Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • शिक्षामा व्यापार : होटल हो कि मार्ट !
शिक्षामा व्यापार : होटल हो कि मार्ट !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १९, २०८०
matyangro
Hardik health
‘लौन स्कूलबाट फोन आऽको आइ छ, भर्ना गर्ने भए तुरुन्तै गर्नूस् नगर्ने भए हामी नाम काटिदिन्छौं भनेका छन्,’ गंगाधर ढोकाबाट पस्न नपाउँदै पूर्णिमाले श्रीमान्सँग बिन्ती बिसाइ । दिनभर कार्यालयको तनावमा रहेको गंगाधरले केही पनि जवाफ फर्काएन । पूर्णिमालाई झनक्क रिस उठ्छ । ‘हैन कस्तो औँशीको रातजस्तो कालो अनुहार बनाएर बोल्दै नबोलेको भन्या ? सुन्नुभएन छोराछोरी दुवैको नाम काटिदिने रे ?’ सर्टको टाँक फुकाल्दै दुःखी स्वरमा गंगाधरको आवाज निस्कन्छ, ‘ठीकै छ नि त काटिदिए काटिदिन्छ के गर्ने त ? मैले के गरौं ? दुई–चार दिन ढिला त भइहाल्छ नि ! त्यही भन्देऊ । हरेक वर्ष भर्ना गर्नुपर्ने भन्ने पनि हुन्छ ? के हो के हो स्कूलको पारा ।’ ‘तपाईंले भन्या जस्तो हुन्छ नि ? भोलि नाम काटिदियो भने के गर्ने नि ? तीन दिनभित्र भर्ना शुल्क, दुई महिनाको मासिक शुल्क, कापी कलम, ड्रेस, जुत्ता मोजा सबैको पैसा लिएर आउनु भनेकी छन् ।’ ‘होइन के तालको आइमाई हो तिमी ? भन्नेबित्तिकै रुखबाट फल्छ पैसा । फ्रिमा कसले पढाइदे भनेको छ र ? खाइनखाई भए पनि तिनेरुका पैसा तिरिदिएकै छ नि ! लुट्न पनि कति सक्या भन्या ।’‘के गर्ने त बच्चाबच्चीलाई नपढाइ भएन । तिनिहरुकै लागि भनेर त गाउँ छाडेर आइयो । गाउँमै बसेको भए त जसोतसो चलिहाल्थ्यो नि ।’ ‘ल ल भयो धेरै कचकच नगर । कोभिड नभाको भए उतै हुन्थे, भन्नेबित्तिकै पैसा पठाउने गरेको थिएँ क्यार ! अब के गर्नु कोभिडले सत्यानाशै ग¥यो नि । न गाउँ फर्कनु न विदेश जानु, यता न उता भइयो । तिमीलाई गाउँमा बस भनेर भनेकै थिएँ त । पैसा हुञ्जेल गाउँका सरकारी स्कूला मास्टर नै हुँदैनन्, सहराँ छोराछोरी पढाउने भन्दै आको होइन ?’ पूर्णिमा रिसले आँखा तर्दै भन्छे, ‘अँ अँ मैलेमात्रै हो नि ! छोराछोरीको भविष्य गाउँमा बसेर हुने भइदिएको भए साराका सारा किन ओर्लन्थे सहराँ ?’‘ल भैगो छाडिदेऊ, बेकारमा टेन्सन बढ्छ । यो देशै त्यस्तै हो । कहिल्यै पनि राम्रो हुँदैन । स्कूल भनेका शिक्षा बाँड्ने सामाजिक काम हो नि । स्कूललाई पसलजस्तो गरेर पनि हुन्छ ? बच्चाबच्चीलाई नपढाइ पनि नहुने, पढाउन स्कूल होटल हो कि पसल हो छुट्याउनै गाह्रो हुन थालिसक्यो,’ गंगाधर एक्लै फतफताउँछ । भोलिपल्ट गंगाधर बिहानै दुई–चार जना चिनेजानेकालाई फोन गर्छ । तर उसको फोनको फोन कसैले पनि उठाउँदैन । बल्लबल्ल केशवले उसको फोन उठाउँछ र भन्छ, ‘के हो गंगाधर आज कताबाट सम्झिस् ?’गंगाधरले नढाँटिकन भन्छ, ‘किन हुनु अप्ठ्यारो परेसी सम्झिने त हो ? मलाई बच्चाबच्चीको भर्ना गर्न अलिकति पैसो चाहिएको थियो सहयोग गर्छस् कि भनेर फोन गरेको ?’ उताबाट जवाफ आउँछ, ‘कुरो त ठिकै हो तर के गर्नु मेरो पनि हालत उस्तै छ । बल्लबल्ल हिजो छोरीको भर्ना गरें । अहिले त निकै कठिन छ ?’ गंगाधर भन्छ, ‘लौन जसरी भए पनि खोजिदेन, बरु ब्याजस्याज तिरौला क्या ! तैँले त सहकारीहरु पनि चिनेको छस् । के गर्नु छोराछोरी त बढाउनैप¥यो ।’‘हुन त हो नि, के गर्ने मेरो त तनाव नै छ नि । होटलजस्तै छ स्कूल । मासिक शुल्कमात्र तिर्नुपर्ने भएपो ! लुगाफाटो, किताब कापी, खाना खाजा अनिवार्य छ । कमाको पैसा त सबै स्कूललाई बुझाउँदै ठीक छ । अरु त सबै ब्याजमै चलिराको छ मेरो पनि अहिलेलाई केही गर्न सक्दिन नरिसा है,’ केशवले फोन काटिदिन्छ । गंगाधर छटपटिन्छ, ‘खै के गरेर पढाउने हो । कसरी चल्छ हो यसरी ? यो स्कूलको मनपरी कसले रोक्ने होला खै ?’ तनावमा देखिएका गंगाधरले पूर्णिमालाई बोलाउँदै भन्छ, ‘खै कसैले पैसा पत्याउला जस्तो छैन । बरु त्यो तिमीले बिहेमा बनाको सिक्री बेचौं अनि स्कूललाई तिरौं । अरु त केही उपाय नै नलाग्ला जस्तो छ ।’ पूर्णिमा गर्जिन्छे, ‘अहँ हुन्न त्यो त । भएभरका सबै सिध्याइसकेर बाँकी त्यही एउटा सिक्री छ त्यो पनि बेचेर स्कूले फिस तिर्ने कुरा म मान्दै मान्दिन ।’श्रीमतीको कुराले गंगाधर कता–कता खिन्न हुन्छ । ऊ केही नबोली कोठाबाट बाहिर निस्कन्छ । छिमेकमा रहेको सहकारीको कार्यालयमा जान्छ । ऋणका लागि कुरा गर्छ । सहकारीले ऋण दिन तयार पनि हुन्छ तर ब्याज भने निकै चर्को हुन्छ । सहकारीले लिने भनेको ब्याज सुनेर गंगाधर तर्सन्छ । तर पनि उसको बाध्यता छ छोराछोरी पढाउनुपर्ने । सहकारीले अनेक शीर्षक जोडेर करिब २३ प्रतिशत ब्याज निकाल्छ । निचोरेको कागतीजस्तै अनुहार बनाएर गंगाधर हुन्छ भन्ने संकेतमा मुण्टो हल्लाउँछ । तर, बोली फुट्दैन । जब सहकारी सञ्चालकले धितो बन्धकको कुरा गर्छन् त्यसपछि गंगाधरलाई एैठन हुन्छ । गंगाधरसँग सहकारीमा राख्नका लागि कुनै धितो छैन । धितो नभए ऋण दिन नसक्ने सहकारीको निष्कर्षसँगै ऊ त्यहाँबाट सीधै स्कूलमा पुग्छ । करिब आधा घण्टाको पर्खाइपछि बल्ल रिसेप्सनमा बसेकी बहिनीले मूल्यसूचिसहितको चिर्कटो कागज दिएर प्रिन्सिपलको कोठामा पु¥याउँछिन् । त्यही कागजको चिर्कटोबाहेक गंगाधरको ध्यान अन्यत्र जाँदैन । प्रिन्सिपललाई नमस्कार गर्दै ऊ अगाडि राखेको सोफामा बस्छ । प्रिन्सिपल गंगाधरलाई सोध्छन्, ‘सब ठीक छ नि ? हेर्नुस् यो पटक स्कूलको भवन बनाउने भएकाले दुई महिनाको शुल्क अगाडि नै मागेका छौं । तपाईंहरुलाई दुःख दिन त मन थिएन तर के गर्नु हाम्रो पनि बाध्यता छ । गंगाधर भित्रभित्रै जलिरहेको छ तर, पनि मुस्कुराउँदै भन्छ, ‘ठीकै छ यस्तै त हो ? बरु सर यो खाना खाजा घरबाटै ल्याउने व्यवस्था गरिदिँदा सजिलो हुन्थ्यो होला !’ गंगाधरको कुरा भूइँमा खस्न नपाउँदा प्रिन्सिपल भन्छन्, ‘हेर्नूस्, अब यो त स्कूलको नियम नै हो । केटाकेटीलाई ९ बजे स्कूल बोलाउनुपर्छ गाह्रो हुन्छ । अझ यो वर्षबाट त हामीले साँझ अबेरसम्म राख्ने तयारी गरिरहेका छौं । होमवर्क, कोचिङ त्यस्तै हो । के गर्नु प्रतिस्पर्धा छ । बरु हजुरलाई गाह्रो हुन्छ भने तीन किस्तामा तिर्दा पनि हुन्छ । तर जुत्ता, मोजा, ड्रेस, कापी कलमका लागिचाहिँ त्यही लेखिदिएको छ, काउण्टरमा बुझाएर जानुहोला । गत वर्षजस्तो दुई–चार दिन नभनिदिनुहोला ।’ विचरा ! गंगाधर । जे भन्न आएको त्यही कुरा नगर्नू भन्ने प्रिन्सिपलको अन्तिम भनाइले हिस्स पर्नुबाहेक केही गर्न सकेन । ऊ एकोहोरो टोलाउँछ । ऊ सोफाबाट उठ्नै सक्दैन । सायद उसको कुनै विकल्प नै छैन ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP