Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
साहित्य
  • Home
  • साहित्य
  • ‘काला बादल उज्याला पाइला’ भरोसा
‘काला बादल उज्याला पाइला’ भरोसा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २६, २०८०
kala badal ma
Hardik health
काठमाडौं -  पत्रकार, प्राध्यापक, मानवाधिकारवादी र राजनीतिक विश्लेषकको उपाधि पाउनुभएका पुरुषोत्तम दाहाल नेपाली प्राज्ञिक क्षेत्रमा चर्चामा रहने नाम हो । उहाँको अर्काे परिचय समाजसेवा पनि हो, जो महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष पनि हुन् । नेपाली साहित्यमा उहाँ कवि, निबन्धकार र उपन्यासकारका रूपमा पनि चिनिनुहुन्छ । एकै व्यक्तिले यतिका परिचय बोक्नु भनेको कम भारी होइन । जे होस्, देश र जनताका लागि आफ्नो रुचि र योग्यताले काम गर्दै जाँदा व्यक्तिका विभिन्न परिचय थपिँदै जान्छन्, जुन अस्वाभाविक होइन । पत्रकारिता र मानवाधिकार सम्बन्धमा क्रियाशील हुँदै गर्दा दाहालका दुई कृति (संयुक्त लेखनसमेत) प्रकाशन भएका छन् । साहित्यको कुरा गर्दा भने उहाँका यसअघि ‘केही कवि केही कविता (संयुक्त, २०४३), ‘साँध’ (२०५९) र ‘अन्धकारको यात्री (२०७३) कवितासङ्ग्रह, ‘प्रक्षेपण’ (२०६१) निबन्धसङ्ग्रह र ‘शान्ता’ (नेपाली–अङ्ग्रेजी, २०७०) उपन्यास प्रकाशन भएका छन् । वाक्पटुतामा पनि चर्चित लेखकको ‘शान्ता’ अङ्गदानसम्बन्धी चर्चित पुस्तक हो ।पत्रकार हुनाका नाताले लेखिरहने बानी पर्नुभएका उहाँ पछिल्लो समय चौथो कवितासङ्ग्रह लिएर आउनुभएको छ –‘काला बादलमा उज्याला पाइला’ (शिखा बुक्स, २०७९) । गद्य र पद्य दुवै कविता रहेका सो सङ्ग्रहमा रहेका ४० कविताका विषयवस्तु विदेशभूमि, प्रकृति, कोरोना महामारी आदि छन् । छोराबुहारी भेट्न अमेरिका पुगिरहने उहाँका तीमध्ये २३ कविता त्यहाँ रहँदा र बाँकी कोरोना महामारीका बेला मुलुकमै बसेर लेखिएका हुन् । राजनीतिमा संलग्न उहाँका बढीजसो कविता भने सोही विषयमै रुमलिएको छ जुन स्वाभाविक पनि हो । ‘ऊ मुस्कुराउँदा’ अमेरिकी भूमिमा हुर्किरहेको नातिलाई लिएर लेखिएको कविता हो जसमा कवि सिङ्गै ब्रह्माण्ड एवं भूगोल अटेको कल्पना गर्छन् र  उसलाई सारा सौन्दर्यको प्रतिनिधिका रूपमा वर्णन गर्दछन्  । ‘समुद्रको किनारबाट’ कवितामा पनि उहाँ त्यसको सौन्दर्य र विशालपनको वर्णन गर्दै त्यसैमा हराउन चाहनुहुन्छ । ‘जेम्स नदीको प्रश्न’ मा कवि भर्जिनियाको त्यस लामो नदी छेउमा बसेर त्यहाँ रहेको ‘स्वतन्त्रता’ नामक सालिकसँग संवाद गर्दै सुन्दर मुलुक नेपाल छाडेर स्वदेशवासी अरूका बँधुवा हुन जानुपरेकामा दुःख व्यक्त गर्नुहुन्छ । त्यसैका पूरकका रूपमा कवि ‘किन फर्कने ?’ कवितामा मुलुकको दुःख हेर्न तिनलाई फर्कनु नपर्ने जवाफ व्यङ्ग्यात्मक ढङ्गले दिन्छन् र राज्यलाई जनता बाहिर पठाउन पाए सङ्घर्ष–आन्दोलन थेग्नु नपर्ने र शासन गर्न हाइसन्चो हुने झटारो हान्छन् । कवि कोरोना महामारीमा मुलुकले खप्नुपरेको पीडा र दुःखलाई नयाँ ढङ्गले कोर्नुहुन्छ–‘मुर्दाहरू आफ्ना लाश आफैँ जलाऊ ।’ देशमा कोभिड–१९ को दर्दनाक अवस्थामा पनि सरकारले जनतासँग कर लिन गरेको बलजफ्तीको घटनाप्रति यसमा घोर व्यङ्ग्य गरिएको छ । महामारीग्रस्त हुँदा पनि उपचार खर्च आफैँले बेहोर्नुपरेको दैनिक काम गरी खानुपर्ने मानिसले खान नपाउने स्थिति रहेको तर आफू भने विलासितामा डुब्दै जनताप्रति विमुख हुने गरेको तत्कालीन शासकको चरित्र यसमा राम्रोसँग पाइन्छ ।
‘मुर्दाहरू ! आफ्ना लाश आफैँ बोक र घाट जाऊ मेरो सरकारको आदेश छ आफैँ मुखाग्नि देऊ र आफ्ना लाश आफैँ जलाऊ तर सरकारी कर तिर तिरेनौ भने जल्न पाउँदैनन् तिम्रा लाश !’
सोही परिस्थितिमा औषधि र उपकरण खरिद गर्दा भएको भ्रष्टाचारको खेललाई पनि उहाँले उदाङ्गो पारेका छन् ।हाम्रो राजनीति र राजनीतिकर्मीलाई ‘बूढो गोरु’ र ‘खोरभित्रका बाँदरहरू’को संज्ञा दिँदै कवि तिनबाट पीडित नेपालीको विवशता पोख्‍दछन्  । यहाँ रहेका गद्य, पद्य दुवै कवितामा प्रायः देशको परिस्थितिप्रति निराशा नै व्यक्त गरिएको छ । यस्तो स्थितिमा उहाँ ‘एउटा रुद्र यहाँ आऊ’ भन्दै तारनहार बनिदिन इमान्दार राजनीतिकर्मी वा बुद्धिजीवीहरूलाई यसरी आह्वान गर्छन् । ‘नयाँ हुन् कि पुराना हुन् वयको अर्थ हुन्न क्यै समान पापका कुण्ड निशुम्भ शुम्भ हुन् सबै । दक्ष यज्ञ गरी होम राग बुद्धि यी हुन् सबै यौटा रुद्र यहाँ आऊ, खरानी पार यी सबै ।।’ समग्रमा कवि यी र यस्तै ‘काला बादल’ रूपी विकृति चिर्न त्यही विदेशी भूमिमा मुस्कुराएको बालकहरूले नै ‘उज्याला पाइला’ ल्याउने विश्वास व्यक्त गर्दछन्  ।सङ्ग्रहमा सापेक्षिक रूपमा धेरै कविता लामा र केही मात्र छोटा छन् । कृतिका वर्णविन्यासमा यति धेरै त्रुटि हुनु जाती हुन्न । कविले गद्य र पद्यलाई एकै ठाउँमा नमिसाएको भए हुन्थ्यो । कविताले ल्याएको भाव र व्यक्त गर्ने शैली भने मिठासपूर्ण नै मान्नुपर्छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन मंगलबार, मंसिर २३, २०८२
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP