Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ग्रेटर नेपाल र बालेन
ग्रेटर नेपाल र बालेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २६, २०८०
Editorial_Prabhab
Ncell
Hardik health
मित्र राष्ट्र भारतले आफ्नो नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा टाँस गर्‍यो । भारतले आफूलाई नेपालको लुम्बिनीदेखि बंगलादेश र पाकिस्तानको भूभाग पनि सो अखण्ड भारतको नयाँ नक्सामा समावेश गरेको छ । भारतले नेपालको सीमासमेत आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको केही दिनमै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहितको जम्बो टोलीले भारतको भ्रमण पनि गर्‍यो । भारतले नयाँ नक्सा सार्वजनिक गरेपश्चात् आफ्नो जमिन नयाँ नक्सामा राखेको भन्दै बंगलादेश र पाकिस्तानले त्यसको विरोध गरे । तर, भारतले नेपालको लुम्बिनी, कपिलवस्तुलाई आफ्नो बनाउँदै नेपाल सरकार एवं राजनीतिक दलहरुले भने मुख खोल्न सकेनन् । संघीय संरचनाअनुरुप सबैभन्दा माथिल्लो सरकारका रुपमा रहेको संघीय सरकारले सीमा विवादको कुरा समाधान गर्ने पहल गर्नुपर्ने थियो । मुलुकको भूभाग जर्बजस्ती कब्जा गर्दा पनि संघीय सरकार मौन छ । संघीय सरकारले भारतको अखण्ड भारतको नक्सामा नेपालको सीमा राख्दा चुपचाप बसिरहँदा तल्लो तहको सरकारका रुपमा रहेको स्थानीय तह काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले भने अखण्ड भारतको नयाँ नक्सालाई चुनौती दिँदै आफ्नो कार्यकक्षमा सन् १९५० मा भएको सुगौली सन्धी अगाडिको नेपाल अर्थात् ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्‍न लगाएका छन् । स्थानीय सरकारका प्रमुख बालेनको यो कदमले राष्ट्रवादी जनताको मन जित्न सफल भएको छ । सामाजिक सञ्जालमा यतिखेर बालेनले आप्mनो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि निकै नै चर्चा पाएका छन् । महानगरपालिकाका प्रमुख बालेनको सचिवालयका अनुसार बालेन अहिले भारतमा पत्नीको उपचार गराइरहेका छन् । आफू भारतमा नै रहेकै अवस्थामा नेपाल सरकार मौन बसिरहँदा भारतलाई चुनौती दिँदै भारतलाई टक्कर दिएर ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्नु निकै नै साहसिक कदम रहेको छ । नेपालको सीमाका बारेमा स्थानीय सरकारलाई अधिकार नहोला तर आफ्नौ राष्ट्रिय स्वाधिनताका लागि राजनीति दल, तिनका नेता र गठबन्धन दलको सरकारसमेत ‘तै चुप मै चुप’ हुँदा बालेनले भने निकै नै महत्वपूर्ण कार्य गरेको विश्लेषण गर्न थालिएको छ । भारतले अखण्ड भारतको नक्सा सार्वजनिक गरेलगतै नेपालका तर्फबाट स्थानीय तहको नेतृत्वले चुनौतीका साथ ग्रेटर नेपालको नक्सा सरकारी कार्यालयमा राखेको पहिलोपटक नै हो । यसअघि पनि ग्रेटर नेपालको चर्चा हुने गरेको भएपनि यसरी सरकारी कार्यालयमा नक्सा राख्ने आँट कसैले गरेका थिएनन् । भारतको नयाँँ संसद् भवनमा अखण्ड भारत चिनाउने प्रयास गरिरहँदा स्वतन्त्र मेयर बालेनले पनि आम समुदायलाई ग्रेटर नेपाल देखाइदिएका छन् । बालेनले आफ्नो कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्सा उनको बाँकी कार्यकालसम्म रहिरहोस् । सम्पूर्ण नेपालीको साथ पक्का नै रहने छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०८:५६
#बालेन
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP