Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
साहित्य
  • Home
  • साहित्य
  • वैदेशिक रोजगारीको यात्राबाट पीडित युवकको ‘श्रमाटन’
वैदेशिक रोजगारीको यात्राबाट पीडित युवकको ‘श्रमाटन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १९, २०८०
shramatan cover
Hardik health
काठमाडौं -  ‘भिक्षाटन’, ‘पर्यटन’, ‘तीर्थाटन’, ‘देशाटन’ शब्द सुनिरहेका पाठकलाई अर्काे नयाँ कोसेली आएको छ –‘श्रमाटन’ । ‘श्रम’ को अर्थ ‘मेहनत’ वा जीविकाका लागि काम वा गर्नु हो भने ‘अटन’को अर्थ घुम्नु–फिर्नु । त्यसैले रोजगारीका लागि बाहिरिनु अर्थमा ‘श्रमाटन’लाई लिन सकिन्छ । वैदेशिक रोजगारीमा गएर घर फर्किसकेका तनहुँका बिएन जोशीले आफूले सोका दौरान भोगेको अनुभवलाई लिएर सोही ‘श्रमाटन’ (साङ्ग्रिला पुस्तक प्रालि, काठमाडौँ २०७७) शीर्षकमा पुस्तक नै तयार पार्नुभएको छ जसको अङ्ग्रेजी अनुवाद (अनुवादक अरुण बुढाथोकी) पनि निराला प्रकाशन, नयाँ दिल्ली (२०२३) ले बजारमा ल्याइसकेको छ । नेपालीहरूका वैदेशिक रोजगारीका कथा मिडियाले दैनिकजसो बजारमा ल्याइरहेको छ । प्रायः हरेक दिन नै श्रमिक, तिनका परिवार, रोजगारदाता संस्था, सरकारका वैदेशिक रोजगार विभाग, बोर्डसँग सम्बन्धित समाचार, आलेख सञ्चारमाध्यममा आइरहेका हुन्छन् जुन मिडियाका समाचारदाताले तिनै स्रोतसम्म पुगेर लेखेका हुन्छन् । ‘श्रमाटन’ भने लेखक स्वयंको वैदेशिक रोजगारी यात्रा विवरण हो जुन कुनै वरिष्ठ नियात्रा साहित्यकारको लेखनीसँग दाँज्न सकिन्छ । एसएलसी दिएपछि गाउँले दाजुहरूकै साथ भारत पुग्नुभएका जोशी पछि राजधानी बसेर कतार, थाइल्यान्ड, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स, चीन, पाकिस्तान, सिङ्गापुर, टर्की, बेलायत, जर्जियालगायत देशसम्म पनि पुगेर वैदेशिक श्रम र यात्राको अनुभव लिनुभयो । तीमध्ये अघिल्ला पाँच देशमा वैध, अवैध रूपमा गरिएका विभिन्न यात्राका क्रममा भोगेका विषयलाई यस कृतिमा मसिनोसँग प्रस्तुत गरेर लेखकले बेरोजगारीको पीडाबाट आक्रान्त तथा गरिबीको दुष्चक्रमा उम्कन चाहने युवाहरूको प्रतिनिधित्व गर्नुभएको छ । ‘पुनर्जीवन’ र ‘सफर’ गरी मूल अध्यायमा समेटिएका उहाँको वैदेशिक रोजगारीको अनुभवको सार हो मुलुकमा साँच्चै विकास र समृद्धि ल्याउने हो भने युवाहरूको विदेश पलायन गराउने परिस्थिति वा बाध्यताको अब अन्त्य हुनुपर्छ । पुस्तकमा मोरङ, सुनसरी र तनहुँका साथीहरूसँग दुईमहिने प्रवेशाज्ञामा फर्किने टिकट पनि लिएर थाइल्यान्डको बैंकक पुग्नुभएका लेखक उनीहरूसँगै नेपाली र ‘बर्मेली दलाल’ मार्फत मलेसियाको सीमापार हुने नयाँ योजनामा फस्न पुग्नुहुन्छ । बैंककदेखि मलेसिया सीमाको लामो यात्रा विवरणमा भोगेको कहर नै प्रस्तुत पुस्तकको मूल भाग हो जसको सूक्ष्म वर्णन गर्न सक्नु लेखकको अपूर्व कला हो । रातको अँधेरीमा चुपचाप दलालका मान्छे पछ्याउँदै डुङ्गाको यात्रा र पछि ओर्लिएर भोकभोकै, तिर्खाउँदै जङ्गल र हिलो बाटो, जङ्गली जनावर, बिच्छी, सर्प, जुका, विश्वयुद्धका नेपाली सैनिकहरूले भोगेभन्दा कम छैन । अध्यागमन प्रहरीले गिरफ्तार गरेर कारागारमा राख्दा अर्धनग्न शरीर बोकेर आफ्ना पुस्तक, टिकट जोगाउनुपरेको तथा पैसा चाहिँ टुथपेस्टभित्र कोचेर बिताएका दिनको पनि गणना छैन । प्रहरीबाट नै थाइल्यान्ड फर्काइँदा बाटामा पर्ने समुद्रको भेलमा पौडेर बल्ल बल्ल अर्काे डुङ्गाका यात्रीहरूबाट ज्यान बचाउन सकेको जस्ता अनगिन्ती दुःखको पनि त्यस्तै बेजोड वर्णन छ । जोशीले कतारको एक कम्पनीले सम्झौतानुरूप नेपालीहरूलाई पारिश्रमिक नदिँदा गुनासो र आक्रोश पोख्दा तथा निलो फिल्मको भिडियो चक्काका कारण कारागारमा परेको, युएईमा आफ्नै साथीहरू कुस्ती खेलेको र मरुभूमिमा विदेशीका सुकुटी (लास) देखेको, बैंककबाट नेपाल फर्कँदा मदिरा पिउँदा जहाजमै डेढ लाख सकेको, युएईमै किर्गिस्तानबाट आएर यौनशोषणमा परेकी डिना सुलोभालाई आफ्नो डेरामा ल्याएर उद्धार गरेको, बैंकक फर्केपछि एउटी किशोरीसँग हिमचिम भएको जस्ता घटना पनि लेखकले छोटा छोटा शीर्षकमा उल्लेख गर्नुभएको छ । वैदेशिक रोजगारीमै इराक पुगेका १२ नेपालीको विसं २०६१ भदौ १५ गते आतङ्ककारीबाट हत्या भई नेपालमा भदौ १६ मा भएको दङ्गाको पनि लेखक साक्षी बन्नुभएको रहेछ । सोही घटनापछि आफ्नै माहिला भाइ गोविन्द कतारमा गाडी हाँक्ने काममा गएको तर सद्दे हालतमै राती सुतेर भोलिपल्ट बेहोसावस्थामै दिवङ्गत भई उनको सुकुटी शरीर नेपाल फकाईएको जस्तो ‘जीवनको त केही भर नहुने’ मार्मिक घटना पनि जोशीले बेहोर्नुपरेको रहेछ । पचासदेखि साठीको दशकको सुरुदेखि ‘श्रमाटन’ गर्नुभएका लेखकले थाइल्यान्ड–मलेसिया यात्रा र गोविन्दको निधनको विषय सिधा सीधै लेखे पनि अन्य विवरण भने ‘फ्ल्यासब्याक’ (पूर्वदृश्य, पुराना घटनालाई अघि राख्ने) शैलीमा भएकाले झट्ट बुझ्न भने अलि कठिन नै पर्छ । कुनै विषय त कुन देशको हो भन्ने पनि ठम्याउन गाह्रो छ । केही अर्थ नलाग्ने तथा एकका ठाउँमा अर्का शब्द, शब्दावली जस्तै ‘उत्मात’, थिचोरेर ( हुनुपर्ने चिथोरेर), छन्को ( हुनुपर्ने छनक), बाकटी ( हुनुपर्ने बाँकटे) परेका छन् भने कतै वर्णविन्यासगत र कतै व्याकरणगत अशुद्धि पनि छन् । ‘घाम उदाउँदा र जून अस्ताउँदासम्म पनि निरन्तर चलिरहेको’ यो ‘विदेश पलायनको लहर’ वा ‘यस्तो यात्रा’ ‘कहिले रोकिएला’ भन्दै चिन्ता व्यक्त गरेर ‘श्रमाटक’ जोशीले राज्यलाई त झकझक्याउनुभएकै छ, यहीँ रहेका युवाहरूलाई पनि वैदेशिक रोजगारीको कहर सुनाएर स्वदेशमै श्रम पोख्न अप्रत्यक्ष रूपमा आह्वान गर्नुभएको छ । यसर्थमा पनि प्रस्तुत कृति मूल्यवान् मानिनुपर्छ जसको अङ्ग्रेजी संस्करण पनि स्तुत्य छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन मंगलबार, मंसिर २३, २०८२
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP