Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
साहित्य
  • Home
  • साहित्य
  • सर्वोत्कृष्टताका आधारमा कविहरूलाइई पुरस्कार
सर्वोत्कृष्टताका आधारमा कविहरूलाइई पुरस्कार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १०, २०८०
kabita
Hardik health
काठमाडौं- नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्वसका अवसरमाआयोजित राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्टताका आधारमा पुरस्कार पाउने कविहरूको नाम घोषित भएको छ ।   प्रतियोगितामा नेपाली भाषामा ‘सिमाना र देश’ शीर्षकका लागि कवि उमेश पुनरछोरी, ‘रक्तिम कथा’ शीर्षकका कृपाकरुणा पोखरेल, ‘प्रश्नहरूको विज्ञप्ति’ शीर्षकका जीवन आरोही, ‘कविले के सम्झियो ?’ शीर्षकका तीर्थराज विश्वकर्मा, ‘भेरी अभिशप्त बगिरहेछ’ शीर्षकका नवीन अभिलाषी र ‘नौरानको नाम’ शीर्षकका प्रकाश दिप्साली राई र ‘परिचयपत्र’ शीर्षकका कवि राधिका कल्पित पुरस्कृत हुने भएको छ ।   यस्तै मातृभाषा डोटेलीमा खिमानन्द जोशी (मुई गोठ नाइँ भान्या हुँ), पूर्णानन्द ओझा (सन्निको मान्सा) खाम मगर भाषामा टङ्कबहादुर झाँक्री मगर (वैरागी समीप)को (रहुन्के वे बड्डा)का कवितालाई उत्कृष्ट घोषित गरिएको छ ।   प्रतियोगितामा उत्कृष्ट १० कविलाई जनही रु १५ हजार राशिको पुरस्कार दिइनेछ । कविहरू प्रतिसरा सायमी, रमण घिमिरे, हाङयुग अज्ञात, ओमकार उप्रेती ‘प्रथा’ र दीपक सापकोटाको छनोट समितिले मूल्याङ्कन गरेको प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले जानकारी दिए  ।   महोत्सवमा यस वर्षदेखि मातृभाषाका कवितालाई पनि प्रतियोगितामा सहभागी गराइएको थियो । प्रतिष्ठाले हरेक असार ९ गते गर्दै आएको सो महोत्सवमा परम्परागतरुपमा नेपाली भाषाका कविताका अतिरिक्त यसपटकदेखि समावेशी सहभागिताका लागि पहिलोपटक बहुभाषिक कविता आह्वान गरिएपछि मातृभाषाका कवितासमेत प्राप्त भई प्रतियोगिताका लागि आएकामध्ये मूल्याङ्कन समितिबाट वाचनका लागि २५ कविता छनोट भएका थिए ।   ती कवितामध्ये मातृभाषामा लिम्बू, डोटेली, खाममगर, नेपालभाषा, चाम्लिङ र थामी भाषाका सात र नेपाली भाषामा १८ कविता छानिएका छन् । मातृभाषामा प्रस्तुत कवितालाई अनुवादको प्रबन्ध गरिएको थियो ।   महोत्सवका लागि इमेल र प्रत्यक्ष गरी छ सय ४४ वटा कविता दर्ता भएका थिए । महोत्वसको उद्घाटन प्रधानमन्त्री पुष्पकमद दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो । कार्यक्रममा प्रज्ञा सेवा पदक शेषराज देवकोटा र सन पुजारी तथा उत्कृष्ट कर्मचारी पुरस्कार नरेन्द्रबहादुर पछिमा थारू, रामबहादुर पहरी र जमुना कुचिकारलाई प्रदान गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक आइतबार, माघ १८, २०८२
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत आइतबार, माघ १८, २०८२
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि आइतबार, पुस २०, २०८२
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट सोमबार, पुस १४, २०८२
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि सोमबार, पुस १४, २०८२
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने आइतबार, पुस १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP