Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ग्रेटर नेपाल र बालेन
ग्रेटर नेपाल र बालेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २६, २०८०
Editorial_Prabhab
Hardik health
मित्र राष्ट्र भारतले आफ्नो नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा टाँस गर्‍यो । भारतले आफूलाई नेपालको लुम्बिनीदेखि बंगलादेश र पाकिस्तानको भूभाग पनि सो अखण्ड भारतको नयाँ नक्सामा समावेश गरेको छ । भारतले नेपालको सीमासमेत आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको केही दिनमै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहितको जम्बो टोलीले भारतको भ्रमण पनि गर्‍यो । भारतले नयाँ नक्सा सार्वजनिक गरेपश्चात् आफ्नो जमिन नयाँ नक्सामा राखेको भन्दै बंगलादेश र पाकिस्तानले त्यसको विरोध गरे । तर, भारतले नेपालको लुम्बिनी, कपिलवस्तुलाई आफ्नो बनाउँदै नेपाल सरकार एवं राजनीतिक दलहरुले भने मुख खोल्न सकेनन् । संघीय संरचनाअनुरुप सबैभन्दा माथिल्लो सरकारका रुपमा रहेको संघीय सरकारले सीमा विवादको कुरा समाधान गर्ने पहल गर्नुपर्ने थियो । मुलुकको भूभाग जर्बजस्ती कब्जा गर्दा पनि संघीय सरकार मौन छ । संघीय सरकारले भारतको अखण्ड भारतको नक्सामा नेपालको सीमा राख्दा चुपचाप बसिरहँदा तल्लो तहको सरकारका रुपमा रहेको स्थानीय तह काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले भने अखण्ड भारतको नयाँ नक्सालाई चुनौती दिँदै आफ्नो कार्यकक्षमा सन् १९५० मा भएको सुगौली सन्धी अगाडिको नेपाल अर्थात् ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्‍न लगाएका छन् । स्थानीय सरकारका प्रमुख बालेनको यो कदमले राष्ट्रवादी जनताको मन जित्न सफल भएको छ । सामाजिक सञ्जालमा यतिखेर बालेनले आप्mनो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि निकै नै चर्चा पाएका छन् । महानगरपालिकाका प्रमुख बालेनको सचिवालयका अनुसार बालेन अहिले भारतमा पत्नीको उपचार गराइरहेका छन् । आफू भारतमा नै रहेकै अवस्थामा नेपाल सरकार मौन बसिरहँदा भारतलाई चुनौती दिँदै भारतलाई टक्कर दिएर ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्नु निकै नै साहसिक कदम रहेको छ । नेपालको सीमाका बारेमा स्थानीय सरकारलाई अधिकार नहोला तर आफ्नौ राष्ट्रिय स्वाधिनताका लागि राजनीति दल, तिनका नेता र गठबन्धन दलको सरकारसमेत ‘तै चुप मै चुप’ हुँदा बालेनले भने निकै नै महत्वपूर्ण कार्य गरेको विश्लेषण गर्न थालिएको छ । भारतले अखण्ड भारतको नक्सा सार्वजनिक गरेलगतै नेपालका तर्फबाट स्थानीय तहको नेतृत्वले चुनौतीका साथ ग्रेटर नेपालको नक्सा सरकारी कार्यालयमा राखेको पहिलोपटक नै हो । यसअघि पनि ग्रेटर नेपालको चर्चा हुने गरेको भएपनि यसरी सरकारी कार्यालयमा नक्सा राख्ने आँट कसैले गरेका थिएनन् । भारतको नयाँँ संसद् भवनमा अखण्ड भारत चिनाउने प्रयास गरिरहँदा स्वतन्त्र मेयर बालेनले पनि आम समुदायलाई ग्रेटर नेपाल देखाइदिएका छन् । बालेनले आफ्नो कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्सा उनको बाँकी कार्यकालसम्म रहिरहोस् । सम्पूर्ण नेपालीको साथ पक्का नै रहने छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०८:५६
#बालेन
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP