Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • कामपा–२: सबैभन्दा सानो वडा तर धेरै समस्या
कामपा–२: सबैभन्दा सानो वडा तर धेरै समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १, २०८०
Padam Shrestha
Hardik health
लाजिम्पाट संखुनास्थित नीलसरस्वतीलाई मञ्जुश्रीको अर्धांगिनी मानिन्छ । त्यसैले श्रीपञ्चमीका दिन स्वयम्भूको मञ्जुश्री स्थान, भक्तपुरको ल्हासापाको, ललितपुरको लेलेजस्तै लाजिम्पाटको नीलसरस्वतीस्थानमा पनि मेला लाग्ने गर्दछ । शखोना लिच्छवीकालीन राज्य शंखस्यनगरीको राजधानी विशालनगरबाट अन्तिम सिमाना हो । सखुनास्थित टुकुचा खोला छेउ स्थापित नीलसरस्वतीलाई विद्याकी देवीको रुपमा पुजिन्छ । गुम्बज आकार शैलीको मन्दिर १४औं शताब्दीमा निर्मित हो । मन्दिरभित्र कलात्मक नीलसरस्वतीको ढुंगे मूर्ति छ । जहाँ प्रत्येक वर्ष अक्षरारम्भ र शैक्षिक सफलताका लागि पूजा, दर्शन हुने गर्दछ ।
पदम श्रेष्ठ आठ सय मिटरको सडक बनाउन सुरु गरेको तीन वर्षभन्दा बढी भइसक्यो तर अझै पनि सकिएको छैन । यो कुरा सुन्दा तपाईंलाई लाग्न सक्छ– त्यो सडक सुदूरपूर्व वा सुदूरपश्चिमको विकट गाउँको होला । तर, होइन यो मुलुकको राजधानी काठमाडौंकै सडकको अबस्था हो ।   नारायणहिटी दरबार संग्रहालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोडिएको वडा काठमाडौं महानगरपालिका–२ को भित्री बस्तीमा बन्दै गरिरहेको सहायकमार्ग । गैह्रीधारा गोमागणेश पेट्रोल पम्पदेखि ऐतिहासिक सम्पदा क्षेत्र नीलसरस्वती थानसम्मको ८०० मिटरको बाटो बनाउन यसरी वर्षौं समय लगाएपछि स्थानीयवासी आजित भइसकेका छन् । टुकुचा नदीलाई व्यवस्थापन गर्ने भन्दै थालिएको ढल र बाटोको निर्माण लागत विवरणको बोर्ड, ठेकेदार कम्पनी, समयसीमा कुनै नराखिकनै अकस्मात विनासूचना काम थाल्ने र काम अलपत्र छाड्ने गर्नाले आफूहरु पीडित हुनुपरेको यहाँका स्थानीय बताउँछन् । पानी पर्दा हिलो र सुक्खा हुँदा धुलो उडेर घर, पसलभित्रै बस्न नसक्ने अबस्था छ । यसबारे पटक–पटक वडामा ताकेता गर्दा पनि कुनै ध्यान नदिएपछि विद्रोहको तयारी गर्नु परेको स्थानीयको भनाइ छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले एक वर्षभित्र थालिएका २५ वटा असल कार्यहरुमा बाटोको खाल्डाखुल्डी पुर्न पूर्वाधार एम्बुलेन्स र कर्मचारी खटाइएको भन्दै प्रचार गरिएको थियो ।   तर, कामपा वडा नं २ भित्रको सहायकमार्ग हेर्दै जाने हो भने वडा भवनदेखि सरकारी धारा हुँदै नीलसरस्वती स्थानसम्म, गैह्रीधारा पेट्रोल पम्पदेखि नीलसरस्वतीस्थानसम्म र नीलसरस्वतीस्थानदेखि खुर्सानीटार जानूस् वा दिल्लीरमण रेग्मी पुस्तकालय पुग्नूस् जताततै कोपरेर छाडेका अलपत्र निर्माण सामग्रीमात्र देख्न सकिन्छ । जुन तथ्यलाई बालेनको पूर्वाधार एम्बुलेन्स र वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भने देखेका छैनन् वा देखेर पनि नदेखेझैं गरिरहेका छन् ।   सँखुनाको नालिबेली र विद्याकी देवी सरस्वती लिच्छविकालीन बस्ती शंकस्यनगरी विशालनगर हाँडिगाउँको अन्तिम सिमाना लाजिम्पाट नीलसरस्वतीसहितको सम्पदा क्षेत्रलाई नेपाल भाषामा सँखुना अर्थात् सानो मसिनो कपालजस्तो पवित्र नदीको बस्ती ससुमाँ भनिएको बताइन्छ । जुन वडामा राजा मानदेवकी माताको नाउँमा स्थापित धोविचौरस्थित महादेवको शिवलिंग र लाखे लक्षी विचरण गर्ने लाजिम्पाट (लक्षिपट) दयाश्वर महादेवसहितको सम्पदा क्षेत्र रहेका छन् ।   त्यसैगरी शंकस्यनगरी विशालनगरको देश रक्षार्थ स्थापित अस्तमातृकामध्ये एक स्वयतकाली, प्राचीन पुरतात्विक अस्तित्व बोकेको शिवगल्ली रहेका छन् । सकोना नीलसरस्वती सम्पदा क्षेत्र नेपाल सम्वत् १०६ ताका कान्तिपुर बसाउँदा ठमेल (थँवहिल माथिल्लो बुद्ध विहार) भन्दा छुट्टै थियो । काठमाडौं नगरलाई ठँहिटी क्वाःवहालदेखि असन माछा देवतासम्म थथुपुँई (थँहिटी), माछा देवतादेखि मखनसम्म दथुपुई, मखनदेखि मरूसत्तल (काष्ठमण्डप) सम्म लाय्कूपुँई र मरूसतःदेखि यँगालसम्म क्वथुपुँई गरी चार एकाइमा वर्गीकृत गरिएको थियो ।   चार पुँईभित्र १८ महाविहार र शाक्यहरुको बुद्ध विहार थिए तर श्रेष्ठ प्रधानहरुको थँवहिल बुद्ध विहारलाई राजा गुणकामदेवले व्यवस्थित गर्दा कान्तिपुरभन्दा छुट्टै ठमेल अर्थात् थँवहिल विहार क्षेत्र र अर्को लिच्छविकालीन राज्य शंखस्यनगरी विशालनगरको अन्तिम सिमाना मानिने टुकुचा खोलाको किनारामा रहेको यो वडा मुलुककै सबैभन्दा सानो वडा मानिन्छ । जुन वडा काठमाडौं महानगरपालिका वडा नं २ स्थित विद्याकी देवी मन्दिरले प्रख्यात यस क्षेत्रमा स्थापित नीलसरस्वतीकै साधना गरी अमर बाँडाले शक्तिका उपासक शंकराचार्यलाई शास्त्रार्थमा हराइदिएको ऐतिहासिक सम्पदास्थल पनि हो ।   जुन मौलिक सम्पदास्थललाई पर्यटकीयस्थलको रुपमा उत्थान गर्दै लैजान स्थानीय युवाहरु जुर्मुराएकै बेला वडाध्यक्ष तथा स्थानीय जनप्रतिनिधिहरुबाट साथ सहयोग र भरोसा नभइदिँदा सडक मात्र होइन पानीका पाइप, बिजुलीका तार, निर्माण सामग्री अस्तव्यस्त अलपत्र हुँदै जान थालेपछि स्थानीयबासिन्दाले वडाध्यक्षको विरुद्ध आवाज उठाउनुपरेको बताएका छन् ।   नीलसरस्वती मन्दिर लाजिम्पाट संखुनास्थित नीलसरस्वतीलाई मञ्जुश्रीको अर्धांगिनी मानिन्छ । त्यसैले श्रीपञ्चमीका दिन स्वयम्भूको मञ्जुश्री स्थान, भक्तपुरको ल्हासापाको, ललितपुरको लेलेजस्तै लाजिम्पाटको नीलसरस्वतीस्थानमा पनि मेला लाग्ने गर्दछ । शखोना लिच्छवीकालीन राज्य शंखस्यनगरीको राजधानी विशालनगरबाट अन्तिम सिमाना हो ।   सखुनास्थित टुकुचा खोला छेउ स्थापित नीलसरस्वतीलाई विद्याकी देवीको रुपमा पुजिन्छ । गुम्बज आकार शैलीको मन्दिर १४औं शताब्दीमा निर्मित हो । मन्दिरभित्र कलात्मक नीलसरस्वतीको ढुंगे मूर्ति छ । जहाँ प्रत्येक वर्ष अक्षरारम्भ र शैक्षिक सफलताका लागि पूजा, दर्शन हुने गर्दछ । विद्यार्थीहरु परीक्षा दिनुअघि परीक्षामा सफलताको कामना गर्दै सरस्वती माताको भाकल गर्न पुग्ने गर्दछन् भने नयाँ काम सिक्दा वा विदेश जाँदा आउँदा पनि भक्तजनहरु पुग्ने गर्दछन् यहाँ । तर, मन्दिर वरिपरि सामुदायिक प्रहरी बिट अलपत्र, मृत्युकर्ममा किरियापुत्री बस्ने कोठाहरु फोहोर भत्किएको अबस्थामा देख्न सकिन्छ ।   धोवीचौरस्थित मानदेवकालीन महादेव नीलसरस्वतीनजिकै धोवीचौरस्थित लिच्छवीकालीन महादेव मन्दिर पनि एक हो । लुगा सुकाउने चौरबीच शिवलिंगको पादपीठमा उल्लिखित सम्वत् ३८९ र ३९० ले यस क्षेत्रको पुरातात्विक पक्षलाई उजागर गरेको छ । मन्दिर राजा मानदेवले आफ्नी आमाको इच्छामुताविक निर्माण गर्न लगाएको भनाइ छ । जहाँ लुगा धुने ढुंगेधारा र शिलारुपी चामुण्डा अजिमा लिच्छवीकालीन अष्टमातृकामध्ये एक मानिन्छ ।   दयाश्वर महादेवस्थल लाजिम्पाटको सात्विक अर्थ लाखेलछी अर्थात् दुष्ट आत्माविचरण गरी हिँड्ने ठाउँ हो । लछिपट नै नेपाल भाषामा अपभ्रंस भई लाजिम्पाट भन्न थालियो । यही दुष्ट आत्मालाई दबाउन स्थापित शिवस्थल हो, दयाश्वर महादेव । आधा रोपनीको क्षेत्रफलभित्र चर्चिएको देवस्थल लिच्छविकालीन भएता पनि मल्लकालमा संरक्षित भएको विश्वास गरिन्छ । मन्दिरभित्र भोज भत्तेर गर्ने फल्चापाटी, भजनघर, यज्ञस्थल, कूण्ड, सप्तर्षी, गणेश, बुद्धका मूर्तिसहित तीर्थस्थलका रुपमा छ भने प्रत्येक वर्षको शिवरात्री, तीज, साउने सोमबार आदि चाडपर्वमा यहाँ भक्तजनको ठूलो मेला लाग्ने गर्दछ ।   श्वेतकाली भगवती मन्दिर लिच्छविकालमै स्थापित अष्टमातृका पीठहरु नक्साल भगवती, टुँडालदेवी, भाटभटेनी, मैतीदेवी भनिएजस्तै नीलसरस्वती नजिकका श्वेतकाली चामुण्डा पनि हो । भुइँतले मन्दिरभित्र सादा ढुंगा पुजिन्छ भने हाँडिगाउँको गहना खोज्ने जात्रामा श्वेतकाली खटजात्रा ज्यापु हुँदै आइरहेको छ । रानीबारी पोर्पा अजिमा लाजिम्पाट रानीबारी ज्यापु जातिको अजिमास्थल मानिन्छ । थुम्कोमाथि रानीदेवी मन्दिर छ । राजाहरूकोसमेत देवाली हुने रानीदेवी सामाखुशी नदी किनारमा छ । जुन जंगलमा विवाह, ब्रतबन्ध आदि र पिकनिक हुन्छ भने यहाँ असोज महिनामा ज्यापु समुदायबाट क्षमापूजा गर्ने परम्परा छ । तर, मोर्पा अजिमा रानीबारी दुई वडाभित्र नपरे पनि वडावासी ज्यापु समुदायको यो सम्पदास्थल नै हो ।   सँखोना सम्पदालाई व्यापक बनाउने अबको मार्ग विद्याकी देवी सरस्वती रहेको वडाभित्रको सम्पदा व्यवस्थापनमा वडाका जनप्रतिनिधिहरुकै हेलचेक्र्याइँ देखिन्छ । त्यही कारण दिन प्रतिदिन ‘अस्तव्यस्त, छरपष्ट’को स्थितिमा बिग्रँदै गइरहेको स्थानीयको गुनासो छ । जुन सम्पदालाई ठमेल, हाँडिगाउँजस्तै छुट्टै सम्पदा क्षेत्रको रुपमा विकास गर्न स्थानीय युवाजमात चाहन्छन् । वर्तमान वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आफ्नो घोषणापत्रमा प्रतिबद्धता जनाएको वृक्षरोपणसहित वडामा हरियाली गर्ने, शिक्षाकी देवी सरस्वती मन्दिरलाई केन्द्रित गरी आधुनिक पुस्तकालय निर्माण गर्ने र खेलकुदको विकास गर्ने, बेरोजगार युवाजमातलाई लोकसेवा तथा अन्य रोजगारमूलक तालिम दिने भनी उल्लेख गरेका थिए ।   तर, उक्त कार्ययोजना पहिलो कार्यकाल पूरा गरी दोस्रो कार्यकालको पनि एक वर्ष बित्दासमेत पूरा गर्न सकेका छैनन् । प्रस्ताव लिएर वडामा जाँदा पनि बेवास्ता गर्ने, उल्टै नगरपालिकाको बजेटबाट बनिरहेको वडाभित्रका सम्पदा र मार्गहरु कति लागतमा बन्न लागेको हो, कुन ठेकेदार कम्पनीले कति समयमा बनाउन लागेको हो भन्नेसमेत जानकारी गराउने सूचना बोर्ड नराखी वर्षौं निर्माणको नाममा अलपत्र बनाएपछि वडावासीले आपत्ति जनाएका हुन् । यस सम्बन्धमा जनगुनासो बुझ्न जाँदा वडाध्यक्ष श्रेष्ठले आफूसँग कुनै योजना नरहेको र आफूले केही पनि गर्न नसक्ने भन्दै पदीय जिम्मेवारीविपरीत जवाफ फर्काएका थिए । यस्तो अवस्था सिर्जना हुनु अत्यन्त दुःखद् छ । जनप्रतिनिधि यसमा जिम्मेवार बन्न जरुरी छ ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP