Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • सेता कपडाभित्रको कालो कर्म !
मट्याङ्‍ग्रो सेता कपडाभित्रको कालो कर्म !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, असार १९, २०८०

सेता कपडा । निश्कलंकको प्रतीक । कुनै पनि दाग नभएको । कुनै पनि दोष नभएको । सम्मानित अनि शान्ति र सभ्यताको सूचक । हरेक दृष्टिकोणले सेतो कपडालाई निकै नै राम्रो मानिन्छ । शान्तिको प्रतीक पनि हो सेतो कपडा । त्यसैले होला स्वास्थ्य सेवामा काम गर्ने नर्स र डाक्टरहरुले सेतो गाउन लगाउँथे जुन अहिलेसम्म पनि चलि नै रहेको छ । 

पछिल्लो समय नेपालमा पनि सरकारी कर्मचारीहरुका लागि सेतो कपडा अनिवार्य गरियो । किन सेतो कपडा अनिवार्य गरियो ? सबैले आ–आफ्नो तर्क देलान् तर मट्याङ्ग्राको तर्क पनि फरक छ । सरकारी कर्मचारी जनताको सेवामा खटिएकाले निश्कलंक हुन्छ । नकारात्मक सोचबाट टाढा हुन्छ । अनि सधैं राज्यको हितका लागि काम गर्छ अर्थात् कुनै पनि दोष वा दाग कर्मचारीमा नहोस् भन्नका लागि सेतो सर्ट लगाउने व्यवस्था गरियो । फेरि सोध्लान् त्यसो भए डाक्टर नर्सलेचाहिँ किन लगाए ? त्यो पनि ठिकै हो । डाक्टर नर्स भनेको बिरामीको सेवामा खटिने । एक हिसावले भन्ने हो भने उनीहरुको पढाइ त भगवान् बनाउने नै हो । मृत्युको मुखका पुगेका बिरामीलाई पनि राम्रो हेरचाह अनि उपचार निको बनाउने ।

यस्तो मान्छेहरुसँग कुनै पनि छलकपट वा दोष नहुने भएकाले सेतो कपडा लगाउने चलन चल्दै आयो । तर, अहिले ठीक उल्टो भो । सेतो सर्ट लगाउने सरकारी कर्मचारीको मति अहिले निकै नै खति भो । त्यसैले होला मतिभ्रष्ट भो । हरेक काम र कुरामा नोटमात्र भो । अब नोट र भोटको सम्मीश्रण भएपछि त्यसको गति कस्तो भो ? अनुमान लगाउनै गाह्रो भो । भन्ने मिल्ने हो कि नमिल्ने हो, लेख्न हुने हो कि नहुने हो । जुस र घूस नभई नहुने । जुसपान र घूसपान नगर्ने त समाजमा टिक्नै गाह्रो । सत्य कुरा त कलियुगमा गर्दै नगर्नु भन्ने शास्त्रैमा छ क्यार ! झूठाले प्रश्रय पाउँछ, न्याय हराउँछ भन्या छ । त्यो वाल्मिकीमा संस्कृत र शास्त्र पढ्नेहरुले खुट्याउलान् । सके खुट्याउलान्, नसके आफ्नै घर स्वास्नीलाई भुत्ल्याउलान् । किनकि, संस्कृतको श्लोक भन्दै व्याख्या गर्नेहरु नै नकचरा हुन थाल्या छन् । काम र कुरो नै मिल्दैन । ‘दिनभरि बाहुन रातभरि डाउन’ भन्थे एक बीस पहिले !

Hardik health

त्यही भएर जुसपान र घूसपान नगर्ने सेता कपडा लगाएका राष्ट्रसेवक पाउनै मुश्किल ! सेता सेता कपडामा १०–५ सजिएका कालाकाला मान्छेहरुको मनभित्रै कालो धब्बा देखिन्छ । अनुहार हेर्दै घुस्याहा–घुस्याहा देखिन्छ । सेतो कपडाभित्र घुसैघूसको कालो दाग । बागमती र विष्णुमतीको पानी बरु सङ्लो होला । सेतो कपडा लगाएकाहरुको भित्री दाग पखाल्न निकै गाह्रो । जसरी कर्मचारीको मति भ्रष्ट भो अहिले तिनै सेतो लुगा लगाउने डाक्टरहरुको पनि मतिभ्रष्ट हुन थाल्या छ । टोलैपिच्छे अस्पताल । अस्पताल चलाउने उही जुसपान र घूसपान गर्ने नै बढी । जसले जे गर्नु हुन्न भन्यो त्यही व्यापार चल्छ नेपालमा । हरेक बिहान सेता कपडा लगाएर मान्छे बचाउन अस्पताल पुगेका रातो–पिरो मान्छे अस्पताल पुगेपछि विचरा भएका बिरामीको परिवारलाई डस्न थाल्छ । खासै समस्या छैन भन्छ तर एक बोरा दबइ दिन्छ । यसको काम नै दबइ दिने हो ।

अलिअलि बिरामी छ भने त त्यसलाई सुईले घोचेर के–के निकाल्छ निकाल्छ । सेतो दाग नभएको डाक्टरलाई हिजो भगवान् भन्थे अहिले त के–के भन्छन् भन्छन् । बर्दीवाला चोरजस्तै । त्यही भएर होला सेतो कपडाको अहिले निकै नै बदनाम पो हुन थाल्या छ । सरकारी अड्डामा नोट चोर, अस्पतालमा पुगेसी औषधि चोर । यी दुवैको हुन्छ ठूलो स्वर । बोलौं सुइँक्याइदेला भन्ने डर । नबोलुँ त घरबास नै उडाइदिने डर । केही नभए एक बोरा दबइ । केही भए अस्पतालको बसाइँ । अलि धेरै भए आइसियू र सिसियू त्यो भन्दा बढी भए भेण्टिलेटर । मान्छे भेण्टिलेटर, त्यही भेण्टिलेटरमा राखेकै कारण बैंकले काट्छ घरबारी लिलामको लेटर । त्यही भएर बुढापाकाले भन्थे नि । अस्पताल, अदालत दुश्मन पनि जानु नपरोस् ! बूढा बाउहरुले त्यसै कहाँ भन्या रै’छन् । भोगेरै पो भन्या रै’छन् त ? अस्पताल जानु भनेको पहिले उपचार गर्ने र तन्दुरुस्त भएर फर्कने । तर, अहिले पटक–पटक गइरहनुपर्ने रोगलाई दबइ खाएर दबाइरहनुपर्ने निको भनेको उही आर्यघाट नै पु¥याइदिने । सकेसम्म मान्छे नै नरहने भए पनि पछि त्यसका सम्पत्ति किन राख्नु भने र जायजेथा नै सकाइदिने ।
यस्ता दागरहित सेता कपडा लगाएका मान्छेहरुसँग बच्न नै मुश्किल । एकथरी सेता कपडा लगाएका मान्छेसँग दैनिक भेट्नुपर्ने ! जन्मेदेखि नमरेसम्म । यो पनि त्यसैकाँ । जुस र घूस दुवै उसैलाई । देशलाई बुझाउनुपर्ने कर, सधैं डरै डर । देशाँ ढुकुटीमा जानेभन्दा उसैको ढुकुटीमा पनि पुर्‍याउनुपर्ने ! सकेसम्म घर्रामा नभएर ठर्रामा । सेवा सुविधा सबै उसैलाई, जनता भने ठण्डाराम । अर्को थरी सेता लगाउनेमान्छे भेट्नै मुश्किल हात समायो, लामो सास फेर्न लगायो । ज्योतिषीले चिना रहेर कालो बोको चढाऊ भनेजस्तै । शिरदेखि पैदालासम्मै जाँच्नुपर्ने । पैसा होस् कि नहोस् । जसरी पनि तिर्नैपर्ने । अलिकति पनि घटबढ त हुँदै हुँदैन । सेता लुगा लगाएर काला कर्म गर्छन् भन्ने कसलाई हुँदैन डर । 

तर, यिनीहरुकै भएन भर । महँगा औषधि देख्नै नहुने । चाहेभन्दा बढी मगाउने अनि त्यसैले कमिसन पढ्काउने । सेता लुगा लगाउनेको कमिसन पनि चित्र विचित्रकै । कालो झोला बोकेर सेता कपडा लगाउनेलाई भेट्न अस्पताल पुग्नेहरुले सबै थोक व्यवस्था गरिदिनुपर्ने । ‘एनिभर्सरी’ को केक देखि ह्यापी बर्थडेको मेससम्म ! अवको कसको विश्वास गर्नु । त्यही एउटा सेता कपडाको थियो भर अब त त्यसैबाट हुन थाल्यो डर । त्यही भएर नि होला हिन्दू धर्मले सेतो कपडा लगाउन मनाही गरेको रैछ । सेतो कपडा जसरी सभ्य, दागरहित र शान्तिको प्रतीक थियो । त्यही कायम रहन सक्नुपर्दछ । सेतो कपडा जुस, घूस र दूतजस्तो नहोस् ! सेतो कपडाभित्र कालो कर्म, कूकर्म नहोस् । बागमतीजस्तै सेतो कपडाभित्रको दुश्कर्म सङ्लो होस् । आफ्नो होस् बिरानो नहोस् !


प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०८:२५
#मट्याङ्‍ग्रो
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP