Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
साहित्य
  • Home
  • साहित्य
  • सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार ६ कलाकारलाई  प्रदान
सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार ६ कलाकारलाई  प्रदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १३, २०८०
sangeet2
Hardik health
काठमाडौं-    नेपाली संगीत, नृत्य तथा नाट्यमा लामो समयदेखि योगदान पुर्याएका विभिन्न श्रष्टाहरु ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट पुरस्कृत भएका छन् । उपराष्ट्रपति रामसहाय यादवले उपराष्ट्रपति कार्यालय लैनचौरमा आयोजित पुरस्कार समारोहमा मग‌ंलबार सम्बन्धित कलाकारहरुलाई पुरस्कृत गरेका हुन् ।   उक्त पुरस्कार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३ औँ वार्षिकोत्सवका अवसरमा हालै घोषणा गरिएको थियो । प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलको सभापतित्वमा आयोजित समारोहमा ६ जना स्रष्टा कलाकारलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ उपराष्ट्रपति यादव र कुलपति शर्माले प्रदान गरे ।   यसरी पुरस्कृत हुने श्रष्टामा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ लोक सङ्गीत विधाबाट वरिष्ठ लोक गायक नविन किशोर राई, नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ सङ्गीत विधाबाट वरिष्ठ गायक / ङ्गीतकार तथा गीतकार गणेश रसिक रहेका छन् । यस्तै परम्परागत तथा शास्त्रीय सङ्गीत विधाको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट वरिष्ठ सङ्गीतज्ञ विजयकुमार श्रेष्ठ नेपाल पुस्कृत भए । समारोहमा त्यसैगरी रङ्गमञ्च विधाबाट नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ वरिष्ठ रङ्गकर्मी भैरव क्षत्री र नृत्य विधाबाट नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीलाई प्रदान गरियो ।   [caption id="attachment_70261" align="alignnone" width="800"] नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ पुरस्कार समारोह[/caption] सोही समारोहमा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ नाट्य विधाबाट नाट्य अनुसन्धाता प्रा.डा. रामचन्द्र पोखरेललाई अर्पण गरियो । पुरस्कृत ६ जना कलाकारलाई नै जनही एक लाख एक रुपैयाँ नगद सहित ताम्रपत्र र दोसल्लाबाट पुरस्कृत गरिएको हो । समारोहोलाई सम्बोधन गर्दै उपराष्ट्रपति रामसहाय यादवले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वर्षौदेखि यो क्षेत्रमा सक्रिय रहँदै योगदान पुर्याउँदै आएकोमा खुशी व्यक्त गरे । उनले कार्यक्रममा भने, ‘प्रतिष्ठानले अब संवैधानिक व्यवस्था अनुसार आफूलाई थप परिमार्जित, परिस्कृत र फराकिलो बनाउँदै नेपालका सबै भूगोल, भूभाग, क्षेत्र र भाषागत समूहका सांस्कृतिक पहिचानका रुपमा रहेका गीत, संगीत, नृत्य, नाट्यका विविध विधाहरु (प्राचीन, रैथाने, लोक, परम्परागत, शास्त्रीय आदि) लाई थप समृद्ध र उन्नत बनाउन सक्नु पर्दछ ।’   उनले नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नेपाली संगीत, नृत्य, नाटक, रंगमञ्च, परम्परागत तथा शास्त्रीय संगीत एवम् लोक संगीत तथा नाट्य विधामा विशिष्टता हासिल गर्ने विशिष्ट साधक, प्रतिभा र स्रष्टाहरुलाई गर्दै आएको सम्मानले राष्ट्रको गरिमालाई अक्षुण्ण बनाई राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।   कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादबले भने,‘प्रतिभाहरुको सम्मानले प्रतिभाहरुलाई सिर्जनाको क्षेत्रमा कर्मशील र क्रियाशील हुने प्रेरणा प्रदान गर्दछ । अग्रज स्रष्टाहरुको सम्मान गर्नु सम्पूर्ण संस्कृति र सिर्जनालाई सम्मान गर्नु हो ।’ यस्तो सम्मान गर्ने परिपाटीले विश्वमा राष्ट्रको सभ्यताको परिचय दिने विश्वास उनले व्यक्त गरे ।   पुरस्कार समर्पण समारोहका अध्यक्ष एवं कुलपति निशा शर्माले कला स्थिर तत्व भएको बताउँदैे स्थिर तत्व स्रष्टा कलाकारहरुको माध्यमबाट मात्रै चलायमान हुने भनाई राखिन । उनले पुरस्कृत स्रष्टा तथा कलाकारलाई सम्मानीत हुने सबैलाई बधाई तथा शुभकामना ब्यक्त गरिन् ।   पुरस्कृत स्रष्टाहरुको प्रतिनिधित्व गर्दै सङ्गीत विधाबाट सम्मानित गणेश रसिकले आफू विगतमा प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव भएको नाताले हाल प्रज्ञा प्रतिष्ठान आफ्नै भवनबाट सञ्चालन भएकोमा खुसी व्यक्त गरे । नेपाली मौलिक सङ्गीत नृत्य तथा नाटकमा दशकौँ योगदान दिने श्रष्टा तथा कलाकारलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्य बनाउन समेत उनले सुझाब दिए ।   प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले स्वागत मन्तव्य दिएका थिए भने समारोहलाई सदस्य सचिव कुश्मा महराले सहजिकरण गरेकी थिईन् ।समारोहमा सम्मानित हुनुहुने स्रष्टाको ताम्रपत्र पढेर सुनाइएको थियो ।प्राज्ञ टीका पुनले नविन किशोर राई, प्राज्ञ बखत बहादुर हमालले कुलमान नेपाली, प्राज्ञ कर्ण गौतमले गणेश रसिक, प्राज्ञ चेतन सापकोटाले भैरव क्षेत्री, प्राज्ञ डक्टर राईले विजय कुमार श्रेष्ठ तथा प्राज्ञ हिसन मगरले प्रा.डा. रामचन्द्र पोखरेललाई प्रदान गरिएको ताम्रपत्र पढेर सुुनाएका थिए ।   नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तछाली, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा तीन प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु, नेपाली सङ्गीत, नृत्य तथा नाटक विधाका वरिष्ठ स्रष्टा, साधक तथा कलाकारहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
‘नवल खड्का’ पुस्तक बजारमा
‘नवल खड्का’ पुस्तक बजारमा आइतबार, असार २१, २०८३
मुस्कानभित्र लुकेको पीडा खोज्दै ‘डोपामिन’ 
मुस्कानभित्र लुकेको पीडा खोज्दै ‘डोपामिन’  मंगलबार, असार १६, २०८३
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक  सोमबार, असार १५, २०८३
सुनुवार राष्ट्रसेवक समाजको दोस्रो स्मारिका विमोचन 
सुनुवार राष्ट्रसेवक समाजको दोस्रो स्मारिका विमोचन  आइतबार, असार १४, २०८३
भीमसेन थापा पुरस्कारबाट सीमाविद् श्रेष्ठ पुरस्कृत
भीमसेन थापा पुरस्कारबाट सीमाविद् श्रेष्ठ पुरस्कृत शुक्रबार, असार १२, २०८३
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह आइतबार, असार ७, २०८३
सिक्किम नेपाली साहित्यिक भेटघाट,१५ कविहरुको कविता प्रस्तुत
सिक्किम नेपाली साहित्यिक भेटघाट,१५ कविहरुको कविता प्रस्तुत बुधबार, जेठ २७, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP