४९
#मट्याङ्‍ग्रो
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP